text stringlengths 2 914 |
|---|
बंगलादेशभर इन्टरनेट बन्द, सेनाप्रमुखले सम्बोधन गर्दै |
कान्तिपुर संवाददाता |
प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ । यसअघि आंशिक रूपमा इन्टरनेट सेवा बन्द गरिए पनि पछिल्लो पटक देशभर बन्द गरिएको हो । इन्टरनेट बन्द गरिएका कारण बंगलादेशका अनलाइन सञ्चारमाध्यमहरू बन्द भएका छन् । |
भारतका अदालतमा ५ करोड बढी मुद्दा ‘पेन्डिङ’ |
एजेन्सी |
भारतमा विभिन्न तहका अदालतहरूमा ५ करोड ७ लाख मुद्दाहरू फैसला हुन बाँकी छन् । भारतको केन्द्रीय कानुन मन्त्रालयका अनुसार सबैभन्दा मुद्दा तल्लो अदालतमा फैसला हुन बाँकी देखिएको छ । |
बंगलादेशमा फेरि चर्कियो प्रदर्शन : आइतबार मात्र ९० भन्दा बढीको मृत्यु |
कान्तिपुर संवाददाता |
बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । |
श्रावण २०, २०८१ |
बंगलादेशमा पुन: आन्दोलन चर्काउँदै विद्यार्थी, मागे प्रधानमन्त्री हसिनाको राजीनामा |
कान्तिपुर संवाददाता |
बंगलादेशमा विद्यार्थीले पुन: आन्दोलन चर्काएका छन् । पछिल्लो पटक उनीहरूको 'एकसूत्रीय' माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् । |
सन् १९६१ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति ओबामाको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९६१ मा आजकै दिन (अगस्ट ४) मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको जन्म भएको थियो । उनी अमेरिकाको राष्ट्रपति बन्ने पहिलो अफ्रिकी–अमेरिकी नेतासमेत हुन् । |
श्रावण १९, २०८१ |
सोमालियामा अल-शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु |
रासस/एएफपी |
सोमालियाको राजधानी मोगादिशुको समुद्र तटमा अल–शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ । अल–कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् । |
श्रावण १८, २०८१ |
टर्किएले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध |
कान्तिपुर संवाददाता |
टर्किए सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो । साथै कहिलेसम्मलाई प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि टर्किएले कुनै जानकारी दिएको छैन । |
सन् १९९० मा आजकै दिन : इराकद्वारा कुवेतमा अतिक्रमण |
कान्तिपुर संवाददाता |
सन् १९९० मा आजकै दिन (अगस्ट २) मा इराकले कुवेतमाथि अतिक्रमण सुरु गरेको थियो । इराकी सेनाले आक्रमण सुरु गरेको केही घण्टामा नै कुवेतलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै इराकी राष्ट्रपति सद्दाम हुसेनले कुवेतलाई इराकको १९ औं प्रदेश घोषणा गरेका थिए । |
श्रावण १७, २०८१ |
हमासका सैन्य प्रमुख मोहम्मद देइफ कारबाहीमा मारिएको इजरायली सेनाको दाबी |
कान्तिपुर संवाददाता |
इजरायली सेनाले आफ्नो कारबाहीमा हमासका सैन्य प्रमुख मोहम्मद देइफ मारिएको बताएको छ । इजरायली सेनाले १३ जुलाईमा गाजामा गरेको आक्रमणमा हमासका सैन्य प्रमुख देइफ मारिएको जनाएको हो । |
सन् १९६२ मा आजकै दिन : घानाका राष्ट्रपति एनक्रुमाको हत्या प्रयास |
कान्तिपुर संवाददाता |
सन् १९६२ मा आजकै दिन (अगस्ट १) मा घानाको राष्ट्रपति क्वाने एनक्रुमाको हत्या प्रयास भएको थियो । बुर्किना फासोका राष्ट्रपति माउरिस यामेओगोसँगको बैठकबाट फर्कने क्रममा एनक्रुमाको हत्या प्रयास गरिएको थियो । |
इरानमा हमास नेता हानिया मारिएपछि मध्यपूर्व तरंगित |
बुद्धिसागर मरासिनी |
