text stringlengths 2 914 |
|---|
आश्विन १३, २०८० |
आफैं आख्यान, आफैं पात्र |
विष्णु सापकोटा |
तत्कालीन गाउँ पञ्चायतको नाम नै करेन्डाँडा राखिएको भए पनि यो डाँडा धेरै अग्लो थिएन । २०२० को मध्यदशकमा सिद्धार्थ राजमार्गले छिचोलेर गएको यो डाँडामा मेरो घर राजमार्गछेउमै थियो । आफैं डाँडा भएर के गर्नु, घरका पूर्वपट्टि यति अजंगका अरू डाँडा थिए कि ती कति अग्ला थिए भन्ने नै देखिँदैनथ्यो । |
त्यसपछि देवशमशेर श्रीहीन बने |
पुरुषोत्तमशमशेर जबरा |
दरबारिया षड्यन्त्रमा महिलाको माध्यमबाट श्री ३ जंगबहादुरले उन्नति गरे, तर महिलाकै कारण श्री ३ देवशमशेरको पतन भयो । यद्यपि देवशमशेरलाई प्रेम गर्ने गुलवफाजस्ती आदर्श प्रेमिका पनि थिई, तर महिलाप्रतिको आसक्ति र उनीहरूमाथिको निर्लज्ज व्यवहारले उनलाई पतनको खाल्डोमा जाक्यो । |
पाठक पर्खिरहेका काव्यिक पर्खाल |
तारानाथ सापकोटा |
पुरानो पोखरी भ्यागुतो हाम फाल्छ छप्ल्याङ्ग धेरैअघि हाइकु कवितासँग परिचय हुँदा सबैभन्दा मन परेको प्रसिद्ध जापानी कवि मात्सुओ बासोको यो हाइकु आज पनि उत्तिकै ताजा र प्रिय छ । |
‘नेतृत्वपंक्तिमा कलाबोध र कलाप्रेमको खडेरी छ’ |
गुरुङ सुशान्त |
साढे दुई दशक विश्वविद्यालयमा गणितशास्त्र पढाएका र आधा दर्जन प्राज्ञिक पुस्तक लेखेका सन्तोषमान मास्केले कला–इतिहाससम्बन्धी किताब लेखेका छन्– ‘मास्केवंश’, पुस्तककै सेरोफेरोमा प्राध्यापक मास्केसँग गुरुङ सुशान्तले गरेको कुराकानी : |
विवश बाँदर विज्ञहरू |
तारालाल श्रेष्ठ |
गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्यायो । |
‘विश्वबजारमा हामी छौं, छैनौं पनि’ |
रीना मोक्तान |
‘नुमाफुङ’ र ‘मुकुण्डो’ पछि एक दशक नेपाली फिल्म विश्व बजारमा किन पुगेन ? निर्देशक नवीन सुब्बासँग यसको जवाफ छ, ‘हामी निष्क्रिय भयौं । हामीलाई प्राप्त ज्ञान अपुग भयो र काम गर्न जुन सहयोग आवश्यक थियो, त्यो भएन ।’ उनी निर्देशित ‘खाङ्ग्री’ मार्फत पहिलो पटक नेपाली फिल्मले विश्वबजार देख्यो । |
जो मुग्ध भयो, त्यो मुक्त भयो |
दिव्य देव |
दिव्यजी, तपाईंका लागि एउटा नाटक लेख्दै छु,’ गएको वर्ष तिहारतिर फोनमा कुमार नगरकोटी बोल्नुभो । त्यतिबेला स्वयम्भूको डाँडामा थिएँ । त्यसको एक/डेढ महिनापछि ड्राफ्ट पूरा गर्नुभएछ । ‘ट्रान्जिट’ को स्क्रिप्ट छिट्टै हात पर्यो । डायलगसमेत याद गर्न थालें, तर बीचमा केही कारणले नाटक हुन सकेन । |
आश्विन ६, २०८० |
व्यञ्जन भ्याली |
राजकुमार बानियाँ |
