text
stringlengths
2
914
लेखक ओम रिजालको पहिलो उपन्यास ‘हटारु’ हाट जानेको कथा होइन, हाटजस्तै जीवन भोगेका महिलाको कथा हो । यो संसारै एउटा हाट हो, बजार हो र हामी मानिसचाहिँ हटारु । मान्छेको जीवन हटारुका झैं दुःखहरूले निर्माण भएको छ ।
कमरेड ‘गोपीक्याँच’ को लीला
श्यामल
उनी मेरो बोलाइलाई ‘साहसिक वक्तृत्व’ मान्छन् र सोही कारण मेरो प्रशंसा गर्छन् । म उनको बान्की मिलेको, ध्वनि र व्याकरणसम्मत, आरोह–अवरोहको उचित ख्याल गर्ने गरेका कारण आकर्षक बनेर कण्ठबाट निस्कने शौष्ठवले पूर्ण लयात्मक गद्यको प्रशंसा गर्छु । उनी मेरो कविताको शक्तिको इज्जत गर्छन्, म उनको मान्छेलाई जुरुक्क उचाल्ने भाषण शैलीको तारिफ गर्छु ।
रोल्पाली ‘दिदीबहिनी खेती’ को सम्झनामा
नवीन विभास
उत्तरी रोल्पा जैपामा भुइँ उज्यालो बसेपछि जेईले तीतेपातीको आठ/दसवटा मुर टिपिन् । नाकमा झुन्डिएको सुनको बुलाकीमा पाती मुर छुवाइन् । त्यसलाई मकैको बीउमा राखिन् । तलमाथि चलाइन् ।
‘नामसरा थपिनी’ को खोजी
सञ्जय शर्मा खेतारे
युट्युबमा ‘फर भ्यालर’ (१९४५) नामक एक मिनेट २७ सेकेन्डको एउटा श्यामश्वेत भिडियो भेटिन्छ । यो भिडियो ७८ वर्षअघि सन् १९४५ मा ब्रिटिस–भारतको नाउसेरा (हाल पाकिस्तान) मा खिचिएको हो । भिडियोको सुरुमा एक बेलायती गोरा अफिसर ‘पाँच गोर्खा’ (फिप्थ गुर्खा राइफल्स) लाई निगरानी गर्दै अघि बढ्छन् । लगत्तै, एक गोर्खा सिपाही ती गोरा अफिसरसँग हात मिलाउँछन् । गोर्खा सिपाहीको नाम नायक अगनसिं राई हो ।
जेष्ठ २०, २०८०
‘कायाकल्प’ को साँघुमाथि मानव समाज
यादव देवकोटा
जोखिमको भट्टी नदीको एक किनारामा उभिएको जीवलाई अर्को किनारामा पुग्न या पौडन सक्ने खुबी चाहिन्छ या साँघुको । आज त्यो साँघु परम्परागत साँघुमै सीमित रहेन । जहाज, पानीजहाज नै किन नहोस्, तिनले गर्ने काम फेरि पनि साँघुकै हो– मानिसलाई एक किनाराबाट अर्को किनारामा पुर्‍याउनु !
सेतो सलको उकुसमुकुस
मधु शाही
गाउँको स्कुल छाडेर काठमाडौं सहरमा पहिलो पाइला टेक्दा मनभरि थियो, उत्साह । नयाँ सहर, नयाँ साथी, नयाँ जीवनशैली ! मेरो खास चासो थियो– कुन स्कुल पढ्ने ! टाई, सर्ट, पाइन्टमा ठाँटिएर स्कुल जाने रहर थियो मेरो, तर त्यो रहर आखिर सपना भइगयो ।
साइकलको समाजशास्त्र
तारालाल श्रेष्ठ
विश्व साइकल दिवसको संघारमा साइकल हाँकिहिँड्दा मनमनै प्रश्न गर्छु– जुन देशमा राष्ट्रिय साइकल दिवस मनाइन्न त्यस देशमा अन्तर्राष्ट्रिय साइकल दिवस मनाउनुको मतलब के ? एक सामाजिक वैज्ञानिक प्राध्यापकले भुइँतहबाट हाँकेको समाजशास्त्रीय अभियानलाई संयुक्त राष्ट्रसंघले कसरी विश्व साइकल दिवसको मान्यता दियो ?
