text
stringlengths
2
914
मैले घरमा दुई हप्ताअघि ‘बम’ खसालें । त्यो बमले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मैले आमासामु उभिएर भनें, ‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?’
चित्र : इतिहासको दस्तावेज
मन गुरुङ
हाम्रा गाउँ–घरले काँचुली फेरेका छन् । खाने, बस्ने, लगाउने शैलीदेखि कला–संस्कृतिसम्ममा द्रुत गतिमा परिवर्तन आएको छ । गाउँका आधाजसो युवा वैदेशिक रोजगारमा छन् । गाउँमा त आमा, बुबा, बालबालिका र महिला मात्रै छन् । उनीहरुको दिनचर्या, जीवन पूरै विदेशी भइसकेको छ । मेरो गाउँ गोर्खा, धार्चे गाउँपालिका–३ हो । यहाँ १० वर्षअघि जुन दृश्य देखिन्थ्यो, त्यो अहिले देखिँदैन । मलाई थाहा थियो, यो परिवर्तनले हाम्रा पुर्ख्यौली संस्कृति, जीवनशैली र पोसाक लोप हुँदै छन् ।
बनेपा गाथाकार ज्ञानकाजी माड्साप
दीपक सापकोटा
बर्खाको एक साँझ म उभिएको थिएँ, बनेपा तीनदोबाटो चोकछेउ । सँगसँगै ज्ञानकाजी मानन्धर ‘माड्साप’ पावरवाला बाक्लो चस्मा ठीकमुन्तिरबाट बनेपा–गाथा गाइरहेका थिए । सडकमा ठोक्किएको बत्तीको प्रकाशमा बिस्तारै घिस्रिरहेका छाताका छायाहरूतिर हेर्दै स्थानीय इतिहास र संस्कृति फर्माइरहेका थिए– मुहारमा गणेशको गह्रुँगो मखुन्डो लगाएर हरिया, राता, पहेंँला रंगीविरंगी पहिरनमा देखिने श्वेतकाली नाचिरहेका मानिसका कथा अनि लोककथाका सेता ख्याकको बयान ।
आउनुहोस्, कथा सुनौं !
घनश्याम खड्का
काठमाडौंमा महिनैपिच्छेजसो कुनै जात्रा लागि नै रहन्छ । एउटा अलिखित समयमा कुनै जात्रा हेर्न जामन गुभाजु पुगेका रहेछन् । तन्त्र विद्याका कारण उनी तीनै लोकमा कहलिएका थिए । नेवारी भाषामा जामनको अर्थ हुन्छ– भातै खानु नपर्ने । तन्त्र विद्याको बलले अन्न–पानीको सहारा नलिईकनै महिनौंसम्म उनी बाँच्न सक्थे । अमानुष र देवताहरू समेतको भाषा बुझ्न सक्थे । भूतप्रेतलाई कजाउने मामिलामा सिद्धहस्त थिए !
‘नेपालीमा लेख्नेलाई यो समय सुनौलो छ’
उपेन्द्रराज पाण्डेय
सिक्किमका लेखक प्रज्वल पराजुली अंग्रेजी साहित्यमा परिचित नाम हो । ‘द गुर्खाज् डटर’ (कथासंग्रह) र ‘ल्यान्ड ह्वेर आई फ्ली’ (उपन्यास) बाटै उनले विश्व साहित्यिक मञ्चमा आफूलाई स्थापित गरे । उनका किताब बेलायतका ‘डिलन थोमस प्राइज’, ‘मोगफोर्ड प्राइज’ एवं फ्रान्सको ‘इमिल गिमेट प्राइज’ को अन्तिम सूची, फ्रान्सकै ‘डेब्यु नोभल प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा परिसकेका छन् । उनी आफैं पनि सन् २०१८ र २०२३ मा ‘डिलन थोमस प्राइज’ को निर्णायकसमेत रहिसकेका छन् ।
भाद्र ९, २०८०
‘मेरो जिन्दगी सधैं निर्वासनमा’
देवेन्द्र भट्टराई
दक्षिणी भुटानको हात्तीखर्कमा जन्मिन्, कौशिला ढकाल । बाटो, बिजुली, विद्यालय केही आइनपुगेको अर्को गाउँ जाँगाटारमा हुर्किन्–बढिन् । ६ दिदीबहिनी र ३ दाजुभाइको हूलमूलमा आफ्नो ज्यान आफैं जोगाएर बाँच्नुबाहेकको अरू सपना, योजना केही थिएन पनि । पढाइगुनाइ वा सीप सिकाइको हकमा घरधन्दाको चौघेरा र खेतखलियानमै बित्यो उनको बाल्यकाल, यौवनकाल ।
ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन !
रोशन शेरचन
मैले पढेका भौतिकशास्त्री रिचार्ड फाइनमेनको पहिलो लेख सायद ‘विज्ञानको महत्त्व’ (भ्यालु अफ साइन्स) हो । त्यसपछि उनका अन्तर्वार्ताहरू सुनेँ । उनी लागे– एक अवतारी । फाइनमेनको आत्मकथा ‘स्योर्ली यु आर जोकिङ मिस्टर फाइनमेन’ (पक्कै तपाईं ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन) पढ्न खोजेँ । पीडीएफ डाउनलोड गरेँ पनि । तर, व्यस्तताले पढ्न सकेको थिइनँ । एक दिन फिक्सन डिजाइनर कुमार नगरकोटीले हार्डकपी पुस्तक गिफ्ट दिए । आश्चर्य र प्रसन्नताले भरिएँ । बिरलाकोटी पनि कम्ता अवतारी होइनन् !
ईश्वरी र ईश्वरीहरूको गोधूलि
दिनमान गुर्मछान
१० वर्षे युद्धले नेपाली मन, मुटुलाई छियाछिया पारेपछि नागरिकको दुःख र पीडाले स्थापित भएको हो– नेपाल गणतान्त्रिक मुलुक । जतिबेला युद्ध चलेको थियो, आम नागरिकको मानसिकता नै युद्धले गाँजेको थियो । यही युद्ध–काललाई उपन्यासमा लेखेका छन्, आख्यानकार भानु बोखिमले । हालै प्रकाशित उपन्यास ‘गोधूलि गीत’ त्यही कालखण्डको एक चित्र हो । उपन्यास नेपाली नागरिकले विगतमा भोगेको एक कालखण्डको कथा हो, जतिबेला नेपालीलाई दुई धारमा मात्रै चिनाइन्थ्यो– कि माओवादी कि सरकारपक्षका मान्छे वा सुराकी ।
प्लेटोलाई प्रश्न
बिन्दु शर्मा
प्लेटो ! तिमी त अस्ताउँदो समयको एउटा उदाउँदो न्यानो घाम कर्पोरेट क्षितिजले छेलिएको इतिहासको एउटा पारिलो याम कहिले कुदिहिँड्छौ कलमसँगै ‘रिपब्लिक’ का क्रूर शासकीय पन्नाहरुमा कहिले यस्सै गफिइरहन्छौ कविताको नैतिकतामाथि बकवास बकबास बोल्दै ‘इयन’ का हुकुमी अक्षरहरुमा कहिले उतर्सिंदै फरमान जारी गर्छौ— ‘कविलाई निष्कासन गर मेरो आदर्श गणराज्यबाट !’