उपत्यकाको आकाशमा रंगीचंगी चंगा उडिरहेका छन् । सांस्कृतिक रूपमा वर्षाका देवता इन्द्रलाई कृष्णाष्टमीदेखि चंगा उडाउनुको खुला सन्देश हो, ‘अब पानी पुग्यो, पानी नपार ।’ अझ ठाउँठाउँमा नाचूँ नाचूँ लाग्ने मौसमी गीत, धिमे, दाफा अनि बाँसुरीका धुनले ‘ह्यापी हर्मोन’ ह्वात्तै बढाइदिएका छन् । |
के लेख्दै छ नयाँ पुस्ता ? |
फणीन्द्र संगम |
कवितामा विशेषगरी सुदूरपश्चिम लेखिरहने खेम बतासले असोजको नयाँ दिनसँगै एउटा ‘सरप्राइज’ दिए । त्यो थियो– ‘बुढीपोल्ली’ को सुखद समाचार । धेरैले यसलाई कवितासंग्रह ठाने पनि उनको पहिलो कथाकिताब हो, जुन दसैंअघि नै सार्वजनिक हुनेछ । |
आत्मीयहरूको मिलन–बिछोड |
निर्मल अर्याल |
कुनै चिकित्सकले लेखेको पुस्तक भन्नासाथ सामान्यतया हामी त्यसमा कुनै रोग, लक्षण, उपचार, रोकथामका उपाय जस्ता पक्ष समेटिएको होला भन्ने पूर्वानुमान लगाउँछौं, जुन अस्वाभाविक होइन । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको पहिलो किताब ‘म पनि डाक्टर’ यही सेरेफेरोमा केन्द्रित थियो । तर, हालै सार्वजनिक भएको उनको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ केही भिन्न छ । |
म कोठाभित्रकी एकल यात्री |
सविता गौतम दाहाल |
उनी बितेपछि राजधानीमा बिनाचित्तबुझ्दो काम बिलकुल बस्न मन लागेन । विषयमिल्दो केही काम खोजेँ, पाएँ र केही दिन गरेँ पनि । आंशिक काम र दाममा रमाउन सकिनँ । घर सल्लाह गरें, तीन महिना पुरानै काममा फर्किने र एक्लै बस्न सकिन्छ/सकिँदैन कोसिस गर्ने, नसके राजधानी फर्कने कुरा भयो । मन दरो पारेर गृह सहर आएँ, काममा जोडिन चाहेको निवेदन दिएँ र जागिर खान थालेँ । जब घरदेखि जागिर भएको सहर फर्कें, म भित्ताहरूले घेरिएको भवनमा एक्लै बस्छु । सुरुसुरुमा राति झस्किन्थें, दिउसो एक्लै रुन्थें, डर पनि लाग्थ्यो किनकि पहिले घरमा कहिल्यै एक्लै बस्नुपरेको थिएन । |
जनकपुर–जयनगरको नयाँ पटरी |
घनश्याम खड्का |
बिहानै पसिनाका स–साना दानाले शरीर भिजिसकेको थियो । मस्तिष्कले भन्दा पहिले नै शरीरले थाहा पाइाल्यो, ऊ आज जनकपुरमा छ । |
‘बूढो बाघ’ को फिर्ती सवारी |
सुशील पौडेल |
उखानै छ, बाघ बूढो र स्याल तन्नेरी कहिल्यै हुँदैन । साहित्यमा बाघलाई शक्ति, सौर्य र दम्भको अलंकार मानिन्छ । भनिन्छ– सिकार गर्न नसक्ने अवस्थाको बूढो बाघ बरु भोकै मर्छ, तर घाँस खाँदैन । बलिउडमा सोही नामको फिल्मको हिरो भएका हिसाबले सलमान खानलाई टाइगर भनिए पनि काम र रवाफका हिसाबले असली बाघ हुन्– शाहरूख खान । |
घण्टाघरको सुई घुमिरहोस् |
हेमन्त श्रेष्ठ |