चराहरूलाई मोज छ
गनेस पौडेल
प्रिय विपश्वी, गुरु खिन्से नोर्बु रिम्पोछेको फिल्म ‘डाकिनी’ हेरेपछि यो पत्र लेख्दै छु । यति लामो अन्तरालपछि लेख्दै छु कि नेपाली ‘फन्ट’ मा लेख्दा निश्चित अक्षर र चिह्नका लागि कम्युटरमा राखेका ‘सर्टकट की’ के–के थिए भन्ने बिर्सिसकेको रहेछु । मलाई घरी ‘ङ’ ले अड्काउँथ्यो घरी ‘विष्मयाधिबोधक’ ले । घरी आधी ‘र’ ले रन्थन्याउँथ्यो घरी पूरै ‘फ’ ले फसाउँथ्यो । ‘फन्ट’ सँग अड्किरहनुपरेपछि सोचेँ– लुते कुरामा अड्केर बस्नुभन्दा नयाँ बनाउनु ठीक ।
त्यसबखतको नेपाल–वृत्तान्त
जनकराज सापकोटा
सन् १९४४ देखि १९५२ अवधिको नेपाली राजनीति, अर्थनीति, वैदेशिक सहायता र कूटनीतिबारे अमेरिकीहरूले कस्तो व्यवहार गरे ? कस्तो बुझाइ राखे ? कस्तो दृष्टिकोणका साथ सम्बन्धको विस्तार गरे ? यो बझ्न सघाउँछ– अमेरिकी अध्येता ड्यान इडवार्डस लिखित ‘अमेरिका मिटस नेपाल : प्रोब्लम्स, पर्सनालिटिज एन्ड पोलिटिकल चेन्ज’ किताबले । नेपाली राजनीतिका छिनाझपटीदेखि राणा दरबारभित्रको छलफलका विषय, तत्कालीन नेपाली समाजको सामर्थ्यदेखि २००७ सालको क्रान्तिमा भएको नेपाली कांग्रेसले गरेको गतिविधिमाथि अमेरिकी बुझाइ, काठमाडौंस्थित ब्रिटिस दूतावासको बुझाइ, भारतीयहरूको व्यवहार–बुझाइबारे पनि किताबले प्रकाश पार्छ ।
‘म एक फकिर, एक गृहस्थ’
दीपक सापकोटा
कवि रमेश क्षितिज कहिले आफूलाई सरल ठान्छन्, कहिले जटिल । भन्छन्, ‘पहिलेको समाजमा मानिसका दुःख साना र सरल हुन्थे, अहिलेका दुःख जटिल र बढी गुजुल्टिएका छन् ।’
अब हिसाब हुनेछ
विप्लव प्रतीक
यहाँ सबको हिसाब हुनेछ पाप गरेर प्रार्थनागृह बनाउनेहरुको निरीहको गला निमोठ्ने अट्टाहासीहरुको हिसाब हुनेछ, सबको हिसाब हुनेछ ।
जो सगरमाथाबाट हराए
कुम्भराज राई
२५ तारिख (११ जेठ) बिहीबार राति रञ्जितकुमार साह र उनका गाइड लाक्पानुरी शेर्पा साउथ समिट (८६००) मिटरमाथि उक्लिसकेका थिए । चुचुरो पुग्न करिब दुई सय मिटर बाँकी थियो । रातको १ बजेर ५५ मिनेटमा एक्कासि उनको जीपीएस अफ भयो । जीपीएस ट्र्याक गरिरहेका ङिमादेण्डी शेर्पालाई लाग्यो– पक्कै ब्याट्री सकियो । साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगिसक्नुपर्ने थियो ।
जेष्ठ १३, २०८०
एक निर्माणाधीन ‘भगवान्’ को भविष्य
विष्णु सापकोटा
