text
stringlengths
2
914
कान्तिपुर संवाददाता
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् ।
पुस ४, २०८०
कोलोराडो राज्यको उच्च न्यायालयद्वारा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक
एजेन्सी
अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले संवैधानिक विद्रोहको धारालाई उद्धृत गर्दै डोनाल्ड ट्रम्प राज्यमा अर्को वर्ष राष्ट्रपतिको उम्मेदवार हुन नपाउने फैसला गरेको छ।
आजकै दिन : महारानी एलिजाबेथको कीर्तिमान
एजेन्सी
सन् २००७ मा आजकै दिन (डिसेम्बर २०) महारानी एलिजाबेथ द्वितीयले बेलायतमा सबैभन्दा लामो समय बाँच्ने राजसंस्था प्रमुखको कीर्तिमान कायम गरेकी थिइन् । त्यसअघि उक्त रेकर्ड ८१ वर्ष ७ महिना २९ दिन बाँचेकी महारानी भिक्टोरियाको नाममा थियो ।
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
सिन्हवा
चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् ।
पुस ३, २०८०
भारतमा विपक्षी सांसद निलम्बन शृंखला निरन्तर, थप ४९ लोकसभा सदस्य निलम्बित
कान्तिपुर संवाददाता
भारतमा सांसद निलम्बनको शृखंला निरन्तर चलिरहेको छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम बिरलाले निलम्बन गरेका छन् ।
साइपालमा शाखा खुलेसँगै ७५३ वटै पालिकाले पाए बैंक
गुरुप्रसाद पौडेल
वि.सं. २०७४ मा नेपाल राष्ट्र बैंकले मुलुकका सबै स्थानीय तहमा कम्तीमा वाणिज्य बैंकको एक शाखा खोल्ने नीति लिएको थियो । ७५२ स्थानीय तहमा बैंक शाखा खुलेको लामो समयसम्म एउटा स्थानीय तह भने बाँकी नै रह्यो । बैंकिङ क्षेत्रमा लिइने परीक्षाको प्रश्नपत्रमा ‘नेपालको कुन स्थानीय तहमा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ?’ भन्ने एउटा नयाँ प्रश्न जन्मियो । तर अब यो प्रश्न सोधिने छैन । किनकि, साइपाल गाउँपालिकामा ‍२८ माघ २०८१ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एभरेष्ट बैंक लि.को शाखा उद‍्घाटन गरेसँगै मुलुकका सबै स्थानीय तहमा बैंक शाखा पुगेका छन् ।
साइपालमा शाखा खुलेसँगै ७५३ वटै पालिकाले पाए बैंक
संग्रह
सेयर
माघ २०, २०८१
जब जंगलको बीचमा दुई किशोरीको क्षतविक्षत शव देखेँ...
मेनुका ढुंगाना
फेसबुकको न्युजफिडमा भेटिने कतिपय सूचनाले कहिलेकाहीँ झस्काउँछ । त्यस्तै भयो माघ ११ गते । रातीको ८ बजेको थियो । कसैले लेखेको थियो, ‘अछामको ढकारी गाउँपालिका–८ का दुई किशोरी हिजोबाट सम्पर्कविहीन थिए ....।’ यो स्टाटसमा केही अप्रिय घटनाको छनक थियो ।
जब जंगलको बीचमा दुई किशोरीको क्षतविक्षत शव देखेँ...
