text stringlengths 2 914 |
|---|
लेखक विवेक ओझाको नयाँ उपन्यास ‘एोठन’ हालै प्रकाशित छ । ‘ऐलानी’ पाठकले रुचाएको उनको उपन्यास हो : |
५० वर्षअघि, ५० वर्षपछि |
जेरार्ड तोफाँ |
सन् १९७० को दशकको सुरुवातमा मैले अध्ययन गरेको सानो एकल उपजातीय नेवार कृषि गाउँ हो– प्याङगाउँ । नेपालमा विगत ५० वर्षमा आएका ठूला परिवर्तनको प्रभाव कस्तो छ यो गाउँमा ? सन् २०२२ नोभेम्बरमा मैले प्रारम्भिक फिल्डवर्क गरेको ठाउँ (राजधानीभन्दा १७ किलोमिटर मात्रै टाढा) प्याङगाउँ फेरि घुमें । म पुग्दा मलाई केही युवाहरूले स्वागत गरे । ती मैले चिनेका पुराना गाउँलेका छोराहरू थिए । ती सबैको एउटै जोड थियो, ‘हाम्रो मौलिक संस्कृति जोगाउन तपाईंको सहयोग चाहियो ।’ |
गएको मान्छेलाई सम्झेर |
गिरि श्रीस मगर |
जस्तो हुन्छ प्रकाशबिनाको तारा वा नदीबिनाको किनारा सायद त्यस्तै भएको छु म– तिमी गएपछि अचानक ! |
कटासे लाइभ |
दीर्घराज उपाध्याय |
पारि बर्दिया । वारी कटासे । बीचमा कर्णाली नदी । कटासेसँगै जोडिएको कुलारिया कुलो । दक्षिणतिर बग्ने जमरा । पूर्व–पश्चिम राजमार्गबाट करिब २/३ किलोमिटर दक्षिणमा पर्ने कटासे, जतिबेला राजमार्ग बनिसकेको थिएन, निकै गुलजार थियो । कटासे बजार त्यतिबेला सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाका लागि व्यापारिक केन्द्र थियो, जहाँ नुनदेखि सुनसम्मै पाइन्थ्यो । |
पावेल कर्चागिनका नाममा |
केशव दाहाल |
प्रसंग सुरु हुन्छ एउटा अविस्मरणीय नौका यात्राबाट । हामी टीकापुर साहित्य महोत्सवमा जाँदै थियौं । बाटामा यात्राको अद्भुत अनुभव गर्ने अवसर जुर्यो । त्यो थियो कर्णालीमा नौका विहार । त्यो दिन कर्णालीको कञ्चन पानीमा आकाशको छाया हेर्दै हामीले लगभग २४ किलोमिटर पार गर्यौं । हावासँग लय मिलाउँदै । लहरसँग मित लगाउँदै । कञ्चन नदीमा नौकाविहारको आनन्द के भने, मन नदीजस्तै कञ्चन हुन्छ । छातीभित्र लहरहरू उठ्छन् अनोकौं । सपना नाच्छन् मनमा र त्यसको रङ देखिन्छ आँखामा । त्यो दिन ठ्याक्कै त्यस्तै भयो, हामी कर्णालीमाथि पानीजस्तै बहकिँदै थियौं र मन नाच्दै थियो छमछम । |
अक्षर हराएको एउटा चिठी |
रीना मोक्तान |
यो चिठी होइन, कसैको हंस अडेको पाना हो तर, अक्षर उडेको पानामा प्राण कसरी भरूँ म ? के लेखूँ र दिऊँ यो चिठीमा भनूँ कि सबै ठीक छ, म आउँदै छु दसैंमा ? या लेखिदिऊँ सहिरहेछु कहर पुतपुत जलिरहेको भट्टीमा ? |
वैशाख २३, २०८० |
कस्सम, मलाई मेरै माया लाग्छ ! |
शिक्षा रिसाल |
प्रत्येकको जीवनमा एकपटक यस्तो समय आउँछ, जहाँ आफूले आफैंलाई रोज्नुपर्ने हुन्छ । परिवार, साथीभाइ, काम, वातावरण, कुनै विषय पनि त्यति महत्त्वपूर्ण हुँदैनन्, जति आफ्नो मनको शान्ति हुन्छ । त्यस्तो बेला आफैंलाई प्राथमिकतामा राख्नुपर्छ अनि केलाउनुपर्छ– तपाईंलाई के कुराले सताइरहेको छ ? के कुराले खुसी बनाउँछ ? |
