text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
सन् १९९७ आजकै दिन (अगस्ट १०) मा मोडल तथा ‘मिडिया पर्सनालिटी’ काइली जेनरको जन्म भएको थियो । १० वर्षकै उमेरमा अमेरिकी रियालिटी टेलिभिजन शो ‘किपिङ अप विथ द कार्दसियन्स’ बाट चर्चामा आएकी आफ्नै ब्रान्डका फेसन र कस्मेटिक्सबाट छोटो समयमै मनग्गे कमाइ गर्नेमा पर्छिन् । |
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु* [अपडेट] |
बीबीसी |
ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ । |
श्रावण २५, २०८१ |
इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु |
रासस/एएफपी |
सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ । |
राष्ट्रसंघबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित |
रासस/एएफपी |
वर्तमान समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधको बाबजुद राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले बिहीबार साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् । |
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश |
कान्तिपुर संवाददाता |
भारतको सर्वोच्च अदालतले दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनीष सिसोदियालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ससर्त धरौटीमा रिहा गर्न आदेश दिएपछि झन्डै १७ महिनाको जेल बसाइपछि सिसोदिया बाहिर आउने भएका छन् । सर्वोच्च अदालतले सिसोदियासँग १० लाख धरौटी माग गरेको छ । |
सन् १९४५ मा आजकै दिन : नागासाकीमा परमाणु बम प्रहार |
कान्तिपुर संवाददाता |
सन् १९४५ मा आजकै दिन (अगस्ट ९) मा अमेरिकाले जापानी सहर नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेको थियो । |
श्रावण २४, २०८१ |
बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले लिए शपथ |
कान्तिपुर संवाददाता |
बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा बिहीबार राति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । |
'गरिबका बैंकर'लाई बंगलादेशको बागडोर |
कान्तिपुर संवाददाता |
शेख हसिना वाजेदको सत्तासहित देश बहिर्गमनपछि बिहीबारबाट बंगलादेशको शासन सत्ताको बागडोर मोहम्मद युनुसको हातमा पाइपुगेको छ । अन्तरिम सरकारको प्रमुखको रुपमा ८४ वर्षीय युनुसले अब बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी पाएका छन् । |
जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी |
कान्तिपुर संवाददाता |
जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आउने चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको थियो |
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन |
कान्तिपुर संवाददाता |
भारतीय कम्युनिस्ट नेता एवं पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । कोलकातास्थित आफ्नै निवासमा भट्टाचार्यको बिहीबार बिहान निधन भएको हो । उनी ८० वर्षका थिए । |
सन् १९७४ मा आजकै दिन : निक्सनको राजीनामा |
कान्तिपुर संवाददाता |
सन् १९७४ मा आजकै दिन (अगस्ट ८) मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिएका थिए । ‘वाटरगेट काण्ड’ का कारण महाभियोग सामना गर्नुपर्ने अवस्था उत्पन्न भएपछि उनले राजीनामा दिएका थिए । |
श्रावण २३, २०८१ |
श्रम कानुन उल्लंघन मुद्दामा युनुसले पाए सफाई, बिहीबार साँझ अन्तरिम सरकारको शपथ |
एजेन्सी |
बंगलादेशको ढाका न्यायाधीकरणले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस र ग्रामीण टेलिकमका तीन उच्च अधिकारीलाई श्रम कानुन उल्लंघनको मुद्दाबाट सफाइ दिएको छ । |
बंगलादेश : शेख मुजिबुरदेखि हसिनासम्म |
स्वरूप आचार्य |
बेलायती शासकले १९०५ मा बंगाल प्रेसिडेन्सीलाई पूर्वी बंगाल र पश्चिम बंगालमा विभाजन गरेदेखि नै बंगलादेश निर्माणको जरो गढेको थियो । अंग्रेजहरूले १९०९ मा मोर्ले–मिन्टो सुधार लागू गरेर धर्ममा आधारित निर्वाचन प्रणाली लागू गरेपछि पूर्वी बंगालमा मुसलमान बाहुल्य कायम भएको थियो । बंगाली मुसलमानहरूको प्रतिनिधित्व गर्नका लागि ‘द बंगाल प्रोभिन्सनल मुस्लिम लिग’ गठन भयो । |
रोकिएन बेलायतमा आप्रवासीविरोधी हिंसा |
नवीन पोखरेल |
बेलायतमा गत सातादेखि चर्किएको आप्रवासी विरोधी दंगाले उग्र रूप लिँदै गएको छ । विगत एक सातादेखि ब्रिटिस सहरहरूमा आगो दन्किरहेको छ । आज बुधबारमात्र ३० भन्दा बढी ठाउँमा प्रदर्शन तयारी भइरहेको बेलायती अखबारहरूले जनाएका छन् । |
