text stringlengths 2 914 |
|---|
आफू हिँड्नुपर्ने राजमार्ग बनाउँदै नबनाउनु बनाइएछ भने अति कमजोर बनाउनु एकै वर्षाले बगाउने एकै पहिरोले लडाउने एकै वर्ष पनि नटिक्ने |
सकसमा हुम्ला |
केशव थापा |
कर्णाली प्रदेशको सुन्दर हिमाली जिल्ला हुम्लामा दुःखका प्रशस्तै कथा छन् । हुम्ला नाममाथि छन्– अनेक किंवदन्ती । एउटा किंवदन्तीले भन्छ– यहाँको प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटिहोम लगाइएको थियो, होम अर्थात् होमंला अपभ्रंश भई हुम्ला रह्यो । अर्को भनाइ छ– हुल्म लङरिङ (साँघुरो नदी) अपभ्रंश भएर हुम्ला भयो । यो पनि भनिन्छ– तिब्बतका हुण जातिहरु यही बाटो हुँदै ल्हा भञ्ज्याङ काटेर तिब्बत क्षेत्र प्रवेश गरेका हुन् र हुण–ल्हाबाट हुम्ला भएको हो । |
वेस्ट इन्डिज : के थियो, के भयो ? |
हिमेश |
वेस्ट इन्डिज कुनै एक देश होइन् । यो केही देशको समूह हो । यी क्यारेबियन क्षेत्रका देशका दुई ठूला विशेषता छन् । एउटा त संगीत हो । त्यो पनि बब मार्ली पाराको । अर्को हो– क्रिकेट । क्यारेबियन किनारमा तिनै मार्ली–संगीतको धुनमा क्रिकेट खेलिरहेको दृश्य वास्तवमै त्यो क्षेत्रको खास परिचय बनेको छ । त्योमध्येको भव्य परिचय क्रिकेटमा अहिले ठूलै धक्का पुगेको छ । |
असार १६, २०८० |
संसारबाट सीमा हराए के हुन्छ? |
घनश्याम खड्का |
एक थिए जोन लेनन, जो गीतहरूमा सीमा भत्काउँथे । सन् १९७१ मा रिलिज भएको ‘इम्याजिन’ संसारका लोकप्रिय गीतहरूमा एक मानिन्छ, जसमा देश नभएको सग्लो पृथ्वीको कल्पना छ । |
नेहरूलाई राजा त्रिभुवनको १० हजार चन्दा |
नवीन अर्याल |
दोस्रो विश्वयुद्धको समाप्तिसँगै थुप्रै देश बेलायती उपनिवेशबाट धमाधम स्वतन्त्र हुँदै थिए । भारत पनि बेलायतको १९० वर्ष लामो गुलामीबाट स्वतन्त्र हुने तरखरमा थियो । यस्तो बेला भारतका अन्तरिम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले राजधानी नयाँ दिल्लीमा एसियाली देशहरूको एउटा सम्मेलन आयोजना गर्ने घोषणा गरे । |
राजा, राणा र कांग्रेसको ‘लभ ट्र्यांगल’ |
शंकर तिवारी |
इतिहासकार नयराज पन्तले विसं २००७ कात्तिक–२००८ चैत्रसम्मको समयावधिमा लेखेको संस्कृतको डायरी मूल संस्कृत र नेपाली अनुवादसहित प्रकाशित छ– ‘राजा, राणा र कांग्रेस : नयराज पन्तको डायरी’ शीर्षकमा । किताबका सम्पादक/अनुवादक उनकै ज्येष्ठ सुपुत्र इतिहासकार महेशराज पन्त हुन् । साहित्यिक/राजनीतिक व्यक्तित्त्वका डायरी बग्रेल्ती प्रकाशन हुने भए पनि बीपी कोइरालाको डायरीमा आधारित चार किताबपछि यसरी डायरी सार्वजनिक वृत्तमा आउने विरल नेपालीमा परेका छन्– नयराज पन्त । |