किन पढ्ने ? कसरी पढ्ने ? |
मिलन पाण्डे |
मनोचिकित्सक हर्मन इबिङ्घसका अनुसार, कुनै पनि विषय पढेको २० मिनेटमै हामी ४२ प्रतिशत बिर्सन्छौं । २४ घण्टामा ६६ प्रतिशत, ७ दिनमा ७५ प्रतिशत र एक महिनामा करिब ८० प्रतिशत बिर्सन्छौं । डोनाल्ड आर बेकन र किम ए स्टिवार्टको अर्को एक अध्ययनले भन्छ– विद्यार्थीले पाठ्यक्रममा पढेका अधिकांश विषय दुई हप्तादेखि दुई वर्षसम्ममा बिर्सिन्छन् । धेरै विद्यार्थीमा ‘म पढेको विषय सम्झिनै सक्दिनँ’ भन्ने हीनताबोध हुनेगर्छ । तर, हामीले विद्यार्थीलाई यो बुझाउन सकिरहेका छैनौं कि ‘बिर्सनु एक प्राकृतिक विषय हो ।’ |
पुरुष अहम्को कथा |
जनक कार्की |
सामाजिक यथार्थवादी उपन्यास हो– ‘झुमर’ । लेखक सिम्रन क्षेत्रीको यो किताबले महिलामाथिको यताना, अपमानबारे बोल्छ । पुरुषप्रधान समाजमा महिलाले भोग्नुपर्ने हिंसाको पराकाष्ठा किताबमा वर्णन गरिएको छ । अस्तित्व बचाउन महिलाले गर्नुपर्ने संघर्ष छ । अशिक्षित मात्रै होइन शिक्षित महिला पनि कसरी पुरुषसत्ताको जालोमा जेलिनुपर्छ ? यो विषय उठाएको छ किताबले । पुरुषले महिलामाथि गर्ने शारीरिक यौन हिंसादेखि सामाजिक, मानसिक हिंसाका पाटो किताबमा छ । किताब भन्छ– लडेर पनि फेरि उठ्नुपर्छ । |
ठाडो भाकाको इतिहास |
कान्तिपुर संवाददाता |
लेखक लालबहादुर भुजेलको किताब ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ ले ठाडो भाकाको इतिहास खोतल्दै विभिन्न समयक्रममा यसमा योगदान पुर्याउनेहरूको चर्चा गरेको छ । किताबले ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेकन् विषयवस्तु पनि केलाएको छ । |
आमा बन्नुको मझधारमा |
सविता आचार्य |
तपाईं किन आउनुभएको ?’ ‘...भर्ना हुन ।’ ‘एक छिन बाहिरै बस्नुस् है, तपाईंलाई बोलाउनुहुन्छ... ।’ |
कोठा |
देवव्रत |
संसारका सबै सुन्दर चीज कोठामा कैद गर्न चाहान्छ– मान्छे |
हिप्पी युगमा यिङयाङ |
शिवकुमार श्रेष्ठ |
काठमाडौंमा सामाजिक–सांस्कृतिक हेराफेरी समयानुकूल मात्रै भएको थिएन, बरु यसमा बाहिरी जगत्को प्रभाव र छाप पनि थियो नै । अमेरिका–युरोपमा निकै चलेको हिप्पी संस्कृति यस्तै प्रभावको एउटा आधार थियो जुन नेपालसम्म, काठमाडौंसम्म आइपुगेको थियो । |
सिमसिमे पानीमा : ३ दशकको लोक–यात्रा |
रेखा शाह |
