text
stringlengths
2
914
‘द ओपन नोटबुक’ का संस्थापक, प्रधान सम्पादक हुन् सिरी कार्पेन्टर (५२) । ‘द ओपन नोटबुक’ विज्ञान लेखनको विषयमा काम गर्ने म्यागजिन हो । येल विश्वविद्यालयबाट पीएचडी गरेकी कार्पेन्टर सन् १९३४ मा स्थापना भएको अमेरिकास्थित नेसनल एसोसिएसन अफ साइन्स राइटर्स (एनएएसडब्लू) की पूर्वअध्यक्ष (२०१८–२०२०) हुन् ।
त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
मल्ल के. सुन्दर
बौद्ध समुदायको महिनाभरिको गुँला पर्व टुंगिएर भदौ प्रतिपदाका दिन बुद्ध–पूजा र वनभोजका क्रममा उपत्यकाका रैथानेहरू साँझ अवेरसम्मै स्वयम्भू डाँडा वरपर रमाइरहेका थिए । अचानक उनीहरूको ध्यान तानियो सहरबीचको बस्तीमा । हेर्दाहेर्दै आगोको मुस्लोले आकाश राताम्मे देखियो, धूवाँका लप्का पनि उत्तिकै सलबलाइरहेका थिए ।
बाँझो जमिनको उकुसमुकुस
प्रदीप ज्ञवाली
मास्कोबाट झन्डै १५ सय किलोमिटर टाढा, दक्षिणी रुसको दोन क्षेत्रको सानो गाउँ ग्रेम्याची । शान्त र सुनसान देखिने त्यस गाउँमा सन् १९३० को जनवरीको एक चिसो साँझ एक अपरिचित मान्छे घोडा चढेर आउँछ र ‘याकोभ लुकिचको घर जाने बाटो कुन हो ?’ भनी सोध्छ । अर्को मान्छे अर्कै बाटो स्लेज चढेर आइपुग्छ र ‘ग्राम–सोभियतको कार्यालय कता पर्छ ?’ भनेर खोजिनिती गर्दै कार्यालयतिर सोझिन्छ ।
बांगाटिंगा रूखहरू : नसुल्झिएको रहस्य
जीवा लामिछाने
पश्चिमी पोल्यान्डको ग्रिफिनो गाउँ पार गरेपछि एउटा सानो बस्ती सुरु हुन्छ– नोभोए जार्नोभा ! त्यस बस्तीसँग जोडिएको छ– एक सल्लाघारी । सल्लाघारीको यो जंगललाई स्थानीय (पोलिश) भाषामा ‘क्रिविई लास’ भनिन्छ, जसको अर्थ हुन्छ– बांगे बन– ‘क्रुक्ड फरेस्ट’ ।
रमन्ता पत्रकारको भूगोल बुझाइ
फणीन्द्र संगम
पाँचथर सदरमुकाम फिदिमलाई मुकाम बनाएका गिरिराज बाँस्कोटा पत्रकारभन्दा बढी रमन्ता हुन् कि झैं लान्छ । कहिले साधुटार पुगेर सेल्फी हान्छन्, कहिले टहलिनकै लागि तमोर किनार धाउँछन् । राँकेको हुस्सु छिचोल्दै पानीटार झरेका उनी बाइकमै कन्याम पुग्छन् अनि चियाका बुट्यानलाई पृष्ठभूमिमा पारेर फेसबुकमा फोटो पोस्ट गर्छन् ।
सहरमा किताब
कान्तिपुर संवाददाता
हालै बजारमा आएका ४ किताब :
‘पारिजातका सच्चा प्रेमी थिए धनुवर मुखिया !’