श्रावण २२, २०८१ |
गर्मीका कारण दक्षिण कोरियामा मृत्यु हुनेको संख्या १४ पुग्यो |
रासस |
दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । |
बंगलादेशको अवस्थाबारे भारतमा गम्भीर चासो |
कान्तिपुर संवाददाता |
बंगलादेशमा विकसित घटनालाई लिएर भारतमा गम्भीर चासो बढेको छ । बंगलादेशकी निर्वतमान प्रधानमन्त्री शेख हसिनालाई शरण दिएको भोलिपल्ट मंगलबार सर्वदलीय बैठक बसेर बंगलादेशको घटनालाई लिएर छलफल गरेको हो । |
बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा |
कान्तिपुर संवाददाता |
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले रिहा गर्न दिएको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको सूचना जारी गरिएको हो । |
बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी |
कान्तिपुर संवाददाता |
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ । |
बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत |
कान्तिपुर संवाददाता |
नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । |
बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन |
कान्तिपुर संवाददाता |
बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसकेका छन् । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । |
पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको आदेश |
कान्तिपुर संवाददाता |
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन् । प्रधानमन्त्री हसिनाले राजीनमा दिएसँगै सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् । |
सन् १९४५ मा आजकै दिन : अमेरिकाद्वारा जापानमा परमाणु बम आक्रमण |
कान्तिपुर संवाददाता |
सन् १९४५ मा आजकै दिन (अगस्ट ६) मा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका दौरान जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु बम जापानी सहर हिरोसिमामा खसालेको थियो । |
बंगलादेशका विद्यार्थी नेता भन्छन् : अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्छ |
कान्तिपुर संवाददाता |
बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । 'विभेदविरोधी विद्यार्थी आन्दोलन' का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो । |
श्रावण २१, २०८१ |
शेख हसिना : 'लोकतान्त्रिक अधिनायकवाद'को पतन |
कान्तिपुर संवाददाता |
१५ वर्ष लगातार बंगलादेशमा शासन गरेकी शेख हसिना आफ्नो सरकारविरोधी आन्दोलनका कारण ज्यानै खतरामा परेपछि सोमबार देश छोडेर भागेकी छन् । सोमबार भारत पुगेकी उनी त्यहाँबाट लण्डन जाने तयारी गरिरहेकी छन् । |
हसिनाका छोराले भने- उहाँ निराश हुनुहुन्छ, अब राजनीतिमा पुनरागमन हुन्न |
कान्तिपुर संवाददाता |
प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन् । बीबीसी विश्वसेवासँग कुरा गर्दै उनले भनेका छन्-'आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसंख्यक आफ्नो विरुद्धमा उठेकोमा उहाँ धेरै निराश हुनुहुन्छ ।' |
भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् । |
बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । |
बंगलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट |
कान्तिपुर संवाददाता |
सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन् |
बंगलादेशी प्रधानमन्त्री हसिनाले देश छाडिन्, भारततर्फ उड्यो हेलिकप्टर |
कान्तिपुर संवाददाता |
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेकी छिन् । आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । |
बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा |
कान्तिपुर संवाददाता |
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । |
बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीको भिड |
कान्तिपुर संवाददाता |
बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारी पुगेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रधानमन्त्री शेख हसिनाले यसअघि नै सरकारी निवास गणभवन छाडिसकेकी छिन् । |
प्रदर्शन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री हसिनाले राजीनामा दिने 'सम्भावना' |
कान्तिपुर संवाददाता |
देशभर प्रदर्शन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारदेखि बंगलादेशमा आन्दोलन पुन: चर्किएको हो । आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.