पूर्वसैनिक : सबैभन्दा मूल्यवान् तत्त्व
विश्वेश्वरप्रसाद कोइराला
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले लेखेका साहित्य र उनका राजनीतिक विचारहरूका संग्रह थुप्रै छापिएका छन् । ती अद्यापि खोजी–खोजी पढिन्छन् । उनका अप्रकाशित र सहज अप्राप्य लेख–रचना अझै आक्कल–झुक्कल पढ्न पाइन्छन् । प्रस्तुत लेख ५० वर्षअघि (२०३० सालमा) भारतबाट प्रकाशन हुने हिन्दी भाषाको प्रमुख साप्ताहिक म्यागेजिन ‘दिनमान’ मा छापिएको थियो, जतिखेर उनी भारतमा निर्वासित जीवन बिताइरहेका थिए । उनको स्मृति दिवसको छेकोमा पूर्वसैनिकमाथि ‘दिनमान’ मा प्रकाशित उनकै लेखको अनुवाद :
समयबजी फ्युजन
सुमनराज ताम्राकार
‘धान आयो गुठी धान सक्यो सिठी’ नेवार जातिमा खानाको परिकार कसरी खाने ? कहिले खाने ? त्यसको आ–आफ्नै नीतिनियम छ । सहरीकरणसँगै फेरिएको जीवनशैली र व्यावसायिकताले सबैखाले नेवारी परिकार बाह्रैमास पाइन थालेको छ । तर, योमरी गर्मीमा अनि चटामरी र बारा (वः) जाडो मौसममा खाने जिनिस होइन । चन्द्रमासको तिथिमितिअनुसारका जात्रापर्व र सांस्कृतिक अवसरअनुसार फरक–फरक नेवारी परिकार खाइन्छ वा खानुपर्छ ।
कौतुकमय शान्तिपुर
मल्ल के. सुन्दर
नेपाल संवत्अनुसार दसौं महिना (श्रावण प्रतिपदादेखि भाद्र प्रतिपदासम्म) हो– गुँला । वैष्णव र हिन्दुको नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषि तर्पणी, रक्षा बन्धन, गाईजात्रा, जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी सबै यसै बेला पर्छ । विशेषतः प्राचीन नेपाल मण्डलभित्रका नेवार समुदायका लागि बौद्ध विहारहरूमा सम्यक् बुद्धमूर्ति प्रदर्शनि (बजिद्यः ब्वये), ब्याँजानके (भ्यागुतो पूजा), सिलुतीर्थ यात्रा, क्वातिपुन्हि (गुन्हुपन्हि), कुम्भेश्वर मेला, सायाः, मतयाः, दथुसायाः, हिले वा रोपाइँ जात्रा, यल पञ्जरां (ललितपुरे पञ्चदान), पञ्चदान आदि महत्त्वपूर्ण अवसर यसै महिनामा पर्छन् ।
जेलर बा
प्रकाश बराल
बमबहादुर बस्नेत (९३) को विगत थाहा पाउनेले अक्सर उनीसँग गलकोट राज्यको सेनामा भर्ती भएर काम गर्दाको इतिहास कोट्याउँछन् । पर्वते राजा नारायण मल्लका जेठा छोरा जितारी मल्लले विसं १६३१ मा गलकोटलाई छुट्टै राज्य बनाएको इतिहास छ । विसं १८४४ सम्म २ सय १३ वर्ष स्वायत्त राज्य र त्यसपछि २००७ सम्म बिर्ता पाएको भुरेटाकुरे राज्यमा पर्ने गलकोटको इतिहास बताउने सम्भवतः एक्ला जीवित साक्षी हुन्, गलकोट नगरपालिका वडा नं ५ का बमबहादुर ।
महानगरको एक चिसो रात
रीना मोक्तान
नाच्दानाच्दै पटुकी खुस्कियो । लेहेंगा मज्जाले कसिएको थियो, पटुकीको वास्ता नगरी नृत्यमै मग्न भएँ । नृत्य प्रतिस्पर्धामा यस्ता झिना कमजोरीले हार्नु पनि त भएन । त्यसमाथि गीतको बोल नै दर्शकलाई नचाउने किसिमको थियो, ‘नाचूँ नाचूँ लाग्यो मलाई ।’ नाचौं–नाचौं लाग्ने गीतमा जोस्सिँदा पटुकी खुस्केर भुइँतिर ।