मुम्बईको प्रसिद्ध यशराज स्टुडियोमा छु । गुणस्तरीय रेकर्डिङ र सिनेमाको प्राविधिक कामका लागि यो स्टुडियो दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । सुविधासम्पन्न रेकर्डिङ र सिद्धहस्त प्राविधिकका कारण यसले यो उचाइ लिएको हो । एक गायिकाका रूपमा मेरा लागि यो ठाउँ एक मन्दिर हो । र, यहाँ आएर स्वर–पुष्पले यो स्टुडियो पुज्ने रहर थियो । माता सरस्वतीको कृपा होला, म अहिले मेरो ३ दशकअघिको गीत ‘सिमसिमे पानीमा’ पूर्ण एकोस्टिक बाजागाजाका साथ फेरि रेकर्ड गर्दै छु । |
पुस्तान्तरका अनौठा बहस |
अभि सुवेदी |
नेपालमा पुस्ता परिवर्तनको बहस हुन थालेको छ । बहस राजनीतिक दलबाट अनौठो किसिमले निस्किँदै छ । दलहरूले पुस्तान्तरको बहस गर्नु अत्यन्तै आवश्यक छ, तर त्यसको प्रयोग कसरी गरिन्छ ? त्यो हेर्नुपर्छ । |
वैशाख १६, २०८० |
आँसु नबगी उदासीको अन्त्य हुँदैन |
शैलीका छेत्री |
रुनु एक प्रमुख मानवीय घटना हो । मान्छेले मात्रै भावनात्मक अनुभवको प्रतिक्रियामा आँसु बगाउँछन् (कुक, सन् २०१३) । त्यसैले विकासवादी वैज्ञानिकहरू विश्वास गर्छन्– मानिसले सामाजिक कार्य पूर्ण गर्न भावनात्मक रुवाइको विकास गरेको हो । रुनुबाटै जीवन सुरुवात गरेका हौं– हामीले । सबै सामाजिक प्राणी रुन्छन् । खिन्नताका बेला आँसु सुकिउन्जेल रोएपछिको हल्कापनको तृप्त अनुभव कसलाई पो थाहा नहोला ! |
जलवायु संकटका पाँच अग्निपरीक्षा |
जीवन क्षेत्री |
विश्वव्यापी रूपमा जलवायु संकट गहिरिँदै गर्दा मेरो छोराको पुस्तालगायत हामी सबैले कस्ता नयाँ अग्निपरीक्षाहरूमा सामेल हुनुपर्नेछ त ? तिनीहरूको केही नमुना हेरौं मेरिओन ह्यान्सेल निर्देशित फ्रेन्च सिनेमा ‘साउन्ड्स अफ स्यान्ड’ बाट । ‘हर्न अफ अफ्रिका’ मा रहेको एउटा गाउँमा खडेरीले इनारहरू सुक्दै जान्छन् । पानीको स्रोत टाढा हुँदै हुँदै छ घण्टाको पैदल दूरीमा पुग्छ । दिनमा १२ घण्टा हिँडेर पानी बोक्न सम्भव नभएपछि गाउँलेहरू विस्थापित हुन्छन् । |
यी विद्रोही महिलाहरू |
रीना मोक्तान |
एक अन्तरजातीय दम्पतीको निःसन्तानपन ! गाउँबाट भागेर काठमाडौं आइपुग्दा सहेका विभेदका चरम रूप ! जीवन संघर्षलाई जित्ने प्रेमिल साथ ! सरल कथावाचन र त्यसले उठाउन खोजेको विषयवस्तुले ‘प्रसाद’ मौलिक थियो । तर, फिल्मले निर्माण गर्न खोजेको भाष्यमा दिनेश राउत निर्देशित ‘प्रसाद’ चुक्यो । फिल्ममा बलात्कारबाट जन्मिएको सन्तानलाई ‘प्रसाद’ का रूपमा स्वीकार गरिएको छ । |
प्रियदर्शिनीको प्रेम परीक्षा |
राजकुमार बानियाँ |
म यस्तो पात्रलाई पढूँ, जसलाई पढेर आफैंलाई सान्त्वना दिन सकूँ । यस्तो दर्शन पढूँ, जुन पढेर आफूले टेकेको धरती र उभिएको आकाशमा सन्तुष्टिका साथ बाँच्न सकूँ । यो उपन्यास मैले आफूलाई मन पर्ने स्वादअनुरूप लेखेको छु । आफूलाई मन पर्ने दर्शनलाई आफ्नै लयमा लेखेको छु । अन्तर्मनमा उठेका लहरहरूलाई शान्त बनाउन र आफ्नै प्रेरणापुस्तिका जसरी पुस्तक कलेवरमा ढालेर त्यसलाई सिरानीमा राख्न लेखेको छु ।’ |
