text
stringlengths
2
914
सन् २०१९ मा क्योटो एनिमेसन स्टुडियोमा भएको आगजनीमा दोषी ठहर एक जापानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उक्त आगजनीमा ३६ जनाको ज्यान गएको थियो भने र दर्जनौं घाइते भएका थिए ।
माघ १०, २०८०
सन् १९६५ मा आजकै दिन : विन्स्टन चर्चिलको मृत्यु
कान्तिपुर संवाददाता
सन् १९६५ मा आजकै दिन (जनवरी २४) मा बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । उनी दुई कार्यकाल बेलायतको प्रधानमन्त्री भएका थिए ।
माघ ९, २०८०
गाजामा एकै दिन २४ इजरायली सैनिक मारिए
एजेन्सी
द्वन्द्वग्रस्त गाजामा सोमबार एकैदिन २४ जना इजरायली सैनिक मारिएका छन् । इजरायली सेनाका अनुसार मारिनेमध्ये २१ जना जगेडा सैनिक हुन् । उनीहरू एक धराप विस्फोटमा परी मारिएका जनाइएको छ ।
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प
कान्तिपुर संवाददाता
उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता
कान्तिपुर संवाददाता
चीनको दक्षिण-पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मंगलबार बिहान जानकारी दिएका छन् ।
सन् १९९७ मा आजकै दिन : अमेरिकामा पहिलो महिला विदेशमन्त्री
कान्तिपुर संवाददाता
सन् १९९७ मा आजकै दिन (जनवरी २३) मा मेडेलिन अलब्राइट अमेरिकी विदेशमन्त्री नियुक्त भएकी थिइन् । उनी अमेरिकाकी पहिलो महिला विदेशमन्त्री हुन् । अलब्राइट अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको दोस्रो कार्यकालमा १९९७ देखि २००१ सम्म विदेशमन्त्री थिइन् ।
माघ ८, २०८०
अयोध्यामा रामको प्राण प्रतिष्ठा सम्पन्न, सयौं वर्षको प्रतिक्षा पूरा भएको प्रधानमन्त्री मोदीको भनाइ
कान्तिपुर संवाददाता
बहुप्रतिक्षित अयोध्याको राम मन्दिरमा विधिवत् मूर्तिको प्राण प्रतिष्ठा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । प्राण प्रतिष्ठा पछि प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रुपमा याद गरिने बताए । उनले आजको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन् । उनले सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताए ।
सन् २००६ मा आजकै दिन : बोलिभियामा पहिलो आदिवासी राष्ट्रपति
कान्तिपुर संवाददाता
सन् २००६ मा आजकै दिन (जनवरी २२) मा बोलिभियाले पहिलो आदिवासी राष्ट्रपति पाएको थियो । २००५ मा भएको चुनावमा विजयी वामपन्थी नेता इभो मोरालेसले २००६ को जनवरी २२ देखि बोलिभियाको शासनसत्ता सम्हालेका हुन् ।
माघ ७, २०८०
रुस नियन्त्रित दोनेत्स्कमा विस्फोट, कम्तीमा २५ जनाको मृत्यु
एजेन्सी
रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ ।
इजरायल-प्यालेस्टाइन युद्ध : मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो
कान्तिपुर संवाददाता
गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७८ प्यालेस्टाइनीको मृत्यु भएको र २९३ जना घाइते भएको जनाएको छ ।
सन् १९२४ मा आजकै दिन : भ्लादिमिर लेनिनको मृत्यु
कान्तिपुर संवाददाता
सन् १९२४ मा आजकै दिन (जनवरी २१) मा कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको मृत्यु भएको थियो । लेनिनको नेतृत्वमा रुसी बोल्सेविक पार्टीले १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो ।
माघ ६, २०८०
इजरायली आक्रमणमा सिरियामा इरानी रेभुलुसनरी गार्डका चार वरिष्ठ अधिकारी मारिए
कान्तिपुर संवाददाता
इजरायलले सिरियामा गरेको आक्रमणमा इरानको सरकारी फौजका चार वरिष्ठ अधिकारी मारिएका छन् ।
चीनको चिन्ता : जन्मदर बढेन
सुगम दुलाल
कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो ।
मणिपुरमा फेरि भड्कियो हिंसा
पर्वत पोर्तेल
भारतको पूर्वोत्तर राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारसँग सीमा जोडिएको उत्तरी मणिपुरको टेङ्नोपाल जिल्लास्थित मोरेह सहरको एक सुरक्षा चेकपोस्टमा गत बुधबार राति कुकी सशस्त्र समूहको आक्रमणमा परी दुई सुरक्षाकर्मीको घटनास्थलमै ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
भारतमा डुंगा पल्टिँदा १२ जनाको मृत्यु
कान्तिपुर संवाददाता
पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुंगा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इतिहासमा आज : ९९ वर्षका लागि हङकङ बेलायतलाई
कान्तिपुर संवाददाता
