text stringlengths 2 914 |
|---|
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान |
कान्तिपुर संवाददाता |
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । |
एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै |
रासस |
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । |
ब्रह्मदेव करिडोरमा बाघ अनुगमन |
भवानी भट्ट |
चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोर तथा आसपास क्षेत्रमा क्यामेरा ट्र्यापिङ विधिबाट बाघ र बाघको आहारा प्रजातिको अनुगमन थालिएको छ । करिडोरमा पर्ने वेदकोट नगरपालिकाको छेला सबडिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर शुक्रबार गणनाको शुभारम्भ गरिएको छ । |
कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्दै एमाले |
कान्तिपुर संवाददाता |
एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने तयारी गरेको हो । |
कर्मचारीको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि |
ऋषिराम पौड्याल |
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर उनले काममा अप्ठेरो परे सहजीकरण गर्न आफू तयार रहेको समेत बताएका छन् । |
खाडी जाने श्रमिकलाई चर्को भाडा, बाध्यता बन्दै भारतीय मार्ग |
पर्वत पोर्तेल |
सुदूरपश्चिमका जगबहादुर बुढा गड्डाचौकी हुँदै धेरै पटक महाकाली तरेर दिल्ली पुगे । तर, यस पटक उनलाई अनौठो अनुभव भइरहेको छ । किनकि उनी पहिलो पटक पूर्वको मेची नदी तरेर भारतको पश्चिम बंगालको सिलिगुडीस्थित बागडोगरा विमानस्थल हुँदै खाडी उडे । |
पुस २०, २०८१ |
मुलुकभरि जलपन्छी गणना सुरु |
मनोज पौडेल |
एउटा छेउमा देखिएको चरा एकैछिनमा कहाँ पुग्छ, पत्तै हुँदैन । चराको स्वभाव नै फुत्तफुत्त उड्ने चञ्चले हुन्छ । यतिबेला चिसो मौसम छल्न उच्च हिमाली भेगबाट उड्दै जलपन्छी तराई र पहाड झरेका छन् । यही मौकामा मुलुकभर जलपन्छीको गणना थालिएको छ । |
ऋषिकेशलाई रामहरिको प्रश्न - श्रीमती र पीएबारे थाहा नभए कसको कुरा थाहा हुन्छ ? |
कान्तिपुर संवाददाता |
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव ठगीमा संलग्न भएकोबारे जानकारी नरहेको भनेकोबारे राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन् । |
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित |
कान्तिपुर संवाददाता |
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । |
कांग्रेस नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । |
नेपालमा आत्महत्या दर बढ्दो : महिलाको तुलनामा पुरुष बढी |
विवेक पोख्रेल |
नेपालमा आत्महत्या गर्ने दर निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको छ । |
पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै होटल गएका युवक पनि जंगलमा मृत भेटिए |
विवेक पोख्रेल |
काठमाडौं–९ पिंगलास्थानको वागमती होटलमा युवती मृत फेला परेको चार दिनपछि उनीसँगै होटल गएका युवकको पनि शव फेला परेको छ ।शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले जानकारी दिए । |
अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् । सरकार र प्रतिपक्षी दलहरूबीच संवाद रोकिएको पनि दाहालले बताए । |
‘एमाले बामाले कम्पनी’मा परिणत भइसक्यो : रावल |
कान्तिपुर संवाददाता |
नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् । |
सचिवहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ : हामी पनि टाउको घरमा राखेर सिंहदरबार छिरेका होइनौँ |
ऋषिराम पौड्याल |
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन शैली र सरकारको कामको ‘स्पिरिट’ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारका ५० भन्दा बढी सचिवहरूलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर यस्तो असन्तुष्टि जनाएका हुन् । |
सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । |
सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड |
कान्तिपुर संवाददाता |
