text stringlengths 2 914 |
|---|
उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडकहरू विस्फोट गराई भत्काइदिएको छ । दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएको उत्तर कोरियाले मंगलबार दुई कोरियाली मुलुकलाई जोड्ने सडक भत्काएको हो । |
जापानमा निर्वाचन अभियान सुरू |
रासस/सिन्ह्वा |
जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबार देखि निर्वाचन अभियान सुरु भएको छ । |
रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध |
रासस/एएफपी |
युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ । |
भारत-क्यानडा तनाव : दुवैले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरे |
कान्तिपुर संवाददाता |
भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । |
आश्विन २८, २०८१ |
आफ्ना राजदूतमाथि क्यानडाले अनुसन्धान गरिरहेको भन्दै भारतको असन्तुष्टि |
एजेन्सी |
गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि क्यानडाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ । |
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई |
रासस |
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। |
शान्तिसेनामाथि इजरायली आक्रमण पूर्णतया अस्वीकार्य : इयू |
एजेन्सी |
युरोपेली संघ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृंखलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । |
हिजबुल्लाहको ड्रोन आक्रमणमा चार इजरायली सैनिकको मृत्यु |
एजेन्सी |
हाइफाको दक्षिणी भागमा रहेको इजरायली सेनाको बेसमा हिजबुल्लाहको ड्रोन आक्रमणमा आइतबार राति चार इजरायली सैनिकको मृत्यु भएको छ |
को बन्ला विश्वको पहिलो ट्रिलिनियर ? |
कान्तिपुर संवाददाता |
विश्वका सबैभन्दा धनी दस व्यक्तिमध्ये आठजना त प्रविधि क्षेत्रकै छन् । यिनको सम्पत्ति अहिले बिलियन डलरमा छ भने अबको तीन वर्षभित्र ट्रिलियन डलर पुग्ने आंकलन गरिएको छ । तर, यी धनाड्यमध्ये सबैभन्दा पहिला को ट्रिलिनियर बन्ला ? |
ताइवानलाई घेरेर चीनले सुरू गर्यो संयुक्त सैन्य अभ्यास |
एजेन्सी |
ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ । |
इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, १५ को मृत्यु |
कान्तिपुर संवाददाता |
इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिन गाजामा प्रयोग गरिएको विद्यालयमा आक्रमण गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ । |
आश्विन २७, २०८१ |
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते |
रासस/सिन्ह्वा |
दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । |
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु |
रासस/एएफपी |
पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । |
आश्विन २६, २०८१ |
शरणार्थी शिविरमा इजरायली सेनाको बमबारी, कम्तीमा ३३ जनाको मृत्यु |
रासस, सिन्ह्वा |
इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा बमबारी गर्दा कम्तीमा ३३ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । शरणार्थी शिविरमा गरिएको इजरायली सेनाको बमबारीबाट दर्जनौं प्यालेस्टाइनी घाइते भएका छन् । |
बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने |
एजेन्सी |
बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले शुक्रबार जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ । |
‘नाभाल्नीलाई जेलमा नै आफ्नो मृत्यु हुन्छ भन्ने थाहा थियो’ |
रासस/एएफपी |
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका रूसी विद्रोही एलेक्सी नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उनको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ । |
ब्राजिलमा डढेलोका कारण दुई करोड २० लाख हेक्टर वन क्षेत्र प्रभावित |
एजेन्सी |
ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । |
आश्विन २५, २०८१ |
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान |
रासस/एएफपी |
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । |
इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह |
रासस/एएफपी |
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गरेका छन् । |
नोएल टाटा बने 'टाटा ट्रस्ट'को नयाँ अध्यक्ष |
एजेन्सी |
टाटा ट्रस्टको नयाँ अध्यक्ष नोएल टाटा बन्ने भएका छन् । रतन टाटाको निधनपछि नोएलले ट्रस्टको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । बुधबार राति रतन टाटाको निधन भएको थियो । नोएल रतनका सौतेनी भाइ हुन् । शुक्रबार बसेको ट्रस्टको बोर्ड बैठकले ६७ वर्षीय नोएललाई नयाँ अध्यक्षका रूपमा चयन गरेको हो । |
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या |
एजेन्सी |
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी समूहले गरेको आक्रमणमा २० जना कामदारको मृत्यु भएको छ । उनीहरूलाई गएराति गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । |
जापानी संस्था निहोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार |
कान्तिपुर संवाददाता |
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिइने भएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले लाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । |
आश्विन २४, २०८१ |
अरुका लागि बाँचेका टाटा |
बुद्धिसागर मरासिनी |
यो पृथ्वीमा पाइला टेकेकामध्ये विरलै मानिस अरुकै लागि बाँच्ने गर्छन् । भारतीय उद्योगपति रतन टाटा त्यसैमध्येका एक हुन् भन्दा फरक पर्दैन । उनी भन्ने गर्थे - सफलता तपाईंको हैसियतले होइन, तपाईंका कारण अरुमा पर्ने प्रभावले मापन हुन्छ । |
भारतको डिजिटल बुमका एक महत्त्वपूर्ण आधार थिए रतन टाटा |
कान्तिपुर संवाददाता |
झन्डै ३० लाख करोड भारूभन्दा बढीको बजार मूल्य भएको टाटा समूहका विभिन्न कम्पनीहरू भारतका औद्योगिक र उच्च घरानादेखि सामान्य परिवारका घरायसी जीवनका हिस्सा बनेका थिए । |
दक्षिण कोरियाली लेखिकालाई साहित्यतर्फको नोबेल |
एजेन्सी |
साहित्यतर्फको नोबेल पुरस्कार यसवर्ष दक्षिण कोरियाली लेखिका हान काङलाई प्रदान गरिने भएको छ । |
इजरायली आक्रमणमा गाजा टिभीका क्यामेरा म्यानको मृत्यु |
एजेन्सी |
इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजन स्टेशनका लागि काम गर्ने एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ । |
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने |
रासस/एएफपी |
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीन र अस्ट्रेलियाबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । |
भारतीय उद्योगपति रतन टाटाको निधन |
कान्तिपुर संवाददाता |
भारतका प्रसिद्ध उद्योगपति तथा टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको निधन भएको छ । टाटाको मुम्बईस्थित एक अस्पतालमा बुधबार राति ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । |
आश्विन २३, २०८१ |
राष्ट्रसंघको शरणार्थी पुरस्कार ब्राजिलियन भिक्षुणी माइलेसीलाई, नेपालकी गुरूङ पनि सम्मानित |
रासस/एएफपी |
आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर)को 'नानसेन पुरस्कार' जितेकी छन् । |
भौतिक र चिकित्सा शास्त्रमा यसपालिका नोबेल विजेता |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विषयमा हुने खोज तथा अन्वेषणमा चासो राख्ने जो कोहीलाई हरेक वर्ष अक्टोबर महिना निकै महत्त्वपूर्ण रहने गर्छ । त्यसको कारण हो, प्रतिष्ठित नोबेल पुरस्कार विजेताको नाम घोषणा । नोबेल पुरस्कार स्थापना भएको सवा एक शताब्दी भइसकेको छ । यो पुरस्कार हरेक वर्ष विभिन्न ६ विधामा प्रदान गरिँदै आइएको छ । |
आश्विन २२, २०८१ |
एआईसम्बन्धी अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल |
एजेन्सी |
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । |
आश्विन २१, २०८१ |
इजरायली हवाई आक्रमणमा लेबनानमा १० मारिए |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.