text
stringlengths
2
914
केदार शिवाकोटी
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुग्ने प्रवेशमार्गको पारिपट्टि अजंगको सरकु भीर कोपिरहेको आवाज वारिसम्म सुनिन्छ । अक्करे भीरमा बाटो बनाउने काम भइरहेको छ त्यो पनि कुनै ठूला औजारबिनै । विगु–१ र गौरीशंकर–९ जोडने रिकुको भीरबाटै रिकुगाउँका स्थानीय लामाबगरमा किनमेलका लागि आउँथे ।
एक पटक प्रमुख पदमा पुगेका व्यक्तिलाई बोकेर कुनै एकता हुँदैन : महासचिव पोखरेल
दुर्गालाल केसी
एमाले महासचिव शंकर पोखरेलले एक पटक पार्टी र देशको प्रमुख पदमा बसेका व्यक्तिसँग एकता गर्न नसकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् ।
तराईमा शीतलहरको कहर, हिमालमा हिउँको पर्खाइ
अवधेशकुमार झा
वीरगन्ज महानगरपालिका–१३ माल्दिभ्स टोलकी ६५ वर्षीया जोयालस हवारी बिहीबार दिउँसो देखिएको मधुरो घाम ताप्न आँगनमा बसेकी थिइन् । पक्षाघातले गलेको शरीर जाडोले काँपिरहेको थियो । ‘धेरै दिनमा घाम झुल्कियो,’ भनिन्, ‘घाम लागे पनि जाडो असह्य छ, शरीरको कम्पन रोकिएको छैन ।’
नेपालको राजनीति अत्यन्तै तरल : कोइराला
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन्। लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट गुज्रिरहेको जनाए।
आज पृथ्वीजयन्ती मनाइँदै
कान्तिपुर संवाददाता
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
रासस
पश्चिमी वायुको प्रभावका कारण आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा आज हल्का वर्षाको सम‍ेत सम्भावना रहेको छ ।
६ महिनासम्म पनि सुस्त सरकार
गंगा बीसी
कांग्रेस–एमाले गठबन्धन सरकारको ६ महिनामा पनि आम नगारिकमा विकास र सुशासनको आशा जाग्न सकेको छैन । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ दलकै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । माओवादीलगायतका प्रतिपक्षी दलले भने सरकार असफल हुने बाटामा गएको टिप्पणी गरिरहेका छन् ।
साङ्लोको बन्धनबाट मुक्त इमानसिंहको जीवन
आश गुरुङ
आफन्तले बोलाएपछि १८ वर्षको छँदा इमानसिंह गुरुङ लाहुरे हुन भारत गए । दुई महिनाको तालिम लिए । भारतीय सेनामा भर्ती खुल्यो, प्रतिस्पर्धा गरे । तर फेल भए, भर्ती हुन सकेनन् । बुबाआमालाई खुसी बनाउन लाहुरे बन्न हिँडेका उनी विक्षिप्त भएर दोर्दी गाउँपालिका–८ हिलेटक्सार माझगाउँस्थित घर आइपुगे ।
पुस २६, २०८१
इमेज सहकारी ठगीका अभियुक्त नेपालीसँग ५४७ जनाको मेलमिलाप
प्रकाश बराल
बचत रकम ठगीमा पुर्पक्षका लागि कारागारमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग जाहेरवाला ५ सय ४७ बचतकर्ताले मेलमिलाप गरेका छन् । ठगिएको २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घरसारमा मिलेर पाएको भन्दै उनीहरूले मिलापत्र गरेका हुन् ।
पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा
कान्तिपुर संवाददाता
‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजिनक गर्ने पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपालको स्तर अघिल्लो वर्षभन्दा थोरैले सुध्रेको छ । हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । सन् २०२४ भने नेपाल १०३ औं स्थानमा थियो ।
प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे शुक्रबार ‘ब्रिफिङ’ लिएका छन् ।
दुम्कीबासमा अविलम्ब यातायात सञ्चालन गराउन मन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
नारायणगढ–बुटवल सडकअन्तर्गत दुम्कीबासमा तुरुन्त यातायात सञ्चालन गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् ।
माधव नेपालको आशंका : प्रधानमन्त्रीले संसद् भंग गरेर २०८७ सालसम्मै बस्ने सोच्नु भएको छ कि ?
