text
stringlengths
2
914
‘सार्की त सार्की नै हो, तर बोलेको चाहिँ कसले हो ?’ मुखिया बर्बराउँछन्, ‘सार्कीका फोहोरी ज्यानभित्र लुकेर सनातन धर्मविरोधी राई बोलिरहेछ ।’
राधाको बेरंगी जिन्दगी
रीना मोक्तान
फिल्ममा रंगले पनि कथा भनिरहेको हुन्छ । पात्रको मनोभाव, फिल्मको टोन (खुसी/दुःख) र दर्शकको मुड सिर्जना गर्न रंगले नजानिँदो भुमिका खेल्छ । युद्धका अधिकांश फिल्म डिस्याचुरेटेड (फुंग उडेको रंग) हुन्छ, जस्तो ‘अल क्वाइट इन्द द वेस्टर्न फ्रन्ट’ (२०२२) । ओस्कारमा यस वर्ष उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म जितेको यो फिल्मको रंग संयोजनले दर्शकलाई त्यतिबेलाको समयमा मात्रै पुर्‍याउँदैन, युद्धको टेक्सचर चखाइदिन्छ ।
कथाजस्तै बाँचेर मरी झिम्कीकी आमा
विमला तुम्खेवा
तिर्न नसक्नेले किन ऋण लिनुपर्‍यो ? माग्ने बेला मइन गरेर, खाने बेला चइन गरेर, तिर्ने बेला अइन खोज्ने ? आजको दिन नकटी मलाई मेरो सुन जस्ताको तस्तै चाहिन्छ ।’ यति भनेर झिम्कीकी आमाले देब्रे हातले छाती पिटी र निधारमा सोहोरिएको कपाल सम्याउँदै जुरो बनाई । बुढीऔंलासँगै उम्रिएको छैटौं औंलाले टाउको कन्याई र थचक्क फलैंचामा बसी । आँखामा आक्रोश थियो । अनुहारमा एक किसिमको तुफान । र, नीरस थियो आँखा ।
हीर दुःखान्त
भुवन ढुंगाना
लेखक तेहमिना दुर्रानीको उपन्यास ‘ब्ल्यासफेमी’ अनुवाद गर्दाको कथा हो यो । किताबमा लेखिएका अकल्पनीय घटना पढिरहँदा मलाई मानसिक तनाव भयो । र, कतिपटक अनुवाद नगरौं–नगरौं लागिरह्यो ।
‘साम्सोघा मुन्धुममा छ– जिउँदा मान्छे र आत्माको वार्ता’
सजना बराल
नियमित गायन र साधना, पार्श्व गायन, स्टेज कार्यक्रमको व्यस्तताबीच गायिका झुमा लिम्बूको अर्को मूल परिचय पनि छ– लोपोन्मुख सांस्कृतिक परम्परा, बाजागाजा, संगीतमाथिको खोज अनुसन्धान र त्यसको संरक्षणको प्रयास । अहिलेका स्रोताका लागि उपलब्ध हुने किसिमले परम्परागत नेपाली बाजागाजाको संरक्षण र पुनर्जागरणका लागि समूह नै बनाएर निरन्तर खट्दै आएकी छन् ।
म हजुरबाकी लक्षिमा
लुना भट्टराई
संसारमा कमै भाग्यमानी नातिनातिना होलान्, जो आमा–बुबाको काखसँगै हजुरबा–हजुरआमाको संगतमा हुर्किन पाउँछन् । ती थोरैमध्ये हामी तीन सन्तान पनि पर्यौं– म, भाइ जय र वहिनी बिना । त्यो स्नेह, न्यानोपन, माया, पुल्पुल्याई, निजत्व शब्दमा कसरी वर्णन गर्ने ? असलमा अनुभुति मात्रै गर्न सकिन्छ धेरै त ।
चैत्र २५, २०७९
‘शालीन’ सुवास, ‘बाघ’ घिसिङ
छुदेन काविमो