अढाई महिनाअघि, मार्च १५ को त्यो तारिख मेरा लागि एक सामान्य दिन थियो । तत्काल गर्दै गरेको काममा दिल नबसेका बेला परेर होला, मनले कुनै परगमन खोजिरहेको थियो । ‘यसो गर्छु’ भनेर सचेत निर्णय गरेको त थिइन, तर के–के न भइहाल्छ कि सोच्दै अनायास फोन झिकेर ट्वीटरमा आँखा डुलाउन थालेको रहेछु । मेरा जोर आँखा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेको एउटा ट्वीटमा पुगेर अडिए ।
सबै याद राखिनेछ
अमीर अजिज
भारतीय जमघट, विरोध र प्रदर्शनमा अचेल एउटा कविता नियमितजसो वाचन हुन्छ– ‘सब याद रखा जायगा ।’ भारतीय युवा कवि अमीर अजिजले समकालीन असहिष्णु धार्मिक राज्यसत्तामाथि लेखेको यो कविता चर्चित बेलायती रक ब्यान्ड पिंक फ्लोयडका संस्थापक सदस्य तथा कलाकार रोजर वाटर्सले अंग्रेजीमा अनूदित गरी सन् २०२० को जनवरीमा वाचन गरेपछि यसको विश्वव्यापी चर्चा चुलिने क्रममा छ । विद्रोहको प्रतीक भएको छ यो कविता :
तीन चुल्हामा नुमाको दाबी
कैलाश राई
किराती र दलितबीचको अन्तरजातीय विवाह, जातीय समानता र वंश–विस्तार अधिकारको सम्मिश्रण हो, प्रगति राईको उपन्यास– ‘थाङ्ग्र्रा’ । यो उपन्यासमा लेखकले अघिल्लो उपन्यास ‘लेखककी स्वास्नी’ कै पात्रहरू– सुशान्त, नुमा, साया र सोमालाई सशक्त रूपमा उभ्याएकी छन् ।
‘डार्क फेन्टासी’ का कथा–खजाना
राजकुमार बानियाँ
जोगी जिन्दगीमाथि लेखिएको ‘निर्वेद’ उपन्यासमार्फत परिचित शैलेन्द्र अधिकारी ‘डार्क फेन्टासी’ ले भरिएका कथाको बिटो लिएर आएका छन्, ‘ब्रह्मास्त्र’ । फ्रायड, नित्सेदेखि निरोसम्मका विचारवाहक उनका कथा मानिसको आवरणभन्दा पनि अन्तर्मनको व्याकरण खोतल्न सफल छन् ।
इच्छुकका बागी रङहरू
लोमनकुमार सुनार
जलजला शिरभन्दा परको शान्त थबाङ कृष्णसेन इच्छुकले नजिक पुगेर हेर्दा उजाड र अशान्त थियो । सैनिक दमनले थिचिएका थबाङका गाउँले बरु वनवास गए, तर झुकेनन् पञ्चायती व्यवस्थासँग । र, निर्भीकतापूर्वक तिनले निर्दलीय चुनाव बहिष्कार गरे, भज्याङहरूमा प्रतिरोधी किल्ला खडा गरे । थबाङको त्यो साहस, शौर्य र वीरतामाथि उनले लेखे, ‘त्यो प्यारो–प्यारो पहाडी गाउँको नाम थबाङ हो ।’ विसं २०३८ मा ‘त्रिकोण’ मा छापिएको यही कविताबाट उनी प्रगतिवादी लेखनमा अविरल हिँडिरहे ।
जब बुंगद्यः कलशमा थुनिए
मल्ल के. सुन्दर
ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।
आमाहरुविरूद्ध एक जरूरी कारबाही
विनोदविक्रम केसी
स्वप्निल ! एक बाजी त आमाहरूसँग पनि लड्नुपर्थ्यो हामीले बूढीमाउहरूलाई एकचोटि त स्वाद चखाउनैपर्थ्यो !