देशको कविता लेख्न सकिनँ |
वसन्त चौधरी |
चुपचाप चुपचाप आँसु बगाउने देशको कविता लेख्न सकिनँ मनभरि भएका सपना सजाएर देशको गीत लेख्न सकिनँ बग्दैबग्दै जान मन लागेकै हो नदीसँग जमो तलाउ बनेर म नदी बग्न सकिनँ ! |
किन फेरिन्छन् नाम ? |
हर्कबहादुर छेत्री |
‘ह्वाट इज देयर इन ए नेम, इफ यु कल अ रोज बाइ सम अदर !’ – सेक्सपियर नाममा केही छैन भन्ने कुरा अघिअघि मानिन्थ्यो होला । ऐतिहासिक समयमा नामलाई लिएर ठूलो विवाद भएको पनि मलाई थाहा छैन । तर, हाम्रो समयमा नामको महत्त्वले आध्यात्मिक उचाइ भेट्टाएको छ । |
घुम्न जानु च्छो रोल्पा |
दृष्टान्त विडारी |
दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दूधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छो रोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावर अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो । |
ग्रासरुट फुटबलको जगमा जर्मनी |
राजु घिसिङ |
जर्मनीको १६ राज्यमध्ये बाभरियाको एक जिल्लास्तरीय क्लब हो, एसभी मामेन्डर्फ । चारपल्ट विश्वकप फुटबलको उपाधि जितेको मुलुकमा यो कुनै ठूलो व्यावसायिक क्लब नभएर सानो सामुदायिक क्लब हो । तर, साना–ठूला गरी उसको आफ्नै पाँचवटा खेल मैदान छ, जहाँ चार वर्षदेखि ८० वर्षमाथिका मानिसहरू नियमित फुटबल खेल्छन् । यसका विभिन्न टिम आफ्नै क्षेत्रको ‘विकिन्ड लिग’ मा प्रतिस्पर्धा गर्छन् । |
‘अन्नपूर्ण होस् वा सगरमाथा, ट्रेकिङले लोभ्याउँछ’ |
जगदीश्वर पाण्डे |
झन्डै ४ वर्षे कार्यकाल सकेर नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट गत बुधबार घर फर्किइन् । नेपाल आउने बेलायतकी पहिलो महिला राजदूत हुन्– पोलिट । घर फर्कनुअघि पोलिटसँग जगदीश्वर पाण्डेले गरेको कुराकानी : |
हिउँभन्दा चिसो नौरतीको कोख |
रीना मोक्तान |
पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘दद्या’ हेर्नुभएको छ ? १७ मिनेटको यो लघुफिल्मले सन् २०१७ मा सन्ड्यान्स फिल्म फेस्टिभलमा सिनेमेटोग्राफीतर्फ स्पेसल जुरी अवार्ड जित्यो । फिल्ममा जुम्लातिरका एक दम्पतीको कथा छ, जो गाउँमा एक्लिएका छन् । बसाइँ सरी जाने अन्तिम परिवारले बिदा नमागी गाउँ रित्याएपछि बाँकी दम्पतीले दद्या (काठको मूर्ति) को कुँदाइ थाल्छ । |
असार ९, २०८० |
सुर–तालमा पनि एआईको उदय |
सजना बराल |