दार्जिलिङमा अलग राज्यका निम्ति कुनै दिन सशस्त्र आन्दोलन होला ? ८० को दशकअघि यो प्रश्नबारे धेरैले सोच्न पनि सक्दैनथे । किनकि त्यो बेला दार्जिलिङका आम मान्छेले सरकारविरुद्ध बोल्ने कुरा त छाडिदऊँ, बोल्नेहरूको कुरा सुन्ने आँटसम्म गर्दैनथे ।
१४० वर्षपछि कार्ल मार्क्स
प्रदीप ज्ञवाली
चैत १७, साँझ साढे पाँच बजे । काठमाडौंमा अचानक झुल्किए कार्ल मार्क्स । निधन भएको १४० वर्षपछि काठमाडौंमा मार्क्सको अवतरण अपत्यारिलो थियो । त्यसो त मार्क्स आफूले जिन्दगीका अधिकांश कष्टप्रद समय गुजारेको लन्डनको ‘सोहो’ मा ओर्लिन खोजेका रहेछन्, तर ‘ब्युरोक्रेसी’ न हो, काठमाडौंमा नाटकको ‘शो’ मा उनी ल्याइपुर्‍याइदिए । पूर्ण जीवनकालमा कहिल्यै एसिया नटेकेका मार्क्सलाई काठमाडौंमा ल्याउने काम गरेको थियो– आरोहण गुरुकुलले । हावर्ड जिनले सन् १९९९ मा लेखेको नाटक ‘मार्क्स इन सोहो’ को नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ काठमाडौंमा मञ्चन भइरहेको छ ।
राजदूत थरीथरीका
मोहनकृष्ण श्रेष्ठ
म २०३९ सालमा कूटनीतिक सेवा प्रवेश गरें । त्यसपछि बैंकक, टोकियो, अबुधाबीमा विभिन्न कूटनीतिक पदमा काम गरें । र, फ्रान्सको पेरिसमा राजदूत भएँ । पेरिस रहँदा ग्रीस, मोनाको, पोर्चुगल र स्पेनका लागि पनि गैरआवासीय राजदूत भएँ र युनेस्कोका लागि स्थायी प्रतिनिधि ।
कोशी कसरी ‘अविकसित पालुवा’ ?
कमल मादेन
हिन्दु धर्मशास्त्रअनुसार, ब्राह्मण मात्रै ऋषि हुन्थे । क्षत्रीचाहँ कठोर तपस्याका बलमा ऋषि कहलिन्थे । क्षत्री ऋषि भएको कथा वामन शिवराम आप्टेले सन् १८९० (पुनर्मुद्रित सन् २००९) मा लेखेको ‘संस्कृत–हिन्दी कोष’ मा उल्लेख छ ।
भ्रम र यथार्थको चक्र
ज्ञानु अधिकारी
लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ परम्परागत आख्यान लेखनको धारभन्दा पृथक् छ । अमित र मुना नामका दुई पात्र छन् केन्द्रमा । थोरै समयावधिभित्र सँगै जोडिएका उनीहरूको दैनिकीलाई मात्रै विषय बनाइएको उपन्यासमा कथानक, पात्र र भाषा तीनवटै पक्षमा फरक प्रयोग छ ।
वधशाला लाइभ
प्रकृति दाहाल
टेकु, इनाटोल विष्णुमती खोला किनारमा छन्– ४० वधशाला स्टल । प्रवेशद्वारमै छ यत्रतत्र गोबर । भुइँभरि छ रगतैरगत । काटेर फालिएका मासुका टुक्रामा कागहरूको लुछाचुँडी छ । मासु काट्ने, ओसार्नेदेखि मोलमोलाई गर्नेसम्मको घुइँचो छ । मासु काटेको दृश्य जति बिदारक छ, काट्न ठिक्क पारेका रागा–भैंसीको अवस्था पनि उत्तिकै दयनीय छ ।
सियोले सिएको, छोट्टीले दिएको !