पहिलो अफिम युद्धमा बेलायतसँग हार खाएको चीनले एंग्लो–चिनियाँ द्वन्द्वको अन्त्य गर्न चुयन्पी सम्झौतामा हस्ताक्षर गरेर हङकङ औपचारिक रूपमा बेलायतलाई सुम्पिएको थियो । सन् १८३९ मा बेलायतले आफ्ना विरोधीलाई सहयोग गर्नेलाई तह लगाउने भन्दै चीनमाथि आक्रमण गरेको थियो ।
माघ ५, २०८०
राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल
एजेन्सी
थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।
स्वीडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु
कान्तिपुर संवाददाता
सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको जनाइएको छ ।
कस्तुरीको बिना तस्करी आरोपमा सिक्किमका पूर्वडीएसपी पक्राउ
पर्वत पोर्तेल
कस्तुरीको बिना र लोथर्केको छाला तस्करीको आरोपमा सिक्किमका एक जना पूर्व प्रहरी बिहीबार सिलिगुडीनजिकै बागडोगराबाट पक्राउ परेका छन् ।
सन् १९६६ मा आजकै दिन : भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री
कान्तिपुर संवाददाता
सन् १९६६ मा आजकै दिन (जनवरी १९) मा भारतले पहिलो महिला प्रधानमन्त्री पाएको थियो । १९६६ जनवरी १९ मा प्रधानमन्त्री बनेकी गान्धीले जनवरी २४ देखि कार्यभार सम्हालेकी थिइन् । उनी भारतकी तेस्रो प्रधानमन्त्री हुन् ।
माघ ४, २०८०
भ्रष्टाचार मुद्दा लागेपछि सिंगापुरका यातायातमन्त्रीले दिए राजीनामा
एजेन्सी
सुशासनका लागि संसारभर कहलिएको मुलुक सिंगापुरका यातायातमन्त्री सुब्रमण्यम इश्वरनले भ्रष्टाचारको मुद्दा लागेपछि बिहीबार राजीनामा दिएका छन् । सुशासनका लागि कहलिएको मुलुकका मन्त्रीमाथि नै भ्रष्टाचारको मुद्दा लाग्नु दुर्लभ भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उक्त समाचारको व्यापक कजरेज गरेका छन् ।
थाइल्याण्डको एक कारखानामा विस्फोट हुँदा मृत्यु हुने संख्या २० पुग्यो
रोयटर्स
थाइल्याण्डको बैंककको उत्तरमा रहेको एउटा आतिशबाजी कारखानामा बुधबार विस्फोट हुँदा मुत्यु हुनेको संख्या करिब २० पुगेको प्रहरीले जनाएको छ । अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे पनि जीवित व्यक्तिहरू फेला पार्न सकेका छैनन्।
पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलायो
कान्तिपुर संवाददाता
पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य तथा सिद्धान्तहरूको उल्लंघन भएको भन्दै राजदूत फिर्ता बोलाएको हो ।
पाकिस्तानद्वारा इरानमाथि प्रत्याक्रमण, कम्तीमा ९ जनाको मृत्यु
एजेन्सी
इरानले पाकिस्तानी भूमिमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले इरानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको छ । पाकिस्तानी प्रत्याक्रमणमा इरानका कम्तीमा ९ जनाको ज्यान गएको छ । साराभान सहरमा आक्रमणहरू भएका इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २००२ मा आजकै दिन : सियरा लिओनमा गृहयुद्ध अन्त्य
कान्तिपुर संवाददाता
सन् २००२ मा आजकै दिन (जनवरी १८) मा अफ्रिकी देश सियरा लिओनमा गृहयुद्ध अन्त्य भएको थियो । १९९१ मार्च २३ देखि ११ वर्षसम्म चलेको गृहयुद्धका क्रममा कम्तीमा ५० हजार जनाको ज्यान गएको थियो । युद्धका कारण कम्तीमा दुई लाख विस्थापित र दशौं लाख प्रभावित भएका थिए ।
माघ ३, २०८०
क्षेप्यास्त्र आक्रमणपछि बढ्दै पाकिस्तान–इरान तनाव
एजेन्सी
इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा गरेको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि दुई देशबीच तनाव बढेको छ ।
यूरोपमा श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्दो : डब्ल्यूएचओ
रासस
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्वद्ध सङ्घसंस्थालाई आग्रह गरे ।
सन् १९४२ मा आजकै दिन : बक्सर मुहम्मद अलीको जन्म
कान्तिपुर संवाददाता
सन् १९४२ मा आजकै दिन (जनवरी १७) मा अमेरिकी बक्सर मुहम्मद अलीको जन्म भएको थियो । अमेरिकाको केन्टकी राज्यमा जन्मिएका अलीको खास नाम क्यासियस मार्सेलस क्ले थियो ।
माघ २, २०८०
सन् १९७० मा आजकै दिन : लिबियामा गद्दाफी शासन
कान्तिपुर संवाददाता
सन् १९७० मा आजकै दिन (जनवरी १६) मा लिबियाको शासनसत्ता मुअम्मर गद्दाफीले नियन्त्रणमा लिएका थिए । राजा इद्रिस उपचारका लागि टर्की गएको मौका छोपेर गद्दाफी नेतृत्वको एक सैनिक समूहले रक्तपातविहीन ‘कू’ मार्फत सत्ताकब्जा गरेको थियो ।
गाजा युद्धका सय दिन : संयुक्त राष्ट्रसंघ महासचिवद्वारा युद्धविराम गर्न पुनः आह्वान
नान/सिन्हवा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् ।
माघ १, २०८०
सन् १९२९ मा आजकै दिन : मार्टिन लुथर किङको जन्म
कान्तिपुर संवाददाता