रानीपोखरीको ठीक पूर्व काठमाडौंलाई दृष्टि दिएर उभिएको छ– घण्टाघर । घण्टाघर बूढो भयो, जसरी यसको रेखदेख गरिरहेका गणेश सापकोटाले पनि अब यो जागिरबाट अवकाश लिने समय आउँदै छ । जसरी आफैंले जनाउ दिने समयसँगै घण्टाघरमा बुढ्यौलीका चिह्न देखिन्छन्, गणेशका अनुहारमा पनि देखिन थालेका छन् । |
भाद्र ३०, २०८० |
एआई भर्सेस हलिउड |
सजना बराल |
कस्तो संयोग ! परमाणु बम निर्माणको ऐतिहासिक घटना र त्यसका प्रमुख पात्रबारे निर्देशक क्रिस्टोफर नोलानले बनाएको बहुप्रतीक्षित बायोपिक ‘ओपनहाइमर’ को लन्डन प्रिमियर सो पनि ऐतिहासिक नै बन्न पुग्यो । किलियन मर्फी, रोबर्ट डाउनी जुनियर, एमिली ब्लन्ट, म्याट डेमन, केनेथ ब्रानगजस्ता सो फिल्मका विख्यात कलाकारहरू ओडियन लक्स लेस्टर स्क्वायर सिनेमाहलको रेड कार्पेटबाट एकाएक बाहिरिएपछि कलाकार बेगर नै फिल्म देखाउनुपर्ने अवस्था आइलाग्यो । |
बीपी, जसले आख्यानमा स्त्रीत्व जगाए |
सीमा आभास |
महिलालाई पूर्ण नागरिकको दर्जा नदिने राज्यव्यवस्था छ । व्यावहारिक रूपमा नागरिक भनेको पुरुष बुझियो । त्यही आमधारणालाई मध्यनजर गर्दै बीपी कोइरालाले अधिकांश आख्यानमा महिला पात्र उभ्याएका हुन सक्छन् । ती पात्र छन्– विभिन्न ग्रामीण समुदायका, फरक जाति, धर्म र संस्कारका, तर आफूलाई न्याय गर्न सक्ने खालका । |
दुःखान्तका आलापहरू |
केन सुवेदी |
कथाकार भक्त स्याङतानको नयाँ कथा–किताब ‘डम्फुको आत्मालाप’ ले तामाङ संस्कृति–पात्रहरू, रीतिरिवाज र तामाङ पृष्ठभूमिको कथा भन्छ । |
एक इमानदार आत्मालोचक |
नारायण ढकाल |
चार दशकअघिका दिनहरू सम्झिन्छु म । अहिले मेरा स्मृतिमा ती दिनहरू धमिला भएका छन् । उबेला मूलपानी र कोटेश्वर सामाजिक–भावनात्मक वा अरु धेरै हिसाबले जोडिएका थिए । उपत्यकाभित्रको काँठको चरित्र सामान्यतया सबै ठाउँमा उस्तैउस्तै नै छ । विशेषगरी काठमाडौं महानगर विस्तार नभएको त्यो समयमा मूलपानी र कोटेश्वरमा धेरै अन्तर थिएन । उस्तै भूगोल, उस्तै मानिस र उस्तै संस्कृति ! |
त्यसैले जीवनप्रति प्रेम पनि छ |
राजेन्द्र पराजुली |
राजेन्द्र पराजुलीको भदौ २६ मा निधन भयो । ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जन्तरमन्तर’ लगायत किताबका लेखक उनी निबन्ध, समीक्षा पनि लेख्थे । प्रस्तुत निबन्ध पराजुलीले तीन साताअघि (भदौ ७) ‘कोसेली’ मा प्रकाशनार्थ पठाएका थिए । |
मृत्युहारमा थपिने एउटा नाम |
नारायण श्रेष्ठ |