विश्व संगीतका सर्वकालीन महान् गायक जोन लेनन आफ्नो प्रतिष्ठित गोलो चस्मा लगाएर मन्द मुस्कानसहित स्टेजमा देखा पर्छन् । अमेरिकी गायिका एरियाना ग्रान्डी पञ्जावी गीत गाउँदै छिन् । र्याप विधाका हस्ती कान्य वेस्ट काउब्वाई ह्याट लगाएर कन्ट्री सङ गुनगुनाइरहेका छन् । आजभन्दा १४ वर्षअघि नै दिवंगत माइकल ज्याक्सनको आवाज अहिलेका जल्दाबल्दा गायक विकेन्डका गीतको कभर भर्सनमा सुनिन्छ । यो सबै वास्तविकता होइन, तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सम्भव बनाएका पछिल्ला सांगीतिक गतिविधि हुन् । अब कुनै दिन हाम्रै स्वरसम्राट् नारायण गोपाल वा स्वरकिन्नरी अरुणा लामाको आवाजमा एआईले निर्माण गरेको नयाँ गीत सार्वजनिक भए आश्चर्य नमाने हुन्छ । |
हराएको एउटा काँठ |
राजेन्द्र पराजुली |
कोटेश्वर कहिलेसम्म काँठ रह्यो ? यसको तिथिमितिगत उत्तर सम्भवतः कसैसँग पनि छैन । यतिचाहिँ किटानीका साथ भन्न सकिन्छ– जनआन्दोलन २०४६ को सफलतापछि कोटेश्वरको काँठेपनामा क्रमशः कमी आउन थालेको हो । तीसको दशकमा कोटेश्वर काँठले उच्चबिन्दु स्पर्श गरेको देखिन्छ । सोही दशकको एक भोक्ताको फ्रेमबाट हेर्दा यो काँठ अथवा सहरको किनारबारे यस्तो स्मृति ताजा बनेर आएको छ । |
नेवारी स्वादको नशा |
शेखर खरेल |
बेलायतको रियालिटी कुकरी सेरिज बीबीसी मस्टरसेफ प्रतियोगिताको सन् २०२० संस्करणको सेमिफाइनलमा नेपाली सेफ सन्तोष साहले यस्तो परिकार पस्किए, जसको जादुले उनलाई अन्तिम छ (फाइनलिस्ट) पुग्नबाट रोक्न सकेन । चकलेट, काजु र खोर्सानी भरेर तयार गरिएको योमरीले जसै सेलेब्रिटीले सेफ एर्न्ड्यु वोङको जिब्रो चुम्यो उनको ‘वाह’ र ‘यम्मी’ सँगै साहले ‘फाइनलिस्ट’ को सिट सुरक्षित गरे । |
‘अनुवाद दोस्रो दर्जाको नागरिकझैं छ’ |
कान्तिपुर संवाददाता |
विशेषतः हिन्दी भाषा/साहित्यका सामाग्री नेपाली अनुवादमा ल्याएर अलग नाम बनाएका श्याम प्रधानले पछिल्लो पटक स्वतन्त्र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको आत्मकथा प्रकाशनमा ल्याएका छन् । यसअघि अनुवादमै ‘प्रेमचन्दका उत्कृष्ट कथा’, ‘देवदास’ (शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास), ‘हिनामिना’ (प्रेमचन्दको उपन्यास ‘गबन’) प्रकाशनमा ल्याइसकेका प्रधानको अर्को अनुवाद ‘कुलवधू’ (रवीन्द्रनाथ टैगोर) प्रकाशोन्मुख छ । |
पांग्रामा गुडिरहेको सभ्यता |
सुरेश ढकाल |
