text stringlengths 2 914 |
|---|
निर्वाचनबाट नेतृत्व चयन गर्न माओवादीका उपमहासचिव शर्माको माग |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनु उचित हुने बताएका छन् । माओवादीको केन्द्रीय समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बोल्दै निर्वाचनबाट अध्यक्ष चयन हुन उचित हुने धारणा दिएका हुन् । |
असमको कोइलाखानीमा १ नेपाली नागरिकसहित ९ श्रमिक थुनिए |
कान्तिपुर संवाददाता |
असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिएका छन् । थुनिनेमा १ जना दुई जना नेपाली श्रमिकसमेत रहेका छन् । डिमा हासाओ जिल्लामा रहेको खानीमा अचानक पानी पसेर खानीको मुख थुनिँदा श्रमिकहरू थुनिएका हुन् । |
एक वर्षपछि महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रीय समिति बैठकले पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको छ । |
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो बुढानीलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । |
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति |
रासस |
भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । |
तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते |
कान्तिपुर संवाददाता |
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । |
सामाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा लैजान श्रम अडिट |
कान्तिपुर संवाददाता |
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षालाई सुनिश्चित गर्न श्रम अडिटलाई प्रभावकारी बनाउने भएको छ । यसका लागि सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबीच सूचना आदनप्रदान गर्ने समझदारी भएको छ । |
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल कठिन छ : स्वास्थ्यमन्त्री पौडेल |
अर्जुन शाह |
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन हुने बताएका छन् । आर्थिक स्रोत र मानव संशाधनलगायतका कुराले विश्वविद्यालय स्थापना गर्न कठिन हुने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । |
‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’ |
रासस |
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् । |
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ । |
तिब्बत भूकम्प : उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन |
कान्तिपुर संवाददाता |
चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । |
ओलाङचुङगोलाका स्थानीय बासिन्दा भन्छन् : घर र मान्छेलाई केही भएन |
आनन्द गौतम |
मंगलबार बिहानको भूकम्पले जमिन हल्लाउँदा फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाकी चुङदाक शेर्पा ओछ्यानमै थिइन् । घर हल्लिन थालेपछि र हल्ला सुरु भएपछि उनी बाहिर निस्किन् । आँगनमा पुग्दासम्म पनि जमिन हल्लिरहेको थियो । कुकुरहरू भुक्न थालिसकेका थिए । त्यहीबेला बस्तीनजिक छोडेका चौंरीहरू दौडिएर घरनजिक आएको चुङदाकले बताइन् । |
तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो |
कान्तिपुर संवाददाता |
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । |
काटेर थुपारिएको साढे ३ बिघाको धानमा आगजनी |
भूषण यादव |
साढे तीन बिघा खेतमा लगाएको धान भित्र्याउने तयारीमा रहेका वीरगन्ज–२२ जगरनाथपुरका किसान हरेन्द्र यादव अहिले तनावमा छन् । काटेर दाइँ गर्न ठिक्क पारेको उनको धानको थुप्रोमा पुस ६ मा अज्ञात समूहले आगजनी गरेको हो । |
तिब्बत भूकम्प : कम्तीमा ३६ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । |
तत्कालीन प्रधानमन्त्री दाहालले लामिछानेलाई सफाइ दिएको वकिलहरूको जिकिर |
दीपक परियार |
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबारदेखि रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका ७ जनामध्ये छविलाल जोशी र लीला पछाईविरुद्धको थुनछेक बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरेका हुन् । |
भूकम्पले त्रिविको बीबीएस पहिलो वर्षको परीक्षा प्रभावित, ढिला भएको समय थप गरिने |
कान्तिपुर संवाददाता |
मंगलबार बिहान तिब्बतको दिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले त्रिभुवन विश्वविद्यालयको परीक्षासमेत केहीबेर प्रभावित बनेको छ । मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म बीबीएस पहिलो वर्षको एकाउन्ट विषयको परीक्षा चलिरहेको छ । |
