text stringlengths 2 914 |
|---|
भानुभक्त निरौला |
खुम्बु क्षेत्रमा हेलिकोप्टरको उडानलाई पहिलाकै अवस्थामा निरन्तरता दिने सगरमाथा राष्ट्रिय निकुञ्जको पछिल्लो कदम स्थानीय सरकारले नमान्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निकुञ्जसहित भएको व्यावसायिक उडान गर्न नदिने पूर्व सहमतिबाट एकाएक पछि हट्ने राष्ट्रिय निकुञ्जको कदम प्रति घोर आपत्ति जनाएको छ । |
लामिछाने आज काठमाडौं प्रहरी परिसरमा हाजिर हुने |
दीपक परियार |
कास्की जिल्ला अदालतको आदेशले बिहीबार साँझ हिरासतमुक्त भएका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं प्रहरी परिसरमा हाजिर हुने भएका छन् । हिरासतमुक्त भएका लामिछाने गएराति पोखरामै रहे । |
कांग्रेस नेता कोइराला लन्डनमा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला लन्डन आइपुगेका छन् । इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत आएका हुन् । |
८४ दिनको हिरासत बसाइपछि ६५ लाख धरौटी बुझाएर छुटे लामिछाने |
दीपक परियार , जयसिंह महरा |
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासको आदेशअनुसार बिहीबार ६५ लाख धरौटी बुझाएर ८४ दिनपछि हिरासतमुक्त भएका हुन् । |
सतर्कता केन्द्रको डरले फाजिल कर्मचारीको धमाधम पदस्थापन |
ऋषिराम पौड्याल |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता केन्द्र लगाएर कारबाही गर्ने चेतावनी दिएपछि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फाजिलमा रहेका कर्मचारीले जिम्मेवारी पाउन थालेका छन् । |
लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिवमाथि ठगीमा अनुसन्धान सुरु |
पर्वत पोर्तेल |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको तीन दिनपछि उनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । |
साना दललाई निषेध गर्न ‘थ्रेसहोल्ड’, संघर्षमा उत्रने मधेशी दलको चेतावनी |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) को सीमा बढाउने सरकारको तयारीप्रति मधेशकेन्द्रित दलले आपत्ति जनाएका छन् । ‘थ्रेसहोल्ड’ बढाइए संघर्षमा उत्रने चेतावनी उनीहरूले दिएका छन् । |
राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्ने सुविधा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय परिचयपत्रका आधारमा पनि माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो । अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई बिहीबार राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । |
पुस २५, २०८१ |
तिब्बतमा निरन्तर परकम्प, तर्सिरहेछ ओलाङचुङगोला |
आनन्द गौतम |
चीनको तिब्बतस्थित डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर सोमबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको तीन दिनसम्म पनि सीमावर्ती बस्ती ओलाङचुङगोलाका बासिन्दा ढुक्कले सुत्न पाएका छैनन् । भूकम्पको परकम्पनले यहाँका बासिन्दालाई छिनछिनमा घरबाट भगाइरहेको छ । |
८४ दिनको हिरासत बसाइपछि रिहा भए रवि लामिछाने |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । |
भाषा परीक्षामा उत्तीर्ण सबैलाई कोरिया लैजान श्रममन्त्रीको आग्रह |
कान्तिपुर संवाददाता |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भाषा परीक्षामा उत्तीर्ण भएका सबै नेपालीलाई रोजगार अनुमति प्रणाली (ईपीएस)मा लैजान दक्षिण कोरियासमक्ष प्रस्ताव राखेका छन् । |
संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठायो : साउद |
कान्तिपुर संवाददाता |
संविधानको संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति संविधान र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत भएको कांग्रेस नेता एनपी साउदले बताएका छन् । |
अदालतको आदेश : 'रवि लामिछाने कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन' |
कान्तिपुर संवाददाता |
सहकारी ठगीका अभियुक्त गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको भन्दै जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । लामिछानेले अदालतसमक्ष बयान दिँदासमेत सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गरेपनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनको दाबी अस्वीकार गर्दै ६५ लाख धरौटी मागेको हो । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको खबर आज चर्चामा रहेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश थिएको हो । |
माओवादी र नेकपा एसबीच समाजवादी मोर्चा सक्रिय बनाउने सहमति |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भएको छ ।विगत ६ महिनायता मोर्चाका गतिविधि ठप्प रहेका बेला अब यसलाई सक्रिय बनाउने सहमति भएको हो । |
लामिछानेलाई फेरि पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा कास्की प्रहरी |
