text
stringlengths
2
914
बेरुतमा इजरायली ड्रोन आक्रमण : हमासका उपप्रमुख मारिए
कान्तिपुर संवाददाता
इजरायली आक्रमणमा हमासका वरिष्ठ नेता मारिएका छन् । इजरायलले मंगलबार लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हमासका उपप्रमुख ५७ वर्षीय सालेह अल-अरुरीको मृत्यु भएको हो । अरुरी गत अक्टोबर ७ मा इजरायल-हमास युद्ध सुरु भएयता मारिने वरिष्ठ हमास नेता हुन् ।
दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार
रासस
दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मंगलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । सघन उपचार कक्षमा उनको सुधार भइरहेको डेमोक्रेटिक पार्टीले जनाएको छ ।
सन् १९२५ मा आजकै दिन : मुसोलिनी स्वघोषित तानाशाह
कान्तिपुर संवाददाता
सन् १९२५ मा आजकै दिन (जनवरी ३) मा इटालीका प्रधानमन्त्री बेनिटो मुसोलिनीले संसद् भंग गर्दै आफूलाई तानाशाह घोषणा गरेका थिए । १९८८ को जुलाई २९ मा जन्मिएका मुसोलिनीले २० वर्षको उमेरमा पत्रकारिता सुरु गरेका थिए ।
पुस १७, २०८०
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो
रासस
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ४८ पुगेको छ ।
जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी
कान्तिपुर संवाददाता
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ ।
जापान भूकम्प : कम्तीमा ३० जनाको मृत्यु
कान्तिपुर संवाददाता
जापानमा सोमबार गएको शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण जापानका विभिन्न ठाउँमा भवनहरू भत्किएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ ।
सन् १९६७ मा आजकै दिन : राजनीतिमा रेगन
कान्तिपुर संवाददाता
सन् १९६७ मा आजकै दिन (जनवरी २) मा रोनाल्ड रेगनले अमेरिकी राज्य क्यालिफोर्नियाको गभर्नरमा शपथ लिएका थिए । उनी १९७५ सम्म राज्यको गभर्नर थिए । रेगन अमेरिकाका ४० औं राष्ट्रपति हुन् । उनले १९८१ देखि १९८९ सम्म अमेरिकी राष्ट्रपतिको पद सम्हालेका थिए ।
भारतको राम मन्दिर उद्घाटनमा राजनीतिक दाउपेच
राजेश मिश्र
भारतको उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरको उद्घाटन यही जनवरी २२ मा हुँदै छ । उद्घाटनको दिन नजिकिएसँगै भारतीय राजनीतिमा ‘राम’ को चर्चा पनि उत्कर्षमा छ । १४ जनवरीमा सूर्य उत्तरायणमा आएपछि मन्दिरमा रामको मूर्ति प्राण प्रतिष्ठाको कार्यक्रम सुरु गरिने तयारी छ । कार्यक्रम १० दिनसम्म चल्नेछ ।
नयाँ वर्षमा पनि गाजा युद्ध रोकिँदैन : इजरायल
कान्तिपुर संवाददाता
इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् ।
पुस १६, २०८०
बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजायको फैसला
एजेन्सी
बंगलादेशको एक अदालतले नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
कान्तिपुर संवाददाता
जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन् । भूकम्पबाट मानवीय क्षतिको भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।
आजकै दिन : विश्व व्यापार संगठनको स्थापना
एजेन्सी
सन् १९९९ मा आजकै दिन (जनवरी १) मा विश्व व्यापार संगठन (डब्लूटीओ) को स्थापना भएको थियो । विश्वव्यापीकरण र उदारीकरणको पक्षमा क्रियाशील डब्लूटीओको मुख्य कार्यालय स्विट्जरल्यान्डको जेनेभामा छ र यसमा १६४ राष्ट्र सदस्य छन् ।
५२ वर्षदेखि शासन गरिरहेकी डेनमार्ककी महारानीद्वारा गद्दी त्यागको घोषणा
एजेन्सीहरु
डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन् l सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् ।
पुस १५, २०८०
सन् २०२३ मा संसारभर १२० पत्रकार मारिए
कान्तिपुर संवाददाता
सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् ।
सन् १९९९ मा आजकै दिन : अमेरिकाद्वारा पनामा नहर हस्तान्तरण
कान्तिपुर संवाददाता
सन् १९९९ मा आजकै दिन (डिसेम्बर ३१) मा अमेरिकाले पनामा नहर हस्तान्तरण गरेको थियो । १९७७ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र पनामाका जर्नेल ओमर टोरियोसले एक सम्झौता गर्दै १९०३ को सन्धि विस्थापित गरेका थिए ।
पुस १४, २०८०
आजकै दिन : सद्दामलाई मृत्युदण्ड
एजेन्सी
सन् २००६ मा आजकै दिन (डिसेम्बर ३०) मा इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई मुत्युदण्ड दिइएको थियो । इराकको डुजेल गाउँमा भएको नरसंहारमा दोषी ठहर गर्दै २००६ नोभेम्बर ५ मा विशेष अदालतले हुसेनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
पुस १२, २०८०
अस्ट्रेलियाको अध्यागमन नियम परिमार्जन, नेपाली विद्यार्थीसमेत प्रभावित हुने
नारायण खड्का