नवीन विभास
एक : भार भए पो घरवार २०३४ पुस १५ । करेमा पड्कँदा साँझको पाँच बजेको छ । करेमा करेरेरेककक नथामिँदै राँकुलबोटमा झलौरी झर्छ । साँझ पर्न थालेपछि करेमा बास्छ, र करेमा बास्नुलाई गाउँघरमा करेमा पड्कने भन्छन् ।
नेपाल–चीन सम्बन्धको ‘डायरी’
जगदीश्वर पाण्डे
कमलादीको प्रज्ञा प्रतिष्ठान परिसरमा पुस १६ मा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यको किताब ‘कूटनीतिक डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले चीनलाई बुझाउन फरक दुई भ्रमणका दृष्टान्त व्याख्या गरे । पहिलो भ्रमण ‘चेयरम्यान’ माओ त्सेतुङसँग सन् १९७० को दशकको सुरुवातमा बेइजिङमा भएको भेटवार्ता सम्झिए । प्रधानमन्त्री कृतिनिधि विष्टले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलको भ्रमणमा सहभागी थापा अर्थसचिव थिए ।
चैत्र १८, २०७९
भैंसी–मान्छे : ७ हजार वर्षदेखि सँगसँगै
भोगीराज चाम्लिङ
नेपाली समाजमा ‘कालो अक्षर भैंसी बराबर’ भन्ने उखान प्रचलित भए पनि प्राग्इतिहास र इतिहासका सन्दर्भमा केही पहेलीहरू खोतल्न ‘अक्षर’ भन्दा महत्त्वपूर्ण कुञ्जी हुन सक्छ– भैंसी । वर्तमान नेपाली समाजको सांस्कृतिक अवयवका रूपमा त भैंसी छँदै छ ।
सहरका प्रत्येक मान्छे ‘सेल्सम्यान’
प्रभाकर गौतम
‘थिंक बिग, अचिभ बिग !’ आफ्नो सेल्सम्यानसिपमा विश्वस्त वीरेन प्रताप कार्की जीवनभर यही कुरा दोहोर्‍याइरहन्थ्यो । ऊ जब जवान थियो, कमाउँथ्यो । घरमा छोराहरू बुबा भनेपछि हुरुक्कै हुन्थे । उसका ग्राहक, अफिसका मालिक र अन्य कर्मचारी पनि उसलाई मन पराउँथे । माया र इज्जत दर्साउँथे । अहिले वीरेन प्रताप वृद्ध भएको छ र उसको पुरानो साख खस्केको छ । मानौं, वीरेन प्रताप कुनै बुढो रुख हो र उसको साख भुइँमा झरेर बिलाइजाने सुख्खा पात ।
आवेगका रङहरू
शार्दूल भट्टराई
एउटा निबन्धमा विनोदविक्रम केसी विज्ञानबारे यस्ता प्रश्न गर्छन्– ‘कसको विज्ञान ठीक हो, कसको बेठीक ? विज्ञान कसले चलाउँछ ? विज्ञान कसको हातमा छ ? मालिकको विज्ञान र मजदुरको विज्ञान एउटै हुन्छ ? विज्ञान भनेको प्रविधि र पाटपुर्जा मात्रै हो कि दर्शन पनि हो ?’
भुइँझारझैं महिला
कुमारी लामा
महिलाको उत्पीडन कहिलेबाट सुरु भयो ? यो यकिन नभए पनि कमला भासिन तीन हजारदेखि पैंतीस सय वर्ष र एभलिन रिड्स करिब दुई हजार वर्ष जति मात्र भएको दाबी गर्छन् । मनुस्मृतिको सन्दर्भ जोड्दा करिब पच्चीस सयदेखि तीन हजार वर्ष भएको आकलन गर्ने गरिन्छ । मनुस्मृतिले जातव्यवस्थाको आधार निर्माण गरी कालान्तरमा जात नै वर्गमा रूपान्तरित भएको समाज विश्लेषकहरूको जिकिर छ ।
‘पहिचान एकदमै अस्थायी विषय हो’
कान्तिपुर संवाददाता
सानैदेखि लेखपढ संगीत र साहित्यमा सोख राख्ने उदय राई पछि कागजी चिनारीमा उद्धव राई बनेका हुन् । भोजपुरको छिनामखुमा जन्मे–हुर्केका उदय जीवनको छोटो समय शिक्षण, प्राध्यापन र बढी समय राष्ट्रिय–अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा आबद्ध रहे ।
संगीन प्रश्नको सिलसिला
निर्भीकजंग रायमाझी
