text stringlengths 2 914 |
|---|
भाद्र २, २०८१ |
ट्रम्प भन्छन् : ‘ह्यारिसभन्दा मै राम्रो’ |
एजेन्सी |
अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनाव हुँदैछ । दोस्रो राष्ट्रपतीय कार्यकाल ताकेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले शनिबार पेन्सिलभानियाको विल्क्स ब्यारीमा एक र्यालीलाई सम्बोधन गरेका छन् । त्यसक्रममा उनले उपराष्ट्रपति तथा राष्ट्रपतिकी प्रत्यासी कमला ह्यारिसभन्दा आफू ‘राम्रो रहेको’ बताएका छन् । |
उपसेनानी पौडेललाई बेलायतमा उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड |
नवीन पोखरेल |
बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा सम्पन्न तालिममा नेपाली सेनाका उपसेनानी कल्याण पौडेलले उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका छन् । नेपालबाट यो अवार्ड पाउने पौडेल दोस्रो अधिकृत हुन्। |
युक्रेनी आक्रमणमा रुसी इन्धन केन्द्रमा आगलागी |
एजेन्सी |
दक्षिणी रुसको रोस्तोभ क्षेत्रमा युक्रेनले आइतबार ड्रोन आक्रमणमा गरेको छ । आक्रमणका कारण एउटा तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको रोस्तोभ क्षेत्रका गर्भनरले जनाएका छन् । |
अमेरिकी विदेशमन्त्री इजरायलमा : गाजामा होला त युद्धविराम ? |
एजेन्सी |
गाजामा युद्धविरामको पहलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन आइतबार इजरायल पुगेका छन् । गाजा क्षेत्रमा १० महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले वार्ता गरिरहेका छन् । |
बलात्कार प्रकरण : भारतका मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी |
रासस |
भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । |
एक्सले बन्द गर्यो ब्राजिलमा आफ्नो कार्यालय |
कान्तिपुर संवाददाता |
सेन्सरसिप विवादपछि एक्स(ट्विटर) ले ब्राजिलस्थित आफ्नो कार्यालय बन्द गरेको छ । ब्राजिली सर्वोच्च अदालतका न्यायाधीश अलेक्सान्द्रे डी मोरेसले आफ्ना प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएपछि कार्यालय बन्द गरिएको एक्सले जनाएको छ । |
रुसको पूर्वी तटमा ७.० म्याग्निच्युडको भूकम्पपछि ज्वालामुखी विस्फोट |
कान्तिपुर संवाददाता |
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्पपछि शिवेलुच ज्वालामुखी विस्फोट भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । |
भाद्र १, २०८१ |
बेलायतको ऐतिहासिक सोमरसेट हाउसमा आगलागी |
एजेन्सी |
बेलायतको राजधानी लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी भएको छ । आगो निभाउन सय अग्निनियन्त्रकहरू खटिएका छन् । |
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी |
एजेन्सी |
थाइल्यान्डका राजा महा भाजिरालोङकोर्णले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । थाई राजाले आफ्नो जन्मदिनको अवसरमा ७ हजार ५ सय जनालाई आममाफी वा सजाय घटाउने निर्णय गरेका हुन् । तीमध्ये ७५ वर्षीय धनाढ्य पूर्वप्रधानमन्त्री सिनावात्रा एक हुन् । |
इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु |
एजेन्सी |
इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । |
प्रशिक्षार्थी चिकित्सक बलात्कारपछि हत्या : भारतका डाक्टर आन्दोलित |
एजेन्सी |
पश्चिम बंगालको कोलकातामा एक महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा भारतका डाक्टरहरूले देशव्यापी हड्ताल गरेका छन् । भारतीय डाक्टरहरूको सबैभन्दा ठूलो संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले शनिबार देशभरका अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । |
थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्री |
बुद्धिसागर मरासिनी |
संवैधानिक अदालतले अप्रत्याशित रूपमा प्रधानमन्त्री श्रीथा टाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि थाइल्यान्डले नयाँ प्रधानमन्त्री पाएको छ । थाई संसद्मा भएको मतदानमार्फत ३७ वर्षीया पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी हुन् । योसँगै पेतोङतार्न थाइल्यान्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत बनेकी छन् । |
श्रावण ३२, २०८१ |
३७ वर्षीया सिनावात्रा बनिन् थाइल्यान्डकी प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
थाइल्यान्डमा पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी छिन् । पूर्वप्रधानमन्त्री तथा अर्बपति व्यवसायी थाक्सिन सिनावात्राकी छोरीसमेत रहेकी पेतोङतार्नलाई शुक्रबार थाई संसद्ले प्रधानमन्त्रीमा चयन गरेको हो । |
विश्व समुदायलाई कोरोनापछि एमपक्सको चुनौती |
बुद्धिसागर मरासिनी |
कोभिड भाइरसको महामारी सकिएको एक वर्ष नपुग्दै विश्व समुदायलाई अर्को भाइरसको संक्रमणले चिन्ता थपिदिएको छ । पहिलो पटक डेनमार्कमा देखापरेको एमपक्स (मंकीपक्स) पछिल्लो समय अफ्रिकी देशहरूमा बर्सेनि फैलिँदै गएको छ । केही दिनयता एमपक्सको प्रकोप अफ्रिकाका केही भागहरूमा तीव्र रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । |
श्रावण ३१, २०८१ |
युक्रेनलाई ५१ डलर चन्दा दिएपछि रुसी महिलालाई १२ वर्ष जेल सजाय |
एजेन्सी |
रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । |
इजरायली आक्रमणमा अक्टुबर ७ यता ४० हजार प्यालेस्टिनी मारिए |
एजेन्सी |
इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । |
सन् २०२१ मा आजकै दिन : तालिवान सत्तामा |
कान्तिपुर संवाददाता |
सन् २०२१ मा आजकै दिन (अगस्ट १५) मा अफगानिस्तानमा पुनः तालिवान शासन सुरु भएको थियो । दुई दशक लामो संघर्षपछि विद्रोही समूह तालिवान पुनः अफगानस्तिानको सत्तामा पुगेको हो । |
'एमपक्स'को प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपत्काल घोषणा |
कान्तिपुर संवाददाता |
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स 'एमपक्स' प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। |
श्रावण ३०, २०८१ |
तालिबान सत्तारोहणका तीन वर्ष : अफगानिस्तानमा मानवीय संकट बढ्दो |
रासस/एएफपी |
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ । |
जापानका प्रधानमन्त्री किशिदा पार्टी नेतृत्वको चुनाव नलड्ने |
रोयटर्स |
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो तीन वर्षे कार्यकालमा राजनीतिक घोटाला र बढ्दो जीवनयापन खर्च लागतका कारण सार्वजनिक असन्तुष्टिको सामना गर्नुपरेपछि पार्टीको नेताको चुनाव नलड्ने घोषणा गरेका छन् । |
चुनौती बन्दै आप्रवासीविरोधी अतिवाद |
नवीन पोखरेल |
करिब एक साता लामो हिंसात्मक प्रदर्शनपछि बेलायत अहिले सामान्य अवस्थामा फर्किएको छ । बेलायत गत साता १३ वर्षपछि सबैभन्दा अशान्त बनेको थियो । दक्षिणपन्थी समूहहरूले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर मस्जिदमा आक्रमण गरे । |
श्रावण २९, २०८१ |
सन् १९१० मा आजकै दिन : ‘लेडी विथ द ल्याम्प’ को मृत्यु |
कान्तिपुर संवाददाता |
सन् १९१० मा आजकै दिन (अगस्ट १३) मा फ्लोरेन्स नाइटिंगलको मृत्यु भएको थियो । नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन नै समर्पण गरेकी फ्लोरेन्स ‘लेडी विथ द ल्याम्प’ उपनामले चर्चित छिन् । |
श्रावण २८, २०८१ |
बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु |
कान्तिपुर संवाददाता |
पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान सिक्किमको नम्बर प्लेट रहेको स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो । |
बिहारको जहानाबादमा मन्दिरमा भागदौड : ७ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
बिहारको जहानाबादमा मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ । जहानाबाद जिल्लाको बाबा सिद्धेश्वर मन्दिरमा सोमबार राति साढे १२ बजेतिर भागदौड मच्चिएको हो । मृत्यु हुनेमा ३ जना महिला पनि गएका छन् । |
सन् १९६१ मा आजकै दिन : बर्लिन पर्खाल निर्माण सुरु |
कान्तिपुर संवाददाता |
सन् १९६१ मा आजकै दिन (अगस्ट १२) मा पूर्वी जर्मनीले बर्लिन पर्खाल बनाउन सुरु गरेको थियो । १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत संघको सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भाग करिब चार वर्षसम्म सोभियत संघको ‘स्याटलाइट’ राज्यका रूपमा रहेको थियो । जसका कारण १९४९ मा जर्मनी पूर्वी र पश्चिम गरी दुई राज्यमा विभाजन भयो । |
श्रावण २७, २०८१ |
हसिनाले भनिन्- विदेशी शक्तिले हटाए, चाँडै देश फर्किन्छु |
कान्तिपुर संवाददाता |
आन्दोलनका कारण सत्तासहित देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पदच्युतमा अमेरिकाजस्ता 'विदेशी शक्ति'को हात रहेको आरोप लगाएकी छन् । |
सन् १९४३ मा आजकै दिन : मुसर्रफको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९४३ मा आजकै दिन (अगस्ट ११) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री परवेज मुसर्रफको जन्म भएको थियो । उनको जन्म भारतीय राजधानी नयाँदिल्लीमा भएको थियो । |
श्रावण २६, २०८१ |
युगान्डामा फोहोरको थुप्रो भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु |
रासस |
युगान्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको नगरका अधिकारीले जानकारी दिएका छन् । |
बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा |
एजेन्सी |
बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् । |
इजरायल–हमास द्वन्द्व : ११३ पत्रकारको मलामी बन्यो प्रेस |
स्वरूप आचार्य |
इजरायलविरुद्ध २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेलगत्तै इजरायलले पनि गरेको जवाफी हमलासँगैको १० महिना लामो युद्धले गाजामा कार्यरत पत्रकारहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेदेखि ३९ हजारभन्दा बढी मारिएका छन् । |
सन् १९९७ मा आजकै दिन : काइलीको जन्म |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.