text
stringlengths
2
914
कान्तिपुर संवाददाता
सन् १९५५ मा आजकै दिन (फेब्रुअरी २३) मा पोलियोविरुद्ध खोप लगाउन सुरु गरिएको थियो । खोप विकसित गरी परीक्षणपश्चात् आम प्रयोगमा ल्याउन करिब तीन वर्ष लागेको थियो ।
फाल्गुन १०, २०८०
सन् २०१४ मा आजकै दिन : युक्रेनी राष्ट्रपति यानुकोभिचलाई महाभियोग
कान्तिपुर संवाददाता
सन् २०१४ मा आजकै दिन (फेब्रुअरी २२) मा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचविरुद्ध महाभियोग लगाइएको थियो । यानुकोभिच २०१० को फेब्रुअरी २५ मा युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
फाल्गुन ९, २०८०
सन् १९७२ मा आजकै दिन : निक्सनको चीन भ्रमण
कान्तिपुर संवाददाता
सन् १९७२ मा आजकै दिन (फेब्रुअरी २१) मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र अमेरिकाबीच दुई दशकदेखिको मतभेद अन्त्य गर्दै निक्सन एक साता लामो राजकीय भ्रमणमा निस्किएका थिए ।
ग्रीसमा किसानको विरोध प्रदर्शन : ‘खानेकुरा छैन, भविष्य छैन’
कान्तिपुर संवाददाता
ग्रीसका हजारौं किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले राज्यको सहायता आवश्यक भएको बेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन् । ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाइएका थिए । किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकाहरूमा करिब १ सय ५० वटा ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन् ।
फाल्गुन ७, २०८०
इजरायली आक्रमणमा झन्डै २९ हजार प्यालेस्टिनीको मृत्यु
कान्तिपुर संवाददाता
गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९ सय ८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् १९९७ मा आजकै दिन : देङ सियाओ पिङको मृत्यु
कान्तिपुर संवाददाता
सन् १९९७ मा आजकै दिन (फेब्रुअरी १९) चिनियाँ कम्युनिस्ट नेता देङ सियाओ पिङको निधन भएको थियो । अन्तर्राष्ट्रिय व्यापारका लागि चीनलाई खुला गरेका देङले चिनियाँ अर्थतन्त्रलाई विकेन्द्रित गरेका थिए ।
फाल्गुन ६, २०८०
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक
रासस, सिन्ह्वा
गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।
फाल्गुन ५, २०८०
सन् १९६३ मा आजकै दिन : माइकल जोर्डनको जन्म
कान्तिपुर संवाददाता
सन् १९६३ मा आजकै दिन (फेब्रुअरी १७) मा अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । न्युयोर्कमा जन्मिएका जोर्डन बास्केटबलका सर्वकालीन महान् खेलाडीका रूपमा विश्वभर परिचित छन् ।
फाल्गुन ४, २०८०
रुसी प्रतिपक्षी नेता नाभाल्नीको जेलमा निधन
कान्तिपुर संवाददाता
रुसी प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए ।
भारतमा सर्वोच्च अदालतले रोक्यो ‘इलेक्टोरल बन्ड’
कान्तिपुर संवाददाता
भारतको सर्वोच्च अदालतले राजनीतिक दलहरुले ‘इलेक्टोरल बन्ड’ मार्फत प्राप्त गर्ने आर्थिक सहयाताको प्रक्रियालाई अवैधानिक भन्दै त्यसमा रोक लगाएको छ । चुनावको निष्पक्षता र स्वच्छताका लागि अदालतको उक्त कदमलाई ऐतिहासिक बताइएको छ ।
सन् १९५९ मा आजकै दिन : क्यास्ट्रो क्युबाका प्रधानमन्त्री
कान्तिपुर संवाददाता
सन् १९५९ मा आजकै दिन (फेब्रुअरी १६) मा फिडेल क्यास्ट्रो क्युबाको प्रधानमन्त्री भएका थिए । सैनिक तानाशाह जर्नेल फुल्गेन्सियो बाटिस्टालाई पराजित गर्दै क्यास्ट्रोले देशमा कम्युनिस्ट शासन स्थापित गरेका थिए ।
फाल्गुन ३, २०८०
भारतमा फेरि चर्कंदै किसान आन्दोलन
राजेश मिश्र
भारतमा फेरि किसान आन्दोलन चर्किएको छ । एक वर्ष लामो आन्दोलन थामिएको दुई वर्षपछि किसानहरू आफ्ना माग पूरा नभएको भन्दै पुनः सडकमा उत्रिएका हुन् । कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने मुख्य माग अघि सारेर उनीहरू दिल्लीतर्फ हिँडेका छन् । पन्जाबका हजारौं किसान दिल्लीमा धर्ना र प्रदर्शनको तयारीका साथ हिँडेपछि उनीहरूलाई बल प्रयोग गरेर बाटोमै रोकिएको हो ।
फाल्गुन २, २०८०
भारतमा चर्किंदै किसान आन्दोलन
कान्तिपुर संवाददाता
कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राखेर भारतको पन्जाब राज्यका किसानहरू आन्दोलनमा उत्रिएका छन् । किसान संगठनहरूले दिएको अल्टिमेटमभित्र माग सम्बोधन नभएपछि हजारौं किसानले राजधानी नयाँदिल्ली प्रवेशको प्रयास थालेका हुन् ।
फाल्गुन १, २०८०
आजकै दिन : अमेरिकाद्वारा इराकमा ‘स्मार्ट बम’ प्रहार
कान्तिपुर संवाददाता
सन् १९९१ मा आजकै दिन (फेब्रुअरी १३) मा अमेरिकाले इराकमा दुईवटा ‘स्मार्ट बम’ प्रहार गरेको थियो । इराकी राजधानी बग्दादलाई लक्षित गरी प्रहार भएका बम प्रहारका कारण कम्तीमा ४ सय ८ जनाको ज्यान गएको थियो ।
इजरायली हवाई आक्रमणबाट एक सयको मृत्यु
एजेन्सी
इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
माघ २९, २०८०
इजरायली हवाई आक्रमणबाट रफाहमा १०० जनाको मृत्यु
एजेन्सी
इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एकसय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् ।
माघ २८, २०८०
भारतले किन गर्‍यो म्यान्मारसँगको सीमामा तारबार लगाउने निर्णय ?
राजेश मिश्र
भारतले म्यान्मारसँग जोडिएको सिमानामा तारबार लगाउने निर्णय गरेको छ । दुई देशबीच कायम ‘फ्रि मुभमेन्ट रिजिम’ सम्झौतालाई भारतले एकतर्फी रूपमा रद्द गरेको हो । भारतले म्यान्मारसँगको सीमामा निर्बाध आवतजावतमा पनि रोक लगाएको छ ।
माघ २७, २०८०
पाकिस्तानमा कसले जित्यो ?
बुद्धिसागर मरासिनी
पाकिस्तानमा बिहीबार भएको आमनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । तर कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बुहमत ल्याउन भने असफल भएका छन् ।
माघ २६, २०८०
पाकिस्तानी संसदीय चुनाव : इमरान खानसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि
कान्तिपुर संवाददाता
पाकिस्तानको संसदीय(नेसनल एसेम्बली) को चुनावको प्रारम्भिक नतिजामा इमरान खानको पाकिस्तान तहरिक-ए इन्साफ(पीटीआई) समर्थित उम्मेदवार अगाडि देखिएका छन् । खान र पीटीआईमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइए पनि पीटीआईसमर्थित उम्मेदवार अगाडि देखिएका हुन् ।
माघ २५, २०८०
गाजा युद्धले मध्यपूर्वमा फैलिँदो तनाव र विपत्ति
बुद्धिसागर मरासिनी
प्यालेस्टिनी विद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गर्‍यो । इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमणमा १ हजार २ सय जनाको तत्काल मृत्यु भयो । घाइते भएका १ सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाए । त्यतिमात्र नभई आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो ।
सन् १९९४ मा आजकै दिन : कपिल देवको कीर्तिमान
कान्तिपुर संवाददाता
सन् १९९४ मा आजकै दिन (फेब्रुअरी ८) मा भारतीय क्रिकेटर कपिल देवले टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेटको कीर्तिमान कायम गरेका थिए । भारतको अहमदाबादमा श्रीलंकाविरुद्धको खेलमा विकेट लिएसँगै कपिलले ४ सय ३२ रन विकेटको कीर्तिमान राख्न सफल भएका थिए ।
माघ २४, २०८०
सन् १९९१ मा आजकै दिन : बेलायती प्रधानमन्त्री मेजरको हत्या प्रयास
कान्तिपुर संवाददाता
सन् १९९१ मा आजकै दिन (फेब्रुअरी ७) मा बेलायती प्रधानमन्त्री जोन मेजरको हत्या प्रयास गरिएको थियो । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा बैठक चलिरहेका बेला आइरिस रिपब्लिकन आर्मी (आईआरए) ले मेजरलाई लक्षित गरी तीन राउन्ड मोर्टार प्रहार गरेका थिए ।
माघ २३, २०८०
पाकिस्तानमा आतंकवादी हमला : १० प्रहरीको मृत्यु, ६ घाइते
नान/सिन्हवा
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतंककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलायती राजा चार्ल्सलाई क्यान्सर
कान्तिपुर संवाददाता
बेलायती राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । ७५ वर्षीय राजाको उपचारका क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो । दरबारले सोमबारबाटै उनको उपचार सुरु भएको पनि जनाएको छ ।
सन् १९५२ मा आजकै दिन : बेलायती महारानीमा एलिजाबेथ द्वितीय
कान्तिपुर संवाददाता
सन् १९५२ मा आजकै दिन (फेब्रुअरी ६) मा एलिजाबेथ द्वितीय बेलायतको महारानी बनेकी थिइन् । उनले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।
माघ २२, २०८०
सन् १९८५ मा आजकै दिन : रोनाल्डोको जन्म
कान्तिपुर संवाददाता
सन् १९८५ मा आजकै दिन (फेब्रुअरी ५) मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जन्म भएको थियो । पोर्चुगलका रोनाल्डो हाल साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्छन् । रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् ।
माघ २१, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय
कान्तिपुर संवाददाता
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर-इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले खानले सन् २०१८ मा गरेको बुशरा बीबीसँगको विवाह गैरकानुनी ठहर गरेको हो ।
चिनियाँ नयाँ वर्ष कसरी बन्यो विश्व पर्व?
लक्ष्मी लम्साल