text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । स्पेनी सञ्चारमाध्यमहरूका अनुसार आइतबार भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्दसमेत गरेका छन् । उनीहरू अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जानेवाला थिए । |
कार्तिक १८, २०८१ |
अमेरिका-मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवारको छोटो समयका लागि पुनर्मिलन |
रासस/एपी |
अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे । |
कार्तिक १७, २०८१ |
भारत-क्यानडा तनाव : गृहमन्त्री शाहले शिखहरूमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दाबी |
रासस/एएफपी |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । |
इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको चेतावनी |
रासस |
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने चेतावनी दिएका छन् । |
जकार्ताको तेल कारखानामा आगलागी,नौ जनाको मृत्यु |
–रासस/सिन्हवा |
इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएकाएक अधिकारीले शनिबार बताएका छन् । |
गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी |
रासस |
उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले 'विनाशकारी' अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । |
इन्डोनेसियाको तेल कारखानामा आगलागी : १२ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
इन्डोनेसियामा भएको आगलागीका कारण १२ जनाको मृत्यु भएको छ । आगलागीबाट थप ९ जना घाइते भएका छन् । |
स्पेनमा भीषण बाढी : मृत्यु हुनेको संख्या २ सय नाघ्यो |
कान्तिपुर संवाददाता |
असिनासहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ । कैयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् । |
भारतीय फेसन डिजाइनर रोहित बलको निधन |
कान्तिपुर संवाददाता |
चर्चित भारतीय फेसन डिजाइनर रोहित बलको निधन भएको छ । फेसन डिजाइन काउन्सिल अफ इन्डियाले शुक्रबार डिजाइनर बलको निधन भएको जनाएको छ । बल लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट ग्रसित थिए । उनी ६३ वर्षका थिए । |
कार्तिक १६, २०८१ |
पाकिस्तानका पत्रकारहरूका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष : प्रतिवेदन |
रासस |
फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । |
लेबनानको स्वास्थ्य क्षेत्रमा इजरायली आक्रमणको डब्लुएचओद्वारा चिन्ता व्यक्त |
एजेन्सी |
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । |
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विस्फोट, सात जनाको मृत्यु |
रासस |
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । |
लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु |
रासस |
पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहीबार जनाएको छ । एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो । |
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन |
कान्तिपुर संवाददाता |
भारतको राजधानी नयाँ दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् । |
कार्तिक १५, २०८१ |
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने |
रासस/एएफपी |
अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ । |
कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा ‘चिन्ता’ व्यक्त |
रासस/एएफपी |
चीनले बिहीबार कोरियाली प्रायद्वीपको स्थितिप्रति ‘चिन्ता’ व्यक्त गरेको छ । प्योङयाङले आफ्नो आणविक निवारण बलियो बनाउन सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमध्ये एकको परीक्षण गरेको बताएपछि चीनले चिन्ता व्यक्त गरेको हो । |
स्पेनमा भीषण बाढी, ७२ को मृत्यु |
एजेन्सी |
असिनासहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । कैयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् । |
कार्तिक १४, २०८१ |
स्पेनमा भीषण बाढी [तस्बिरहरू] |
एजेन्सी |