‘किताबबाटै श्रापित यो जिन्दगी’
कान्तिपुर संवाददाता
कवि युयुत्सु आरडी शर्माको कवितासंग्रह ‘लस्ट होरोस्कोप’ हालै प्रकाशित छ, जसमा कोभिड महामारीको अनिश्चतता, डर, अन्धकार र त्यसबेला मान्छेले गरेका संघर्षका कथा छन् :
मैले पनि नजन्माएको छोरो
ज्योति जङ्गल
कालजयी रचनामा आधारित भएर पुनर्सिर्जन गर्ने परम्परा संसारैभरि छ । प्राचीन धार्मिक साहित्य वा महान् स्रष्टाका कृतिका पात्रको पुनर्व्याख्या, पुनर्कथन वा नवकथनका लागि यस्तो शैली आगालिएको पाइन्छ । यस्तै प्रसिद्ध कथाहरूको सन्दर्भ, पात्र वा घटनामा आधारित भएर लेखिएका नयाा कथा ‘कोसेली’ ले ‘उत्तरकथा’ स्तम्भमा प्रस्तुत गरेको छ । यस अंकको उत्तरकथाको स्रोतकथा हो– पारिजातको ‘मैले नजन्माएको छोरो’ ।
जेष्ठ ६, २०८०
रजोनिवृत्ति : बिसौनीपछिको यात्रा
विद्या राई
युगौंदेखि एक ‘सांस्कृतिक डर’ बनेर हामीसँगै बाँचिरहेको छ– रजोनिवृत्ति । समाजजडित डरहरूकै कारण स्त्री जीवनकालमा भोग्नैपर्ने प्राकृतिक प्रक्रियालाई पनि लुकाउने प्रयास गरिरहन्छिन् । सायद त्यसैले रजोनिवृत्ति इतिहासमै एक अरुचिकर खोज हो । सपनाबाट ब्युँझिएर पसिनामा लतपत भिज्नुजस्तै साधारण कथा पक्कै होइन रजोनिवृत्ति ।
चोर
बिना थिङ
संगीता चोर होइन । ... चिम्सा आँखा, सिरिक्क परेका आँखीभौंयुक्त एउटा अनुहार ‘पिपुल यु मे नो’ भनेर फेसबुक पेजले देखायो । चौंतीस म्युचुअल फ्रेन्डसहितको अकाउन्ट नेम थियो– संगीता थिङ । मैले त्यो प्रोफाइल क्लिक गरेँ । पारिजातका बिस्कुनबीचमा अंकुसे फुस्किएको चाँदी रङको एकजोडी पाउजुको तस्बिर भएको कभर फोटो देखेँ । त्यो देखेपछि थप उत्सुकता जाग्यो । ‘सी अल फोटोज’ मा क्लिक गरेँ । स्क्रोल गर्दै गएँ । ऊ थिई मेरी बालसखा ‘संगीता’ । मेरो मस्तिष्कमा उत्तानो परेको अरिमुठ्ठेको सयौँ खुट्टाजसरी विगत गुजुङगुजुङ गर्न थाल्यो ।
के यो कहानी सुनिएला ?
सुल्ताना बानु
लौ सुन म भन्छु, मेरो राम कहानी त्यो एक दिनको घाम, सयौं दिनको पानी गोपाल योञ्जनको सङ्गीत, शब्दमा स्वरसम्राट् नारायण गोपालले गाएका यी पङ्क्ति अधिकांश नेपालीले सुनेको हुनुपर्छ । यी हरफ पढ्ने–सुन्ने जोसुकैले यसका भावलाई सम्भवतः आफ्नो भोगाइ र परिस्थितिअनुकूल बनाउँछन् र सायद गुन्गुनाउँछन् ।
म मोक्ष नपाएकी ‘मुवाहजुर’
सगुना शाह
रंगमञ्चमा यसअघि पनि थोरबहुत अभिनय त गरेकै थिएँ, तर सबैभन्दा सुखद अनुभूति भयो नाटक ‘विमोक्ष’ मा, ‘मुवाहजुर’ भएर । सन् २०१३ मा ‘टेलिङ अ टेल’ किचन ड्रामामा मैले आफ्नै संस्मरणमाथि अभिनय गरेकी थिएँ । त्यो नाटक नै रंगमञ्चमा मेरो सुरुवात थियो । त्यसपछि मैले विलियम शेक्सपियर अनि इव एन्स्लर लिखित नाटकमा अभिनय गरें ।
तिमी जन्मिएको दिन
नीलम कार्की निहारिका
यदाकदा म यसरी पनि सोच्ने गर्छु– तिम्रो जन्म दिन तिमी मसँग छुट्टिएको दिन थियो
गोदना : बडिअयोको गहना
संगीता उराँव
करमधरम पुजामा गाइने गीतको एउटा हरफ यस्तो छ– ‘गोदना पराइदे हता शरीरमे ।’ ढोलकको तालमा गाइने यो समूह–गीतले पूरै गाउँ गुन्जिन्छ, खास गरी झुमर खेल्ने बेला । यो गीत हाम्रो समुदायमा गोदना संस्कृतिको इतिहासजस्तो हो । ‘कुडुख’ आदिवासीका लागि गोदना बनाउनु एक संस्कृति हो । मैले त आमा र हजुरआमाको शरीरभरि गोदना देखें । तर, यो संस्कृति पुस्तौंदेखि चलेर आयो आजसम्मै ।
‘गायक गाउँदै छ कि लिप–सिंक गर्दैछ ?’
