text stringlengths 2 914 |
|---|
महासागरको तापक्रम निरन्तर बढ्दै, सार्क घट्दै |
स्वरूप आचार्य |
दशकौंदेखि सार्कको विकासक्रमबारे अध्ययन गरिरहेका अन्वेषकहरूका अनुसार १० करोड वर्ष पहिले महासागरमा भएको तापक्रम वृद्धिका कारण आज हामीले देखेको सार्क छिटो पौडिन सक्ने ठूला र शक्तिशाली सिकारी जीवका रूपमा विकास भएका हुन् । सुन्दा यो कुनै हलिउड फिल्मको स्क्रिप्टजस्तो लागे पनि सत्य आखिर यही नै हो । |
असार २७, २०८१ |
सार्वजनिक कोष दुरुपयोग गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय |
रासस |
इन्डोनेसियाका पूर्वकृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलरभन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ । |
राजनीतिक अनिश्चितताबीच अमेरिकामा नेटो नेताहरूको भेला |
कान्तिपुर संवाददाता |
३० भन्दा बढी राष्ट्रका नेताहरू अमेरिकामा भेला भएका छन् । राजधानी वाशिंगटन डीसीमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउन उनीहरू भेला भएका हुन् । भेटमा युक्रेन संकट एक प्रमुख विषय बनाइएको छ । |
इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल |
कान्तिपुर संवाददाता |
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र जोर्डनका समकक्षी अयमान सफादीले बुधबार कायरोमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् । दुवै विदेशमन्त्रीले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे । |
असार २६, २०८१ |
आगरा-लखनऊ एक्सप्रेस वेमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो । |
सुनकको अपत्यारिलो उदय, अप्रत्याशित बहिर्गमन |
नवीन पोखरेल |
बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेपछि त्यसका नेता तथा निवर्तमान प्रधानमन्त्री ऋषि सुनकले तुरुन्तै आफ्नो सरकारी निवास ‘टेन डाउनिङ स्ट्रिट’ छाडे । सुनक जसरी अपत्यारिलो रूपमा प्रधानमन्त्री बनेका थिए, बेलायती जनताले मतदानमार्फत कन्जरभेटिभ पार्टीको १४ वर्षे शासनकाल अन्त्य गरिदिएपछि त्यसैगरी उनको बहिर्गमन पनि भएको छ । |
रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा |
कान्तिपुर संवाददाता |
रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाचा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले छिट्टै नै भारतीयलाई मुक्त गर्ने प्रतिबद्धता जनाएका हुन् । |
सन् १९६२ मा आजको दिन : टेलस्टार स्याटेलाइट प्रक्षेपण |
कान्तिपुर संवाददाता |
विश्वमा पहिलो पटक विद्युतीय सञ्चारका लागि सहयोगी स्याटेलाइट टेलस्टार १ सन् १९६२ मा आजकै दिन (जुलाई १०) मा अन्तरिक्षमा पठाइएको थियो । टेलस्टार १ स्याटेलाइटलाई थोर डेल्टा नामको रकेटबाट अन्तरिक्षमा पठाइएको थियो । यसको प्रक्षेपणपछि विद्युतीय सञ्चार नयाँ युगमा प्रवेश गरेको मानिन्छ । |
असार २५, २०८१ |
रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत-रुसबीच छलफल |
रासस |
रूस भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी सेनाका लागि काम गरिरहेका भारतीयको फिर्तालाई सहज बनाउन आग्रह गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले यो मुद्दा उठाएका हुन् । |
असार २४, २०८१ |
जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर |
रासस |
जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । |
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु |
रासस/एएफपी |
युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । |
फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा |
कान्तिपुर संवाददाता |
फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि देखिएको छ । |
भारतीय प्रधानमन्त्री मोदी आज रुस भ्रमणमा जाँदै |
कान्तिपुर संवाददाता |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज रुसको दुईदिने भ्रमणमा जाँदैछन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक भारतीय प्रधानमन्त्री मोदी मस्को जान लागेका हुन् । साथै तेस्रो पटक भारतको प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो विदेश भ्रमणसमेत हो । |
ट्रम्पको पक्षमा ‘टेक टाइकुन’ |
कान्तिपुर संवाददाता |
अनलाइन भुक्तानी प्रणाली पेपालका संस्थापकमध्येका डेभिड स्याक्स र चमाथ पलिहापिथियाले तीन साताअघि ‘बिलिनियर्स रो’ भनिने आफूहरूका महलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आगामी निर्वाचन लक्षित चन्दा संकलन कार्यक्रम आयोजना गरे । उक्त कार्यक्रममा १२ लाख अमेरिकी डलर जम्मा भयो । |
सन् २०२२ मा आजकै दिन : जापानी पूर्वप्रधानमन्त्री आबेको हत्या |
कान्तिपुर संवाददाता |
सन् २०२२ मा आजकै दिन (जुलाई ८) मा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको थियो । नारा सहरमा आयोजित एक कार्यक्रमा भाषण गरिरहेका आबेमाथि ४२ वर्षीय तेत्सुया यामागामीले गोली प्रहार गरेका थिए । आबेले नारामा पुनः हुन लागेको चुनावी प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । |
असार २२, २०८१ |
सन् १९४६ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति बुसको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९४६ मा आजकै दिन (जुलाई ६) मा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको जन्म भएको थियो । उनी अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । बुसले २००१ जनवरी २० देखि २००९ जनवरी २० सम्म दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए । |
असार २१, २०८१ |
बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर बने नयाँ प्रधानमन्त्री |
नवीन पोखरेल |
बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् । |
१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ? |
नवीन पोखरेल |
बेलायतमा बिहीबार भएको निर्वाचनको मतपरिणाम घोषणा अन्तिम अवस्था पुगिरहँदा प्रतिपक्षी लेबर नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लेबर पार्टीले ४१२ सिट जितिसकेको छ । २०१९ मा भन्दै झन्डै दोब्बर बढी सिट जितेको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कंदैछ र प्रधानमन्त्री बन्दैछन् स्टार्मर । |
बेलायती आम चुनाव : लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै |
कान्तिपुर संवाददाता |
बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ । |
विनाशकारी तुफानको अध्ययन गर्न समुद्रमा ड्रोन तैनाथ |
एजेन्सी |
ओटिस तुफान सन् २०२३ अक्टोबर २५ मा दक्षिण मेक्सिकोको समुद्री तटमा देखापरेको थियो, जसले प्रतिघण्टा १६५ माइलको गतिमा केही सहरमा क्षति पुर्यायो । यो समुद्री तुफानका कारण कम्तीमा २७ जनाको मृत्यु भयो भने मेक्सिकोको पर्यटकीय तथा बन्दरगाह सहर आकापुल्कोमा पनि ठूलो क्षति पुग्यो । |
असार २०, २०८१ |
सन् १९४६ मा आजकै दिन : फिलिपिन्स स्वतन्त्र |
कान्तिपुर संवाददाता |
सन् १९४६ मा आजकै दिन (जुलाई ४) मा फिलिपिन्सले स्वतन्त्रता प्राप्त गरेको थियो । अमेरिकाबाट स्वतन्त्र भएसँगै मानुएल रोक्सस गणतन्त्र फिलिपिन्सको राष्ट्रपति बनेका थिए । |
असार १९, २०८१ |
डेढ दशकपछि कन्जरभेटिभलाई लेबरको कडा चुनौती |
नवीन पोखरेल |
बेलायतमा राजनीतिमा डेढ दशकदेखि सत्तामा छ, कन्जरभेटिभ दल । वर्तमान प्रधानमन्त्री तथा कन्जरभेटिभ नेता ऋषि सुनकले संसद्को कार्यकाल सकिनुअघि नै घोषणा गरेको आमनिर्वाचन भोलि हुँदै छ । २०२२ अक्टोबर २५ मा प्रधानमन्त्री बनेका सुनकले नयाँ कार्यकाल ताकिरहेका छन् । तर यस पटकको चुनावमा भने सुनकको दलले विपक्षी लेबर पार्टीबाट कडा चुनौती सामना गर्दै छ । |
सन् २०१३ मा आजकै दिन : मोर्सी अपदस्थ |
कान्तिपुर संवाददाता |
सन् २०१३ मा आजकै दिन (जुलाई ३) मा इजिप्टका राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेको थियो । सेना प्रमुख अब्देल फतह अल–सीसीले मुख्य धर्मगुरु तथा राजनीतिक नेताहरूसँगको छलफलपछि मोर्सीलाई अपदस्थ गरेका थिए । |
भारतमा धार्मिक कार्यक्रममा भागदौड हुँदा ११६ को मृत्यु |
कान्तिपुर संवाददाता |
भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ । जसमा अधिकांश महिला छन् । |
असार १८, २०८१ |
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३७ हजार ८७७ पुग्यो |
सिन्ह्वा |
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन् । |
सन् १९६१ मा आजकै दिन : अर्नेस्ट हेमिङवेको निधन |
कान्तिपुर संवाददाता |
सन् १९६१ मा आजकै दिन (जुलाई २) मा अमेरिकी लेखक तथा नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङवेको मृत्यु भएको थियो । हेमिङवेको १९५२ मा प्रकाशित ‘ओल्ड मेन एन्ड द सी’ ले नोबेल पुरस्कार जितेको थियो । |
असार १७, २०८१ |
सन् १९६१ मा आजकै दिन : डायनाको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९६१ मा आजकै दिन (जुलाई १) मा वेल्सकी पूर्वराजकुमारी डायनाको जन्म भएको थियो । १९६१ जुलाई १ मा जन्मिएकी डायनाले १९८१ जुलाई २९ मा बेलायतका युवराज चार्ल्स तृतीयसँग (हालका राजा) सँग विवाह गरेकी थिइन् । |
असार १५, २०८१ |
सन् २००७ मा आजकै दिन : बजारमा आइफोन |
कान्तिपुर संवाददाता |
सन् २००७ मा आजकै दिन (जुन २९) मा एप्पल कम्पनीको पहिलो स्मार्टफोन ‘आइफोन’ को बिक्री सुरु भएको थियो । २००७ को जनवरी ९ मा सार्वजनिक आइफोनको पहिलो मोडलको बिक्री जुन २९ देखि सुरु भएको थियो । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले फोन सार्वजनिक गरेका थिए । |
असार १४, २०८१ |
सीएनएन निर्वाचन बहस : बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप-प्रत्यारोप बढी |
रासस/एएफपी |
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफू निकै बूढो नभएको पुष्टि गर्न डेमोक्रयाटिक नेता जो बाइडेनलाई हम्मेहम्मे पर्यो । बहसका क्रममा व्यक्तिगत अपमानसहितका आरोपका कारण राष्ट्रपति बाइडेन बहसको सुरूतिर निकै अकमकाएको देखिन्थ्यो । |
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.