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । |
प्रमुख राजमार्गमा ट्रमा सेवा कहिले ? |
प्रशान्त माली |
सरकारले प्रमुख राजमार्गका बढी दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेवा विस्तार गर्ने घोषणा गरेको ४ वर्ष बितेको छ । तर सेवा विस्तारका लागि बढी दुर्घटना हुने स्थानको पहिचान र नक्सांकन नै थालिएको छैन । प्रमुख राजमार्गमा ट्रमा सेवा नहुँदा सडक दुर्घटनामा परेका अधिकांश घाइते उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । समयमा उपचार नपाउँदा कतिपय घाइतेले ज्यान गुमाउने गरेका छन् । |
सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौ जनाविरुद्ध मुद्दा |
ऋषिराम पौड्याल |
राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो । |
छानबिन र कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष शेर्पाले दिए पार्टीमा उजुरी |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संगठनका केही सदस्यहरूले संगठनको हितविपरीत कार्य गरेको भन्दै छानबिन र कारबाहीका लागि पार्टीमा उजुरी दिएका छन्। |
पत्रकार पुडासैनीको निधन |
कान्तिपुर संवाददाता |
पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति निधन भएको छ । काठमाडौंको सरस्वतीनगरस्थित निवासमा राति करिब ११ बजे अकस्मात् ढलेका उनलाई उपचारका लागि चाबहिलस्थि हेल्पिङह्याण्ड अस्पताल लगिएको थियो । |
रास्वपाको केन्द्रीय समिति बैठक सुरु |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । |
रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । |
लेखा समिति सभापतिका स्वकीय सचिव पनि ठगीमा |
जयसिंह महरा , पर्वत पोर्तेल |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ । |
साइपाललाई हिमपातको चिसोसँगै हिउँद नै अलिनो हुने चिन्ता |
वसन्तप्रताप सिंह |
गोरे रोकाया बझाङकै उत्तरी क्षेत्रको अन्तिम मानव बस्ती रहेको धुली गाउँमा बस्छन् । उनको परिवार १२ सदस्यीय छ । उनले १ सय ८५ वटा भेडाच्याङ्ग्रा पनि पालेका छन् । गोठमा ११ गाईगोरु पनि छन् । सदरमुकाम चैनपुरबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने साइपाल गाउँपालिका–४ स्थित उनको गाउँमा हिउँदमा हिउँ पर्छ । |
पुस १९, २०८१ |
माओवादीले अन्तरसंघर्षमा बहस थाती राख्दै |
गंगा बीसी |
माओवादी केन्द्रले अन्तरसंघर्ष तत्काललाई थाती राखेर देशव्यापी राजनीतिक अभियान चलाउने भएको छ । अहिले अन्तरसंघर्षमा बहस नगरी एकजुट भएर राजनीतिक अभियान चलाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई स्थायी समितिले अनुमोदन गर्ने भएको छ । |
भएका अस्पताललाई व्यवस्थपित बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल |
ज्योती श्रेष्ठ |
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भएका अस्पताललाई व्यवस्थपित बनाउनुपर्नेमा जोड दिएका छन् । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज देश-दुनियाँमा सार्वजनिक लेखा समिति सभापतिका स्वकीय सचिवमाथि ठगी मुद्दामा अनुसन्धान गर्न अदालतको परमादेश, गाउँनजिकै ताल छ भन्नुबाहेक केही नभएको रारा र फोक्सुण्डो आसपासका स्थानीयको गुनासोदेखि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफलसम्मका खबर चर्चामा रहे । |
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । |
मेरो नियत सफा छ भन्ने कुरा विस्तारै जनताले बुझ्दै गएका छन् : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । |
लेखा समिति सभापति पोखरेलले ठगीको आरोप लागेका स्वकीय सचिवलाई हटाए |
जयसिंह महरा |
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । |
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीमा अनुसन्धान गर्न उच्च अदालतको परमादेश |
जयसिंह महरा |
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । |
इजलासमा पीडितका कानुन व्यवसायीको प्रश्न : ‘ऋण लैजाने रवि लामिछाने पूर्वगृहमन्त्री नभए को हुन् ?’ |
दीपक परियार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.