अम्मली स्टेसन |
राजन गोदार |
भर्खरै ट्युन गर्दै हुनुहुन्छ भने यो हो– अम्मली स्टेसन । त्यो मान्छे – हाँसो लुकाउँछ, आँसु पचाउँछ रिस दबाउँछ, घृणा छिपाउँछ मानौं हर आवेग उसको वशमै छ न कहिल्यै चकित, न केहीसँग भयभीत छ । थाहा छैन त्यो मान्छे, कसरी जाग्छ, कसरी निदाउँछ । सायद त्यो ईश्वर हुनुपर्छ वा मुर्दा, होइन भने त्यो रोबोट हुनुपर्छ । अम्मली स्टेसनको घडीमा बिहानको ठीक ५ः४५ बज्दै छ । तपाईं सुन्दै हुनुहुन्छ– कफीकास्ट । |
दुःखी छु– मान्छेहरू मेरो चेतनामाथि नै प्रश्न गरिरहेका छन् |
प्रकाश सपुत |
कुनै ‘ठूलै’ वा ‘भव्य’ उद्देश्य राखेर गीत ल्याइँदैन । त्यस्तो हुँदैन पनि । म एक व्यावसायिक सर्जक हुँ, एक व्यावसायिक कलाकार । बेला–बेला गीत सार्वजनिक गर्नु, दर्शक–श्रोतासँग आफूलाई अपडेट राख्नु मेरो काम–कर्तव्य हो । |
धरती |
विमल निभा |
धरतीमा जति आँशु छ त्यति विद्रोह छ या छैन ? |
यहुदीहरूको मुक्ति–कथा |
प्रदीप ज्ञवाली |
इसापूर्व १६७ । झ्वाट्ट पढ्दा पाण्डवजस्ता लाग्ने पाँच भाइ । सोझो, शान्तिप्रिय र विद्याको उपासक जेठो जोन । असाध्यै भरपर्दो, भाइहरूको जिम्मेवारी काँधमा लिएको माइलो साइमन । अर्जुनजस्तो वीर र धीर जुडस । उत्तिकै वीर एलियाजार र कान्छो जोनाथन । व्यक्तित्वका हिसाबले भीष्मपितामह जस्ता लाग्ने बाबु मटाथियस बिन जान बिन साइमन, गाउँका मुखिया । द्रौपदीजस्तै कमनीय सुन्दरी रुथ । उसैलाई लिएर साइमन र जुडसबीच नजानिँदो प्रतिस्पर्धा अनि तुष । |
वैशाख ९, २०८० |
साधु र जारको भँगालोमा हाङ्मा |
डम्बर चेम्जोङ |
ओहो ! कति जाँड (थी) खाएका यी लिम्बूले हँ ? ‘जारी’ फिल्म हेरिरहेका गैरमतवाली दर्शकको मस्तिष्कमा यो प्रश्नले बेलाबेला जन्म लिन्छ । यस्तो लाग्छ, लिम्बू जीवन र जाँड एक अभिन्न अंग हुन् । लिम्बूका निमित्त जाँड केवल खाजा हो, न कि त्यो मदिरा । ‘जारी’ मा खाजाकै रूपमा सबैले जाँड खान्छन् । सुब्बा शेरबहादुर कतैबाट घर आइपुग्छ, तोङ्वा (जाँड) तयार हुन्छ । नामसाङ खेत जोत्छ, जाँडै खाजा खान्छ । घरमा कोही पाहुना आउँछन्, तिनले सत्कारस्वरुप जाँडै पाउँछन् । लिम्बूहरू मेला–बजार भर्छन्, तिनले जाँडै खान्छन् । |
बजारको मायावी गोलचक्करमा सकम्बरी |
वन्दना ढकाल |
यट्युबमा अहिले एक नम्बर ट्रेन्डिङमा छ– सकम्बरी ! पारिजातको ‘शिरीषको फूल’ उपन्यासकी प्रमुख पात्र ‘सकम्बरी’ ! गायक प्रकाश सपूतले नयाँ गीतलाई यही नाम दिएका छन् । गीतले चर्को समर्थन र उग्र विरोध दुवै खेपिरहेको छ । |
झरी र ओतको रस्साकसी |
विश्व सिग्देल |