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।' |
पुस २२, २०८१ |
बुद्ध एयरको इन्जिनमा खराबी देखियो, जहाज ग्राउन्डेड |
कान्तिपुर संवाददाता |
७२ जना यात्रु बोकेर काठमाडौंबाट सोमबार बिहान भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर विमानको बायाँ इन्जिनमा खराबी देखिएको छ । |
मधेशकेन्द्रित दलहरू पुनः मोर्चाबन्दीको प्रयासमा |
कान्तिपुर संवाददाता |
मधेशकेन्द्रित राजनीतिक दलहरू फेरि एक पटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । पटक-पटकको पार्टी विभाजनका कारण खुम्चिएका बेला उनीहरूले विचार तथा मुद्दा मिल्ने दलहरूबीच मिलनबिन्दु खोज्न थालेका हुन् । मुद्दाअनुसारको सहकार्य, कार्यगत एकता वा मोर्चा बनाएर एक ठाउँमा उभिने उयायको खोजीमा दलहरू प्रयासरत देखिएका छन् । |
आफूले जितेका १२३ पालिकामा माओवादीले समाजवादी मोडेल अपनाउने |
गंगा बीसी |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले जितेका १२३ पालिकामा समाजवादी मोडेल अघि सार्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय सरकारलाई समाजवादउन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव गरेका छन् । |
बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा |
कान्तिपुर संवाददाता |
बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले नेता ध्रुव कुमार शिवाकोटी नाबालिका करणी आरोपमा सोमवार पुर्पक्षका लागि थुनामा गएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । |
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिलाई परिमार्जन गर्दै सरकार |
नुमा थाम्सुहाङ |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ लाई परिमार्जन गर्ने भएको छ । |
सगरमाथा निकुञ्जले हेलिकोप्टर उडान खोल्यो, गाउँपालिकाले मंगलबार निर्णय गर्ने |
सुरज कुँवर |
वन, वन्यजन्तु तथ जैविक विविधतामा बाधा तथा असर नपुग्नेगरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला भएको छ । निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले सोमबार साँझ ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर सगरमाथा क्षेत्रमा कानुनले तोकेको राजश्व बुझाइ हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न सबै कम्पनीलाई अनुरोध गरेकी छन् । |
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने |
कान्तिपुर संवाददाता |
उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण गर्न छनोट भएका स्वास्थ्य संस्थाको पक्षमा आदेश जारी गरेको छ । |
अदालतमा लामिछाने पक्षका वकिलको तर्क : ग्यालेक्सी टीभीका सामान बेचेर बचतकर्ताको रकम फिर्ता गरौं |
दीपक परियार |
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबारदेखि रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका ७ मध्ये यसअघि छविलाल जोशी र लीला पछाईंविरुद्धको थुनछेक बहस सकिएर लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरेका हुन् । |
नक्कली इन्स्पेक्टर बनेर ठगी |
विवेक पोख्रेल |
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली प्रहरी इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जीदेखि युद्धविराम सम्झौतापछि हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेकोसम्मका खबर कान्तिपुरमा प्रकाशित भएका छन् । |
सार्वजनिक यातायातको भाडा बढ्यो [भाडादरसहित] |
विवेक पोख्रेल |
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो । |
सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो |
कान्तिपुर संवाददाता |
एमाले केन्द्रीय कमिटी सदस्यहरूले सरकारले अपेक्षित रूपमा काम नगरेको भन्दै प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । |
काठमाडौं विमानस्थलमा सन् २०२४ मा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रुको आवागमन |
सुरज कुँवर |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईतर्फी ९४ लाख २३ हजार ७ सय २५ यात्रुको आवागमन भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । |
माओवादी केन्द्रीय समिति बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग भएको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् । |
दक्ष खेलाडी र प्रशिक्षक तयार गर्न राज्यले लगानी बढाउनुपर्छ : महर |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता रहेको बताएका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.