कान्तिपुर संवाददाता
लेखक पारिजातको ८९ औं जन्मजयन्तीको सन्दर्भमा गएको मंगलबार आयोजित ‘पारिजात परिसंवाद’ मा कवि एवं कूटनीतिज्ञ महेश मास्केले पारिजात स्मृति केन्द्रकी संस्थापक एवं लेखक सुकन्या वाइबा (पारिजातकी बहिनी) सँग बातचित गरेका थिए । पारिजातलाई ‘बहीखाता’ (हिसाबकिताबमा पक्का) र निर्मल लामालाई ‘फ्यान्टम’ (साहसिक अर्थमा) भनिने गरेका किस्सादेखि उनका प्रेम–प्रसंगमाथि चलेको थियो संवाद । म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा मास्केले सुकन्यासँग गरेको झन्डै १ घण्टा लामो संवादको सम्पादित प्रश्नोत्तर :
वात्स्यायनका ती ‘चील–आँखा’
सरुभक्त
कलादृष्टि कला के हो ? सायद हेर्ने दृष्टि ! जीवन र जगत्लाई हेर्ने दृष्टिको प्रतिविम्बन हो कला । हेर्दा जेम्स बेव टेलिस्कोपबाट जति ब्रह्माण्ड देखिन्छ, त्यो प्रकृतिको कला हो, जति देखिँदैन, त्यो अज्ञात अविदितको कला हो । स्थानिक रूपले ब्रह्माण्डको कुनै अस्तित्व छैन भन्नेहरूका स्थानिक वा भौतिक अस्तित्व छन् कि छैनन् ? प्रश्न आमन्त्रित छ । कला चेतनाले स्पर्श गर्दा अयथार्थ ब्रह्माण्ड (लोकल्ली अनरियल युनिभर्स) एक कला कल्पनाजस्तो लाग्छ । ब्रह्माण्डीय सृष्टि कला, विनाशका प्रक्रम कला, जीवन कला, मृत्यु कला, ईश्वर कला, अनिश्वर कला ! विशाल–सूक्ष्म र भरिएको–रिक्त ब्रह्माण्डका कला सत्य कि भ्रम ? प्रश्न आफैंमा कला । उत्तर अनन्त छन् ।
फाल्गुन २७, २०७९
मिसन मसला : पृथ्वीलाई एक फन्को
विकास बस्नेत
एक मुट्ठी ल्वाङ युफ्रेटस नदीतटको सानो सहरमा आगलागी भयो इसापूर्व १७२१ तिर । पुजुरुम भनिने एक व्यक्तिको घर जल्यो (पहिलो पटक मान्छेले यही भूगोलमा क्युनिफर्म/स्फान लिपिमा लिखित अभिलेख राख्न आरम्भ गरेको समय थियो त्यो) । घर जलेपछिको खरानीको थुप्रोमा पुरातत्त्वविद्हरूले माटाको भाँडामा दुरुस्तै जोगिएको एक मुट्ठी ल्वाङ फेला पारे ।
विगत भर्सेस वर्तमान, प्रेम भर्सेस यौन !
प्रभाकर गौतम
दीप दर्नाल : प्रेम ? के त्यो साँच्चै प्रेम थियो ? मुमा हजुर : त्यो प्रेम नभए के थियो त ?
फूलमायाको वक्ररेखीय जीवन–कथा
कुमारी लामा
संस्कृति अध्ययनले समाज, वर्ग र शक्तिको सम्बन्धाई विश्लेषण गर्छ । र, समाजमा विद्यमान वर्ग र शक्तिको संघर्षलाई उजागर गर्छ । सन् १९५० को उत्तरार्द्धतिर ‘द बिर्मिङ्ह्याम स्कुल’ सम्बद्ध स्टुअर्ट हललगायतले समाज र शक्तिसंघर्षको विविध पाटोमाथि विश्लेषण गर्दै सांस्कृतिक अध्ययनलाई अघि बढाएका थिए ।
‘नेपालका गढी किल्ला’
कान्तिपुर संवाददाता
नेपाली इतिहासमा गढी किल्लाको महत्त्वपूर्ण स्थान छ । नेपालको एकीकरण होस् या ब्रिटिस इन्ट इन्डिया कम्पनी ब्रिटिसको युद्ध र तिब्बतसँगको लडाइँ तिनमा गढी किल्लाहरू नै प्रयोग भए र दुस्मनविरुद्ध लडिएको थियो । नेपालको यो इतिहास लेखिएको छ– ‘नेपालका गढी किल्ला’ नामक ‘कफी टेबल बुक’ मा । नेपालका गढी किल्लाहरूका तस्बिरले पुस्तक आकर्षक बनेको छ । पुस्तकमा इतिहास खोज्न पाइन्छ ।
जोगाऔँ अँध्यारो
मणि दाहाल , प्रदीप घिमिरे
हामीले ‘अँध्यारोबाट उज्यालोतिर’ को यात्रामाथि अनेक गीत, कथा, कविता पढेका छौं, उपदेश सुनेका छौं । तर, पछिल्लो समय अत्यधिक प्रयोग हुन थालेको कृत्रिम उज्यालोले हाम्रो वरिपरिको परिस्थिति यस्तो बनेको छ कि अब हामीले भन्नैपर्ने भएको छ– ‘अँध्यारोलाई जोगाऔँ’ !