पांग्राको आविष्कार सभ्यताको मानक कथा हो । यो त्यस्तो प्रविधिको आविष्कार थियो, जसले मानव सभ्यतालाई आजको उन्नत अवस्थासम्म यात्रा गरायो । संस्कृतिको उद्विकासमा छोटो अवधिमै लामो दूरी तय गर्न मान्छेको अन्य प्राविधिक आविष्कारका तुलनामा पांग्राको योगदान महत्त्वपूर्ण छ । महाभारतको रथदेखि सुपर–सोनिक जेटको कथा खासमा पांग्राबिना सम्भव थिएन । प्रविधि युगको आदिकथा हो– पांग्राको कथा : यो सामान्य पांग्राको केही असामान्य फुटकर कथा हो । |
सिमानाको हुलिया |
प्रोल्लास सिन्धुलीय |
हुजुर पक्कै साहेब भैलिनुपर्छ ! यतैको भैलिनुहोला कतै न कतैको भैलिनुहोला ! |
मनाङ जाने पुरानो बाटो |
सुरेश किरण |
जहाँसुकै होस्, सामान्यतया बाटो खुलेपछि त्यसले अरू धेरैथोक खोलिदिन्छ । तर, बाटोले सबै विषय खुल्ने मात्र होइन, खुलिरहेका धेरै कुरा बन्द पनि गरिदिँदो रहेछ । सायद बाटो भन्नु नै यही हो । हामीलाई बाटोको राजनीति राम्रै थाहा छ, बाटोको अर्थनीति पनि बुझेका छौँ । सायद बाटोको संस्कृतिचाहिँ बिर्सेका छौँ । |
‘बडीबिल्डर’ को शुभविवाह प्रकरण |
सुकन्या वाइबा |
‘थाहा’ का रूपचन्द्र विष्टको २४ औं स्मृति दिवसको पूर्वसन्ध्यामा म उनकै स्मृतिहरूमा पसिरहेको छु । कस्ता थिए रुपचन्द्र ? के सोच्थे उनी ? ती दिनतिर पसिहेरे म देख्छु उनको एक सग्लो ‘बडीबिल्डर’ अनुहार । |
असार २, २०८० |
चिप वार : बदल्दै छ भविष्यको संसार |
सजना बराल |
जापानका दुई सहर (हिरोसिमा र नागासाकी, सन् १९४५) मा संयुक्त राज्य अमेरिकाले परमाणु बम खसालेपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । त्यसपछि सुरु भएको आणविक हतियारको दौडले झन्डै पाँच दशक लामो शीतयुद्ध मात्रै सिर्जना गरेन, क्युबा मिसाइल संकटसमेत गरी विश्वलाई तीन पटक आणविक युद्धको डिलमा पुर्यायो । |
एक विद्रोही रूखको मिथक |
कुन्साङ |
प्रत्येक दिन मेरा जोर आँखा एउटा रूखमा टक्क अडिन्थे– घरबाट निस्कँदा, घरभित्र पस्दा । कहिले रूखको टुप्पोमा घाम अड्किएको हुन्थ्यो त कहिले जून । कहिले रूखको नाङ्गो हाँगा–हाँगामा ठक्कर खाँदै भुइँतिर झरिरहेको हुन्थ्यो– हिउँ । कहिले रूखमाथि बसेर चराहरू चिरबिराइरहेका हुन्थे । कहिले हरिया पातहरू लहराउँदै हावाको लयमा नाचिरहेको हुन्थ्यो– त्यो रूख । |
‘बिमार निको पार्ने बाज्या’ |
ज्योति कटुवाल |
राउटे बस्तीका मूल धामी कर्णबहादुर शाही (९४) असलमा एक वैद्य थिए । उनको महाप्रस्थानपछि बस्तीमा शोक थपिएको छ । राउटेहरूमा अब एउटै चिन्ता छ– अब बिमार भए कहाँ जाने ? कसलाई भन्ने ? प्रायः राउटेहरू आधुनिक चिकित्सा विज्ञान र औषधि उपचारमा विश्वासै गर्दैनन् । जति नै बिमार भए पनि ती स्वास्थ्य संस्था जाँदैनन् । बिमारहरूले वैद्य (डाक्टर) का रूपमा अथाह इज्जत/सम्मान गर्ने कर्णबहादुरपछि राउटे बस्तीमा अर्का उस्तै अनुभवी र परिपक्व वैद्य अब छैनन् । |
