text
stringlengths
2
914
रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ मारिए
एजेन्सी
रुसले युक्रेनको पोल्ताभा सहरमा मंगलबार गरेको आक्रमणमा कम्तीमा ४१ जना मारिएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको क्षेप्यास्त्र आक्रमणमा उनीहरुको ज्यान गएको बताए ।
कंगोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
रासस/एएफपी
डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार बताएका छन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकी कब्जामा
कान्तिपुर संवाददाता
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ । अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डका अनुसार उक्त जहाज फर्जी कम्पनीमार्फत १३ मिलियन अमेरिकी डलरमा अवैध रूपमा खरिद गरिएको थियो ।
भाद्र १७, २०८१
किन टसमस हुँदैनन् नेतान्याहु ?
बुद्धिसागर मरासिनी
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि इतिहासकै ठूलो आक्रमण गरेको करिब ११ महिना पुगेको छ । गत अक्टुबर ७ मा गरिएको आक्रमणमापछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएर लगिएका मध्ये ६ जनाको दक्षिणी गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि शव फेला परेको थियो ।
बन्धक छुटाउन पहल नगरेको भन्दै इजरायलमा चर्कियो सरकारविरोधी प्रदर्शन
कान्तिपुर संवाददाता
इजरायलमा सरकारविरोधी प्रदर्शन चर्किएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध सडक प्रदर्शन चर्किएको हो ।
भाद्र १६, २०८१
के अमेरिका असुरक्षित छ ?
बुद्धिसागर मरासिनी
अधिकांश नेपालीका लागि ‘सपनाको देश’ हो अमेरिका । अध्ययन, रोजगारी वा भ्रमणकै लागि किन नहोस्, जीवनमा एकपटक अमेरिका टेक्न चाहने नेपाली निकै छन् । तर, पछिल्लो समय अमेरिकामा भएका गोलीकाण्ड र हत्याका घटनामा नेपालीहरूले एकाएक ज्यान गुमाएका समाचारहरू बाहिरिन थालेका छन् ।
गाजामा बन्दुकको नालमुनि पोलियो खोप
एजेन्सी
द्वन्द्वग्रस्त गाजा क्षेत्रमा १० वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धकाे खोप लगाउनु सुरू गरिएको छ । गाजा क्षेत्रमा २५ वर्षयता पहिलोपटक पोलियो संक्रमण देखिएपछि खोप अभियान सुरु गरिएको हो । बीबीसीका अनुसार खोप लगाउन हजारौं बालबालिका लाममा बसेका छन् ।
हमासले इजरायलबाट बन्धक बनाएका ६ जनाको शव भेटियो
एजेन्सी
इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो ।
भाद्र १५, २०८१
रुस-युक्रेन युद्ध : भारतले गर्ला त मध्यस्थता ?
बुद्धिसागर मरासिनी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ महिनाको अवधिमा द्वन्द्वरत रुस र युक्रेन दुवै देशको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले रुस–युक्रेन युद्ध ‘संवाद र कूटनीति’ मार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए । मोदीकै अभिव्यक्तिलाई मलजल हुने गरी शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत दुई देशबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गर्न इच्छुक रहेको बताएका छन् । नियमित मिडिया ब्रिफिङका क्रममा उनले भारतले रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि रचनात्मक भूमिका खेल्न चाहेको बताएका हुन् ।
पानीजहाज जुधेपछि चीन र फिलिपिन्सबीच आरोप-प्रत्यारोप
एजेन्सी
साउथ चाइना समुद्रको विवादित क्षेत्रमा तटरक्षक पानीजहाजहरू जुधेपछि चीन र फिलिपिन्सले एकअर्कालाई आरोप लगाएका छन् । फिलिपिन्सले चिनियाँ जहाज ‘सिधै र नियोजित रुपमा’ आफ्नो जहाजसँग ठोक्काइएको दाबी गरेको छ । त्यस्तै, बेइजिङले फिलिपिन्सलाई जानाजान चिनियाँ जहाजसँग जुधाइएको आरोप लगाएको छ ।
मिथ्या सूचना विवादपछि ब्राजिलमा ‘एक्स’माथि प्रतिबन्ध
एजेन्सी
कानुनी प्रतिनिधि तोक्न विफल भएको भन्दै ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध लगाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेसान्ड्री डी मोराइसले अदालतका सबै आदेशको पालना नगरेसम्म र जरिवाना रकम नतिरेसम्म एक्समाथि प्रतिबन्ध लगाउने आदेश दिएका हुन् ।
भाद्र १३, २०८१
वेस्ट ब्यांकमा आक्रमण रोक्न राष्ट्रसंघको आग्रह
एजेन्सी
संयुक्त राष्ट्रसंघले अतिक्रमित वेस्ट ब्यांकमा इजरायलले गरेको आक्रमण तत्काल रोक्न माग गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले पहिले नै खराब रहेको वेस्ट ब्यांकमा थप भयावह अवस्था उत्पन्न भएको बताएका छन् ।
जापानमा शक्तिशाली आँधी, कम्तीमा ३ को मृत्यु
एजेन्सी
जापानमा शक्तिशाली आँधीका कारण बिहीबार ३ जनाको ज्यान गएको छ । आँधीका कारण आइची प्रिफेक्चरको गामागोरी सहरमा पहिरोमा परेर एकै परिवारको तीन जनाको ज्यान गएको हो ।
टेलिग्रामका मालिकलाई संगठित अपराधमा अनुसन्धान
एजेन्सी
सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी पाभेल डुरोभलाई फ्रान्समा संगठित अपराधको अनुसन्धानमा अभियोग चलाइएको छ ।
बंगलादेशमा जमात-ए-इस्लामीमाथिको प्रतिबन्ध फुकुवा
रासस/एएफपी