हावामा पर्खाल उभ्याउनु छ बन्द गरेर व्यापार हामीबीचको, मलाई मेरो मात्र संसार बचाउनु छ, मुखमा मोहोला बाँधेर, बन्द ढोकाभित्र बन्द कोठभित्र, मलाई, मेरो मात्रै हावा चाहिएको छ आजलाई सास फेर्न मेरो, मात्रै आयतन – ६ फिटको मात्रै, आजको दिन चाहिएको छ – मरेकाहरूको हारमा थपिने अर्को नाम हुनबाट बच्नु छ नजाने भोलि, दैनिक गन्ती हुने नम्बरमा नाम थपिन सक्छ |
श्यामश्वेत सहरको कथा खजाना |
तीर्थबहादुर श्रेष्ठ |
यो मेरो काठमाडौंको स्मृति–कथा हो, त्यो पुरानो श्यामश्वेत–काठमाडौंको कथा– मेरो काठमाडौंको पुरानो कथा । हालको काठमाडौं महानगरपालिकाको वडा नं. २७ मा मेरो जन्मस्थल पर्छ– महाबौद्ध टोल । विसं २०३० सम्म मैले त्यही टोलमा बिताएको हुँ । |
लच्छीको दुःख गाइरहेको सहनाइ |
रीना मोक्तान , तस्बिर : केशव थापा |
पुस्तक पढ्दा हामी कल्पनाको छुट्टै महासागर पुग्छौं । तर, जब त्यही पुस्तक मञ्चमा उतारिन्छ, तब त्यसले टेक्स्टभित्रका पात्र र परिवेशको दृश्य पस्किदिन्छ । कल्पनालाई दृश्यमा उतार्नु चुनौतीपूर्ण हुन्छ । |
भाद्र २३, २०८० |
मुल्तानदेखि क्यान्डीसम्म |
विनोद पाण्डे |
भारत–पाकिस्तानबीचको कटुतासहित धेरै अन्योलता चिर्दै एसिया कप क्रिकेट सुचारु हुँदा नेपालले ‘डेब्यु’ गर्ने अवसर पाएको थियो । पहिलो पटक एसिया कपमा छनोट भएको नेपालले यही भारत र पाकिस्तानसँग समूह चरणमा खेल्दै इतिहास मात्रै कोरेन, राम्रो सम्भावनाको छाप छोड्दै दक्षिण एसियाको संस्कार मानिएको क्रिकेटमा आफू पनि कम नभएको प्रदर्शन गर्यो । |
म क्रान्तिकारी होइन, विद्रोही हुँ |
विश्वेश्वरप्रसाद कोइराला |
फेब्रुअरी १ (१९ माघ, २०२३) जब म मेरा राजनीतिक गतिविधिलाई मभित्रको उत्प्रेरणा हेर्नका लागि पुनरवलोकन गर्छु, त्यतिखेर म एउटा अचम्मको निचोडमा पुग्छु । म एक क्रान्तिकारी (रिभोल्युसनरी) होइन, तर विद्रोही (रिबेल) हुँ । कुनै तरिका वा संस्थाप्रतिको अधैर्यलाई मनस्थितिमा स्थापित गरेको मेरो चरित्रमा विद्यमान आलस्यले हो । मैले व्यवस्थित तरिकाले काम गर्न नसक्नुको कारण यही हो भन्ने आफैं स्वीकार गरिसकेको छु । |
‘कोलम्बियामा शान्ति छैन, नेपालमा न्याय छैन’ |
घनश्याम खड्का |
कोलम्बियाको संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न गठित विशेष अदालतकी न्यायाधीश क्याटरिना हायक (५२) एक सातादेखि नेपालमा छिन् । नेपालको संक्रमणकालीन न्यायबारे भएको अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौं आएकी क्याटरिनाको देश ५० वर्ष लामो गृहयुद्धको चपेटामा परेको थियो, जहाँ हाल शान्तिप्रक्रिया जारी छ । |
कथाजस्तै गुरुप्रसादको वक्रजीवन |
ऋषिराम शर्मा |
