text
stringlengths
2
914
करिब एक वर्षदेखि प्यालेस्टिनी विद्रोह समूह हमाससँग निरन्तर लडाइँ गर्दै आइरहेको इजरायलको लेबनानी फाैज हिजबुल्लाहसँग पनि युद्ध सुरु भएको छ । हिजबुल्लाहले आइतबार इजरायलमा आक्रमण सुरु गरेपछि दुई पक्षबीच युद्ध सुरु भएको हो । युद्धको कारण भने एक महिनाअघिको घटना बनेको छ ।
आकाशमा इजरायल-हिजबुल्लाह युद्ध [तस्बिरहरू]
एजेन्सी
लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव चर्किएको छ । हिजबुल्लाहले आइतबार करिब एक दर्जन इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेटहरू प्रहार गरेको छ । तर इजरायली सेनाले भने ती ड्रोन तथा रकेटलाई आकाशमै निस्तेज बनाइदिएको जनाएको छ ।
टेलिग्रामका प्रमुख कार्यकारी फ्रान्समा पक्राउ
एजेन्सी
सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ ।
लेबनानसँग तनाव बढेपछि इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा
रासस
लेबनानसँगको बढ्दो तनावकाबीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ ।इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकलका घोषणा गरेका हुन् । यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ ।
हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार
रोयटर्स
लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । बेरुतमा हिजबुल्लाह कमाण्डरको हत्यापछि आक्रमण भएको हो ।
भाद्र ८, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन
एजेन्सी
अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी भएका छन् ।
जर्मनीमा चक्कु प्रहारबाट ३ को मृत्यु
एजेन्सी
जर्मनीको पश्चिमी सहर जोलिंगनमा चक्कु प्रहारबाट तीन जनाको ज्यान गएको छ । जर्मन प्रहरीका अनुसार घटनामा आठ जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार एक व्यक्तिले बाटोमा हिँडिरहेकाहरूलाई अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । त्यसलगत्तै ती आक्रमणकारी फरार भएका थिए ।
पाकिस्तानमा बम विस्फोट, २ बालबालिकाको मृत्यु
एजेन्सी
पास्कितानको बलोचिस्तान प्रान्तको पिसिन जिल्लामा शनिबार भएको बम विस्फोटमा दुई बालबालिकाको ज्यान गएको छ । घटनामा दुई प्रहरीसहित १४ जना घाइते भएका छन् ।
सर्वाधिक रौं भएका ‘उल्फ म्यान’
कान्तिपुर संवाददाता
शरीरमा अनावश्यक रौं हुँदा स्वभावतः हामीलाई दिक्क लाग्ने गर्छ । पटकैपिच्छे काटेर वा उखेलेर फाल्ने झन्झट आइलाग्छ । तर शरीरको ९८ प्रतिशत भागमा असामान्य रूपमा घना मात्रामा रौं भयो भने अवस्था कस्तो होला ? मेक्सिकन एक गोमेज परिवारमा यस्तै जेनेटिक समस्याले पाँच पुस्तासम्मलाई पिरोलेको छ ।
भाद्र ७, २०८१
पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु
कान्तिपुर संवाददाता
मध्यपाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ । दक्षिणी सिन्ध र मध्यपञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि संगठित अपराधका गिरोहहरू सक्रिय छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज
रासस/एएफपी
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ ।संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उनको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ ।
दक्षिण कोरियाको होटेलमा आगलागी : ७ जनाको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
थाइल्यान्डमा विमान दुर्घटना : ७ जनाको मृत्यु
कान्तिपुर संवाददाता
थाइल्यान्डको पूर्वीप्रान्त चाचोएङ्साओमा बिहीबार भएको विमान दुर्घटनामा ५ चिनियाँ नागरिकसहित ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भाद्र ६, २०८१
इन्डोनेसियामा सत्तारूढ दलकाे पक्षमा निर्वाचन कानुन ल्याउने तयारीपछि देशव्यापी प्रदर्शन
एजेन्सी
इन्डोनेसियामा संवैधानिक अदालतको आदेशविपरीत सरकारले निर्वाचन कानुन संशोधनको प्रक्रिया अघि बढाएपछि सुरु भएको आन्दोलन देशव्यापी बनेको छ । सरकारी प्रयासको विरोधमा राजधानी जकार्तासँगै पडाङ, बान्डुङ्ग र योगकर्ता लगायतका सहरमा बिहीबार दशौं हजारले प्रदर्शन गरेका छन् । त्यसक्रममा कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको बीबीसीले जनाएको छ ।
विश्वका ५५ देशका सरकारद्वारा आलोचकमाथि यात्रा प्रतिबन्ध प्रयोग : फ्रिडम हाउस
रासस/एएफपी
विश्वका कम्तीमा पनि ५५ वटा सरकारले कथित राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध दमनकारी रणनीतिका रूपमा यात्रा प्रतिबन्धको प्रयोग गरिरहेको बिहीबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।
अमेरिकी राष्ट्रपति चुनाव : चर्चित टेलिभिजनकर्मी विन्फ्रे ह्यारिसको पक्षमा
एजेन्सी
अमेरिकामा पछिल्लो समय चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावका लागि डेमोक्रेटिक र रिपब्लिकन दलहरू आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन जुटिरहेका छन् ।
