text stringlengths 2 914 |
|---|
पर्वत पोर्तेल |
मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् । प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । |
फिल्म प्रवर्द्धन गर्नुपर्नेबाटै अंकुश |
रीना मोक्तान , समर्पण श्री |
राज्य र मातहतका निकायबाट विभिन्न बहानामा हुने हस्तक्षेपको यसअघि फिल्मकर्मीले विरोध जनाउँदै आएका थिए । तर, यस पटक भने फिल्मकर्मी आफैंले नेतृत्व गरेका दुई संस्थाबाट फिल्ममा अंकुश लगाउने निर्णय भएको छ । |
माओवादी सिध्याउन खोज्नेहरूले शान्ति प्रक्रिया टुंग्याउन दिएनन् : दाहाल |
विवेक पोख्रेल |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सिध्याउन खोज्नेहरूले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन नदिएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सडकबाट समेत दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । |
सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस बाँकी |
दीपक परियार |
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाविरुद्धको थुनछेकमा प्रतिवादी र जाहेरवालाका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले बिहीबार जवाफी बहस गरेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउनेछ । |
सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित |
दीपक परियार |
सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ । |
पुस २४, २०८१ |
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । |
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज देश-दुनियाँमा सिद्धबाबा सुरुङ ७.८ मिटर मात्र खन्न बाँकी, सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमती अदालतमा उपस्थित र धरौटीमा रिहादेखि अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोसम्मका खबर चर्चामा रहे । |
२०८७ मा संविधान संशोधन गर्ने ओलीको भनाइप्रति कांग्रेस महामन्त्रीको शर्माको आपत्ति |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् । |
तिब्बत भूकम्प : २४ घण्टामा ६ सयभन्दा बढी परकम्प |
कान्तिपुर संवाददाता |
चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प पनि गइरहेको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार बुधबार बिहान १० बजेसम्म ६ सय ६० परकम्प गइसकेको छ । केही परकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । |
सहकारी ठगी : लेखा समिति सभापतिकी श्रीमती १० लाख धरौटीमा रिहा |
कान्तिपुर संवाददाता |
सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । |
कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फेले बुझाइन् ओहदाको प्रमाणपत्र |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाङ्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । |
शान्ति प्रक्रिया शीघ्र टुंग्याउन दबाब सृजना गरौँ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । |
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । |
सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला अदालतमा उपस्थित |
कान्तिपुर संवाददाता |
मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् । |
भीम रावल एमालेबाट निकालिएपछि कार्यकर्ता अन्योलमा |
मेनुका ढुंगाना |
एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि उनको गृह जिल्लाका नेता कार्यकर्ता दोधारमा परेका छन् । रावललाई पहिलो नेता मानेर विभिन्न स्थानीय तह, पार्टी संगठनको नेतृत्व गरिरहेकाहरू एमालेमै बस्ने कि रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा जोडिने भन्ने अन्योलमा छन् । |
नुवाकोट कारागारमा ७५८ कैदीबन्दी |
रासस |
नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । |
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह |
प्रगति ढकाल/रासस |
मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । |
पालिका अध्यक्षसँग सिकार खेल्न जाँदा युवकको शंकास्पद मृत्यु, एक महिनासम्म गुपचुप |
लक्ष्मी गौतम |
पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमसँग सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको घटना एक महिनासम्म गुपचुप राखिएको खुलेको छ । घटनाबारे प्रहरीमा उजुरी नगर्न दबाब बढेपछि युवकको परिवार मिक्लाजुङ–७ लिम्बाबाट विस्थापित भएको छ । |
तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा १२६ को मृत्यु |
एजेन्सी |
चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको हो । |
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीको साढे ४ घण्टा सोधपुछ |
मातृका दाहाल , जयसिंह महरा |
ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे ४ घण्टा सोधपुछ गरेको छ । |
पुस २३, २०८१ |
लामिछाने पक्षका वकिलको तर्क : ‘गोर्खा मिडियामा आएको रकम गैरकानुनी भन्ने थाहा थिएन’ |
दीपक परियार |
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस मंगलबार सकिएको छ । सोमबार र मंगलबार १२ जना कानुन व्यवसायीले लामिछानेको पक्षमा बहस गरे । यसअघि नै छविलाल जोशी र लीला पछाई पक्षका कानुन व्यवसायीको बहस सकिएको थियो । |
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक संसद्मा |
कान्तिपुर संवाददाता |
सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको छ । |
जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित छ : अधिकारी |
कान्तिपुर संवाददाता |
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको बताए । |
समितिबाट एक वर्षसम्म एउटा विधेयक पारित नहुँदा सांसदमाथि प्रश्न उठ्छ : मन्त्री भण्डारी |
कान्तिपुर संवाददाता |
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । |
मैले एमाले छोडेको छैन : लेखराज भट्ट |
कान्तिपुर संवाददाता |
लेखराज भट्टले आफू एमालेमै रहेको बताएका छन् । सामाजिक सञ्जालमा एमाले सचिव भट्टले पार्टी परित्याग गरेको भनेर चर्चा भएपछि भट्टले आफू एमालेमै रहेको प्रस्ट पारेका हुन् । |
सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीद्वारा सोधपुछ |
कान्तिपुर संवाददाता |
सहकारी ठगी आरोप लागेका सत्तारुढ कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग मंगलबार दोस्रोपटक बयान कागज गराएको हो । |
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका छन् । |
त्रिवि रेक्टर कार्यालयको धर्ना टुंगियो, ३ निकायमा तालाबन्दी कायमै |
कान्तिपुर संवाददाता |
पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) कार्यकक्षअगाडि दिएको धर्ना एक सातापछि टुंगिएको छ भने ३ निकायमा गरिएको तालाबन्दी जारी छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले १० बुँदे माग राख्दै रेक्टर खड्ग केसीको कार्यकक्ष छिर्ने ढोकामा धर्ना दिएका थिए । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज देश-दुनियाँमा तिब्बतमा भूकम्प जाँदा कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते, एक वर्षपछि महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णयदेखि असमको कोइलाखानीमा नेपाली नागरिकसहित ९ श्रमिक थुनिएको सम्मका खबर चर्चामा रहे । |
नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गयो : मन्त्री पाण्डे |
कान्तिपुर संवाददाता |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् । |
संघीयताप्रति हामी एकदमै अनुदार छौं : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
कांग्रेस महामन्त्री गगन थापाले संघीयताप्रति राजनीतिक दलका नेताहरू अनुदार रहेको बताएका छन् । सरकार चलाउने ठाउँमा गइसकेपछि नेताहरू संघीयताप्रति अनुदार रहेको र अधिकार आफ्नो मुठ्ठीमा राख्न चाहने मात्रै रहेको बताए । |
एमालेद्वारा आफ्नै नेतृत्वको सरकारलाई प्रभावकारी काम गर्न ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै नेतृत्वको सरकारलाई प्रभावकारी ढंगले काम गर्न ध्यानाकर्षण गराएको छ ।केन्द्रीय कार्यालय च्यासल ललितपुरमा मंगलबार बसेको बैठकले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने अभिभारा पूरा गर्न आग्रह गरेको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.