सजना बराल
‘अभया एन्ड द स्टिम इन्जिन्स’ की प्रमुख अभया सुब्बा नेपाली रक–पप संगीतप्रेमीमाझ चर्चित् छिन् । आफूलाई कोरियाली सांगीतिक समूह ‘बीटीएस’ को प्रसंशक बताउने उनी संगीतमा महिलाको उपस्थिति बढाउन बर्सेनि ‘विमेन इन कन्सर्ट’ आयोजना गर्छिन् । रक संगीत, महिला संगीतकर्मी र प्रविधिबारे सुब्बासँग सजना बरालको कुराकानी :
नाकाबन्दीमा महिला
एरिना ताम्राकार
हो तिनै महिलाहरु हुन् । नाकाबन्दीका ती कैयन महिलाको कथा–व्यथामा म अहिले प्रवेश गरिरहेको छु, ऊबेला मैले बनाएका चित्रहरुमार्फत् । म स्वयंले भोगेका, सुनेका, देखेका र सहनै नसकिनेगरि दुखेका ती क्षण आज फेरि बल्झेका छन् आलो घाउ बनेर ।
वैशाख ३०, २०८०
संसारभर फैलिएको जातको डढेलो
विश्वास खड्काथोकी
भीमराव अम्बेडकरले सन् १९१६ मै भनेका थिए, ‘यदि पृथ्वीका अन्य क्षेत्रमा हिन्दुहरू बसाइँ सरे भने विश्वकै ठूलो समस्या बन्नेछ– जात ।’
सात सय लिगलिगका सीमारेखा
नवीन विभास
हात पुग्दैन लौरा छोटो, पहरैमा सुन छ ! अर्कैलाई सम्झाने मन, आफैँ किन रुन्छ !! रोल्पा–रुकुममा खोला तर्दा, नुनहाट जाँदा, गीतैका भाकामा, मायालु डाँकामा ‘पहराको सुन हात पार्न लौरा’ सहारा लिने चलन छ । सारङ्ङे र नचारुमा हातमा लौरा लिएका ‘बड्डाहरू’ सँगै नाच्छन् । नाचमा मात्र होइन नि, ‘बड्डाहरू’ का मन बैराँगिदा पनि लौरा साथैमा हुन्छ ।
मिथिलाको कोसेली
सरस्वती पाण्डे
कथाकार रेणुका जीसीको पहिलो कथासंग्रह ‘सनेस’ ले नेपाली समाजको यथार्थ ऐना देखाउँछ । सरल, प्रवाहमय भाषामा यी कथाहरूले पहाड, मधेसका नभनिएका कथा भन्छन् । यी कथाका परिवेश हुन्– पर्वत र रौतहट । लेखक बाँचेको समाज, समयको यथार्थलाई टपक्कै टिपेर सुन्दर शिल्पमा यी कथाले समाजको वास्तविक चित्र–चरित्र उतारेको छ । मौलिक र विश्वसनीय लेखनशैलीले पाठकलाई आफ्नै कथा पढिरहेजस्तो लाग्नु संग्रहको विशेषता बनेको छ ।
यो ऐँठन– मिथ, इतिहास र युद्धको
कान्तिपुर संवाददाता