text stringlengths 2 914 |
|---|
भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहा गर्न आदेश दिएको छ । कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा उनलाई सर्वोच्च अदालतबाट राहत मिलेको हो । |
भाद्र २७, २०८१ |
काेलकातामा अदालतको आदेश अवज्ञा गर्दै डाक्टरहरूको प्रदर्शन जारी |
एजेन्सी |
भारतको कोलकातास्थित एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका जुनियर डाक्टरहरूले अदालतको आदेश अवज्ञा गरेका छन् । काेलकाताकाे आरजी कर मेडिकल कलेजमा गत अगस्ट ९ मा ३१ वर्षीया चिकित्सकको शव भेटिएपछि भारतभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका थिए । |
पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन |
एजेन्सी |
मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मृत्यु भएको छोरी केइको फुजिमोरीले पुष्टि गरेकी हुन् । |
भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन |
एजेन्सी |
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ । यचुरीको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा यचुरीको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । |
मलेसियामा शारीरिक र यौन शोषणमा परेका ४०२ बालबालिका र किशोरकिशोरीको उद्धार |
एजेन्सी |
मलेसियाली प्रहरीले शारीरिक र यौन शोषणमा परेका ४०२ बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । उनीहरूलाई २० वटा केयर होमबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले धार्मिक गुरू र हेरचाह गर्नेसहित १७१ जना संदिग्धलाई पक्राउ गरेको छ । |
इजरायलले गाजास्थित विद्यालयमा गरेको आक्रमणमा १८ जनाको मृत्यु |
एजेन्सी |
इजरायलले गाजास्थित एक विद्यालयमा गरेको आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । मारिनेमध्ये ६ जना संयुक्त राष्ट्रसंघीय कर्मचारी छन् । उनीहरू प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) का कर्मचारी भएको बीबीसीले जनाएकाे छ । |
भाद्र २६, २०८१ |
भारतीय कंग्रेस नेता गान्धीविरुद्ध सिख समुदाय आन्दोलित |
एजेन्सी |
भारतीय विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीविरुद्ध भारतीय सिख समुदायले आन्दोलित भएको छ । राहुलले अमेरिकामा दिएको अभिव्यक्तिपछि आक्रोशित शिख समुदायले नयाँदिल्लीस्थित गान्धी निवास अगाडि प्रदर्शन गरेका छन् । |
इजरायली आक्रमणमा २७ प्यालेस्टिनी मारिए |
एजेन्सी |
इजरायली सेनाले गाजाका विभिन्न स्थानमा बुधबार गरेको आक्रमणमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा १३ जना प्यालेस्टिनी मारिएका हुन् । |
चुनावी बहस : ट्रम्पमाथि ह्यारिस हाबी |
बुद्धिसागर मरासिनी |
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस पहिलोपटक बहसमा भिडेका छन् । मुख्य–मुख्य चुनावी मुद्दामा दुई उम्मेदवारबीच चर्को बहस भएको छ । |
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो |
कान्तिपुर संवाददाता |
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताए । |
भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । |
अमेरिकी राष्ट्रपति चुनाव : उम्मेदवारबीचको बहसले बदलिएको नतिजा |
बुद्धिसागर मरासिनी |
अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावका प्रमुख प्रतिस्पर्धी हुन्– डोनाल्ड ट्रम्प र कमला ह्यारिस । चुनावको मिति नजिकिएसँगै रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्रेटिक दलकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसबीच पहिलो चुनावी बहस नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजेदेखि सुरु भएको छ । |
भाद्र २४, २०८१ |
ट्रम्प र ह्यारिसमा को बलियाे ? |
बुद्धिसागर मरासिनी |
चुनावको मिति दुई महिनाभन्दा पनि कम रहेका बेला अमेरिकी राष्ट्रपतीय चुनावका दुई उम्मेदवारबीच मंगलबार टेलिभिजन बहस हुँदै छ । रिपब्लिकन दलका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक दलका उपराष्ट्रपति कमला ह्यारिसबीच ९० मिनेट लामो बहस हुने भएको हो । |
इजरायलले आक्रमण गर्दा सिरियामा १४ जनाको मृत्यु |
एजेन्सी |
इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४३ जना घाइते भएका छन् । |
भाद्र २३, २०८१ |
भेनेजुयलामा कहिलेसम्म टिकिरहलान् मदुरो ? |
बुद्धिसागर मरासिनी |
भेनेजुयलामा गत जुलाई २८ मा भएको राष्ट्रपतीय चुनावसँगै राजनीतिक संकट गहिरिँदै गएको छ । चुनाव भएको भोलिपल्ट निर्वाचन आयोगले राष्ट्रपति निकोसस मदुरोलाई तेस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेको थियो । |
