text stringlengths 2 914 |
|---|
काठमाडौं उपत्यकाका मुख्य जात्राहरूमा कालो पोसाकमा सजिएका झाँकी देखिन्छन् । ती अघिअघि बाजा बजाउँदै हिँडेका हुन्छन् र पछाडि भरुवा बन्दुक बोकेर मार्चपास गरिरहेका । यो झाँकी नेपाली सेनाको हो । यही सेनाले बढाइँ गरेपछि जात्रा सुरु हुन्छ यहाँ । जात्रा अन्त्य पनि यही सेनाले बढाइँ गरेपछि मात्रै हुन्छ । |
मायावीका ३ अवतार |
राजकुमार बानियाँ |
शिल्पी थिएटरमा पस्ने बेला माथिल्तिर ‘ट्रान्जिट’ र तल्तिर ‘मिनिस्ट्री अफ टाइम टुरिजम’ लिखित ठ्याक्कै पासपोर्ट साइजको ब्रोसर हात पर्यो । ट्रान्जिटमा ट्राभल डकुमेन्ट पनि त चाहियो । कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको नाटकमा यस्तो प्रयोग देखिने नै भयो । |
परका भूपी, घरका भूपी |
दीपक सापकोटा |
सम्भवतः लोकप्रियतम नेपाली कविको नाम हो– भूपी शेरचन (विसं १९९२–२०४६) । काव्यपारखीका आँखामा उनी भव्य र ख्यातनामा कवि हुन् । मित्रमण्डलीका आँखामा उदारमना र रसिक साथी थिए । |
श्रावण १३, २०८० |
पाटनका साहुको ल्हासा–कनेक्सन |
हिमेश |
सिंहसार्थ बाहु– यी हुन् नेपाली दन्त्यकथाका एक नायक । भनिन्छ, उनै थिए पहिलो नेवार व्यापारी, जसले तिब्बत गएर व्यापार सुरु गरे, धेरै–धेरै वर्षअघि । हजारौं वर्षअघि, जतिबेला उनी केही साथीहरूसँग तिब्बत छाडेर काठमाडौं फर्किरहेका थिए, बाटोमा कहीं कतै पुगेर एक हूल सुन्दर महिलाको समूहमा बरालिए । आफू व्यापारी भएको पनि बिर्से । मोजमस्तीमै रमाए । असलमा त्यो थियो दैत्यको समूह । तर, बोधिसत्वले एक दिन उनलाई सम्झाए, ‘तिमी त व्यापारका लागि आएका थियौ । त्यसैले भाग । नत्र मर्नेछौ ।’ अनि भनिएको थियो– ‘भाग्ने बेला पछाडि नफर्क, घोडामा भाग्ने क्रममा जो–जो पछाडि फर्के, तिनीहरू कहिल्यै घर फर्किन सकेनन् ।’ खालि एकै जना मात्रै बाँचे, ती थिए– उनै सिंहसार्थ बाहु । उनै थिए एक्लो, जसले पछाडि फर्केर हेरेनन् । |
म्लाङ्गैको आपा |
भक्त स्याङतान |
एक्कासि एम्बुलेन्सको साइरन बज्यो । म्लाङ्गैले यताउति पल्याकपुलुक हेर्यो । उसकै अगाडिबाट रातो बत्ती झिमिक–झिमिक गर्दै एउटा एम्बुलेन्स मूलसडकतिर दौडियो । उसलाई आपाले भनेका थिए, यस्तो बत्ती बालेर आउने गाडीभित्र बिरामी सुतिरहेको हुन्छ । |
‘चिली’ सिकागो ब्वाइजको प्रयोगशाला |
हरि रोका |
सन् २०१५ मा निर्माण भएको ‘सिकागो ब्वाइज’ नामक डकुमेन्ट्रीमा अर्थशास्त्री आर्नेल्ड हार्वर्गरले भनेका थिए, ‘१९९५ सम्मै पनि चिली सुन्दर गहनाजस्तो देखिएको थिएन, तर अहिले गहना बनेको छ ।’ हार्वर्गर (१९२४) तिनै अर्थशास्त्री हुन्, जसले सिकागो विश्वविद्यालयमा सन् १९५३ देखि १९९१ सम्म प्राध्यापन गरेका थिए । |
झापा : गाडा, गोडा र घोडा |
लोकराज बराल |