संग्रह
सेयर
पुस १९, २०८१
सुनदहको सुनौलो यात्रा
महेश केसी
झमक्कै साँझ परिसकेको थियो, पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मा गाउँ पुग्दा । चिसो सिरेटोमा हामीले लामो-लामो समय फेरिरहेका थियौं । किनकि हामी रुकुम पूर्वको सदरमुकाम रुकुमकोट हुँदै केही समय मध्यपहाडी लोकमार्गमा, त्यसपछि सहिद मार्गको बाटो भएर तकसेराको सुन्दर बस्ती छिचोल्दै दिनभरको यात्रामा यहाँ आइपुगेका थियौं ।
सुनदहको सुनौलो यात्रा
संग्रह
सेयर
मंसिर ३०, २०८१
महिला क्रिकेटरले पर्खिरहेको एउटा मञ्च
ज्यास्मिन ओझा
मेरो किक्रेटको पहिलो अनुभव बालापनको यादसॅंग गासीएको छ । आठ वर्ष पुगेर नौ लाग्दै थिएँ, जब टोलका केटा साथीहरूलाई ब्याट र बल खेलाउँदै गरेको देखेँ । त्यो बेला न त मैले क्रिकेटको नियम बुझेकी थिएँ, न यसको गहिराइ नै थाहा थियो । तर, खेलको त्यो झिल्कोले मेरो मनभित्र एउटा गहिरो जिज्ञासा रोप्यो ।
महिला क्रिकेटरले पर्खिरहेको एउटा मञ्च
संग्रह
सेयर
कार्तिक १४, २०८१
उडान नम्बर- आरए ४०९
जुनु राना
अन्य समयमा विदेश जाने र विदेश जानेलाई पुर्‍याउन जानेहरुको सधैं भीड रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज भने खाली खाली छ । डिपार्चर गेटबाट भित्र बोर्डिङ पास लिने काउन्टर पनि खाली खाली नै थियो । काउन्टरमा प्यासेन्जर भेरिफाई गरेर बोर्डिङ पास लिएपछि उपल्लो तलामा इमिग्रेसन जाने एक्सिलेटरको अगाडि एउटा टेबलमा बसेर बोर्डिङपासमा स्ट्याम्प लगाईदिने एक प्रहरी जवानलाई- आज पनि तपाईंको विदा भएन है ? भनेर सोधेँ ।
उडान नम्बर- आरए ४०९
संग्रह
सेयर
कार्तिक १२, २०८१
कतिपटक चढ्ने ग्रेटवाल ?
लक्ष्मी लम्साल
जसले ग्रेटवाल चढ्ने आँट गर्दैन, त्यो बहादुर हुन सक्दैन- अध्यक्ष माओ । चीनमा अधिकांश पर्यटकीय सम्पदासँग केही न केही उद्गारहरू जोडिएका हुन्छन्। संभवतः यो पर्यटनमा आकर्षण थप्नका लागि यस्ता चुनौतीपूर्ण उद्गार सिर्जना गरिएका हुन् कि जस्तो लाग्छ। ग्रेटवाल चढ्नका लागि विश्वका पर्यटकलाई चुनौती दिन जनगणतन्त्र चीनका प्रणेता माओको यो भनाइले जो कोहीलाई हौस्याउने नै भयो।
कतिपटक चढ्ने ग्रेटवाल ?
संग्रह
सेयर
आश्विन २८, २०८१
श्रद्धाञ्जली : कर्मशिल चेपाङ चेकराम
रमेशकुमार पौडेल
अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङलाई घरमा पर्याप्त अन्न नहुने, विपन्न, अरुको सरसहयोगको अपेक्षा राख्ने जातिको रुपमा चित्रित गरिन्छ । लोथर कान्दाका चेकराम चेपाङ यस्ता थिएनन् । हुन त उनी न आफू बसेको ठाउँको अगुवा नै हुन या स–सानै भएपनि कुनै सार्वजनिक पदमा बसेका थिए ।
श्रद्धाञ्जली : कर्मशिल चेपाङ चेकराम
संग्रह
सेयर
आश्विन २६, २०८१
मन सुख दु:खको एक केन्द्र
पार्वती शर्मा काफ्ले
जगत कल्याणका लागि हाम्रा पूर्खाहरुले जप्ने एउटा मन्त्र छ– सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत । ॐ शान्तिः शान्तिः शान्तिः अर्थात् सबै सुखी होऊन्, सबै रोगमुक्त रहून्, सबै मनुज मंगलकार्यको साक्षी बनून्, रीसराग त्याग गरुन्, कसैलाई पनि दुःख नहोस् । त्यसपछि ॐ को उच्चारणसाथ तीन पटक ‘शान्तिः’ को कामना पनि गरिन्छ । हरेक शुभ कार्यमा हाम्रो मंगल धुन र मन्त्रमा यो आउँछ ।