प्यालेस्टिनी पूर्वप्रधानमन्त्री तथा हमास नेता इस्माइल हानिया इरानी राजधानी तेहरानमा मारिएका छन् । उनी ६२ वर्षका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना प्रमुख नेता हानिया तेहरानको एक आक्रमणमा मारिएको पुष्टि गरेको छ । आक्रमणमा हानियाका एक अंगरक्षक पनि मारिएको इरानको रेभलुस्नरी गार्ड कोर्प्सले जनाएको छ । |
श्रावण १६, २०८१ |
हमास नेता आफ्नै भूमिमा मारिएपछि इरानको प्रतिक्रिया : 'हानियाको सहादत खेर जाने छैन' |
एजेन्सी |
'इजरायलको आक्रमण' बाट आफ्नै भूमिमा हमास नेता इस्माइल हानिया मारिएपछि इरानले हानियाको 'रगतलाई व्यर्थै खेर जान' नदिने प्रतिक्रिया दिएको छ । |
भूराजनीतिमा रुमल्लिएको पेरिस ओलम्पिक |
हिमेश |
नाममा के छ ? सबथोक हुन्छ । हुँदैन थियो त दक्षिण कोरिया पूरा देश नै त्यसै रिसाउने थिएन । भयो के भन्दा पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा दक्षिण कोरियाली टिमको पालो आउँदा नाम लिइएको थियो, ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया’ भनेर । यो चाहिँ उत्तर कोरियाको औपचारिक नाम हो । शत्रु देशको नाम उसकै हो भनेर औपचारिक रूपमै घोषणा हुँदा दक्षिण कोरिया रिसाउने नै भयो, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसम्म नै गुनासो पुग्यो । |
'इजरायली आक्रमण'मा हमासका प्रमुख नेता इस्माइल हानिया मारिए |
रोयटर्स |
'इजरायलको आक्रमण'बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् । |
सन् १९९२ मा आजकै दिन : नेपालमा थाई एयरको विमान दुर्घटना |
कान्तिपुर संवाददाता |
सन् १९९२ मा आजकै दिन (जुलाई ३१) मा थाई एयरवेजको विमान नेपालमा दुर्घटना भएको थियो । थाई एयरको ‘एयरबस ए–३१०’ नुवाकोटको घ्याङफेदीमा दुर्घटनामा परेको थियो । |
केरलको वायनाड पहिरोमा परी कम्तीमा १ सय २३ को मृत्यु |
कान्तिपुर संवाददाता |
भारी वर्षाका कारण भारतको केरल राज्यस्थित वायनाडका विभिन्न स्थानमा मंगलबार गएको पहिरोमा परेर कम्तीमा १ सय २३ जनाको मृत्यु भएको छ । केरल प्रदेशको मुख्यमन्त्री कार्यालयका एक अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । |
श्रावण १४, २०८१ |
‘बेबी अफ द हाउस’ : बेलायतका २२ वर्षीय सांसद |
नवीन पोखरेल |
बेलायतमा जुलाई ४ मा सम्पन्न आमनिर्वाचनमा भारी बहुमत ल्याउन सफल लेबर पार्टीले सरकार गठन गरी काम थालिसकेको छ । प्रधानमन्त्री किअर स्टार्मर आफ्नो वाचाअनुरूप बेलायतलाई परिवर्तनको अनुभूति दिलाउन प्रयत्नरत छन् । तर सोही निर्वाचनबाट एक युवा भने निकै चर्चामा आए । ती हुन्, साम कार्लिङ । २२ वर्षको उमेरमै बेलायती संसद्मा निर्वाचित भएपछि उनी एकाएक चर्चामा आएका हुन् । |
सन् १९८१ मा आजकै दिन : चार्ल्स र डायनाको विवाह |
कान्तिपुर संवाददाता |
सन् १९८१ मा आजकै दिन (जुलाई २९) मा बेलायती युवराज चार्ल्स (हालका राजा) र डायना स्पेन्सर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूबीचको वैवाहिक समारोह लन्डनको सेन्ट पल क्याथेड्रलमा सम्पन्न भएको थियो । समारोहमा ३ हजार ५ सय विशिष्ट पाहुनाको उपस्थिति थियो । |
श्रावण १३, २०८१ |
सन् १९६० मा आजकै दिन : निक्सन राष्ट्रपति उम्मेदवार चयन |
कान्तिपुर संवाददाता |
सन् १९६० मा आजकै दिन (जुलाई २८) रिपब्लिकन पार्टीले रिचर्ड निक्सनलाई अमेरिकाको राष्ट्रपति चुनावका लागि उम्मेदवार चयन गरेको थियो । पार्टीको राष्ट्रिय सम्मेलनले निक्सनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको थियो । |
कमलाका पक्षमा डेमोक्य्राटको माहोल |
सजना बराल |
अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक फेरिएको छ । बाइडेनले गत आइतबार राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको घोषणा गर्दै ४ वर्षयता आफ्नो उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने बताएपछि माहोल तातिएको हो । |
श्रावण १२, २०८१ |
दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस संक्रमणको रोकथाम आवश्यक : डब्लुएचओ |
कान्तिपुर संवाददाता |
विश्व स्वास्थ्य संगठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ । |
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान |
कान्तिपुर संवाददाता |
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्ति मार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गाजामा तत्काल युद्धविराम, हेजबुल्लाह र इजरायलबिचको द्वन्द्वको जोखिमबारे वक्तव्य जारी गरेका हुन् । |
अमेरिकाको राष्ट्रपतिमा कमला ह्यारिसको उम्मेदवारी घोषणा |
कान्तिपुर संवाददाता |
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि आधिकारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । 'आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ', कमला ह्यारिसले आफ्नो पोस्टमा भनेकी छन् । |
सन् २०१२ मा आजकै दिन : बेलायती महारानीद्वारा लन्डन ओलम्पिक्स उद्घाटन |
कान्तिपुर संवाददाता |
सन् २०१२ मा आजकै दिन (जुलाई २७) मा बेलायती महारानी एलिजाबेथले लन्डनमा आयोजित ओलम्पिक्स खेल उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको २७ औं संस्करण अगस्ट १३ सम्म चलेको थियो । |
श्रावण ११, २०८१ |
चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति |
रासस/एएफपी |
वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिबद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गरेका छन् । |
फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी |
रासस/एएफपी |
फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताए । |
सन् १९५६ मा आजकै दिन : इजिप्टको नियन्त्रणमा स्वेज नहर |
कान्तिपुर संवाददाता |
सन् १९५६ मा आजकै दिन (जुलाई २६) मा इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले स्वेज नहरलाई नियन्त्रणमा लिएका थिए । स्वेज क्यानल कम्पनीको नियन्त्रणमा रहेको नहरलाई राष्ट्रियकरण गरेपछि इजरायल, फ्रान्स र बेलायतसँग इजिप्टको तनाव उत्पन्न भएको थियो । जसका कारण १९५७ को मार्चसम्म नहर बन्द भएको थियो । |
श्रावण १०, २०८१ |
मौरिटानियामा पानीजहाज दुर्घटना : २५ को मृत्यु, १९० भन्दा बढी बेपत्ता |
कान्तिपुर संवाददाता |
अफ्रिकी मुलुक मौरिटानियामा पानीजहाज दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार राजधानी नौआकचोटनजिकै पानीजहाज दुर्घटनामा परेको हो । मौरिटानिया न्युज एजेन्सीका अनुसार अहिले पनि केही मानिसहरू हराइरहेका छन् । |
सन् २००७ मा आजकै दिन : भारतमा पहिलो महिला राष्ट्रपति |
कान्तिपुर संवाददाता |
सन् २००७ मा आजकै दिन (जुलाई २५) मा प्रतिभा पाटिल भारतको राष्ट्रपति बनेकी थिइन् । उनी भारतको पहिलो महिला राष्ट्रपति हुन् । |
बंगलादेशको जनजीवन सहज बन्दै |
कान्तिपुर संवाददाता |
बंगलादेशमा सरकारी जागिरमा कायम विशेष आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलन मत्थर हुन थालेपछि त्यहाँको अवस्था केही सहज बनेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.