मेरो जिल्लाको आजलाई ८० वर्षअघिसँग तुलना गर्दा कस्तो देखिएला ? मेरो झापा यसरी रूपान्तरण होला, सोचेकै थिइनँ । |
अभाव एउटा शत्रुको |
कल्याण श्रेष्ठ |
पानी नपरेपछि खडेरी बेहोरेकै थिएँ छिमेकीले गहिरो इनार खन्यो, र पुरानो धारा पनि सुकाइदियो |
प्रिय छ मलाई– नौरतीकै धीमा जिन्दगी |
रेनुनाथ योगी |
हालसम्म मैले १३ नाटकमा अभिनय गरें । सायद म एकदमै भाग्यशाली कलाकार हुँ, जसले हरेक पटक फरक–फरक चरित्रमा अभिनय गर्न पाउँछ । ‘माथा पञ्चर’ मा मधेसको चरित्र ‘नौमती’ भएँ, ‘तीनकुने’ मा पियक्कड महिला । मैले गरेका सबै चरित्रका मनोविज्ञान फरक थिए । तर, ‘हिउँभन्दा चिसो’ की ‘नौरती’ को अनुभूति यति विशेष कसरी भयो ? कारण खुट्याउन सकिरहेकी छैन । |
लामो जीवन, क्षणभंगुर सम्झना |
गणेश खनिया |
आख्यान जगत्को फराकिलो राजमार्गमा भेटिएको एउटा दुर्लभ नाम– मिलान कुन्देरा । पूर्वी युरोपको चेकोस्लोभाकियाबाट फ्रान्समा निर्वासित यी लेखक केही साताअघि बिते । तर, निधनअघि नै धेरै वर्षदेखि उनी हाम्रो विमर्शमा थिए । आख्यान, गैर–आख्यानमा थुप्रै लेखकलाई पात्रकै रूपमा उभ्याएर तिलस्मी संसार खडा गरेका छन्, लेखक कुमार नगरकोटीले । तिनै नगरकोटीले मलाई भेटाएका हुन्– मिलन कुन्देरासँग, ‘लाइफ इज एल्सह्वेर’ मार्फत । |
अमेरिकी प्रमिथसको दुःखान्त |
घनश्याम खड्का |
युनानी लोककथाका पात्र प्रमिथसको मानव सभ्यतासँग जोडिने किस्साहरूमा गहिरो नाता छ । भनिन्छ, प्रमिथसले देवलोकबाट आगो चोरेर मान्छेलाई दिए । र, त्यही आगोले ल्याएको प्रगतिकै कारण मनुष्य संसारका सारा प्राणीमाथि राज गर्न सक्षम भयो । |
श्रावण ६, २०८० |
सीता कसकी ? |
भूषिता वशिष्ठ |
२५ वर्षअघि मात्रै पनि सप्तरीमा विद्युत् दुर्लभप्रायः थियो । सूर्यास्तसँगै घर वरपरका नीम, सिसौका बुटामा जूनकिरीले आफ्नो शीतल साम्राज्य फैलाउँथे । सन्ध्याको लालीमा क्रमशः घूरको धुवाँले मैलिँदै जाँदा हाम्रो बार्दलीको पिलपिले चिम बल्थ्यो, तर बलेको केही क्षणमै अँध्यारोले नियास्रिएका पुतलीले गिजोलेर बत्ती जूनकिरीभन्दा मलिन हुन्थ्यो । त्यही ग्राम्य–गोधूलिमा हो मैले पहिलोचोटि सीतालाई भेटेको । |
आमा त्यो फूल थियो, फुली थिएन |
शकुन्तला जोशी |
शरदमा खुलेको नीलो आकाश राम्रो कि त्यो नीलो क्यानभासमा कोरिएको बादलको बुट्टा ? पहिरोमा तानिएको बोटमा फुलीरहेको गुलाबको फूल राम्रो कि फूलका पत्रहरूमा अडिएका शीतका थोपा ? चरचरी चिरिएका हातको चित्र राम्रो कि तिनै हातले ओढाएको घरको छाना ? सात/आठवर्षे कलिलो उमेरमा खोपडी यस्तो सौन्दर्यचेत मनन गर्ने गरी हुर्किसकेकै थिएन । फूलबारीमा फुलेका गुलाबका फूलभन्दा बढी मलाई सुशीला मन पर्थी । उसो त मन पर्नुको परिभाषा पनि मैले बुझेको होइन, तर उसको सान्निध्य खूब रमाइलो लाग्थ्यो । कक्षामा हामी एउटै बेन्चमा बस्थ्यौं, सँगै खेल्थ्यौं । |