आश्विन ११, २०८१
चौंरीलेकमा... अनि हामी हरायौं
महेश केसी
समाचार संकलनका लागि कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्छ । यसैक्रममा केही साताअघि हामी निकै सुन्दर र मनोरम ठाउँ रुकुम पूर्वको चौंरीलेक पुग्यौं ।
आश्विन ८, २०८१
छोरीहरूलाई होच्याउने ‘श्राप गीत’
जनकराज सापकोटा
केही वर्ष अघिको कुरा हो, ‘भ्रष्टचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट लगाएर विरोध गर्ने अभियान सुरू भएको थियो । यस्तो ‘श्राप अभियान’का सुरुवातकर्ता थिए- साझा पार्टी खोलेर राजनीति गर्दै अहिले राप्रपामा प्रवेश गरेका नेता तथा पूर्वपत्रकार रविन्द्र मिश्र ।
भाद्र १७, २०८१
बा ! एकरति पछुतो छैन
राधा पौड्याल
खरले छाएको घरको भूईंलाई खडाइले बारेर, दुई खुट्टा भएको भर्‍याङले, काठको फल्याकले बारेर बनेको माथिल्लो तला जोडेको थियो । भर्‍याङ चढेपछि एक गुन्द्रीजति ठाउँ छोडेपछि एउटा सानो खाटको ओच्छ्यानमा आधा सुतेर एउटा गोरो, पातलो पुरुष साँझको खाना खाएपछि मलाई `नौ नवा एकासी’, नौ दशान नब्बे’ आफू सँगसँगै भन्न लगाउने व्यक्ति नै मेरो मस्तिस्कमा आइरहने 'बा' को पहिलो तस्बिर हो |
भाद्र १४, २०८१
स्वप्निल सभापोखरी
घनश्याम श्रेष्ठ
धर्तीमा स्वर्गको यो टुक्रा कहाँबाट आयो होला ? संखुवासभाको सभापोखरी पुग्ने जो कोहीले पनि यस्तो प्रश्न त सोध्छ नै । रसिला चट्टाने टाकुराहरू, चट्टानको कापबाट उम्रेर बार्‍है मास कलकल बगिरहने निर्मल जल अनि हिमाली बुकी फूलका परपरसम्म फैलिएको फाँट ।
भाद्र १३, २०८१
बलिवुड यथार्थभन्दा बाहिर छ
जे सुशील
'द गडफादर' पहिले किताबका रूपमा आएको हो । फ्रान्सिस कोपोला फिल्म बनाउन चाहन्थे । उनले लेखक मारियो पुजोलाई बोलाए । दुवै जना मिलेर स्क्रिनप्ले लेखे । किनकि पुजोले कहिल्यै पनि स्क्रिप्ट लेखेका थिएनन् । मूल रूपले सबै उनले नै लेखेका होलान् ।
भाद्र २, २०८१
नुन-भेडा मार्गमा भोट-नेपाल पुरानो भेट
लक्ष्मी लम्साल
तिब्बती आली प्रिफेक्चरको क ची भन्ने काउन्टीस्थित एउटा फ्याक्ट्रीमा नुन व्यापारीको पुरानो फोटो भित्ता ढाकिनेगरी झुण्ड्याइएको थियो । तिब्बती नुनको उद्गम थलो भएकाले मध्य अगष्टमा छायाङ्कन कार्यक्रमहरू लिएर बेइजिङबाट संचारकर्मीको एउटा टोली त्यहाँ पुगेको थियो ।
श्रावण १०, २०८१
एक शोकमग्न यात्रीको मनोदशा
पर्वत पोर्तेल
विराटनगर फर्किने जहाजको समय थियो, बुधबार दिउँसो १:४५ बजे । समय सदुपयोग गर्न काठमाडौं बागबजारबाट मुख्यालयतिर लम्किएँ ।
जेष्ठ ३१, २०८१
पछाडि अड्किने कि अगाडि फड्किने ?
लक्ष्मी लम्साल
सन् २०१५ को जुन महिनातिर बेइजिङको उत्तरपूर्वी एक चिनियाँको घरमा पुग्दा घरधनीले मेरो चीन यात्राका विषयमा अनेकन तानाबाना बुनेपछि मुस्कुराउँदै भने, ‘चीन अब पछाडि फर्किनेवाला छैन ।’ एकजना सर्वसाधारणका मुखबाट यस्तो कुरा सुनेपछि लाग्यो, संसारका हरेक व्यक्ति रातोदिन मेहनतका साथ आफ्नो अँध्यारो विगतलाई बिर्सेर उन्नतिको नयाँ खुड्किलो चढ्न चाहन्छन्। हरेक राष्ट्रले अहोरात्र खटिएर देशलाई अब्बल बनाउन चाहन्छन् र विश्वमञ्चमा आत्मगौरवका साथ उभिन चाहन्छन् ।