text stringlengths 2 914 |
|---|
स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताएका हुन् । |
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । |
सोलुखुम्बु प्रशासनले भन्यो : हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कडा कारबाही हुन्छ |
सुरज कुँवर |
सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ । |
शिक्षामन्त्रीको प्रतिबद्धतापछि माइतीघरको धर्ना स्थगित |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि ९ दिनदेखि माइतीघरमा उभिएर धर्ना दिइरहेका विद्यार्थी नेता नेत्र चापागाईंले सोमबार मध्याह्नदेखि धर्ना स्थगित गरेका छन् । भट्टराईसहित संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले धर्नास्थल माइतीघर पुगेर माग पूरा गर्ने आश्वसन दिएका थिए । |
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी |
कान्तिपुर संवाददाता |
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मंगलबारदेखि जारी छ । |
नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए । |
अख्तियार विधेयकबारे राज्यव्यवस्था समिति सभापति खतिवडा र सांसद थानीबीच भनाभन |
कान्तिपुर संवाददाता |
राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेसकै सांसद हृदयराम थानीबीच भनाभन भएको छ । समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभन भएको हो । |
नेपाली भूमि भारतीयले भोगचलन गरेकोबारे सांसदले गृहमन्त्रीलाई सोधे प्रश्न |
कान्तिपुर संवाददाता |
नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसदहरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । |
चिसोसँगै बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण |
रासस |
अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । |
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो । |
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् । |
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन |
रासस |
नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । |
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै |
कान्तिपुर संवाददाता |
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । |
‘संघीय लोकतान्त्रिक गणतन्त्र घुम्तीमा’ |
गंगा बीसी |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र घुम्तीमा आइपुगेको निष्कर्ष निकालेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको माओवादीको केन्द्र्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले अब संघीय लोकतान्त्रिक गणतन्त्रको ‘सर्भिसिङ’ गर्नुपर्ने बेला आएको बताएका हुन् । |
दाहालको दाउपेचकै कारण कांग्रेससँग समीकरण : ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अवसरबाद, अस्थिर सोच, आडम्बर र दाउपेचकै कारण दुई ठूला दलबीच बाध्यात्मक समीकरण बन्न पुगेको बताएका छन् । |
पुस २१, २०८१ |
विपद् पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ । |
संघीय लोकतान्त्रिक गणतन्त्र घुम्तीमा : दाहाल |
गंगा बीसी |
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र घुम्तीमा आइपुगेको निष्कर्ष निकालेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले अब संघीय लोकतान्त्रिक गणतन्त्रको ‘सर्भिसिङ’ गर्नुपर्ने बेला आएको बताएका हुन् । |
२०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने सरकारको तयारी |
नुमा थाम्सुहाङ |
सन् २०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने गरी सरकारले तयारी गरिरहेको जनाइएको छ । २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ का कारणले रोकिएको थियो । यसको तयारीमा सरकार पुनः जुटेको हो । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज देश-दुनियाँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता,वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगनदेखि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वीकारसम्मका समाचार चर्चामा रहे । |
सूर्यदर्शन ठगी प्रकरण : सोमबारबाट लामिछाने पक्षका वकिलको बहस |
दीपक परियार |
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहित ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । |
एमाले अध्यक्ष ओली भन्छन् : कीर्तिपुरजस्तो ठाउँमा अपेक्षित परिणाम नआउनुलाई गम्भीरतापूर्वक लिनुपर्छ |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सहरिया जनमतमा पार्टीप्रति आकर्षण नबढेको बताएका हुन् । |
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन : सरकारका काम पर्याप्त छैनन् |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् । |
गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् : भारतले चाहे पनि कांग्रेस-एमाले सरकार ढल्दैन |
आश गुरुङ |
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस-एमाले सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् । देशको आवश्यकताअनुसार वर्तमान सरकार बनेको दाबी गर्दै उनले त्यसै सरकार नढल्ने बताएका हुन् । भारतले चाहेर पनि सरकार नढल्ने उनको दाबी छ । यद्यपि यसअघि भारतले चाहेर कहिले सरकार ढलेको थियो भन्ने भने उनले खुलाएनन् । |
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता |
कान्तिपुर संवाददाता |
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । |
स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन |
सुरज कुँवर |
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । |
पूर्वउपराष्ट्रपति पुनअगाडि माओवादी उपाध्यक्षको 'नेमप्लेट' |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । उनी बैठकस्थलको मञ्चको अग्रपंक्तिको पहिलो लहरमा छन् । उनीसँगै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल रहेका छन् । |
देशभक्त र प्रगतिशील शक्तिहरू मजबुत भएकाले प्रतिक्रियावादी आतङ्कित : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् । |
रास्वपाले गर्यो 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ । यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने पार्टीले जनाएको छ । । |
स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै |
प्रतीक्षा काफ्ले |
स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए । |
पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले |
कान्तिपुर संवाददाता |
पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुन् । खनाल केही समयदेखि भने पार्टीका औपचारिक कार्यक्रममा भने देखिएका थिएनन् । |
नेपाल वायु सेवा निगममा माफियाको चलखेल बढ्यो : पूर्वपर्यटनमन्त्री शाही |
महेश केसी |
कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले माफियाको चलखेल बढेका कारण नेपाल वायु सेवा निगम डुब्न लागेको बताएका छन् । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले खलंगामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफू ६ महिना निलम्बनमा परेको र मुद्दामा सफाइ पाएपछि भेटघाटमा निस्किएको बताए । |
ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । |
गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा |
हरिराम उप्रेती |
गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । आइतबार गोरखा दरबार स्थत हनुमानभञ्ज्याङबाट नेपाली सेनाले यात्रा सुरु गरेको हो । यात्रा जिल्लागत रूपमा हस्तान्तरण हुँदै अघि बढ्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.