text
stringlengths
2
914
एजेन्सी
भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् ।
गाजाको विद्यालयमा इजरायली आक्रमण, कम्तीमा १७ जना मारिए
एजेन्सी
इजरायली सेनाले मध्य गाजाको विद्यालयमा बिहीबार गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आक्रमणमा ४२ जना घाइते भएका अल–अव्दा अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको पार्टीनिकट विद्यार्थी संगठनमाथि प्रतिबन्ध
एजेन्सी
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगनिकट विद्यार्थी सगठन ‘बंगलादेश छात्र लिग’माथि प्रतिबन्ध लगाएको छ । गत जुलाई–अगस्टमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि ‘बंगलादेश छात्र लिग’ माथि प्रतिबन्ध लगाइएको हो ।
उत्तर कोरियाले रुसमा ३ हजार सेना पठाएको अमेरिकाको दाबी
एजेन्सी
उत्तर कोरियाले तीन हजार सैनिकहरू रुस पठाएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेनविरुद्धको लडाइँमा सहभागी हुने सम्भावना रहेको जनाएको छ ।
कार्तिक ७, २०८१
बेलायत र जर्मनीबीच रक्षा सम्झौता
एजेन्सी
बेलायत र जर्मनीले सुरक्षा, लगानी र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । बेलायती सरकारले सम्झौता ऐतिहासिक र महत्वपूर्ण भएको जनाएको छ ।
बंगलादेशका विद्यार्थीहरूले फेरि किन गर्दैछन् आन्दोलन ?
एजेन्सी
बंगलादेशमा फेरि एकपटक आन्दोलन भड्किएको छ । मंगलबार सयौं प्रदर्शनकारीले राष्ट्रपति भवन बंगभवनमा आक्रमण गर्ने प्रयास गरे । तर सेनाले ब्यारिकेड लगाएर उनीहरूको बाटो अवरुद्ध गरेको थियो ।
अमेरिकी राष्ट्रपतीय चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप
एजेन्सी
अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाएको छ ।
पुटिनका पाहुना : सीदेखि मोदी, एर्दोगानदेखि रामाफोसासम्म
बुद्धिसागर मरासिनी
करिब तीन वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिकी नेतृत्वमा विभिन्न पश्चिमा देशहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्व मञ्चबाट एक्ल्याउनका लागि निकै जोडतोडका साथ लागिपरे । तर रुसी राष्ट्रपति पुटिनले उल्टै ती देशलाई आइतबार गतिलो जवाफ दिएका छन् । रुसी राष्ट्रपति पुटिनले आइतबार विश्वका उदीयमान देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग हात मिलाएका छन्, त्यो पनि आफ्नै भूमिमा ।
कार्तिक ६, २०८१
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली आक्रमणमा १३ को मृत्यु, ५७ घाइते
एजेन्सी
लेबनानको दक्षिण बेरुत अस्पताल नजिकै इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको छ । लेबनानकै सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।
कार्तिक ५, २०८१
बंगलादेशमा डेंगीका बिरामी ५० हजार नजिक
कान्तिपुर संवाददाता
बंगलादेशमा अक्टोबरमा ८४ डेंगीसम्बन्धी मृत्यु रेकर्ड गरिएको छ । यो यस वर्ष डेंगीका कारण सबैभन्दा बढी मासिक मृत्युको संख्या हो ।
भारत र चीनबीच सीमाक्षेत्रमा तनाव अन्त्य गर्ने सहमति
एजेन्सी
भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले विवादित सीमाक्षेत्रमा तनाव अन्त्यका लागि गस्तीको व्यवस्था गर्न दुई देशबीच सहमति भएको जनाएका छन् ।
अस्ट्रेलियाकी सांसदले चार्ल्सलाई भनिन्, ‘तपाईं हाम्रो राजा होइन’
एजेन्सी
बेलायती राजा चार्ल्स तृतीय हाल अस्ट्रेलिया भ्रमणमा छन् । आइतबार अस्ट्रेलिया पुगेका उनले भ्रमणको दोस्रो दिनमा भने नसोचेको व्यवहारको सामना गर्नुपरेको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
ट्रम्पको पक्षमा पैसा खन्याइरहेका इलनमाथि कानुनी प्रश्न
कान्तिपुर संवाददाता
अबको ठ्याक्कै १५ दिनपछि हुन गइरहेको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन विश्वकै धनी इलन मस्कले चन्दाको ओइरो लगाएका छन् । गएको तीन महिनामा मात्रै उनले ट्रम्प अभियानका लागि ७५ मिलियन डलर (करिब १० अर्ब रुपैयाँ) उपलब्ध गराइसकेका छन् ।
हेजबुल्लाहलाई सहयोग गर्ने लेबनानका बैंकमा इजरायलको आक्रमण
एजेन्सी
इजरायलले हेजबुल्लाह समूहलाई सहयोग उपलब्ध गराएको दाबी गर्दै दक्षिणी लेबनान र बेरुतका बैंकमा आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी लेबननस्थित हेजबुल्लाहको नियन्त्रणमा रहेका दाहिय र बेका उपत्यका क्षेत्रमा भीषण हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणमा मानिसहरू हताहत भएको विषयमा भने केही उल्लेख गरिएको छैन ।
दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब'