पछिल्ला वर्षमा एकपछि अर्को फरक पृष्ठभूमिबाट आएका कविका नयाँ–नयाँ रचनाले नेपाली कविताको अनुहारै बदलिएको छ । विविधता नेपाली कविताको पहिचान बनेको छ । यद्यपि टाढैबाट चिनिने सग्लो अनुहार निर्माण गर्न आजका कविहरू चुकेका छन् ।
सहरमा किताब
कान्तिपुर संवाददाता
सहरमा किताब
अब कृष्णा ताम्राकारको समाचार सुन्नुहोस्
गोपाल गुरागाईं
गएको फागुन १३, दिउँसो साढे एक बजेतिर दिदीको फोन आयो । दिदीको फोन आउँदा र मैले फोन गर्दा हाम्रो कुराकानी आराम–कुशलबाट सुरु हुन्थ्यो । क्यान्सर जितेर बाँचेकी दिदी कृष्णा ताम्राकारलाई बेला–बेला केही न केही स्वास्थ्य समस्याले च्यापिरहन्थ्यो नै । त्यसैले म दिदीको स्वास्थ्यबारे सोधिरहन्थें । मन परेका मानिसलाई हदैसम्मको माया गर्ने बानी थियो दिदीको । सायद म त्यही कोटीमा पर्ने एक भाग्यमानी थिएँ । त्यसैले दिदी मेरो, छोरीको र बुहारीको हालचाल नछुटाई सोध्नुहुन्थ्यो ।
नेपालमा किताब–कथाका विरोधाभास
अभि सुवेदी
नेपालमा किताब मोहका विरोधाभासका कथा छन् । यहाँ किताबको कथा अत्यन्त चाखलाग्दो छ । जुन देशमा साक्षरता शतप्रतिशत छैन र जहाँ खासै किताब नपढ्ने राजनेताहरूको वर्चस्व छ, जहाँ सूचना र ज्ञानको वैश्विक आँधीका तरङ्गतले खासै छुँदैनन् त्यहाँ किताबको कथा बलियो छ । एकतन्त्री राणा शासक र तिनका राजगुरुहरूका घरमा सबैभन्दा ठूला पुस्तकालय बनिए । प्रजातान्त्रिक नेपालमा पुस्तकालय र बिक्रेताका हविगतको कुरा गरेरै साध्य छैन । तर, यहाँ पुस्तक बेच्ने र किन्नेका जोडदार कथा छन् ।
चैत्र ११, २०७९
७६ वर्षदेखि डेरा खोजिरहेकी २५ की हेलेन
नयनराज पाण्डे
उनी विक्रमसंवत् २००३ सालमा जन्मिएकी हुन् । उनी जन्मिँदै २५ या २६ वर्षकी थिइन् । सुन्दर, परिपक्व र सचेत ! उनले कहिल्यै बामे सर्नै परेन । कहिल्यै तोते बोली बोल्नै परेन । उनलाई आमा–बाबुले आफ्नो काखमा राखेर हुर्काउनै परेन । एकैपटक २५ या २६ वर्षमा जन्मनुको यही फाइदा हो । तर, बेफाइदा पनि कतिकति ! उनले बालापनलाई अनुभूत नै गर्न पाइनन् । उनी जन्मँदै कृष्णकी ‘स्वास्नी’ भएर जन्मेकी थिइन् । जन्मँदै कृष्णलाई आसक्त बनाउने देह र बैंससहित जन्मिएकी थिइन् ।
जिन्दगी एक सफर
उपेन्द्रराज पाण्डेय
कहाँ गयी वो तेरी अहिंसा कहाँ गया वो प्यार गान्धी तेरे देश में ये कैसा अत्याचार बापू तेरे देश में ये कैसा अत्याचार ।।
भोक, भोग र सम्भोगको यात्रा
दिनमान गुर्मछान
आकर्षण पनि बनिदिँदोरहेछ– नाम । भन्न त भन्छन् मान्छेहरू– नाममा के छ र ? तर, त्यो भन्नेहरू नै नामको पछि दौडिरहेका हुन्छन् । आख्यानकार शिवप्रकाशको उपन्यासको सन्दर्भमा पनि भन्न सकिन्छ– नामै काफी छ । यसअघि पनि शब्दकोशमै नभएको शब्द शीर्षकमा प्रयोग गरेर उनका दुई कथासंग्रह छापिएका छन् ।
काभ्रेली नेपाली साहित्यको रूपरेखा
कान्तिपुर संवाददाता
प्राचीन नेपालमा काठमाडौं नजिकैको काभ्रेको संस्कृति समृद्ध थियो, आधुनिककालमा पनि छ । तर, आधुनिककालबारे भने त्यति जानकारी पाइन्न । काठमाडौं उपत्यकाको तुलनामा काभ्रेको वास्तुकला, संगीत, नाट्य, भाषा–साहित्यलगायतको अध्ययन कमै भएको छ ।
के गुगलको आधिपत्य खतरामा छ ?
