text
stringlengths
2
914
सन् १९२९ मा आजकै दिन (जनवरी १५) मा मार्टिन लुथर किङ जुनियरको जन्म भएको थियो । उनको नेतृत्वमा १९५० को मध्य–दशकमा सुरु भएको आन्दोलनले अश्वेत अमेरिकीका लागि शिक्षा र रोजगारीको समान अधिकार स्थापित गरेको थियो । अमेरिकामा भएको नागरिक अधिकारसम्बन्धी आन्दोलनका क्रममा लुथर किङ १५ पटक पक्राउ परेका थिए ।
भारत–माल्दिभ्स सम्बन्धमा दरार, मुइज्जुलाई चीनमा 'रेड कार्पेट'
राजेश मिश्र
चीन भ्रमणबाट फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सानो देश भएकै कारण आफूहरूलाई कसैले धम्क्याउने हक नराख्न कडा प्रतिक्रिया दिएका छन् । उनको अभिव्यक्ति भारतलक्षित रहेको विश्लेषण गरिएको छ । ‘देश सानो हुन सक्छ । यसको मतलब यो होइन कि हामीलाई धम्क्याउने लाइसेन्स कसैले पाएको छ,’ देश फर्किएपछि मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी स्वतन्त्र र सम्प्रभु राष्ट्र हौं ।’ तर उनले आफ्नो पछिल्लो अभिव्यक्तिमा भने कुनै पनि देशको नाम लिएका छैनन् ।
पुस २९, २०८०
सन् २०११ मा आजकै दिन : क्रान्तिपछि भागे ट्युनिसियाका राष्ट्रपति
कान्तिपुर संवाददाता
सन् २००१ मा आजकै दिन (जनवरी १४) मा ट्युनिसियाका राष्ट्रपति जिने अल–अबिदिने बेन अली भागेर साउदी अरब पुगेका थिए । ट्युनिसियामा ‘जस्मिन क्रान्ति’ चर्केसँगै उनी भाग्न बाध्य भएका थिए ।
पुस २८, २०८०
माओवादीले नयाँ नेपालको नारालाई वाग्मतीमा बगाए : प्राध्यापक एसडी मुनी
कान्तिपुर संवाददाता
नेपालको शान्ति प्रक्रियामा सघाएका भारतीय प्रध्यापक एसडी मुनिले माओवादीले जगाएको आशा अनुरुपको काम गर्न नसकेको बताएका छन् । उनले ‘नयाँ नेपाल’ को नारा दिएको माओवादीले त्यसलाई वाग्मतीमा बगाएको टिप्पणी गरे।
सन् १९४१ मा आजकै दिन : साहित्यकार जेम्स जोएसको निधन
कान्तिपुर संवाददाता
सन् १९४१ मा आजकै दिन (जनवरी १३) मा प्रसिद्ध साहित्यकार जेम्स जोएसको निधन भएको थियो । आयरल्यान्डका महान् लेखकका रूपमा परिचित जोएसको स्विट्जरल्यान्डको जुरिचमा ५८ वर्षको उमेरमा निधन भएको थियो ।
पुस २७, २०८०
सन् २०१० मा आजकै दिन : हाइटीमा विनाशकारी भूकम्प
कान्तिपुर संवाददाता
सन् २०१० मा आजकै दिन (जनवरी १२) मा हाइटीमा विनाशकारी भूकम्प गएको थियो । ७ म्याग्निच्युडको उक्त भूकम्पमा राजधानी पोर्ट ओ प्रिन्स ध्वस्त मात्र भएन हजारौँको ज्यानसमेत गयो ।
विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न एप्पल र माइक्रोसफ्टबीच प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
सन् २०२१ यता पहिलोपटक बिहीबारको सेयर बजार कारोबारका क्रममा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भयो । २०२४ सुरु भएदेखि नै एप्पलको सेयर निरन्तर खस्किने क्रम जारी छ भने माइक्रोसफ्टले आफ्नो अवस्था निरन्तर सुधार गर्दै लगेको छ ।
इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु
कान्तिपुर संवाददाता
इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए ।
काबुलमा विस्फोट : २ जनाको मृत्यु, १२ घाइते
नान/सिन्हवा
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
नान/सिन्हवा
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
पुस २६, २०८०
शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त
कान्तिपुर संवाददाता
बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको यो लगातार चौथो कार्यकाल हो ।
भारतीय कूटनीति : माल्दिभ्ससँग बिग्रिँदै, बंगलादेशँग कस्सिँदै
राजेश मिश्र
माल्दिभ्सका तीन जना मन्त्रीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको नकारात्मक टिप्पणीपछि दुई देशबीच तनाव बढेको छ । भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ ट्रेन्डिङमा आएको छ । राजनीतिज्ञ मात्र होइन, खेलाडी र बलिवुड सेलेब्रिटीसम्म उक्त ट्रेन्डिङको हिस्सा बनेका छन् ।
पुस २५, २०८०
अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली
राजेश मिश्र
राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिएको छ । स्थानीय सञ्चार माध्यमहरूमा पनि राममन्दिरसँग जोडिएका समाचारले प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या ल्याइएको छ । जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीले सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबैको व्यस्तता बढाएको छ ।
पुस २४, २०८०
उस्ताद राशिद खानको निधन