अमेरिकी चुनाव : वाल्जले स्वीकारे उपराष्ट्रपतिको उम्मेदवारी
एजेन्सी
अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदका लागि चयन गरिएका टिम वाल्जले उम्मेदवारी स्वीकार गरेका छन् । वाल्जले सिकागोमा जारी पार्टीको राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा उपराष्ट्रपतिको दौडमा सामेल भएका हुन् ।
साना दललाई कस्नेगरी निर्वाचन कानुन संशोधन गर्न खोजेपछि इन्डोनेसियामा आन्दोलन चर्कियो
कान्तिपुर संवाददाता
संवैधानिक अदालतले साना दलहरूलाई पनि चुनावी प्रतिस्पर्धामा सहज हुने गरी गरेको फैसला उल्टाउने गरी सरकारले हतारमा निर्वाचन कानुन संशोधन गर्न लागेपछि इन्डोनेसियामा सरकारविरोधी आन्दोलन चर्किएको छ ।
भाद्र ५, २०८१
आरक्षणमा गरिएको वर्गीकरणको विरोधमा भारतमा आन्दोलन
एजेन्सी
भारतमा अनुसूचित पिछडा वर्ग तथा जनजातिले पाउँदै आएको आरक्षणमा सर्वोच्च अदालतले ‘क्रिमी लेयर’ लागू गर्ने आदेश गरेको विरोधमा दलित तथा आदिवासी संगठनहरुले बुधबार आमहड्ताल घोषणा गरेका छन् ।
पाकिस्तानी संसद्‍मा मुसा 'आतंक', कर्मचारी भन्छन् : यति ठूला छन् कि बिरालै डराउँछन्
कान्तिपुर संवाददाता
न्युयोर्क सहरका मेयर एरिक आडम्सले २०२२ मा एक पत्रकार सम्मेलनमा भनेका थिए, 'मलाई चिन्ने सबैलाई एउटा कुरा थाहा छ कि मलाई मुसा मनै पर्दैन ।' तिनै मेयर आडम्सलाई गत वर्ष भने मुसाले दिनु दु:ख दियो ।
इरानमा पाकिस्तानी तीर्थयात्रीको बस पल्टिँदा २८ जनाको मृत्यु
रोयटर्स
इरानमा पाकिस्तानी तीर्थयात्रीहरू बोकेको बस पल्टिँदा २८ यात्रुको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटना मध्य इरानी प्रान्त याजदमा मंगलबार अबेर भएको थियो । इरानी ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार बसको ब्रेक सिस्टममा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको हो ।
अमेरिकाको चुनावी उत्सवमा ‘डिपफेक’ को छाया
बुद्धिसागर मरासिनी
अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि मुख्य दलहरू डेमोक्रेटिक र रिपब्लिकनबीच रस्साकसी चलिरहेको छ । पछिल्लो समय दुवै दलका उम्मेदवारले आफ्ना एजेन्डामार्फत मतदाता रिझाउन निकै सक्रिय देखिन्छन् । त्यसक्रममा उनीहरूले सामाजिक सञ्जालको पनि भरपुर प्रयोग गरिरहेका छन् ।
भाद्र ४, २०८१
भारतीय सन्त पाइलट बाबाको निधन
रासस
भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।
विश्वकै बढी उमेरकी महिलाको ११७ वर्षमा निधन
एजेन्सी
विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो ।
अमेरिका ! मैले तिम्रा लागि सक्दो गरेँ : बाइडेन
रासस/एएफपी
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सबैथोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्न भारतीय सर्वोच्च अदालतद्वारा १० सदस्यीय कार्यदल गठन
एजेन्सी
भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्यीय कार्यदल गठन गरेको छ ।
भाद्र ३, २०८१
सिकागाेमा डेमोक्रेटिकको राष्ट्रिय अधिवेशन : प्यालेस्टाइन र युक्रेनकाे पक्षमा प्रदर्शन (तस्बिरहरु)
एजेन्सी
अमेरिकाको डेमोक्रेटिक पार्टीका प्रतिनिधि आगामी चुनावका लागि राष्ट्रपतिकाे आधिकारिक उम्मेदवार चयन गर्न सिकागाेमा भेला भएका छन् । चार दिनसम्म चल्ने अधिवेशनले कमला ह्यारिसलाई राष्ट्रपति र टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवारमा अनुमोदन गर्दै छ ।
भारतीय प्रधानमन्त्री माेदी युक्रेन जाँदै
एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धग्रस्त युक्रेनकाे भ्रमण गर्ने भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनी आगामी शुक्रबार युक्रेन पुग्दैछन् । माेदी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीकाे निमन्त्रणमा भ्रमणमा जान लागेका हुन् ।
इजरायली प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच ३ घण्टा वार्ता
एजेन्सी
इजरायल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच तीनघण्टा कुराकानी भएको हाे ।
रुसी भू–भागमा युक्रेनी आक्रमण तीव्र, कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त
एजेन्सी
पछिल्लो समय युक्रेनी फौज अप्रत्यासित रूपमा रुसी क्षेत्रमा अघि बढिरहेको छ । दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको द गार्जियनले जनाएको छ ।
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचार आरोपमा ११ वर्ष जेल सजाय
रासस/एएफपी
चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।
गाजाको युद्धविराम वार्ता बन्दी रिहा गर्ने अन्तिम मौका : अमेरिकी विदेशमन्त्री
एजेन्सी
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गाजामा युद्धविराम वार्ता बन्दी रिहा गर्ने अन्तिम अवसर भएको बताएका छन् । ब्लिंकेनले सोमबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटवार्तापछि उक्त प्रतिक्रिया दिएका हुन् ।