अस्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । केही दिनअघि घोषित नयाँ अध्यागमन नीतिले नेपाली विद्यार्थीलाई समेत असर गर्ने भएको छ ।
पुस ११, २०८०
'प्यारासाइट' अभिनेता ली मृत भेटिए
कान्तिपुर संवाददाता
ओस्कर जितेको दक्षिण कोरियाली फिल्म 'प्यारासाइट'का अभिनेता ली सन क्योन मृत भेटिएका छन् । ४८ वर्षिय ली सेन्ट्रल सोल पार्कको कारमा मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह
एएनआई
नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँ दिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान ट्राभल एड्भाइजरी जारी गरेको छ ।
इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु
कान्तिपुर संवाददाता
इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा मात्र २४१ को मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रको पछिल्लो विवरणबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार आक्रमणमा परि पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका छन् ।
आजकै दिन : बेनजिर भुट्टोको हत्या
एजेन्सी
सन् २००७ मा आजकै दिन (डिसेम्बर २७) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भएको थियो । पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) की अध्यक्ष भुट्टोमाथि रावलपिन्डीमा एक चुनावी सभाका क्रममा गोली प्रहार गरिएको थियो । त्यसलगत्तै आत्मघाती बम विस्फोटसमेत गराइएको थियो । आक्रमणमा भुट्टोसहित २४ जनाको मृत्यु भएको थियो । भुट्टो पाकिस्तानको एकमात्र महिला प्रधानमन्त्री हुन् । उनी १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म पाकिस्तानको प्रधानमन्त्री थिइन् ।
पुस १०, २०८०
आजकै दिन : हिन्द महासागरमा सुनामी
एजेन्सी
सन् २००४ मा आजकै दिन (डिसेम्बर २६) मा इन्डोनेसियाको सुमात्रा द्वीपको तटीय क्षेत्रमा गएको ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । म्याग्निच्युडका हिसाबले उक्त भूकम्प विश्वकै तेस्रो ठूलो हो । त्यसअघि चिलीमा १९६० मा ९.५ र अलास्कामा १९६४ मा ९.२ म्याग्निच्युडका भूकम्प गएका थिए ।
पुस ९, २०८०
गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो
कान्तिपुर संवाददाता
हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ ।
आजकै दिन : चार्ली च्याप्लिनको निधन
एजेन्सी
सन् १९७७ मा आजकै दिन (डिसेम्बर २५) मा बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा निधन भएको थियो । हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका चार्ली चलचित्र निर्माता, पटकथा लेखक तथा सम्पादकसमेत थिए ।
पुस ८, २०८०
सन् १९७९ मा आजकै दिन : अफगानिस्तानमा सोभियत संघको आक्रमण
कान्तिपुर संवाददाता
सन् १९७९ मा आजकै दिन (डिसेम्बर २४) मा सोभियत संघले अफगानिस्तानमाथि आक्रमण सुरु गरेको थियो । अफगान सरकारविरुद्ध मुस्लिम छापामारहरूले आक्रमण तीव्र पारेसँगै कम्युनिस्ट सरकारलाई सहयोग गर्ने बहानामा करिब ३० हजार सोभियत फौज अफगानिस्तान पसेको थियो ।
पुस ७, २०८०
यूएईबाट ३०० भन्दा बढी भारतीय यात्रुसहित उडेको जहाज फ्रान्समा उतारियो
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्सबाट ३०३ भारतीय यात्रु लिएर उडेको जहाज शुक्रबार फ्रान्समा उतारिएको छ । उक्त विमान निकारागुआका लागि उडेको बताइएको छ ।
पुस ६, २०८०
राहुल गान्धी पुनः अप्ठ्यारोमा
राजेश मिश्र
भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पुनः एक पटक आफ्नो अभिव्यक्तिका कारण घेरिएका छन् । सत्तारुढ दल भाजपाले उपराष्ट्रपति तथा राज्यसभाका सभापति जगदीप धनखड्लाई अपमानित गरेको मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई घेरिरहेका बेला अदालतले पनि पुनः एकपटक उनको अभिव्यक्तिलाई लिएर अप्ठ्यारोमा पारेको छ ।
प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु
कान्तिपुर संवाददाता
चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा एक गोली चल्दा बन्धुकधारीसहित १५ जनाको मृत्यु भएको छ । बिहीबार प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु भएको हो । आक्रमणमा २४ जना घाइते भएको चेक अधिकारीहरूले जनाएका छन् ।
आजकै दिन : विश्वयुद्धबारे रुजवेल्ट–चर्चिल भेट
एजेन्सी
सन् १९४१ मा आजकै दिन (डिसेम्बर २२) मा अमेरिकी राष्ट्रपति फ्रांकलिन डी रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलबीच भेटवार्ता भएको थियो । २० औं शताब्दीका दुई नेताहरूबीच अमेरिकाको वासिङ्टनमा भएको भेट दोस्रो विश्वयुद्धका विषयमा केन्द्रित थियो ।
पुस ५, २०८०
इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो