text
stringlengths
2
914
ईश्वी सन् पात्रो अनुसार जनवरी १ तारिखलाई विश्वभर नयाँ वर्षका रूपमा मनाइरहँदा ५ हजार वर्ष पुरानो सभ्यता बोकेको चीनले बल्ल ‘स्प्रिङ फेस्टिभल’ लाई राष्ट्रसंघीय दिवसको रूपमा सूचीकृत गर्न सफल भएको छ। व्यवहारमा पश्चिमा ईश्वी संबत् प्रचलित रहेपनि चीनमा साँस्कृतिक रीतिरिवाजचाहिँ लुनार पात्रो अनुसार निर्धारण गरिन्छ।
चिलीमा डढेलो : कम्तीमा ५१ जनाको मृत्यु
कान्तिपुर संवाददाता
चिलीमा डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।
सन् २००४ मा आजकै दिन : फेसबुकको स्थापना
कान्तिपुर संवाददाता
सन् २००४ मा आजकै दिन (फेब्रुअरी ४) मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।अमेरिकाको हार्वार्डका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर ‘फेसबुक डट कम’ स्थापना गरेका हुन् । जुकरबर्ग यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।
माघ २०, २०८०
पूनम पाण्डेले भनिन्, 'म जिउँदै छु'
कान्तिपुर संवाददाता
भारतीय मोडेल पूनम पाण्डेले फेरि एकपल्ट चर्चाका लागि आफ्नै मृत्यु भएको गलत खबर पोस्ट गरेकी छिन्। इन्स्टाग्राममा आफ्नो 'मृत्यु भएको जानकारी' पोस्ट भएको एक दिनपछि शनिबार इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै उनले आफू जीवितै रहेको जानकारी दिएकी छिन् ।
१३ जना इरान समर्थक लडाकुको मृत्यु
नान/सिन्हवा
अमेरिकाद्वाराले सिरियामा गरेको हमलामा १३ जना इरान समर्थक लडाकुको मृत्यु भएको छ । अमेरिकी हवाई आक्रमणमा शुक्रबार राति पूर्वी प्रान्त देइर अल–जोरमा इरान समर्थक लडाकुहरूको गढलाई लक्षित गरी अमेरिकाले इरानी लक्ष्यहरू विरुद्ध प्रतिकारात्मक हमला गरेको थियो ।
सन् १९९५ मा आजकै दिन : पहिलो पटक महिलाले उडाइन् अन्तरिक्ष यान
कान्तिपुर संवाददाता
सन् १९९५ मा आजकै दिन (फेब्रुअरी ३) मा पहिलो पटक महिला पाइलटले अन्तरिक्ष यान उडाएकी थिइन् । अमेरिकी अन्तरिक्षयात्री एलिन कोलिन्स अन्तरिक्ष यान उडाउने विश्वकै पहिलो महिला हुन् ।
माघ १९, २०८०
उत्तरी गाजाबाट इजरायली सेना फिर्ता
कान्तिपुर संवाददाता
इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेसन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन ।
चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री, शुक्रबार लिए शपथ
कान्तिपुर संवाददाता
भारतको झारखण्ड राज्यमा झारखण्ड मुक्ति मोर्चाका उपाध्यक्ष चम्पाई सोरेनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । राज्यपालका सीपी राधाकृष्णननले शुक्रबार राजभवनमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
पूनम पाण्डेले भनिन्, 'म जिउँदै छु'*
कान्तिपुर संवाददाता
भारतीय मोडेल पूनम पाण्डेले फेरि एकपल्ट चर्चाका लागि आफ्नै मृत्यु भएको गलत खबर पोस्ट गरेकी छिन्। इन्स्टाग्राममा आफ्नो 'मृत्यु भएको जानकारी' पोस्ट भएको एक दिनपछि शनिबार इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै उनले आफू जीवितै रहेको जानकारी दिएकी छिन् ।
म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो
कान्तिपुर संवाददाता
म्यानमारले संकटकाल ६ महिना थप गरेको छ ।म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।
माघ १८, २०८०
सन् १९३१ मा आजकै दिन : बोरिस यल्तसिनको जन्म
कान्तिपुर संवाददाता
सन् १९३१ मा आजकै दिन (फेब्रुअरी १) मा रुसका पूर्वराष्ट्रपति बोरिस यल्तसिनको जन्म भएको थियो । यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । १९९१ जुन १२ मा राष्ट्रपतिमा निर्वाचित भएका यल्तसिनले १९९९ सम्म पदभार सम्हालेका थिए ।
झारखण्डका मुख्यमन्त्री पक्राउ
राजेश मिश्र
भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् ।
माघ १७, २०८०
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरालाई १४ वर्ष जेल
कान्तिपुर संवाददाता
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरा बिबीलाई पाकिस्तानी अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार मात्र पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अदालतले गोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो ।
यूएईले १३ वर्षपछि सिरियामा राख्यो राजदूत
कान्तिपुर संवाददाता
यूएईले १३ वर्षपछि सिरियामा राजदूत राखेको छ । नवनियुक्त राजदूत हसन अहमद अल–सिहीले मंगलबार आधिकारिक रूपमा सिरियाका विदेशमन्त्री फैसल मेकदादलाई आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौँ : अफगानिस्तान
कान्तिपुर संवाददाता
अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताएका छन्।
इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका
कान्तिपुर संवाददाता
अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसमर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।