बोल्दिनौ जालिम, रिसाइ हिँडिरह्यौ आँखा तरी जिन्दगीको हौसला सब मेरो बरबाद भो छैन क्यै चाहना प्रेमको धोका पुग्यो मतलबी संसारको रीत बल्ल क्यैक्यै थाहा भयो आधुनिक नेपाली कथाका सर्वस्वीकार्य र निर्विवाद आदिगुरु हुन्– गुरुप्रसाद मैनाली, तर उनी गजलकार पनि हुन् भन्ने तपाईं/हामीमध्ये क–कसलाई थाहा छ ? थाहा नभए माथिको अंश पढेपछि अवश्य थाहा हुनेछ– मैनाली कथाकार मात्रै होइनन्, गजलकार पनि रहेछन् । थोरै संख्यामा लेखिएका किन नहुन् ! गजल, निबन्ध, आलोचना, नियात्रा र दैनिकीजस्ता विधामा पनि उनले कलमको कमाल देखाएका रहेछन् । |
सबभन्दा बलियो |
गुरुप्रसाद मैनाली |
कुलेखानी होटलमा पुग्न पाए अर्थोक नभए पनि तताएको भात–तिउन खाएर अलि सुबिस्तासँग सुतौंला भन्ने आशाले लम्केर हिँडिरहेका थियौं । गडीको भञ्ज्याङमा पुगेपछि चिया पसलको डिलमा भारी बिसाएर खुइय गर्दै भरियाले भन्यो, ‘अबा मार्छा हाच्चुर बास खोच ।’ |
साइपाललाई एक फेरो |
विद्या राई |
बझाङका पत्रकार वसन्तप्रताप सिंहको नयाँ फोटो–किताब ‘साइपाल’ ले हामीलाई हिमाल बुझाउँछ । किताबले साइपाल हिमाललाई एक फन्को लगाएको छ । |
काष्ठमण्डपअघिको ‘काष्ठमण्डप’ |
सुरेश किरण |
काठमाडौंको मध्यभागमा अवस्थित छ– काष्ठमण्डप । काठमाडौंमा यो जत्तिको रहस्यमय वा अलौकिक किंवदन्तीले भरिएको स्मारक सायदै अर्को होला । न यो मन्दिर हो, न गुम्बा, न चैत्य, न पाटी । स्थानीय बोलिचालीमा सत्तलै (मरु सतः) भनिए पनि यसको नापनक्सा भने न सत्तलजस्तो छ, न यसको रूप नै । |
भाद्र १६, २०८० |
स्वरको सवारी |
भूपेन्द्र खड्का |
कोलकाताको रेलको फाटकबाट आफ्नो जीवनका लिकहरू सम्झिहोलिन् उनले । उस्ताद भगतकृष्णसँगको विवाह, चार सन्तानको जन्म, दुई पुत्रवियोग, चन्द्रशमशेर महाराजको आफूप्रतिको अनुराग, शुक्रराज शास्त्रीसँगको क्रान्तिकारी युगीन घनिष्ठता, आफूलाई डोकोमा बोकेर रुम्जाटारबाट राणा दरबारसम्म ल्याउने आफ्ना गुमनाम पिता अनि छोरीलाई दरबारकी स्वरसिंहिनी बनाउने सपना देखेकी आमा सप्तदेवी ! |
तपाईं उमादेवी बादी चिन्नुहुन्छ ? |
राजेन्द्र महर्जन |
एक जना महिलाको काँधमा थियो टोकरी, टोकरीमा थिए दुई जना बच्चा । उनको टाउकोमा थियो– मारिएको जनावरको भारी । अर्की स्त्रीचाहिँ सिङ समात्दै मृगलाई तान्दै थिई भने अर्की नारी माछा मार्दै । टोकरी समात्ने सबैजसो महिला गर्भवती थिए । ती सबै महिला सिकारमा सहभागी थिए । सामूहिक सिकार–दृश्य गुफामा चित्रण गरिएको भित्तेचित्र थियो । भित्तेचित्र पनि आजको होइन, करिब सात हजार वर्षअघिको । |
दमनको इख |
शिक्षा रिसाल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.