भाद्र २, २०८०
थलाइवा : बस कन्डक्टर टु सुपरस्टार
सुशील पौडेल
कडा मिहिनेतबिना केही पनि पाइँदैन, जे पाइन्छ त्यो कहिल्यै फलदायी हुँदैन,’ फिल्मस्टार रजनीकान्तको यो भनाइ उनकै जीवन भोगाइ हो । ७२ वर्षको उमेर सरदर मान्छेको निवृत्तिकाल हो । तर, तिनै रजनीकान्त अझै फलदायी जीवनको रोमाञ्चक यात्रामै छन् । झन्डै पाँच दशकको अनवरत अभिनय यात्रामा संघर्ष र सफलता उनको पयार्य रह्यो ।
महिला विश्वकपको नयाँ दृश्य
हिमेश
फुटबलको एउटा राम्रो प्रतियोगिता चल्न के–के चाहिन्छ ? अलिकति नाटक, अलिकति विवाद, अलिकति विद्रोह, अलि धेरै अप्रत्याशित नतिजा, बाक्लो चर्चा, अपार दर्शक ! अझ भनौं, सबथोक चाहिन्छ, फुटबलको एउटा राम्रो प्रतियोगिता उम्दा हुन । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको ‘महिला विश्वकप–२०२३’ लगभग यस्तै रह्यो । महिला फुटबलको सबैभन्दा ठूला प्रतियोगितालाई यसपल्ट ‘खुबै सफल’ भन्न सकिने भयो ।
चिरञ्जीवी मालबाको कथामाला
विश्व पौडेल
उष्ण गर्मीमा उत्तर कंकालिकोट डाँडाहरूको बीचबाट बत्तिँदै आएको चिसो हावाको एकसरो स्वाद लिन बसेका पहाडिया पुरवासीहरूको तारणहार थियो– पूर्वी चितवनको बेल्सीको पुल । बिहान त्यहीँ आफ्नो सम्पूर्ण कलासहित तेक्वान्दोका विद्यार्थीहरू खेल्थे । साँझपख छुट्टै माहोल हुन्थ्यो र धेरैका लागि विपिन दाइका कथाहरूमा पाइने स्वादको छुट्टै आकर्षण थियो ।
ती न्यास्रा साँझहरू
कल्पना बान्तवा
अहो ! साँझ झमक्क हुन लागेछ ! ऊ पर चन्द्रागिरिको थाप्लोभन्दा एक हातमाथि त रहेछ घाम ! गाउँमा भए यस्तो पहेंलो घाममा एक्लै–दुक्लै नडुल्नू, काँचो वायुले समात्छ भन्थे । साँच्चै ! कोही कोही त यस्तो बखत दिसा–मैदानबाट फर्कनासाथ हनहनी कामजरो छुटेर शीतांग हुने ! खानेकुराको नाउँ सुन्दैमा छादेर हैरान !
लुङ्माहिम साइँलाको मेटामोर्फोसिस
प्रकाश थाम्सुहाङ
चालीसको दशक पान्थरको कुनै एक गाउँ । साँझ गाढा हुँदै छ । हामी चार थान शरीरहरू चुपचाप हिँडिरहेछौँ । अगाडि हिँड्ने हाम्रो टोली नेतासँग लालटिन छ, हामी उज्यालो पछ्याउँदै छौं । यात्राको सबैभन्दा कान्छो सदस्य म, भात खाएर घुप्लुक्क सुत्न छाडेर अँध्यारोमा हिँड्नुको सास्ती भोगिरहेछु । मनमा डर छ भूतको, घर छाडेदेखि एकनास कीराले पछ्याइरहेछ । त्यसकारण बीचमा छिरेर हिँडिरहेछु ।
पद उदासीन प्रदीप
हरिहर विरही
प्रदीप गिरिको जीवनको पहिलो रोजाइ राजनीति थिएन । प्राध्यापक, लेखक वा दार्शनिक बन्न चाहनुहुन्थ्यो, तर कालान्तरमा उहाँको जीवन राजनीतिक वृत्तमै केन्द्रित रह्यो । पटकपटक सांसद र पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । योबाहेक कुनै पदमा जान चाहनुभएन । मौका नपाएको होइन, तर त्यस्ता कुनै पनि प्रस्ताव हाँसेर उडाइदिनुभयो । मानिस पदले होइन, सिद्धान्त, विचार र चरित्रले ठूलो हुन्छ र यस्तो वातावरणमा पदले मानिसको कद झन् घटाउँछ भन्ने बुझ्नुभएको थियो । त्यसैले उहाँ पदलाई अर्थहीन मात्रै होइन, लक्ष्यमाथिको अवरोधै ठान्नुहुन्थ्यो ।