‘निर्माताले फिल्मलाई ऐयासीको अखडा बनाए’ |
रीना मोक्तान |
महिलाका लागि अनुदार थियो त्यो समाज, त्यस्तो जमानामा अभिनयमा प्रवेश गरिन्– भुवन चन्द (७६) । आफन्तका गालीलाई बेवास्ता गरेर आफैंले रोजेको बाटो हिँडिन् र बनिन्– नेपालको पहिलो अभिनेत्री । नेपाली भाषाको पहिलो फिल्म ‘आमा’ बाट अभिनय सुरु गरेकी भुवनकै कारण महिला चरित्र–चित्रणको बहस यहाँसम्म आइपुगेको छ । उनले ४ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । चन्दसाग रीना मोक्तानको वार्ता : |
कनियाँ पुतराको पञ्चैती खेल |
रिता साह |
यो आँप पाक्ने मौसम हो । यो मौसमले मलाई मेरो गाउँले बाल्यकालतिरको स्मृतितिर लैजान्छ । हाम्रो गाउँ सप्तरीको दक्षिणी भेगमा छ । गाउँमा हाम्रो आँपको ठूलो बगैंचा थियो, हामी फूलबारी भन्थ्यौँ । गर्मीमा टोलभरिका बच्चाहरू दिनैभरि फूलबारीमा विभिन्न खेल खेल्थ्यौं । हाम्रो मन पर्ने खेल– कनियाँ पुतरा । एक जना बेहुली बन्ने, अर्को बेहुला । एक जना आमा र अर्को बुवा । अर्थात् हामी घर–परिवार र समाजमा जे देख्थ्यौँ, त्यही नक्कल गर्थ्यौंँ । बेहुली बन्न आमाको साडी चोरेर ल्याउँदा कुटाइ पनि खान्थ्यौँ । |
म भेटिएको सूचना |
शान्ति प्रियवन्दना |
म छोरी मैले माइतीको इज्जत धान्नुपर्छ म बुहारी मैले अदबमा बस्नुपर्छ म पत्नी पतिको सफलताका पछाडि मेरो हात हुनुपर्छ म आमा मैले सन्तानलाई असल संस्कार दिन सक्नुपर्छ |
मनमा फुलेको ‘नीरफूल’ |
बिना थिङ |
अचानक उभिएको धर्ती हल्लियो । नजिकै थियो ढुङ्गामाटोले ठडिएको घर, हेर्दाहेर्दै गर्ल्याम्म ढल्यो । हेर्दाहेर्दै छेउछाउका पहरा खसे । डाँडा र फाँट दुवैतिरका घरहरू ढल्न थाले । धूलोको कुहिरोले ढाक्यो संसार । कोलाहल छायो । अत्यासले अत्तालिए सबै । यी सब अचानक भएका थिए । योजनाबद्ध रूपमा त म पो हिँडेकी थिएँ, नुवाकोट । |
किनारको विशेष कुनो |
बारबरा निम्री अजिज |
डा. बारबरा निम्री अजिज योगमाया र उनको महिला मुक्तिको आन्दोलनमाथि अध्ययन गर्ने अमेरिकी मानवशास्त्री हुन् । योगमायाका अलवा तिब्बत र नेपालको हिमाली भेगको मानवशास्त्रीय अध्ययनका लागि कहलिएकी उनी पारिजात र उनकी बहिनी सुकन्यासाग आत्मीय रूपले नजिकिएकी थिइन्, जसबारे उनीसाग अनेकन् स्मृति छन् । समाजवादी आदर्शको दृष्टिकोण राख्ने साहित्यकार दिदी–बहिनीले गरिब बालबालिकाका लागि विद्यालय पनि खोलेका थिए, जसबारे बारबराले अंग्रेजीमा लेखेको संस्मरण घनश्याम खड्काको अनुवादमा : |