महाकविज्यू, पैसा हातको मैला होइन रहेछ ! |
शिक्षा रिसाल |
हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै पैसाको अस्तित्वलाई ठाडै अस्विकार गर्दै ‘हातको मैला’ सँग तुलना गरेका हुन् । तर, देवकोटालाई के थाहा– पुँजीवादी संसारले हातको मैलालाई यसरी पुज्नेछ भन्ने ! देवकोटाले ‘के नेपाल सानो छ ?’ भनि सोध्दा ‘पक्कै छैन’ भनेर दंग परियो, तर यो पैसाको विषयमा खासै सहमत हुन सकिएन । प्रिय देवकोटा, मलाई माफ गर्नुस् ! |
रजश्वलाको नीलो रङ |
शैलीका छेत्री |
परिवर्तन के हो ? प्रश्न आकस्मिक आइलाग्छ । यस्तो प्रश्नसित अचेल एक प्रकारको डर लाग्न थालेको छ । पर्यायवाचीझैं लाग्छ मलाई– जीवन र परिवर्तन ! |
सबैभन्दा ठूलो शत्रु |
सरस्वती प्रतीक्षा |
मेरो सबैभन्दा ठूलो शत्रु कहीँ छ भने त्यो म आफैंभित्र छ । |
‘फिल्म मन्दिर हो, मन्दिरमा खराबी हुँदैन’ |
रीना मोक्तान |
अभिनेत्री करिश्मा मानन्धर (५२) ‘सदाबहार’ शब्दमा विश्वास गर्दिनन् । तर, फिल्म क्षेत्रले उनैलाई ‘सदाबहार’ अभिनेत्री भनिरहन्छ । ‘सन्तान’ (२०४४) बाट फिल्ममा प्रवेश गरेकी उनको ‘बगान’ सहरमा चर्चामा छ । करिश्मासँग अभिनय, फिल्म र महिला चरित्रचित्रणबारे रीना मोक्तानको कुराकानी : |
कोरोनाको तातो आँसु |
रागिनी उपाध्याय ग्रेला |
‘कोरोना शृंखला’ नामका यी कला–कृति मैले सन् २०२०–२१ मा गरेका सृजना हुन् । यसले त्यो महामारी–समयको इतिहास बोकेको छ । कोरोनाका पदचाप हुन् यी कृति । कोरोनाले दिएको तातो आँसुका शृंखला पनि हुन् । |
असार ३०, २०८० |
डिजिटल उपवास |
उपेन्द्रराज पाण्डेय |
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु हृदयका सबै कुरा खुलेर भन्न सक्छु मेरो दुःखमा रोइदिने मेरो खुसीमा हाँसिदिने सबैभन्दा माथि छ मेरो एउटा साथी छ गायक सुगम पोखरेलको माथिको गीतले भनेझैं मान्छेलाई सुखदुःखमा साथ चाहिन्छ । हामी दुःखमा समानुभूति प्रकट गर्न र खुसीमा उत्सव मनाउन साथी खोज्छौं । चाहन्छौं, हाम्रो आवाज कसैले सुनिदेओस् ! तर, के हामीले त्यस्तो साथी पाइरहेका छौं त, जोसँग सुखदुःख साट्न सकौं ? के कसैले हाम्रो आवाज सुनिरहेको छ ? विज्ञान–प्रविधिले फड्को मारिरहँदा कतै हामी त्यसैको भीडमा हराइरहेका त छैनौं ? मानव जीवनलाई आविष्कारहरूले सहज त बनाएको छ, तर किन मानिसहरू विक्षिप्त छन् ? |
क्षितिजकी मायालु मनपन्छी |
राजकुमार बानियाँ |
मेरा निम्ति प्रतीक्षित कवि हुन्, रमेश क्षितिज । उनी आजको दिनमा कविता पढेजस्तो अनुभूति दिन सक्षम एक काव्यसाधक हुन् । मलाई प्रशंसक वा पाठक, जेसुकै भन्नुस्, तपाईंकै मर्जी । उनी कविताका नाममा कवितै लेख्छन् । कविताकै गुण र गरिमा बढाउँछन् । |
बिस्का : जात्रा मनाइने देशमा एक मिथकीय प्रेम |
रामगोपाल आशुतोष |
