text
stringlengths
2
914
जेष्ठ १७, २०८१
चीनको बढ्दो सफ्टपावर
प्रशान्तकुमार वि. क.
पहिले चीनको बारेमा सोच्दा गर्दा झट्ट मस्तिष्कमा आउने कुराहरु हुन्- मार्सल आर्ट (कुंग फू), ग्रेटवाल, खाना, बेइजिङ ओपेरा, अनि पाण्डा ।अहिले भने त्योबाहेक चीनको तीव्र आर्थिक विकास, गरिबी न्यूनिकरण, चिनियाँ नेतृत्व र यसले अन्तराष्ट्रियस्तरमा बनाएको सकारात्मक छवि नै हो ।
वैशाख २६, २०८१
देशमै सम्भावना खोज्ने युवालाई किन पारिन्छ निरुत्साहित ?
दीपक बञ्जारा
राष्ट्रिय जनगणना २०७८ले २० देखि २९ वर्षको उमेर समूहको जनसंख्या १७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ। उत्पादनशील उमेर समूहमा रहेको यति ठूलो जनसंख्या पढाइ वा काम जेसुकै भिसामा होस् विदेश पलायन हुन चाहने र त्यसलाई समाज र घरपरिवारको मनोविज्ञानले समेत यसैगरी मलजल गरिरहने हो भने भविष्यमा हुनसक्ने अनेक सामाजिक सांस्कृतिक समस्यासँगै देखा पर्नसक्ने जनसांख्यिक असन्तुलनप्रति के सरकार जानकार छ?
वैशाख ११, २०८१
लोकतान्त्रिक आन्दोनलमा बानेश्वरमा खाएका ती तीन गोली...
गोकर्ण तिवारी
२०६२ सालले बिदाईको हात हल्लाउँदै थियो । देश स्वतन्त्रताको आन्दोलनले रापिएको र तातिएको थियो । म बीबीएस प्रथम वर्षको परीक्षा सकेर दोस्रो वर्षको पढाई र कामको खोजीमा केही महिनादेखि काठमाडौंमा थिए । खासै राम्रो जागिर पाइरहेको थिइनँ ।
चैत्र २५, २०८०
यौन दुर्व्यवहारमा परेकी किशोरीलाई एक्लो बनाउने परिवार र समाज
मेनुका ढुंगाना
गत पुस ८ गते अछाम सदरमुकाम मंगलसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको जिल्लाको पूर्वी क्षेत्र तुर्माखाँद गाउँपालिकामा म रिर्पोटिङको सिलसिलामा पुगेकी थिएँ ।
उज्यालो छरेर अस्ताएकी लक्ष्मी
भीम शर्मा
‘मामु यो हजुरको लागि हो, अब ओढ्नुस् । आजदेखि हजुरले पनि रातो कपडा ओढ्न र लगाउन मिल्छ । ल यता फर्कनुस्, म अबिर पनि लाइदिन्छु ।’ १२ वर्षिय विवेक भट्टराईले यसो भनिरहँदा त्यो सार्वजनिक मञ्चमा सामाजिक कार्यकर्ता, शिक्षक, प्राध्यापक, धार्मिक गुरु, वकिल, राजनैतिक नेता–कार्यकर्ता, महिला समूह, किसान, व्यापारी, कवि, लेखक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार र समुदायका अन्य प्रतिनिधिहरुको झण्डै पाँच हजारको उपस्थिति थियो ।
फाल्गुन २०, २०८०
‘आत्मा दाइ’ सँगको अनुभूति
राजेन्द्र मानन्धर
८६ ‍औं जन्मदिनमा आत्माकृष्ण श्रेष्ठ केही व्यक्तिसँग अस्पतालमा देखिनुभयो । महाराजगन्जस्थित शिक्षण अस्पताल हातामा उभिएको उहाँको तस्बिर फेसबुकमा पोष्ट भएको थियो । तस्बिर हेर्दा लाग्यो, कतै ‘आत्मा दाइ’ विरामी त पर्नु भएन !
फाल्गुन १५, २०८०
विदेशिँदाको पीडा
कमला केसी
छुट्टिनु पनि यसरी पर्छ भन्ने किन सोचिन बा मैले ? मत हजुरको धेरै नजिक थिएँ जस्तो लाग्थ्यो । एकैछिन अगाडि भिडियो कलमा तपाईंसँगै बोल्दै थिएँ ।
फाल्गुन ९, २०८०
'हट एअर बलुन' बाट देखिएको त्यो सुर्योदय
सीमा तामाङ
कुस्माबाट बन्जी गरेर फर्किँदा ‘हट एयर बलुन’ उडिरहेको देखेँ । बलुनभित्र छिनमै आगो बल्थ्यो । छिनमै निभ्थ्यो । आकाशमा बलुन देखेदेखि नै मनमा उत्साह र खुलदुली मच्चियो । पोखरा पुगेपछि बलुनमा बसेर पोखरा र आसपास हेर्नैपर्छ भन्ने लाग्यो । त्यसपछि निधो भयो- हट एयर बलुनको अनुभव बटुल्ने ।
फाल्गुन १, २०८०
युद्धको ‘खत’
घनश्याम खड्का
नेपाली बृहत् शब्द कोषअनुसार ‘खत’ भन्नाले शरीरमा धारिलो हतियार वा वस्तुले चोटपटक लाग्छ, आगो वा तातोपानीले पोल्छ । यस्ता चोट वा पोल्दा बनेको घाउ कुनै चाँडो, कुनै ढिला वा कुनै शल्यक्रिया गरी लामो उपचारपछि निको हुन्छ । तर शरीरमा ‘खत’ रहिरन्छ । कुनै चोटका खत विस्तारै मेटिन्छ, गहिरो चोटले बनेका घाउका खत भने लामो समयसम्म वा जीवनभर पनि खत रहिरहन्छ ।
माघ ४, २०८०
कृषि बजारमा जातीय विभेद कहिलेसम्म ?
सिर्जना सुनार
नेपालमा कानुनी रूपमा जातीय विभेद तथा छुवाछुत उन्मुलन भएको डेढ दशक पुग्यो । तर व्यवहारमा भने जातीय विभेद कायमै छ । कृषि व्यवसायमा विद्यमान जातिय विभेद कृषि कर्ममा दलितहरूको सहभागिता र आर्थिक सशक्तिकरणको साथै राज्यको समावेशी आर्थिक विकासमा बाधक बनेको छ ।
पुस ९, २०८०
बंगलादेशको सल
मधु शाही
चक्लेटको पिस र बर्गरको स्वाद मुखमै थियो । एयरलाइन्सका कोपाइलटले छिट्टै प्लेन अवतरण हुन लागेको जानकारी दिए । एक घण्टा २० मिनेटको आकाश यात्रापछि भुईं हेर्दा मौसम धुम्म थियो, तुवाँलो लागेर ।
मंसिर १३, २०८०
खेलकुदको पुरानो रोग
सुवर्ण क्षेत्री
बैठक होस् वा भेला, राखेपका पूर्वसदस्य–सचिव शरदचन्द्र शाह बारम्बार भनिरहन्थे, कमजोर हुनु पाप हो । नेपाली खेलकुदमा शाहले विशेष छाप छाडेका छन् । खेलकुदको अहिलेको स्थितिको जग उनैले हालेका थिए । उनलाई मैले एउटा वास्तविक राष्ट्रवादी व्यक्तिका रूपमा लिन्छु ।
मंसिर ७, २०८०
‘इपिसेन्टर’ रामीडाँडामा त्रिपालमुनीको त्यो रात
गंगा बीसी
रुकुम पश्चिम चौरजहारी ६ खागलबाट ८० वर्षीय बुवाले जाजरकोट भूकम्पको त्रासदी सुनाएपछि काठमाडौं बसिरहन मनले मानेन । त्यसपछि भूकम्प प्रभावित क्षेत्रमा जाने मनस्थिति बनाइसकेको थिएँ ।
कार्तिक १८, २०८०
भूकम्प पीडितमा कहाँ बस्ने, के खाने भन्ने प्रश्न छ
कुलचन्द्र न्यौपाने
भूकम्प जानेबित्तिकै जाजरकोट र रुकुममा ठूलो क्षति भएको जानकारी जिल्लाहरुबाट साथीहरुले गराउनुभएको थियो । जानकारी पाउने वित्तिकै जिल्लाका अन्य नेताहरुसँग सम्पर्क र समन्वय गर्न सुरु गरेका थियौं । माओवादीका नेताहरुसँग सम्पर्कमा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सम्पर्कमा थियौं । हामी बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्यौं ।
आश्विन २२, २०८०
‘आफ्नै आँखा अगाडि एकपछि अर्को साथी ढल्दै गए’
प्रमोद केसी
हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं ।
आश्विन २१, २०८०
नोबेल शान्ति पुरस्कार विजेता पत्रकार रेसासँगको त्यो भेट
जगदीश्वर पाण्डे
