text
stringlengths
2
914
श्रावण ९, २०८१
गर्मीका कारण पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय बन्द
रासस
उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गीष्मकालीन बिदा दुई सातासम्म लम्बिने भएको छ । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुने एक शिक्षा अधिकारीले बताएका छन् ।
अवस्था सहज बन्दैछ, नेपालीहरू सबै सुरक्षित छन् : बंगलादेशका लागि नेपाली राजदूत भण्डारी
जगदीश्वर पाण्डे
सर्वोच्च अदालतको अर्को आदेशले बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलन पथर हुन थालेपछि त्यहाँको अवस्था केही सहज बन्दै गइरहेको छ ।
कमला ह्यारिसको प्रश्न : पूर्वअभियोजक र एक दोषी अपराधी कसलाई छनोट गर्ने ?
कान्तिपुर संवाददाता
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धालाई आक्रामक रूपमा अघि बढाएकी छन् । उनले आफ्नो ह्वाइट हाउस अभियानको पहिलो र्‍यालीमा ट्रम्पविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएकी हुन् ।
बेइजिङको सहजीकरणमा प्यालेस्टिनी समूहहरूबीच राष्ट्रिय एकता
कान्तिपुर संवाददाता
बेइजिङको सहजीकरणमा प्यालेस्टिनी समूहहरूबीच राष्ट्रिय एकता सम्झौतामा हस्ताक्षर भएको छ । चीनमा लगातार तीन दिन वार्ता भएपछि उक्त सम्झौता भएको हो । सम्झौतामा प्रतिद्वन्द्वी हमास र फताहका साथै अन्य १२ प्यालेस्टिनी समूहहरूले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।
बाइडेन बाहिरिएसँगै बुढ्यौलीको प्रश्न ट्रम्पतिर
बुद्धिसागर मरासिनी
अमेरिकाको अट्लान्टास्थित सीएनएन स्टुडियोजमा चार साताअघि राष्ट्रपतीय चुनावका उम्मेदवारहरूबीचको बहस आयोजना गरिएको थियो । बहसका लागि उपस्थित थिए डेमोक्रेटिक दलका उम्मेवार तथा वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ।
श्रावण ८, २०८१
भारतीय बजेट : बिहारमा कोशीको बाढी नियन्त्रण र सिँचाइ परियोजनालाई ११ हजार ५ सय करोड रुपैयाँ
कान्तिपुर संवाददाता
भारत सरकारले कोशी नदीको बाढी नियन्त्रण र सिँचाइ परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ बजेट छुट्याउने भएको छ ।
सन् २०१९ मा आजकै दिन : बेलायतमा जोन्सन
कान्तिपुर संवाददाता
सन् २०१९ मा आजकै दिन (जुलाई २३) मा बोरिस जोन्सन कन्जरभेटिभ पार्टीबाट बेलायती प्रधानमन्त्रीका लागि चयन भएका थिए । त्यसको एक दिनपछि जोन्सन बेलायतको प्रधानमन्त्री बनेका थिए ।
श्रावण ७, २०८१
सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष : राष्ट्रसंघ
रासस/एएफपी
सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ ।
सन् १९७७ मा आजकै दिन : देङ सियाओ पिङको पुनरागमन
कान्तिपुर संवाददाता
सन् १९७७ मा आजकै दिन (जुलाई २२) मा चिनियाँ कम्युनिस्ट नेता देङ सियाओ पिङ पुनः सत्तामा फर्किएका थिए । १९०४ अगस्ट २२ मा चीनको सिचुआन प्रान्तमा जन्मिएका देङ अध्ययनका लागि फ्रान्स पुगेका थिए ।
राष्ट्रपति दौडबाट पछि हटे बाइडेन
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानक पछि हटेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन् । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।
श्रावण ६, २०८१
लोकतन्त्रका लागि मैले गोली खाएँ : ट्रम्प
कान्तिपुर संवाददाता
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले 'लोकतन्त्रका लागि गोली खाएको' बताएका छन् । मिसिगनमा भएको चुनावी र्‍यालीमा आफूमाथि भएको आक्रमणलाई लक्षित गर्दै ट्रम्पले उक्त कुरा बताएका हुन् ।
सन् १९९४ मा आजकै दिन : लेबर पार्टी प्रमुखमा टोनी ब्लेयर निर्वाचित
कान्तिपुर संवाददाता
सन् १९९४ मा आजकै दिन (जुलाई २१) मा बेलायतको लेबर पार्टीको प्रमुखमा टोनी ब्लेयर निर्वाचित भएका थिए । लेबर पार्टीले चुनाव जितेपछि टोनी सन् १९९७ मा बेलायतको प्रधानमन्त्रीसमेत बनेका थिए ।
श्रावण ५, २०८१
ईभीप्रति निर्मम ट्रम्पलाई किन समर्थन गर्दै छन् इलन ?