सुन्नेबित्तिकै तिमी आउने खबर ढकमक्क फुल्न हतार भयो लिली फूललाई |
एउटा बिरालोको आत्मालाप |
कुमारी लामा |
मानिस–जनावर सम्बन्धको बेगिन्ती पोया फुकाउनु जोकसैको वशको विषय होइन । त्यस्ता सम्बन्ध एकातिर संवेदनाको वकालत हुनसक्छ भने अर्कोतिर मानव दम्भको प्रकटीकरण । लैनसिंह बाङ्देलको ‘लंगडाको साथी’ ले उजागर गरेको कुकुर र एक अपाङ्ग पात्रको सम्बन्धको गहिराइ अथवा जर्ज अर्वेलको ‘सुटिङ एन एलिफेन्ट’ मा देखाइएको एक हाकिमको दम्भको पराकाष्टामाझ हजारौंको नजारा बनेको हात्तीको दर्दनाक मृत्यु–दुवै मानिस र जनावरबीचको सम्बन्धकै पाटाहरू हुन् । |
५३ वर्षपछि थबाङमा नचाउरु |
नवीन विभास |
गाउँले जमघट भएको थबाङका अन्तिम बुढामगरको खलामा दौरी, मादल, पैजन र झ्याली गुर्कुच्ची गर्दै तन्नेरी हुल पुगेको छ । खलामा पाइला नटेक्दै तिनीहरू चौदिशा भाक्छन्, सिमेभूमे स्मरण गर्छन् । खलामा गोलो घेरा बनाउँदै गुरुको पाउ ढोग्छन् । राम्चेघुम्चेमाझ खासखुस सुरु हुन्छ, ‘गुरुमान चाला ।’ राम्चेघुम्चे अर्थात् दर्शक । |
टिम महेन्द्र जब जनतासँग हार्यो |
रमेशचन्द्र अधिकारी |
विसं २०१३, फागुन दोस्रो साताको एक बिहान । हालको धनकुटाको तल्लो टुँडिखेलमा फुटबल खेलिरहेका किशोरहरू एकाएक खुसी देखिए । सेनाका एक कर्नेलले किशोरहरू खेलिरहेको मैदानमै पुगेर सुनाए, ‘राजा महेन्द्र फुटबल म्याच खेल्न राजी छन्, तयार हुनु ।’ त्यो सुनेपछि उनीहरू उत्साही हुँदै खुसीले एकै स्वरमा कराए– हुर्रे... ! |
रुकुम– १६ वर्षअघि, १६ वर्षपछि |
जनकराज सापकोटा |
माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ५ महिनापछि म द्वन्द्वको आधारक्षेत्र मानिएको रुकुम पुगेको थिएँ । त्यो विसं २०६४ वैशाख पहिलो साताको समय थियो । दाङको सदरमुकाम घोराहीबाट सार्वजनिक बस चढेर सल्यान हुँदै रुकुम सदरमुकाम मुसिकोट पुगेको ठ्याक्कै १६ वर्षपछि म उसै गरी सार्वजनिक बस चढी रुकुम सदरमुकाम पुगेँ । उतिबेला डायरीमा टिपेका दृश्यहरू र यो यात्रामा देखिएका दृश्य तुलना गर्दा बदलिएको रुकुमको तस्बिर तयार हुन्छ । |
सिकायतपेटिका कि हाजिरपेटिका ? |
तस्बिर : अंगद ढकाल |
कम्प्लेन अर्थात् सिकायत अर्थात् गुनासो । एउटा त्यस्तो बाक्सा, जहाँ कुनै बेला जनता सांसदप्रति आफ्ना सिकायत र सुझाव यही पेटिकामा छाडिराख्थे । के आजकल जनतालाई सिकायत लेख्ने फुर्सद छैन ? किनभने जनताले सिकायत लेखिछाड्ने त्यो बाक्सामा अहिले छ– डिजिटल हाजिर मेसिन । र, त्यो बाक्सा छ– संसद्भवन प्रवेश गर्ने मुख्यद्वारको देब्रेपट्टि, नयाँ बानेश्वरमा । |
एक डाक्टर, एक झाँक्री |
अनिल बुढामगर |