श्रीमती च्याटर्लीको सर्वहारा प्रेमी
अभय श्रेष्ठ
आधारभूत रूपले हाम्रो युग त्रासदीपूर्ण छ, त्यसैले हामी यसलाई त्रासद रूपमा स्विकार्न अस्वीकार गर्छौं ।’ यी दार्शनिक शब्द हुन् उन्नाइसौं शताब्दीका महान् बेलायती उपन्यासकार डीएच लरेन्सका । बहुचर्चित र बीसौं शताब्दीको सबैभन्दा विवादास्पद उपन्यास ‘लेडी च्याटर्लिज लभर’ को पहिलो वाक्यबाटै उनी यसरी सिंगो युगको अनुदारतातर्फ संकेत गर्छन् ।
आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?
सुशील पौडेल
हिन्दी फिल्म ‘आरआरआर’ हेरेपछि तीन पटक ओस्कार अवार्ड जितिसकेका अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्गको अभिव्यक्ति थियो, ‘एकदमै सुन्दर दृश्यात्मक शैली । हेर्न र अनुभूत गर्नका लागि एक असाधारण फिल्म ।’
घरमै थियो किताबको कुन्यु
कान्तिपुर संवाददाता
मिसर अर्थात् मिश्र मेरो किताबको नाम ‘मिसर’ कसरी रह्यो ? पाठकको जिज्ञासा छ । यसको उत्तर खोज्दै गए इजिप्ट पुगिन्छ । इजिप्टलाई मिश्र पनि भनिन्छ । वास्तवमा मिश्रेलीहरू आफ्नो देशलाई मिश्र नै भन्थे । पछि ग्रिकहरूले मिश्रको नाम इजिप्ट राखे । स्थानीयहरू मिश्रलाई मिसर भन्छन् । यसरी मेरो किताबको नाम पनि मिसर रह्यो । यो एउटा नियात्रा–किताब हो । प्राचीनकालको मिश्रको इतिहासदेखि आधुनिक मिश्र तथा त्यहाँका प्रख्यात पर्यटकीय दर्शनीय स्थानबारे पाठकलाई जानकारी होस् भनेर मैले यो किताब लेखें ।
फाल्गुन २०, २०७९
के छ मान्छेको टाउकोभित्र ?
घनश्याम खड्का
दु:खमा पुर्पुरो ठोक्नु वा टाउकोलाई दुई हातले भकुन्डोझैं समात्नु मनुष्यको एउटा सार्वलौकिक र साझा प्रतिक्रिया हो । देश, काल, परिस्थितिको भिन्नताले मानवीय व्यवहारका कैयन् पक्ष अलगअलग छन् । तर, बिर्सेको कुनै मानिसको नाम वा घटना वा वस्तुलाई झट्ट सम्झन नसक्दा, दिक्दारीले घेर्दा वा धत्तेरिका भन्ने भाव जनाउनुपर्दा हात टाउकामा पुर्‍याउने बानी भने अनौठो किसिमले हरेकमा किन हुन्छ होला ? यो प्रश्न वरपर रहेर स्नायुविज्ञानले मानिसको विचार, व्यवहारको ढाँचा र मस्तिष्कको बनोटबारे असाध्यै रोचक अध्ययनहरू गरेको छ ।
होलीको अर्को कोण
भिक्टर प्रधान
सिंगो हिन्द उपमहाद्वीपको आदिमतम प्रागैतिहासिक उत्सवमध्येको एक हो– होली पर्व । फागुनमा मनाइने भएकाले पछि फागु वा फगुवा भनियो । यसका अरू फर्मायसी नाम समयक्रममा थपिँदै गएका हुन् भने यससित अन्य धार्मिक, लौकिक पक्ष पनि गासिँदै गए । यसको उद्गमका सम्बन्धमा अनेक हिन्दु पौराणिक प्रसंग गाँस्ने गरिए पनि ऐतिहासिक वास्तविकता त्यो होइन । यो हिन्द उपमाहाद्वीपमा आदिमकालदेखि न्यानो, नयाँ मौसम सुरु हुने क्रममा मनाइँदै आइएको पर्व हो, जुन वैदिक सभ्यताले पनि अंगीकार गरेर जोगायो ।
सहरमा किताब
कान्तिपुर संवाददाता
हालै बजारमा आएका चार किताब :
‘किताब पढ्ने कि समाज ?’