कान्तिपुर संवाददाता
उस्ताद राशिद खानको निधन भएको छ । भारतीय शास्त्रीय संगीतका चर्चित कलकार खानको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ५६ वर्षका थिए ।
दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने
कान्तिपुर संवाददाता
दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो ।
आजकै दिन : पहिलो आइफोन सार्वजनिक
कान्तिपुर संवाददाता
सन् २००७ मा आजकै दिन (जनवरी ९) मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एस्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।
पुस २३, २०८०
विवाद र बहिष्कारबीच बंगलादेशमा शेख हसिनाको जित
कान्तिपुर संवाददाता
विवाद र प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी छिन् । द डेली स्टारका अनुसार हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको थियो ।
आजकै दिन : अमेरिकी राष्ट्रपतिद्वारा जापानी प्रधानमन्त्रीको काखमा बान्ता
कान्तिपुर संवाददाता
सन् १९९२ मा आजकै दिन (जनवरी ८) मा अमेरिकी राष्ट्रपतिले जापानी प्रधानमन्त्रीको काखमा बान्ता गरिदिएका थिए । अमेरिकी राष्ट्रपति जर्ज हर्बर्ट वाल्कर बुसले एक रात्रिभोजका क्रममा जापानी प्रधानमन्त्री किची मियाजावाको काखमा बान्ता गरेका हुन् ।
पुस २२, २०८०
बंगलादेशमा संसदीय चुनाव : प्रतिपक्ष दलद्वारा बहिष्कार, मतदाताको न्यून उपस्थिति
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् ।
सन् १९८९ मा आजकै दिन : अकिहितो जापानी सम्राट्
कान्तिपुर संवाददाता
सन् १९८९ मा आजकै दिन (जनवरी ७) मा अकिहितो जापानको सम्राट् भएका थिए । आफ्ना पिता हिरोहितोको निधन भएसँगै अकिहितो जापानको १२५ औं सम्राट् बनेका थिए ।
पुस २१, २०८०
आजकै दिन : मदर टेरेसा भारतमा
कान्तिपुर संवाददाता
सन् १९२९ मा आजकै दिन (जनवरी ६) मा मदर टेरेसा भारत आइपुगेकी थिइन् । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गर्ने गरिन्छ ।
पुस २०, २०८०
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो
रासस
इजरायल-हमासबीच द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
यौन अपराधका फैसला सुनाउँदा न्यायाधीशले 'नैतिकता नछाँटून्' : भारतीय सर्वोच्च अदालत
कान्तिपुर संवाददाता
भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा-युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा 'गलत सन्देश' प्रवाह हुने बताएको हो ।
सन् १९३३ मा आजकै दिन : गोल्डेन गेट पुल निर्माण
कान्तिपुर संवाददाता
सन् १९३३ मा आजकै दिन (जनवरी ५) मा अमेरिकाको क्यालिफोर्नियास्थित गोल्डेन गेट पुल बनाउन सुरु गरिएको थियो । यो पुल अमेरिकाको शक्ति र प्रगतिको प्रतीक मानिन्छ ।
पुस १९, २०८०
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो, ५१ बेपत्ता
रासस
जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन् ।
आजकै दिन : बुर्ज खालिफा खुला
एजेन्सी
सन् २०१० मा आजकै दिन (जनवरी ४) मा विश्वकै अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा निर्मित भवन ८२८ मिटर अग्लो छ । व्यापारिक प्रयोजनका लागि बनाइएको बुर्ज खालिफाको निर्माण सक्न करिब पाँच वर्ष लागेको थियो ।
पुस १८, २०८०
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६४ पुग्यो
रासस
जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले दिइन् राजीनामा
कान्तिपुर संवाददाता
बौद्धिक चोरीको आरोप र यहुदीविरोधी भावनाबारे टिप्पणीको व्यापक आलोचनापछि अमेरिकी प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लडिन गेले राजीनामा दिएकी छिन् । केही दिनदेखि अध्यक्ष गेलाई राजीनामा दिन व्यापक दबाब आएको थियो । उनले 'विश्वविद्यालयको सर्वोत्तम हित' का लागि आफ्नो राजीनामा आएको घोषणा गरेकी छिन् ।
टर्किएद्वारा मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जना पक्राउ
कान्तिपुर संवाददाता
टर्किएले इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ । टर्किए प्रहरीले इजरायलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् ।
जापान विमान दुर्घटना : जापान कोस्ट गार्डका ५ जना सदस्यको मृत्यु
कान्तिपुर संवाददाता
मंगलबार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा ३७९ यात्रुहरू रहेका थिए । उनीहरूलाई मंगलबार नै विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।