अमेरिकाको केन्टुकीमा गोली प्रहार, बन्दुकधारीको खोजी जारी |
एजेन्सी |
अमेरिकाको केन्टुकी राज्यको लन्डन सहरनजिकै राजमार्गमा भएको अन्धाधुन्ध गोली प्रहारमा ७ जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गोली प्रहारपछि फरार बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । |
भेनेजुयलाका राष्ट्रपति मदुराेका प्रतिस्पर्धीले स्पेनमा लिए शरण |
एजेन्सी |
राजनीतिक तनाव बढेसँगै देश छाडेर भागेका भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिएका छन् । गत जुलाइ २८ मा भएको राष्ट्रपतीय निर्वाचनपछि उत्पन्न तनावबीच गोन्जालेजलाई सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । |
भाद्र २२, २०८१ |
लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशंका |
रासस |
लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा शनिबार चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् । |
रकेट आक्रमणपछि भारतमा विद्यालय बन्द |
रासस/एएफपी |
भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । |
सत्ता निसानामा टेलिग्राम र दुरोभ |
सजना बराल |
गत साता आफ्नो निजी जेटबाट फ्रान्सको ला बोर्जेट विमानस्थलमा ओर्लिंदै गरेका टेलिग्राम एपका सीईओ दुरोभ पाभेललाई स्थानीय प्रहरीले पक्राउ गर्यो । लागूपदार्थ तस्करीदेखि बाल यौन दुर्व्यवहार, सम्पत्ति शुद्धीकरणजस्ता आपराधिक गतिविधिमा टेलिग्राम प्रयोग हुन दिएको आरोपमा दुरोभ पक्राउ परेका थिए । यसमा पूरा जाँच नहुन्जेल फ्रान्स छोड्न नमिल्ने गरी उनलाई धरौटीमा रिहा गरिएको छ । |
भाद्र २१, २०८१ |
सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावित : राष्ट्र संघ |
रासस/सिन्ह्वा |
बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसङ्घीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ । |
अगष्टमा अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत |
रासस/एएफपी |
अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्यांकले देखाएको छ । |
आरटी विवादमा रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउने |
रासस/एएफपी |
क्रेमलिनले शुक्रबार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । |
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु |
रासस/एएफपी |
म्यानमारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् । |
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु |
रासस/एएफपी |
मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । |
भाद्र २०, २०८१ |
फ्रान्सको प्रधानमन्त्रीमा बार्नियर मनोनित |
रासस/एएफपी |
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् । |
अस्ट्रेलियाली नेता सर्टनले लिए राजनीतिबाट सन्यास |
नारायण खड्का |
अस्ट्रेलियाली लेबर पार्टीका पूर्वनेता तथा वर्तमान सरकारका वरिष्ठमन्त्री बिल सर्टनले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । सर्टन अहिले अपांगका लागि काम गर्ने रास्ट्रिय निकाय नेसनल डिजिबिलीटी इन्सुरेन्स स्किम मन्त्रालय सम्हालिरहेका छन् । |
जर्जियाको हाईस्कुलमा १४ वर्षीय किशोरद्वारा गोली हानी चार जनाको हत्या |
रोयटर्स |
अमेरिकाको जर्जियास्थित अपलाची हाईस्कुलमा एक १४ वर्षीय किशोरले बुधबार गोली हानी दुई सहपाठी र दुई शिक्षकको हत्या गरेका छन् । अन्य नौ जना घाइते भएका छन् । |
आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा |
रासस/एएफपी |
महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने उल्लेख गरे । |
भाद्र १९, २०८१ |
हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा |
एजेन्सी |
अमेरिकाले सन् २०२३ अक्टोबरमा ७ मा इजरायलमा आक्रमण गराएको भन्दै हमास नेताहरूविरुद्ध मुद्दा चलाएको छ । अमेरिकाको कानुन मन्त्रालयका अनुसार याह्या इब्राहिम सिनवर र अन्य पाँच नेताहरूविरुद्ध मुद्दा लगाएको हो । |
किन हुँदैन गाजामा युद्धविराम ? |
बुद्धिसागर मरासिनी |
इजरायल र हमासबीच गाजा क्षेत्रमा करिब ११ महिनादेखि युद्ध जारी छ । २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएयता दुई पक्षबीच युद्धविरामका लागि चरणबद्ध वार्ताहरू भइसकेका छन् । तर ती वार्ता अझैसम्म निष्कर्षमा पुग्न सकेका छैनन् । |
भाद्र १८, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.