कान्तिपुर संवाददाता
लेखक प्रगति राईको नयाँ उपन्यास ‘थाङ्ग्रा’ हालै प्रकाशित छ, उपन्यास ‘लेखककी स्वास्नी’ र कवितासंग्रह ‘वादी विज्ञप्ति’ पाठकले रुचाएका उनका किताब हुन्
सावित्री सत्यवान, २०२०
विश्व पौडेल
त्यो श्यामश्वेत जमानाको कथा हो यो, जतिखेर चितवनमा दोकानहरू खासै थिएनन् । घर, छरछिमेक, खोलानाला, जीवनचर्या सबै ठीक पुराणकै जस्ता थिए । पुरुष र नारीबीच ‘प्रेम’ हुँदैनथ्यो । पुरुषहरू सानैमा बिहे गर्थे । हुर्केपछि अलि धेरै पैसा कमाए भने श्रीमती थप्थे । दुईवटी, तीनवटी श्रीमती भएका मानिस धेरै भेटिन्थे । कहिलेकाहीं हुर्किंदै जाँदा श्रीमतीले धेरै श्रद्धा गरेर, धेरै सेवा गरेर, कुनै कमलो मन भएको पुरुषको मन जिती भने वा ऊ राति अबेरसम्मै बाहिर बस्नुको सट्टा चाँडै घर फर्क्यो भने त्यही नै पुरुष र महिलाबीचको प्रेम हुन्थ्यो ।
महिला शक्तिका ८ कथा
कान्तिपुर संवाददाता
‘पीआर न्युज वायर’ ले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार, अमेरिकाका सफल ५ सय कम्पनीको सूची (फर्च्युन ५००) मा समावेशमध्ये लगभग ९ प्रतिशत कम्पनीका प्रमुख कार्यकारी पदमा महिला छन् । यो २०१९ को भन्दा ३ प्रतिशतले बढी हो । प्रविधि होस् वा वित्तीय क्षेत्रका कम्पनी, नेतृत्वदायी भूमिकामा महिलाको विश्वव्यापी उपस्थिति बढ्दो छ ।
मनामामा जामुनाखर्कको बाडुल्की
देवेन्द्र भट्टराई
साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ’ भनेर भूपीले उहिले भनेझैं यस्तै हुलियाको चोकमा भेटिए– छविलाल विश्वकर्मा (६१) । खाडी मुलुक बहरिनको राजधानी मनामाको मुख्य मुकाम रहेछ– नेपाली चोक । यो चोकमा के छैन ? सुन पसलदेखि सेलरोटीसम्म । भेज ढिंढो–सेटदेखि फाक्सा थुक्पासम्म । मोतीदानादेखि ‘मेड इन बजराइन’ सम्मका अनेक थोकहरू । यही चोकको अर्को कुनामा गायक प्रकाश सपुत, मेलिना राईसहितको सांगितीक टोली आउने भएपछि त्यसको धुमधमाका प्रचार पनि भइरहेकै छ ।
फाल्गुन १३, २०७९
प्राचीन चित्रको नवीन वृत्तान्त
गौतमवज्र वज्राचार्य
दसौं शताब्दीको अन्त्यतिर ताडपत्रमा लेखिएको नेपालको सबैभन्दा पुरानो चित्र न्युयोर्कको एक संग्रहालयमा सुरक्षित छ । संग्रहालयका भूतपूर्व क्युरेटर मार्टिन लर्नरको टिप्पणी छ, ‘त्यो नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो ।’ लर्नरको आलोचनामा प्रतापादित्य पालले लेखे, ‘त्यो चित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो ।’ त्यस चित्रमा प्रज्ञापारमिता र बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका दृश्य क्रमशः देखाइएको छ । लर्नर र पालले चित्र–चर्चा गरेको चार दशकपछि कला, संस्कृति र इतिहासका अध्येता गौतमवज्र वज्राचार्यले त्यस चित्रमाथि आफ्ना सहमति–असहमति ‘कोसेली’ को यो अंकमा लेखेका छन्, प्रामाणिक रूपमा ।