सन् २०२० मा आजकै दिन : ईयूबाट बेलायतको बहिर्गमन
कान्तिपुर संवाददाता
सन् २०२० मा आजकै दिन (जनवरी ३१) मा बेलायत युरोपेली संघबाट अलग भएको थियो । लामो समयको अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि बेलायत संघबाट औपचारिक रूपमा अलग्गिएको थियो ।
माघ १६, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री कुरैशीलाई १० वर्ष जेल सजाय
कान्तिपुर संवाददाता
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ ।
इलन मस्कको कम्पनी न्युरालिंकले राख्यो मानव मस्तिष्कमा 'वायरलेस चिप'
कान्तिपुर संवाददाता
प्रविधि व्यवसायी इलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् ।
सन् १९३३ मा आजकै दिन : जर्मनीको चान्सलरमा हिटलर
कान्तिपुर संवाददाता
सन् १९३३ मा आजकै दिन (जनवरी ३०) मा एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए । जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरू, पूर्वचान्सलर फ्रान्ज भोन पापेनलगायतको छलफलपछि हिटलरलाई चान्सलर स्वीकार गरेका थिए ।
माघ १५, २०८०
जोर्डनमा सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति आक्रोशित, बदला लिने चेतावनी
एजेन्सी
सिरियाली सीमा क्षेत्र जिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका जनाइएको छ ।
सन् २०१८ मा आजकै दिन : फुटबल क्लब व्यवसायमा बेकह्याम
कान्तिपुर संवाददाता
सन् २०१८ मा आजकै दिन (जनवरी २९) मा चर्चित फुटबलर डेभिड बेकह्यामले फुटबल क्लब स्थापना गरेका थिए । बेकह्यामले अर्बपति दाजुभाइ जोर्ग मास र जोसे माससँग मिलेर अमेरिकाको फ्लोरिडामा व्यावसायिक फुटबल क्लब इन्टर मियामी सीएफ स्थापित गरेका हुन् । बेकह्याम हाल क्लबको अध्यक्ष छन् । उनी बेलायती फुटबल क्लब सालफोर्ड सिटीका समेत मालिक हुन् ।
नीतिश कुमारले फेरि कोल्टे फेरे
राजेश मिश्र
कुनै पनि पदबाट राजीनामा दिनुको सोझो अर्थ हुन्छ– पदीय जिम्मेवारीबाट विश्राम । तर, भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारको हकमा भने यो लागू हुँदैन । उनले राजीनामा त दिन्छन् । तर, उनको राजीनामा पद त्यागका लागि हुन्न, सत्ता समीकरण फेरेर पदमा टिकिरहनका लागि हुन्छ । त्यसैले उनीबारे स्थापित भनाइ नै बनेको छ– पदको सुनिश्चितता नभएसम्म उनले राजीनामा दिँदैनन् ।
माघ १४, २०८०
भाजपाको समर्थनमा मुख्यमन्त्री बन्न नीतीशले दिए मुख्यमन्त्रीबाट राजीनामा
कान्तिपुर संवाददाता
भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिएका छन् । आइतबार बिहान राज्यपाल राजेन्द्र आर्लेकरलाई मुख्यमन्त्री नीतीशले राजीनामा बुझाएका हुन् । उनले अर्को गठबन्धनबाट मुख्यमन्त्री बन्न राजीनामा दिएका हुन् । राजीनामापछि उनले आफ्नो पार्टी जनता दल युनाइटेड(जदयू) महागठबन्धनबाट अलग भएको बताएका छन् ।
बिहारमा सत्ताको खेल, भाजपाको समर्थनमा फेरि मुख्यमन्त्री बन्दै नीतीश
कान्तिपुर संवाददाता
भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । नीतीश कुमारले पुन: वर्तमान गठबन्धन तोडेर भारतीय जनता पार्टी(भाजपा) को कित्तामा जाने तयारी गरेका छन् ।
सन् १९८६ मा आजकै दिन : अमेरिकी अन्तरिक्ष यान विस्फोट
कान्तिपुर संवाददाता
सन् १९८६ मा आजकै दिन (जनवरी २८) मा अमेरिकी अन्तरिक्ष यान विस्फोट भएको थियो । अन्तरिक्ष यान च्यालेन्जर अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरेको ७३ सेकेन्डमा विस्फोट भएको थियो । विस्फोटका कारण यानमा रहेका सबै सात जनाको ज्यान गएको थियो ।
माघ १३, २०८०
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
रासस/एएफपी
अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।
सन् २०११ मा आजकै दिन : यमनमा लोकतन्त्र पक्षधरको आन्दोलन
कान्तिपुर संवाददाता
सन् २०११ मा आजकै दिन (जनवरी २७) मा लोकतन्त्रको पक्षमा बृहत् प्रदर्शन सुरु भएको थियो । लोकतन्त्र पक्षधरहरूले यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध राजधानी सानालगायतका प्रमुख सहरमा प्रदर्शन सुरु गरेका थिए ।
माघ १२, २०८०
अमेरिकामा पहिलोपटक 'नाइट्रोजन ग्यास' प्रयोग गरी मृत्युदण्ड
एजेन्सी
अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग अमेरिकामा पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन्।
सन् २००१ मा आजकै दिन : गुजरातमा विनाशकारी भूकम्प
कान्तिपुर संवाददाता
सन् २००१ मा आजकै दिन (जनवरी २६) मा भारतको गुजरातमा विनाशकारी भूकम्प गएको थियो । भारतको गणतन्त्र दिवसका दिन पाकिस्तानी सीमा नजिकैको भुज गाउँलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
माघ ११, २०८०
जापानको 'क्योटो एनिमेसन स्टुडियो' आगजनीका दोषीलाई मृत्युदण्ड फैसला
कान्तिपुर संवाददाता