श्रावण २७, २०८०
जलिरहेछ इमाहरूको सहर
छुदेन काविमो
५ सालअघिको कुरा हो । मौसम वर्षात्को थियो । तैपनि आकाश खुल्दै थियो । त्यही नीलो आकाशमाथि उड्दै गर्दा मैले पहिलोचोटि देखेको हुँ, त्यो इम्फाल सहर, जसको चारतिर थालजस्ता खेतहरू थिए । त्यही खेतमा जमिरहेको पानीमा जब घामको किरण पर्थ्यो, हिऊँझैं टलक्क टल्किन्थे । त्यही टल्किरहेका खेतभन्दा माथि उभिएका थिए, हरिया पहाडहरू, जहाँ बादलका सेता टुक्रा परेवाका जोडीझैं लुकामारी खेलिरहन्थे । त्यही पहाडका चुचुरामाथि उडिरहेको हवाईजहाजले जब समतलका भुइँ चुमे, मैले पहिलोचोटि मणिपुरको धरती टेकेँ ।
अनि टेकनाथ भुटानमा पक्राउ परे
भम्पा राई
अक्टोबर १९८९ को एक साँझ आठ बजेतिर ओ.सी. जमानसिङ गुरुङ मेरो क्वार्टरमा देखापरेका थिए । उनीसँग पुलिसको एक जत्था थियो । म बैठक कोठामा थिएँ । जमानसिङ मेरो नजिक आए ।
दक्षिण एसियामा चीनको ‘लङ गेम’
जगदीश्वर पाण्डे
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का केन्द्रीय पोलिटब्युरो सदस्य युआन च्या चुन नेपालको तीनदिने भ्रमण सकी साउन १० मा स्वदेश फर्किए । उनले नेपाल बसाइमा नेपाल–चीनबीच सरकार, पार्टीगत अन्तरसम्बन्ध, संसदीय मामिलामा सहकार्य र जनस्तरको सम्बन्धलाई विस्तार गरे ।
दीपेन्द्र विकको राहदानी
होम कार्की
२०७८ असार दोस्रो साता । रियादको (साउदी अरब राजधानी) नेपाली दूतावासमा फोटो टाँसिएको एक निवेदन पुग्यो । त्यो निवेदन पठाइएको थियो, काठमाडौं सिंहदरबारबाट । लेखिएको थियो– असार ३ गतेदेखि साउदी अरबबाट हराइरहेका बर्दघाट–१, नवलपरासीका ३३ वर्षीय दीपेन्द्र विकको खोजी गराई पाऊँ ।
मुस्ताङको फेरिएको रङ
तस्बिर : अंगद ढकाल
सन् २०१० । नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको ट्र्याक भर्खरै खोलेको थाहा पाएँ । सोचेँ, हिमालपारिको जिल्लामा मुक्तिनाथको दर्शन पनि हुने, फोटो पनि हुने । खालि समय, नयाँ बाइक, नयाँ निकोन– ३३०० मोडल क्यामेरा, अरु के चाहियो ; सँगै स्कुल पढेको साथी सन्दीप मगर र म बाइकमा हिँड्यौं मुस्ताङ ।
बार्बील्यान्डको गुलाबी संसार
रीना मोक्तान
मसिनो विषयमाथि रचनात्मक कथा उनेर फिल्म बनाउने निर्देशक हुन्, ग्रेटा गर्विक । उनका फिल्ममा महिला चरित्र नै प्रमुख हुन्छन् । भइपरी आउने प्रत्येक परिस्थितिसँग लड्न सक्ने विद्रोही महिला, जसलाई बचाउन कुनै हिरो टुप्लुक्क आइरहनु पर्दैन । उनका फिल्मका महिला सामाजिक संरचना र बन्धन तोडेर विद्रोह गर्छन् । महिला मुद्दालाई मिहिन ढंगबाट केलाउँदै पितृसत्तामाथि प्रश्न उठाउने फिल्म बनाएकैले हो सायद विश्वले ग्रेटालाई एक महिलावादी निर्देशकका रूपमा चिन्छ ।
भनिदिनुस्, मैले अब कस्तो गीत गाउने ?