सजना बराल
सर्च इन्जिनमा हाल बिङ, वाइदु, यान्डेक्स, याहुजस्ता विकल्प नभएका होइनन्, तर इन्टरनेट बजारमा गुगल (अल्फाबेट) को लगभग एकाधिकार कायम छ । कतिसम्म भने बिङ सर्च इन्जिनमा सबैभन्दा बढी खोजिएको शब्द गुगल नै हो । आफ्नो सर्च इन्जिन दैनिक एक अर्बभन्दा बढीले एक वा बढीपटक प्रयोग गर्ने दाबी छ– गुगल सर्चकी उपाध्यक्ष एलिजावेथ रिडको ।
त्यसपछि म छापामार भएँ
लोमनकुमार सुनार
औंसीको चकमन्न रात । मट्टीतेल र दियालोको उज्यालोमा मान्छेहरूको चहलपहल । एकहोरो कुकुरहरूको आवाज । यो एक हेमन्त ऋतुको सम्झना–कथा हो । झरीले महाभारत शृंखलाहरूलाई झन्झन् भिजाइरहेकै छ । सेतो घुम्टो ओढिरहेका छन्– हिमालहरू । नजिकैका हिमाल छोएर आएको झरीमिश्रित चिसो हावाको स्पर्शले मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् अनेक स्मृति ।
मेरो रेकर्डमा छन्– गुरुवाका मन्त्रहरू
जनकराज सापकोटा
नेपालका थारूमाथि अध्ययन गरिरहेका पुराना छिमलका अनुसन्धातामध्ये एक हुन्– फ्रेन्च मानवशास्त्री जिसेल काउसकोफ । सन् १९८० यता विभिन्न अध्ययन–अनुसन्धानका सिलसिलामा दर्जनौंपटक नेपाल आएकी छन् ।
हो, हाम्रो छोरो ‘गे’ हो
भोजराज पोखरेल
२०१४, जुन ८ । श्रीमती अमुदा र छोरो अधीपसँग रातको खानापछि गफ चल्दै थियो । कुरा हुँदै जाँदा अधीपले भन्यो, ‘आज म तिमीहरूसँग एउटा कुरा खोल्न चाहन्छु ।’ केही अघिसम्म सामान्य रहेको उसको अनुहारमा अलि गम्भीरता देखेँ । बा–आमा दुवैले भन्यौं— ‘कुरा के हो, भन न !’
एक्ला चन्द्रहरू
रीना मोक्तान
एउटा पुरानो घरमा नव–विवाहित जोडी उभिएको छ । भत्किएको छ त्यो घर । रातो टीका, रातै साडीमा सजिएकी छे– दुलही । उसको शिरमा छ– रातो पच्छ्यौरी । पच्छ्यौरीमाथि ओढेकी छे– सेतो कात्रो ! छेउमै उभिएको दुलहाको निधारमा टाँस्सिएको छ– रातो टीका । र, उसको गलामा छ– माला । शिरमा बेरेको छ– सेतो कपडा । पृष्ठभूमिमा बजरहेको छ बिहेको धुन । एउटा बूढो रूखछेउ उभिएर चन्द्र (८०) ले विगत नियालिरहेको यो दृश्य लघुफिल्म ‘बाघथान’ को हो । सुनील पाण्डे निर्देशित फिल्मको एउटै दृश्यमा चन्द्रको भत्किएको पारिवारिक जीवन छर्लंगै देखिन्छ ।
चैत्र ४, २०७९
‘विज्ञान केवल तथ्य होइन’
गोविन्द पोखरेल