कान्तिपुर संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी चुनावमा आफू राष्ट्रपती पदमा पुन: निर्वाचित भए, सोही दिन ‘अनिवार्य विद्युतीय गाडी नीति’ खारेज गरिदिने घोषणा गरेका छन् । रोचक कुरा चाहिँ, संयुक्त राज्य अमेरिकामा विद्युतीय गाडी अनिवार्य छैन न त त्यस्तै कुनै नीति वा कानुन बनेको छ ।
सन् १९४४ मा आजकै दिन : हिटलरको हत्या प्रयास
कान्तिपुर संवाददाता
सन् १९४४ मा आजकै दिन (जुलाई २०) मा जर्मन तानाशाह एडोल्फ हिटलरको हत्या गर्ने योजना विफल भएको थियो । दोस्रो विश्वयुद्धका दौरान जर्मन सेनाले हिटलरको हत्या गरी शासन सत्ता नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
श्रावण ४, २०८१
प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बंगलादेशमा झन् चर्कियो प्रदर्शन, कम्तीमा २५ को मृत्यु
कान्तिपुर संवाददाता
बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन झन् चर्किएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी भएको छ ।
श्रावण ३, २०८१
सीपीसी बैठक सम्पन्न : चिनियाँ शैलीको आधुनिकीकरणको निर्णय
लक्ष्मी लम्साल
गहन सुधार तथा चिनियाँ शैलीको आधुनिकीकरणलाई तीव्रताका साथअघि बढाउने प्रस्तावलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बेइजिङमा सम्पन्न भएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार तीव्र भइरहेका बेला बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको हो । डेमोक्रेटिक पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतीय चुनावी दौडबाट पछि हट्न दबाब आइरहेको छ ।
सन् २०१२ मा आजकै दिन : उत्तर कोरियामा किम
कान्तिपुर संवाददाता
सन् २०१२ मा आजकै दिन (जुलाई १८) मा किम जोङ–उनले आधिकारिक रूपमा उत्तर कोरियाको सर्वोच्च नेताको जिम्मेवारी पाएका थिए ।
बंगलादेशमा चर्कियो आरक्षणविरोधी आन्दोलन
बुद्धिसागर मरासिनी
बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शनका क्रममा भएका झडपहरूमा परी बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ । दक्षिणी बन्दरगाह सहर चटगाउँमा ३ जना, राजधानी ढाकामा २ जना र उत्तरी सहर रंगपुरमा एक जनाको ज्यान गएको हो ।
श्रावण २, २०८१
जबर्जस्ती परिवार नियोजन गरिएका पीडितहरूसँग जापानी प्रधानमन्त्रीले माफी मागे
रासस
जापानका प्रधानमन्त्री फुमियो किसिदाले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा हाल निष्क्रिय युजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबर्जस्ती परिवार नियोजन गरिएकोमा पीडितहरूसँग माफी मागेका छन् ।
अमेरिकालाई दुखाउने ‘बन्दुक–संस्कृति’
बुद्धिसागर मरासिनी
अमेरिकामा जबजब गोलीकाण्डमा निर्दोष नागरिकको ज्यान जान्छ, बन्दुक नियन्त्रणको माग उठ्न थाल्छ । अझ राष्ट्रपति, पूर्वराष्ट्रपति, राजनीतिज्ञ वा उच्च पदस्थ व्यक्तिहरू लक्षित आक्रमण भएपछि त बन्दुकको खरिद–बिक्री नियन्त्रण गर्नुपर्ने माग जोडादार रूपमा अघि सारिन्छ ।