प्रकाश सपुत
मेरा यसअघिका गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ को सिक्वयलकै रूपमा ‘दमाई महाराज’ रिलिज गरेँ । रचनात्मक हिसाबले अतिरञ्जनाबिनै सिर्जना गरिएको थियो– ‘गलबन्दी’ र ‘बोलमाया’ । ती दुई सिर्जनामा मैले बाँचेकै परिवेश चित्रित छ । ‘गलबन्दी’ मा गाउँको यथार्थ कथा छ– दिनैभरि घाँस–दाउरा, कुटो–कोदालो गर्ने मान्छेका कथा, साँझ सबै गाउँले एकै ठाउँ भेट भएर रोदी गाउने मान्छेका कथा । त्यो एउटा संस्कृति बनेको छ हाम्रा गाउँतिर ।
श्रावण २०, २०८०
तिब्बती भूमिमा सगरमाथाको नक्सा
बाबुराम विश्वकर्मा
सगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा सन् २०२० मा चीनलाई सामेल गरिएपछि सगरमाथा उचाइ फेरि विवादमा तानियो ।
एक लडाकुको आख्यान
प्रगति राई
अफगानिस्तान गृहयुद्धको चरम अवस्थामा गुज्रिरहेका बेला अफगानिस्तानमै अमेरिकी सुरक्षा कम्पनीको तर्फबाट प्रत्यक्ष युद्ध लडेका लडाकु र लेखक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ ले पाठकलाई पात्रसँगै विभिन्न ठाउँमा पुर्‍याउँछ । परम्परागत लेखाइभन्दा बिलकुलै फरक शैली समातेको छ किताबले ।
सत्ता–शक्तिको लेफ्ट–राइट
गंगा बीसी
नेपाली राजनीतिका मुख्य खेलाडी हुन्– गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल । यीमध्ये कोइरालाको निधन भइसकेको छ । दुई दशकयता यी नेताले नेपाली राजनीति कता डोर्‍याए ? जनआन्दोलन २०६२, ०६३ पछि यी नेताबीच कहिले मित्रता भयो, कहिले शत्रुता । सत्ता–शक्तिको दाउपेचकै कारण उनीहरूको सम्बन्धमा उतारचढाव आइरहेकै छ ।
आमाको ‘बाङ्गी’ सम्झना
केशव सिलवाल
मेरी आमाको खास नाम छैन । हजुरआमा गाली गर्नुपर्दा भन्थिन्– तँलाईं ‘बाङ्गी’ । त्यसै नामले बोलाउँथिन्, कुरा काट्थिन्– यस्ती ‘बाङ्गी’, उस्ती ‘बाङ्गी’ । हाम्री हजुरआमा थिइन् साह्रै कडा मिजासकी । डल्ली डल्ली, तर जिरे खुर्सानीजस्ती । बुहारी कसरी तह लाउनुपर्छ, उनी विज्ञ थिइन् । बुहारी भनेपछि फुटेको आँखाले देख्न नसक्ने । घर नजिकको ढिस्कोबाट उभिएर बारीमा काम गरिरहेकी बुहारीलाई बेस्मारी हपार्थिन्– काम नगरेर के गफ गरिरहन्छन् बाइफालेहरू । बुहारीहरू हजुरआमाको छाया देखेर पनि तर्सिन्थे ।
नगरवधूको उदात्त संसार
अभय श्रेष्ठ
मान्छे र मखुण्डो लेखकको काम सत्य देखाउनु हो । सत्य देखाउन मान्छेको मखुण्डो खोल्नैपर्छ । मोपासाँका कथाको खास विशेषता नै मान्छेको मखुण्डो खोल्नु हो । ‘अधिकांश मान्छे मखुण्डोधारी छन्, मखुण्डो नभिर्ने वेश्या र किसान मात्र हुन्,’ उनी भन्थे । लामो कथा ‘द बल अफ फ्याट’ मा उनले एक युवती एलिजाबेथ रोजेटको वर्णनातीन दुःख अनि ठालुहरूको चरम पाखण्ड र कृतघ्नताको जीवन्त चित्रण गरेका छन् ।
हनुमानढोकामा तैनाथ पृथ्वीनारायणका सेना
दामोदर न्यौपाने