सेप्टेम्बर २९ । संयुक्त राष्ट्रसंघमा सन् २०२३ मा विश्वका विभिन्न क्षेत्रका मुलुकहरु आएका हामी १२ पत्रकारको अन्तिम दिन थियो । किनकी हामी ‘रेहम अल–फरा मेमोरियल जर्नालिज्म फेलेपिल’ मा छनौट भएर संयुक्त राष्ट्रसंघको लागि आएको कार्यक्रम त्यहि दिन सकिँदै थियो ।
आश्विन ७, २०८०
हिजोको गर्भको एउटा जीव तिमी
जेएन दाहाल
एकाएक उनको छट्पटी, अधैर्यपन र बेचैनी गायब हुन्छ । कहाँ पुग्यो अनुहारमा उदाएको निराशा, थाहा छैन । उछिट्टिएर कहाँ पुग्यो होला प्रश्नै प्रश्नले मडारिएको कालो बादल, थाहा छैन । थाहा छैन र थाहा छैन ।
श्रावण ३०, २०८०
मैले पाएको त्यो बेकसुर सजाय
रवीन्द्रसिंह बानियाँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली डाक्टरको आरोपमा सक्कली डा. रञ्जितकुमार यादव पक्राउ गरेको कुरा उनी छुटेपछि मात्र आमजनले थाह पाए । पक्राउपछि उनले कसरी मानसिक प्रताडना खेपे, यस घटनामा राज्यका संयन्त्रहरु कसरी गैरकानुनी काम गरे भन्ने बहस पनि यसपछि धेरथोर सुरु भयो ।
श्रावण ५, २०८०
आमाको कोख
रीना मोक्तान
आमाको कोखभित्र हुर्कँदा कस्तो अनुभव हुन्छ ? आउनुस् सँगै महसुस गरौं । मण्डला स्टुडियो थिएटरको प्राङ्गण । 'म्युजिकल चेयर'मा झैं गोलाकारमा मिलाएर राखिएका छन् कुर्सी । कुर्सीमा बसेर रामहरि ढकालको ब्रिफिङ सुनौं । 'यो एउटा संवेदी नाटक हो । यसमा कोही कलाकार छैनन्, तपाईं नै कलाकार ।
असार २४, २०८०
मिठो नेपाली अर्थात् कृष्णप्रसाद पराजुली
गणेश राई
हरेक नेपाली भाषा शिक्षक र साधकले सम्झिइरहने किताब हो– ‘राम्रो रचना : मिठो नेपाली’ र त्यसका लेखक कृष्णप्रसाद पराजुली । यो किताब नेपाली भाषा, व्याकरण र मिठो नेपाली कसरी लेख्न सकिन्छ भन्नेबारे लेखिएको किताब हो ।
असार ५, २०८०
मानसिक स्वास्थ व्यक्तिको मात्रै जिम्मेवारी हो ?
हीरादेवी वाइबा
अघिल्लो सप्ताहन्ततिरको एक साँझ म स्कुलबाट फर्केर कोठाभित्र छिरेको मात्रै थिएँ, भाइ एकोहोरो बोल्न थाल्यो, ‘यस्तो नाथे चुतिया मान्छेहरु ! यस्तो नाथे सामाजिक सञ्जाल ! को मान्छे केसँग जुधिरहेको छ ! कुन मनोदशासँग संघर्ष गरिरहेको छ; उनीहरुलाई छुः मतलब !
जेष्ठ २२, २०८०
गाउँको ‘सिहंदरबार’नजिकै छटपटाइरहेका एक सडक मानव
पर्वत पोर्तेल
जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय ।
वैशाख २०, २०८०
यत्तिकै हात परेको होइन क्रिकेटको सफलता
जगदीश्वर पाण्डे
एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको लागि छनोट भयो । जहाँ नेपालले टेस्ट मान्यता प्राप्त क्रिकेटका बलिया शक्ति राष्ट्रहरू भारत र पाकिस्तानसँग खेल्ने छ । योसँगै भारतलगायत अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि नेपालको क्रिकेटको उपलब्धिका बारेमा प्रशंसायुक्त समाचार आउन थालेका छन् ।
वैशाख १७, २०८०
बर्दिया निकुञ्जमा हात्तीसँग जम्काभेट
कमल पन्थी
बर्दिया राष्ट्रिय निकुञ्जको लम्कौली फाँटमा शनिबार बेलुकी एक हुल हात्ती वनपथमा निकै बेर अडिए । ३० देखि ३५ वटा हात्ती र छावा (बच्चा) वनपथ वरिपरि थिए ।
वैशाख ६, २०८०
नारायणकाजी श्रेष्ठज्यू ! राजनीति गर्नुको अर्थ के रह्‍यो र ?
जनकराज सापकोटा
आफूलाई सादगी देखाउन प्रयत्नशील देखिने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिबेला उपप्रधान तथा गृहमन्त्री छन् । अनेकन राजनीतिक दौडधुपमा सधैं व्यस्त देखिने उनलाई सबै कुरा सम्झना नहुन पनि सक्छ ।
चैत्र २२, २०७९