बंगलादेशमा विशेष आरक्षणविरोधी आन्दोलन चर्कियो : ३ विद्यार्थीसहित ६ जनाको मृत्यु
कान्तिपुर संवाददाता
बंगलादेशमा सरकारले ल्याएको विशेष आरक्षण विरोधी आन्दोलनमा ६ जनाको मृत्यु भएको छ । सरकारी जागिरमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षण विरोधी आन्दोलन हिंसात्मक रूपमा भड्किएको हो ।
सन् १७९० मा आजकै दिन : एडम स्मिथको निधन
कान्तिपुर संवाददाता
सन् १७९० मा आजकै दिन (जुलाई १७) मा अर्थशास्त्रका पिता एडम स्मिथको निधन भएको थियो । १७२३ को जुन ५ मा स्कटल्यान्डमा स्मिथ १७७६ मा प्रकाशित ‘वेल्थ अफ नेसन्स’ पुस्तकबाट विश्वचर्चित बनेका थिए ।
श्रावण १, २०८१
सन् १९८१ मा आजकै दिन : मलेसियामा महाथिर
कान्तिपुर संवाददाता
सन् १९८१ मा आजकै दिन (जुलाई १६) मा महाथिर विन मोहमद मलेसियाका प्रधानमन्त्री बनेका थिए । १९२५ डिसेम्बर २५ मा उत्तरी मलेसियाको केदा राज्यमा जन्मिएका महाथिर आधुनिक मलेसियाका निर्माता मानिन्छन् ।
असार ३१, २०८१
सीपीसीको २०औं केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बेइजिङमा
लक्ष्मी लम्साल
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) २०औं केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरू भएको छ ।सीपीसी केन्द्रीय कमिटीका महासचिव सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोको तर्फबाट पूर्ण बैठकमा कार्य प्रतिवेदन प्रस्तुत गरेका छन्।
सन् २००६ मा आजको दिन : सामाजिक सञ्जाल ट्विटर खुला
कान्तिपुर संवाददाता
सन् २००६ मा आजकै दिन (जुलाई १५) मा सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) सर्वसाधारण प्रयोगकर्ताका लागि खुला भएको थियो । ज्याक डोर्सी, इभान विलियम्स, नोआ ग्लास र बिज स्टोनद्वारा २००६ मार्च २१ मा स्थापित ट्विटर स्थापनाको छोटो अवधिमै निकै लोकप्रिय भएको थियो ।
हत्या प्रयासबाट जोगिए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
बुद्धिसागर मरासिनी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिलभेनियामा आयोजित एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार गरिएको छ । अमेरिकी अधिकारीहरूले ‘ट्रम्पको हत्या गर्ने उद्देश्यले’ उनीमाथि गोली प्रहार गरिएको जनाएका छन् ।
असार ३०, २०८१
चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते
कान्तिपुर संवाददाता
पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो ।
असार २९, २०८१
सन् २०१६ मा आजको दिन : थेरेसा बेलायतको प्रधानमन्त्री नियुक्त
कान्तिपुर संवाददाता
सन् २०१६ मा आजकै दिन (जुलाई १३) मा बेलायतको प्रधानमन्त्रीमा थेरेसा मे नियुक्ति भएकी थिइन् । कन्जरभेटिभ पार्टीकी थेरेसाको प्रधानमन्त्रीको कार्यकाल सन् २०१६ देखि २०१९ सम्म थियो ।
असार २८, २०८१