बंगलादेशको अन्तरिम सरकारले जमात-ए-इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागु हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।
कंगोमा मंकीपक्सका कारण हालसम्म ६१० जनाको मृत्यु
नान/सिन्हवा
कंगोमा मंकीपक्सको प्रकोपबाट १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताएका छन् । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गरेका छन्।
भाद्र १२, २०८१
भारतको गुजरातमा बाढी, १६ को मृत्यु
एजेन्सी
भारतको गुजरात राज्यमा मुसलधारे वर्षापछिकाे बाढीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यका अनुसार गुजरात राज्यका ८ जिल्लामा आएको बाढीले सोमबारयता १६ जनाको मृत्यु भएको हो ।
स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]
एजेन्सी
स्पेनको भ्यालेन्सियास्थित बुनोल गाउँमा बुधबार 'टोमाटिनो' फेस्टिभल मनाइएको छ । याे फेस्टिभल हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ । फेस्टिभलका सहभागीले एक–अर्कालाई टमाटरले हानेर रमाइलो गर्ने गर्छन् । 'टोमाटिनो' खानेकुरा हानाहान गरेर मनाइने विश्वकै ठूलो फेस्टिभल मानिन्छ । फेस्टिभल १९४५ अगस्ट २९ बाट मनाउन सुरू गरिएको हो ।
हजारौँ विस्थापित युक्रेनी बालबालिकालाई पोल्याण्डका विद्यालयमा भर्ना गरिने
रासस/एएफपी
स्वदेश फर्कने आशामा यसअघि पोल्याण्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्याण्डका विद्यालयमा भर्ना गरिने भएको छ ।
चुनावमा हस्तक्षेप गर्न खोजेको भन्दै ट्रम्पविरुद्ध फेरि मुद्दा
एजेन्सी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन (वर्तमान राष्ट्रपति) सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् ।
रुस-युक्रेन युद्ध : आक्रामक पुटिन, थकित जेलेन्स्की
बुद्धिसागर मरासिनी
रूसले युक्रेनमा आक्रमण सुरु गरेको ९ सय १४ दिन भइसकेको छ । आक्रमण थालेको छोटो समयमै रुसले युक्रेनलाई नियन्त्रणमा लिएर आफूअनुकूलको शासन सत्ता स्थापित गर्ने ठानिएको थियो । सैनिक संख्या, हातहतियार र प्रविधिका आधारमा विश्वकै दोस्रो शक्तिशाली देश रुससामु १८ औं स्थानको युक्रेन लामो समय टिक्ने अनुमान कसैको पनि थिएन ।
भाद्र ११, २०८१
भारतमा चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरी दमन
एजेन्सी
भारतको कोलकातामा महिला चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । मंगलबारको विरोधका क्रममा आक्रोशित प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले भीड तितरबितर गर्न लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ ।
अस्ट्रेलिया सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने घोषणा
कान्तिपुर संवाददाता , सिन्ह्वा
अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मंगलबार घोषणा गरेको छ ।
चिनियाँ जासुसी विमानले हवाई क्षेत्र उल्लंघन गरेकाे जापानको आरोप
एजेन्सी
जापानले चिनियाँ जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । जापानका अनुसार स्थानीय समयअनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि ‘वाई–९’ जासुसी विमानले डान्जो टापुको ‘हवाई क्षेत्रको उल्लंघन’ गरेको जनाएको हो ।
चिनियाँ ईभीलाई क्यानडाले लगायो १०० प्रतिशत भन्सार शुल्क
कान्तिपुर संवाददाता
क्यानडाले चीनमा बनेका विद्युतीय गाडी(ईभी) को भन्सार शुल्क बढाएर १०० प्रतिशत पुर्‍याएको छ । अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै क्यानडाले पनि चिनियाँ ईभीको आयातमा शुल्क बढाएको थियो । त्यस्तै क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ ।
भाद्र १०, २०८१
किन अशान्त छ बलुचिस्तान ?
बुद्धिसागर मरासिनी
बलुचिस्तान भूगाेलका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसाबले सबैभन्दा सानो । प्राकृतिक स्रोतमा निकै धनी भए पनि बलुचिस्तान पाकिस्तानकै कम विकसित प्रान्त हो । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तानको उत्तरपूर्वमा खैबर पख्तुन्ख्वा, पूर्वमा पन्जाब र दक्षिणपूर्वमा सिन्ध राज्य छन् ।
रुसद्वारा युक्रेनी राजधानी किभसहित दर्जनौं सहरमा आक्रमण
एजेन्सी
रुसी सेनाले सोमबार युक्रेनको राजधानी किभसहित कैयौं सहरमा आक्रमण गरेको छ । क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
इजरायलका ‘नयाँ सर्तहरू’ अमान्य, वार्ताबाट पछि हट्यो हमास
रासस
हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।
पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जनाको हत्या
एजेन्सी
दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् ।
विश्व विचित्र : सर्वाधिक ट्याटु खोपाएकी महिला
कान्तिपुर संवाददाता
अधिकांशले रहरका कारण शरीरमा सानो–ठूलो ट्याटु खोपाएका हुन्छन् । कतिपयका लागि यो फेसन स्टेटमेन्ट पनि बन्ने गर्छ । तर, अमेरिकी सेनाबाट निवृत्त एक महिलाले भने ट्याटु खोपाएकै कारण नयाँ कीर्तिमान राखेकी छन् ।
भाद्र ९, २०८१
किन लडिरहन्छन् इजरायल र हिजबुल्लाह ?
बुद्धिसागर मरासिनी