झरी हराएको छैन । म पशुपतिमा छु । शिवलिङ्गहरूको भीडमा म पुलिङ्ग ओत लागेको छु । यतिखेर शिवलिङ्ग र यो पुलिङ्गको सिनारियो एउटै छ । दुवैमाथि एउटै ओत छ । झरी रोकिएपछि यो सिनारियो परिवर्तन हुनेछ । म ओतबाट निस्कनेछु र अर्को ओतमा पुग्न हतार गर्दै हुनेछु । शिवलिङ्ग अर्को झरीको प्रतीक्षामा उही ओतमै हुनेछ । यो त पछिको कुरा भयो । अहिले झरी परिरहेछ । |
चिबेचराको आत्मालाप |
अमर गिरी |
चिबेचरा’ (२०७८) कवि केशव सिलवालको पछिल्लो कवितासङ्ग्रह हो । यसअघि उनका ‘वर्जित अवशेष’(२०६३) र ‘धारिला मानिसहरू’(२०६६) कवितासङ्ग्रह प्रकाशित छन् । ‘आफर’(२०७३) उनको संयुक्त कवितासङ्ग्रह हो । झन्डै तीन दशकदेखि कविता सिर्जनामा सक्रिय सिलवाल समकालीन नेपाली कविताका महत्त्वपूर्ण हस्ताक्षर हुन् । |
ऐजन–ऐजन जिन्दगी ! |
गणेश रसिक |
१२ वैशाख, २०७७ समय : साँझ ६ बजे फिक्कल, इलाम |
पुराना विम्ब, पुरानै भाव |
चूडामणि उपाध्याय |
कवि सोझो गाउँलेको कविता–किताब ‘मरुभूमिमा हिमपात’ मा पुराना विम्ब, पुरानै भावको पुनरावृत्ति छ । त्यो अनुकृतिमूलक लेखनले समकालीन नेपाली कविलाई कमजोर र कवितालाई फितलो बनाएको अनुभव कविताका पाठकले गर्न थालेका छन् । दुई दशक कविता यात्रा गरिसकेका कवि गाउँलेका कविताको अध्ययन गर्दा थाहा लाग्छ– उनी सिर्जनाको नयाँ क्षितिज खोज्दै गरेका आभ्यासिक कवि हुन् । |
सुर र स्वर, ध्वनि र धुन, आवाज र कोलाहल |
किशोर नेपाल |
यो निबन्धको शीर्षक त हुनैपर्ने हो : ‘यो काठमाडौं, हाम्रो काठमाडौं ।’ तर, शिर्षकमा विज्ञापनको जस्तो नियमितता खुल्दैन । खुल्ने भए नाटककार बालकृष्ण समले किन लेख्नुहुन्थ्यो र ‘नियमित आकस्मिकता’ ? |
रातो मत्स्येन्द्रनाथ : कालो ब्यानर |
तारालाल श्रेष्ठ |
याकःमिसा मिथक कीर्तिपुर बाघभैरव फल्चामा एक अजा मलाई हेरेर मुस्कुराउनुभयो । मैले टुटेफुटेको नेपालभाषा (नेवार भाषा) मा ‘जानय् धुन ला ?’ (खाना खानुभयो) भनेर सोधेँ । उहाँ मसँग सहज किसिमले बोल्नुभयो । कीर्तिपुरकी याकःमिसा (एक्ली केटी) र करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति प्रतिस्थापनपछि समुदाय नेवाः समुदाय विभाजित छ । कतिपय भन्छन्, ‘प्रतिमूर्ति हटाउनैपर्छ ।’ |
वैशाख २, २०८० |
म मृत्युलाई पनि प्रेम गर्छु |
सरस्वती प्रतीक्षा |
‘हेर्ने कथा’ का शृंखलाहरूमा पछिल्लोपटक अत्यधिक रुचाइएको एक वृत्तचित्र हो– ‘बाघको बंगारा’ । जंगली मौरीको मह काढ्ने मह सिकारीहरूको चुनौतीपूर्ण यात्रा र संघर्षको वरपर घुम्छ वृत्तचित्र । जीवन बाँच्न जीवनलाई नै दाउमा राखेर भीरमौरीको मह काढिरहेको एक पात्र भन्छ, ‘हामी जइ दिन जन्म्या हौं, उसै दिन मर्या हौं ।’ |
दलनको एउटा दस्तावेज |
सरिता परियार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.