एजेन्सी
भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण 'अत्यन्तै खराब' मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।
कार्तिक ४, २०८१
इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा पदभार ग्रहण
एजेन्सी
इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्रबोवो सुबिआन्तोले आइतबार पदभार ग्रहण गरेका छन् । सुबिआन्तोले इन्डोनेसियाको आठौं राष्ट्रपतिका रूपमा जोको विडोडोलाई विस्थापित गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध निर्मम रूपमा अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
उत्तरी गाजामा इजरायलले गरेको आक्रमणमा ७३ जना मारिए
एजेन्सी
इजरायली सेनाले उत्तरी गाजामा आइतबार गरेको आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । हमास प्रशासनका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले आइतबार दिउँसो बेइत लाहियामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
कार्तिक ३, २०८१
इजरायली आक्रमणबाट गाजामा ३३ जना मारिए
एजेन्सी
इजरायली सेनाले गाजास्थित शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जनाको ज्यान गएको छ । गाजास्थित हमास प्रशासनका अनुसार मारिनेमा २१ जना महिला छन् । ८५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।
कार्तिक २, २०८१
चार महिनामा दोस्रोपटक रुस जाँदै मोदी
एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता हुने ब्रिक्स सम्मेलनमा भाग लिन रुस जाने भएका छन् । अक्टुबर २२ देखि २४ मा रुसको कजान सहरमा हुने सम्मेलनमा विश्वव्यापी मुद्दा र सदस्य राष्ट्रहरूबीचको सहयोगबारे छलफल हुने जनाइएको छ ।
पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन
एजेन्सी
पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार सार्वजनिक स्थानमा भेला हुनसमेत रोक लगाएका छन् । विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका करिब २ करोड ६० लाख बालबालिको पठनपाठन प्रभावित भएको जनाइएको छ ।
हमासका शीर्ष नेता सिनवार मारिएपछि के इजरायलले युद्ध रोक्ला ?
एजेन्सी
इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा हमास समूहका नेता याह्या सिनवार मारिएका छन् । इजरायल, अमेरिका र युकेले उनी एक वर्षअघि दक्षिणी इजरायलमा गरिएको आक्रमणको मुख्य योजनाकार भएको बताउँदै आएका थिए ।
कार्तिक १, २०८१
विषाक्त मदिरा सेवन गर्दा भारतमा २० जनाको मृत्यु
एजेन्सी
भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
रूसी आक्रमणमा परी १० सिरियालीको मृत्यु, ३० जना घाइते
रासस/एएफपी
उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी
एजेन्सी
बंगलादेशको अदालतले जनप्रदर्शनका कारण पदच्युत भएपछि भागेर भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ ।
बार्दलीबाट खसेर चर्चित पप गायक लियाम पेनको मृत्यु
कान्तिपुर संवाददाता
चर्चित पप गायक लियाम पेनको मृत्यु भएको छ । 'वन डिरेक्सन' ब्यान्डका पूर्वसदस्यसमेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आश्विन ३०, २०८१
नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा १ सय ४० भन्दा बढीको मृत्यु
रासस
उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।
इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिन्छौं : इरान
रासस/एएफपी
इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै कारबाही गर्न आग्रह गरेको छ
इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण
रासस/एएफपी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरेको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।
भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा
कान्तिपुर संवाददाता
भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम रहेको तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण ९ वर्षपछि भएको हो ।
चर्कियो भारत-क्यानडा तनाव
कान्तिपुर संवाददाता
भारत र क्यानडाबीचको सम्बन्ध खराब स्थितिमा पुगेको छ । क्यानडामा गत वर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तल्लोस्तरमा पुगेको हो । भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई यस्तै आदेश दिएको छ ।
आश्विन २९, २०८१
उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने सडक विस्फोट गराई भत्कायो
कान्तिपुर संवाददाता