उकुसमुकुस ती दिन |
संगी श्रेष्ठ |
इन्द्रेणीका रङझैं हुन्, हाम्रा मानवीय संवेदना । जीवन भोगाइका क्रममा व्यक्त–अव्यक्त प्रत्येक भावलाई म फरक–फरक रङ र फरकफरक ‘टेक्स्चर’ का रूपमा महसुस गर्छु । कतै लैंगिक, सामाजिक, पारिवारिक, व्यक्तिगत त कतै राजनीतिक घटनाले हाम्रा चेतन–अवचेतनमा प्रभाव पार्छ । ती प्रभावलाई म रङ र रेखाको भाषामा लेख्छु । ती रंगीन भावसँगै आउँछन्, बाधा अड्चन । ती बाधाहरू पनि मलाई काला रेखा हुन्झैं लाग्छ । जसरी हाम्रा भावना बन्धनमा बाँधिएका हुन्छन्, उसैगरी भावनारूपी रङहरू कालो रेखाले बाँधिएका हुन्छन् । |
जेष्ठ २७, २०८० |
चीनदेखि रुससम्म घुमेको ‘आवारा’ |
ध्रुवचन्द्र गौतम |
‘आग’, ‘बरसात’, ‘आवारा’, ‘बुट पालिश’ फिल्मबाट भारतमा मात्रै होइन रुस, चीन र मध्यपूर्वमा पनि प्रसिद्ध थिए– राज कपूर । रुसमा उनी यति लोकप्रिय थिए कि कम्युनिस्ट नेताहरू मञ्चमा ‘आवारा हुँ’ गाउँथे । राष्ट्रपति बोरिस येल्तसिनले लेखेका छन्, ‘म राज कपूरसँग विछट्टै प्रेममा थिएँ ।’ आज पनि ‘आवारा हुँ’ को रुसी–भर्सन बेलाबेला गाइन्छ । यता चीनमा माओ पनि गुनगुनाउँथे– ‘आवारा हुँ’ । राज कपूर स्मृति दिवस (जून–२) को सन्दर्भमा उनको सम्झना : |
जीवनको भुमरीमा ओ हेनरी |
अभय श्रेष्ठ |
प्रेमको महानता मोपासाँको ‘द नेकलेस’ वा ‘द बल अफ फ्याट’, चेखबको ‘अ केमलिन’ वा ‘वार्ड नं सिक्स’ जस्तै ओ हेनरीको सबैभन्दा प्रख्यात कथा हो, ‘द गिफ्ट अफ मेजाई ।’ कहिलेकाहीँ सामान्य पृष्ठभूमिमै असाधारण कृति जन्मिन्छ । हेनरीका एक जना गरिब साथीको दम्पतीबीच अद्भुत प्रेम थियो । कथाको प्लटबारे घोरिँदै गर्दा तिनै साथी आइपुगे र उनलाई त्यो प्लट फुर्यो । तीन घण्टाभित्रै उनले लेखेको त्यो अद्भुत कथा विश्वसाहित्यमा प्रेमको महान् दस्तावेज बन्न पुग्यो । |
सत्यसँग साक्षात्कार |
श्रीश भण्डारी |
मानव चेतना रहस्यै रहस्यको पुञ्ज हो, जहाँ सूक्ष्मतम समयमा अधिकमत सम्भावना अनुभूत हुन सक्छन् । अनुभूति त जुनसुकै जीवको पनि हुन सक्छ– सुखात्मक वा दुःखात्मक, लौकिक वा अलौकिक, प्रत्यक्ष वा परोक्ष । तैपनि मान्छे आफ्नो भोगाइलाई मात्रै संसार ठान्छ । आफ्नै अनुभूतिलाई नै सर्वस्व मान्छ । लोक–व्यवहारमा हामी जेलाई अनुभूति भनिरहेका छौं त्यो अनुभूति नभएर अनुभव मात्रै पनि हुन सक्छ । किनभने ती प्रायः पञ्चेन्द्रियका बाह्य–वृत्तिको कारोबारमा मात्रै सीमित हुन्छन् । |
मुन्छेको जिन्दगी हाटे–यात्रा |
अनिता न्यौपाने |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.