यो झाँक्री गाउँको कथा हो । साउने संक्रान्तिका बेला प्रत्येक वर्ष गाउँभरिका झँक्रीहरू भेला हुन्छन् र यहाँ ठूलो मेला लाग्छ । मगरहरूमा एउटा विश्वास कायमै छ– हजुरबा, आमा, बुबा अर्थात् परिवारमा कोही झाँक्री छ भने देहान्तपछि उसको झाँक्री विद्याले छोरा–नातिमा पुनर्जन्म लिन्छ । रुकुमपूर्वको लुकुम गाउँमा लाग्ने झाँक्री मेलाका पात्र र यसको मिथकलाई एकैछिन पछ्याऊँ । |
असार २३, २०८० |
एक रंगीन जिन्दगी |
सजना बराल |
सामान्यतया गीतसंगीत, कन्सर्ट, भ्रमण, परिवार र आफ्ना विचारहरूबारे पोस्ट गरिरहने चर्चित गायक–अभिनेता रबिन तामाङको फेसबुक एकाउन्टमा गत मंगलबार साँझ एउटा अप्रत्याशित दुःखद खबर आयो । ‘रबिनको निधन भएको छ, हामी तपाईंलाई थप जानकारी दिँदै जानेछौं,’ उनको फेसबुक एकाउन्टबाट उनकै निधनको खबर बाहिरिँदा कतिपय साथीभाइ र फ्यान दोधारमा परे । पत्याउने वा नपत्याउनेकै अवस्थाबीच अन्ततः रबिनको निधन पनि उनकै स्वभाव जस्तै फरक रह्यो । |
रिभोल्युसनरी रकस्टार |
विप्लव प्रतीक |
चमेली फिल्मबाट प्रसिद्धि कमाएका निर्देशक रवि बरालले हो, मलाई रबिन तामाङसँग परिचय गराएको । ठमेलमा ब्याम्बुस भन्ने रेस्टुराँ थियो उनको र त्यहीँ उनी हरेक शुक्रबार आफ्नो प्रस्तुति पनि दिन्थे । |
अण्डीपृङ्गको कायाकल्प हाँडीगाउँ |
गुरुङ सुशान्त |
विशेषगरी किरात समुदायले रैथाने प्राचीन सभ्यताकै आधारमा आफ्नो प्रदेशको नामकरण गर्दा नै वास्तविक पहिचानको सम्बोधन हुने ठानेर आवाज उठाइरहेको परिवेशबीच नै राज्यशक्तिले ‘कोशी प्रदेश’ नामकरण गरेपछि त्यसविरुद्ध पूर्वी नेपाल एक किसिमले आन्दोलित छ । आन्दोलनको मागलाई राज्यले कसरी सम्बोधन गर्ला ? त्यो भविष्यका घटनाक्रमहरूले देखाउने नै छन् । |
भित्तो : फगत एक प्रतिविम्ब |
विश्व सिग्देल |
बोलिरहँदा, रात–दिन बोलिरहँदा सकिएपछि शब्द, रड्किएपछि जिब्रो, अड्किएपछि विचारको शृङ्खला एउटा अत्यासलाग्दो शून्यताले बास गरिरहेको अनुहार लिएर उभिइरहेको छ– भित्तामा एक नेताको पूर्णकदको जुलुङ्गो । म दैनिक चारा जुटाउन ओहोरदोहोर गर्नुपर्ने बाटाको भित्तामा भएकाले जुलुङ्गो र मेरो हेराहेर साटासाट हुन्छ । उसको आशाविपरीत न सलाम–नमस्ते न कृतज्ञताको भाव, न रिस, न उत्साहमा त्यसै हिँडिदिन्छु म चुपचाप । मेरो दैनिक आगमन र प्रस्थान उसका लागि असह्य हुँदै गएको अनुमान गर्न सक्छु । यो अनुमानले पनि मेरो दैनिकी फेरिनेवाला छैन । जुलङुगो मेरा लागि फगत भित्तो भएको छ । मैले भित्तोको गौरवगानमा दुई शब्द नखर्चिएको साँचो हो । मैले भित्तोको निर्लज्जता अझ अरूलाई टड्कारो नदेखाइदिएको पनि साँचो हो । |
काठमाडौं कथामाला |
तीर्थबहादुर श्रेष्ठ |
सामाजिक संस्कारमा ढोगभेट र समयचेतको विशेष महत्त्व हुन्छ । समयसँगै तिनमा बदलाव आउँछ । मेरो बाल्यावस्था अर्थात् २०१० सालतिरका मेरा सम्झना सुनाउन चाहन्छु । |
राजमार्गमा खाल्डो |
स्नेह सायमि |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.