कान्तिपुर संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज देश-दुनियाँमा दुम्कीबासमा पुल भाँचिँदा पूर्व-पश्चिम राजमार्ग ठप्प, प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादीदेखि पाँच महिनामा साढे ६ खर्ब रेमिट्यान्स भित्रियोसम्मका खबर चर्चामा रहे ।
माओवादी अध्यक्ष दाहाल भन्छन् : यो गठबन्धन अब चल्दैन
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनीत
रासस
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनीत गरेका छन् ।
दुम्कीबास पुल भाँचिएपछि डाइभर्सन बनाइँदै, विकल्प होङ्सी मार्ग
नारायण शर्मा
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो ।
कानुनमन्त्री र मुख्य सचिव लिएर राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
नारायण शर्मा
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादी
घनश्याम गौतम
इलाका प्रहरी कार्यालयले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाऔँ : देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देनले दिए दाहाल र नेपाललाई एकैपटक पृथ्वी जयन्तीको निम्ता
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई पृथ्वी जयन्तीको निम्ता दिएका छन् ।
'राजनीतिक आन्दोलनलाई सघाएका कर्मचारीको ट्रेड युनियन अधिकार खुम्च्याउन पाइँदैन'
ऋषिराम पौड्याल
निजामती ट्रेड युनियनका अगुवाहरुले लोकतान्त्रिक आन्दोलनमा अग्रपंतीमा रहेर राजनीतिक परिवर्नतमा सघाएका कर्मचारीको अधिकार एक इन्च पनि तलमाथि गर्न नपाइने बताएका छन् ।
थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने
कान्तिपुर संवाददाता
थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारू कल्‍याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।
ऊर्जामन्त्रीले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण, ९८.९९ प्रतिशत अंक दाबी
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यसम्पादन विवरण पेस गरेका छन् । ऊर्जामन्त्री दीपक खड्काले गत सोमबार ९ बुँदे स्पष्टीकरण सोधेपछि कार्यकारी निर्देशक घिसिङले शुक्रबार कार्यसम्पादन विवरण बुझाएका हुन् ।
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छ : प्रधानमन्त्री ओली
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाए ।
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
कान्तिपुर संवाददाता
गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ ।
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
कान्तिपुर संवाददाता
सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
शीतलहर : गरिबका लागि कहर
अवधेशकुमार झा
वीरगन्ज महानगरपालिका–१३ मालदिभ्स टोलकी ६५ वर्षीया जोयालस हवारी बिहीबार दिउँसो देखिएको मधुरो घाम ताप्न आँगनको बाटोमा कुर्सी राखेर बसेकी थिइन् । पक्षघातले गलेको उनको शरीर जाडोले लगलग काँपिरहेको थियो । आङमा पातलो स्विटर लगाएकी उनले पातलै कपडा ओढेकी थिइन् ।
१५ अर्ब रुपैयाँ खर्चेर काठमाडौं विमानस्थलमा के-के बन्दैछ ? [भिडियोसहित]
सुरज कुँवर
सन् २०२६ पछि वार्षिक झन्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा पूर्वाधार विस्तारका काम धमाधम भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणमातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार हरेक रात विमानस्थलभित्र तीनवटा फरक-फरक ठेक्कामा पूर्वाधार विस्तारका काम भइरहेका छन् ।
हेलिकोप्टर उड्न दिने निकुञ्जको निर्णय खुम्बु पासाङल्हामु गाउँपालिकाले नमान्ने