मुसलधारे वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको छ । कयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरूको संख्या अझै बढी हुन सक्ने बताएका छन् । |
ट्रम्प भर्सेस ह्यारिस : ‘स्विङ स्टेट’ मा मच्चिँदो प्रतिस्पर्धा |
बुद्धिसागर मरासिनी |
अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी छ । आगामी मंगलबार नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन दलका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् । सुरुमा अघिल्लो चुनावकै उम्मेदवारद्वय ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हु... |
कार्तिक १३, २०८१ |
इजरायली आक्रमणमा लेबनानमा ६० जना मारिए |
कान्तिपुर संवाददाता |
लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा दुई बालबालिका छन् । |
कार्तिक १२, २०८१ |
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने |
एजेन्सी |
बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन् । |
उत्तर कोरियाली सेना रुसमा तैनाथ : नेटो |
एजेन्सी |
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले रुसमा उत्तर कोरियाली सेना तैनाथ गरिएको जनाएको छ । नेटोका महासचिव मार्क रुटले उत्तर कोरियाली सैनिकहरूलाई कुर्स्क सीमा क्षेत्रमा खटाइएको बताएका हुन् । |
किन पराजित भयो जापानको सत्तारुढ गठबन्धन ? |
एजेन्सी |
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको साझेदार कोमेटोले तल्लो सदनमा बहुमत गुमाएको छ । आइतबार भएको मतदानको परिणामअनुसार एलडीपी र कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको छ । |
कार्तिक ११, २०८१ |
एक्लोपनले गाँजिदै कोरिया |
एजेन्सी |
कोरियाली शब्द ‘गोडोक्सा’ को अर्थ हो, ‘एक्लो मृत्यु’ । पछिल्लो समय दक्षिण कोरियामा गोडोक्सा एक देशव्यापी समस्या बनेको छ । हरेक वर्ष आफ्नो घरपरिवार, आफन्त र साथीहरूबाट अलग भएका हजारौं दक्षिण कोरियालीहरू एक्लै मर्ने गरेका छन् । कतिपय अवस्थामा त मृतकहरूको शव फेला पार्न पनि केही सातासम्म लाग्ने गरेको छ । |
जापानमा सत्तारुढ दलले बहुमत गुमाउने |
एजेन्सी |
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको साझेदार कोमेटोले आइतबार भएको मतदानमा तल्लो सदनमा बहुमत गुमाउने देखिएको छ । एनएचकेले मतदाताहरूमा गरेको सर्वेक्षणअनुसार प्रधानमन्त्री सिगेरु इसिबालाई गठबन्धन सरकार गठनका लागि तेस्रो दल खोज्नुपर्ने अवस्था आउने देखिएको हो । |
अमेरिकी चुनावमा सेलेब्रिटी |
सजना बराल |
हालै मात्र अमेरिकी माथिल्लो सदन सिनेटका प्रभावशाली नेता बर्नी स्यान्डर्सले आसन्न राष्ट्रपतीय चुनावमा सघाउने नाममा भइरहेको तँछाडमछाडतर्फ संकेत गर्दै यसलाई कुलीनतन्त्रको संज्ञा दिए । ‘लोकतन्त्र भनेको अर्बपतिहरूले चुनाव खरिद गर्ने व्यवस्था होइन, यो कुलीनतन्त्र हो’ भन्दै उनले यसको सामाजिक सञ्जालमार्फत कडा आलोचना नै गरे । |
इजरायलद्वारा इरानमा आक्रमण, पश्चिम एसिया थप तनावपूर्ण |
बुद्धिसागर मरासिनी |
करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी... |
कार्तिक १०, २०८१ |
कुन बढी शक्तिशाली : इरान कि इजरायल ? |
बुद्धिसागर मरासिनी |
करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको हो । |
इजरायलद्वारा इरानको सैन्य इलाकामा हमला |
रोयटर्स |
इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हमला गरेको छ । इरानी मिडियाले राजधानी तेहरान र नजिकैका आधारहरूमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिरहेका छन् । |
कार्तिक ८, २०८१ |
ब्रिक्सले जुराएकाे सम्बन्ध सुधार्ने अवसर |
बुद्धिसागर मरासिनी |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले पाँच वर्षमा पहिलोपटक औपचारिक वार्ता गरेका छन् । भारतका सरकारप्रमुख र चीनका राष्ट्रप्रमुखबीचको भेटवार्ताले सन् २०२० मा भएको घातक सैन्य झडपका कारण बिग्रिएको एसियाका दुई शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धमा अभूतपूर्व सुधार आउने संकेत देखाएको छ । |
भारतको उडिसा र पश्चिम बंगालमा चक्रवात, १५ लाख विस्थापित |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.