कान्तिपुर संवाददाता |
रास्वपा सभापति रवि लामिछानेलाई फेरि पक्राउ गरेर काठमाडौं पठाउने कि आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुन दिने भन्ने परामर्शमा कास्की प्रहरी जुटेको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्ने आदेश दिएसँगै अब के हुने भन्ने प्रश्न उठेको हो । |
लामिछानेले थाले धरौटी बुझाउने प्रक्रिया |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको थियो । |
पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश |
कान्तिपुर संवाददाता |
सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । |
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश |
दीपक परियार |
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । |
प्रधानमन्त्रीले गरे आफ्नै प्रशंसा : केपी ओली साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफ्नैबारेमा धारणा राखेका हुन् । |
१ लाख घूस बोकेर अख्तियार पुग्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा |
कान्तिपुर संवाददाता |
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमै घूस लिएर जाने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । |
अर्थतन्त्रलाई लयमा ल्याउन कृषि र पर्यटन क्षेत्रको विकास गरौं : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको ‘नवौं तनहुँ महोत्सव–२०८१’ को बिहीबार उद्घाटन गर्दै उनले कृषक र मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । |
वायुसेवा निगमको अध्ययन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा उपसमिति गठन |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ । समिति सदस्य शिशिर खनालको संयोजकत्वमा उपसिमिति गठन गरिएको हो । |
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ : सञ्चारमन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताएका छन् । |
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने |
कान्तिपुर संवाददाता |
मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । |
लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने |
दीपक परियार |
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । |
सरकारका ६ महिना : प्रधानमन्त्री आफैँ असन्तुष्ट |
गंगा बीसी |
राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको नारा दिएर कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिना बिते पनि जनतामा आशा जगाउन सकेको छैन । ‘आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र विकास निर्माण अभियानलाई तीव्रता दिने’ प्राथमिकतालाई यो अवधिमा सरकारले देखिने गरी अघि बढाउन सकेको छैन । |
सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ |
कान्तिपुर संवाददाता |
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । |
पाँच महिनामा साढे पाँच हजारभन्दा धेरै फरार प्रतिवादी पक्राउ |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा साढे पाँच हजार भन्दा धेरै फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो अवधिमा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । |
लामिछानेविरुद्धको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने |
कान्तिपुर संवाददाता |
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । |
१४ किलोमिटर सडक पार गर्न ८ घण्टा |
नारायण शर्मा |
पूर्वी नवलपरासीअन्तर्गत महेन्द्र राजमार्गको दाउन्ने सडक अवरुद्ध बनेको छ । सडक फराकिलो बनाउने कामका कारण यहाँ सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको थियो । |
भरतपुरवासी भन्छन् : ‘पूर्वाधारमा प्रगति, शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान देऊ’ |
राजु चौधरी |
देशकै मध्यभागमा अवस्थित भरतपुर महानगरपालिकामा पछिल्लो समय भौतिक पूर्वाधारको प्रगति लोभलाग्दो छ । तर अन्य क्षेत्रमा महानगरले कस्तो काम गरिरहेको छ त ? स्थानीयको भोगाइ कस्तो छ ? स्थानीय मुद्दामा राष्ट्रिय बहस थालेको कान्तिपुर टेलिभिजनले ‘महानगर महाबहस’ अन्तर्गत भरतपुरका यिनै विषयमा छलफल आयोजना गरेको छ । |
‘नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिनु राष्ट्रसंघको महासन्धिविरुद्ध’ |
घनश्याम खड्का |
नीतिगत भ्रष्टाचारलाई उन्मुक्ति दिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक पारित भए राष्ट्रसंघको महासन्धिविरुद्ध हुने सरोकारवालाले बताएका छन् । विधेयकमा मन्त्रिपरिषद्को निर्णयलाई अख्तियारको छानबिन क्षेत्राधिकारमा राख्नु नेपालको छनोट नभएर अन्तर्राष्ट्रिय दायित्व भएको विज्ञहरूले बताएका हुन् । |
उमागौरी सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जला १० लाख धरौटीमा रिहा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.