सहरमा किताब
कान्तिपुर संवाददाता
हालै बजारमा आएका तीन नयाँ किताब :
पारिजातका कुइनेटाहरू
ज्ञानु अधिकारी
गैरआख्यानको सुन्दर नमुना–किताब हो– गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ । जीवनीपरक किताबमा पाइने परम्परागत रोगबाट मुक्त छ यो किताब । पारिजातको जीवनीमै केन्द्रित भई लेखिएको यस किताबमा पारिजातले जीवनकालमा भोगेका सुखद–दुःखद, प्रशंसा–आलोचना, सम्मान–बदनाम, सामूहिकता–एक्लोपन, आशा–निराशा, सफलता–विफलताजस्ता पक्षलाई रोचकसँग लेखिएको छ ।
र, फेरि मरेर बाँचें
नन्दबहादुर पुन ‘पासाङ’
विसं ०६९ जेठ ११ देखि मलाई अलिअलि ज्वरो आउन सुरु भयो । सामान्य व्यथा होला भनेर त्यति वास्ता गरिनँ । एक हप्तासम्म पनि सन्चो भएन । झन्–झन् च्याप्न थाल्यो ।
कच्ची सडकमा मेरा कथा
कान्तिपुर संवाददाता
‘निर्वेद’ उपन्यासका लेखक शैलेन्द्र अधिकारीको नयाँ कथासंग्रह ‘ब्रह्मास्त्र’ प्रकाशित छ :
जुद्धशमशेरको जुहारकुमारीदेवी धारा
सन्तोष खडेरी
कीर्तिपुरको बाघभैरव मन्दिर परिसरमा एउटा पुरानो राणाकालीन धारा छ । धारामा लेखिएको छ– ‘जुहारकुमारीदेवी धारा ।’ त्यो नामले भन्छ– यो जुद्धशमशेरकालीन धारा हो । किनभने प्रधानमन्त्री जुद्धशमशेरकी आमाको नाम हो– जुहारकुमारीदेवी ।
‘द लास्ट लिफ’ को न्यास्रो
तारानाथ सापकोटा
स्वतन्त्रता, गाँजा र सेक्सका लागि प्रख्यात सहर हो– आम्स्टर्डाम । नोभेम्बरको दोस्रो सातादेखि झरीले भिजेर दिनहरू ओसिएका छन् यहाँ । अझै केही महिना यसरी नै खैरो बर्को ओढरै ढलिदिन्छन् दिनहरू । विरक्त लाग्दोगरी आम्स्टर्डामको आकाश निरन्तर धुम्मिएको देखेर धर्तीले पनि बरखी बारेर बसेझैं प्रतीत हुन्छ । अर्को हिउँदले छपक्कै छोपिसकेको छ । रूखहरू जाडो मानेर उभिइरहेका छन् । चुपचाप पातहरू झर्न थालिसकेका छन् ।
एकै रंगको इन्द्रेणी, के इन्द्रेणी ?
यज्ञश
परिस्थितिले कसैलाई सही वा गलत ठाउँमा पुर्‍याउँदैन, त्यसलाई सामना गर्ने तरिकाले पुर्‍याउँछ,’ भनिएझैं सिनेमाका विषयमा पनि भनिन्छ– ‘फिल्मलाई कुन ‘सन्दर्भ’ मा कसरी हेरिन्छ, त्यसले फिल्म कस्तो हो भन्ने निर्क्योल गर्छ ।’ साथै, दर्शकको बुझाइ र रुचिको निर्माण प्रक्रियाले पनि यसमा भूमिका निर्वाह गरेको हुन्छ भन्ने मानिन्छ । यसैले एउटै फिल्म विभिन्न उमेर, संस्कृति, भूगोल र विचार भएका दर्शकलाई राम्रो/वा नराम्रो दुवै लाग्न सक्छ ।
फाल्गुन ६, २०७९
बहुरूपी शिव
माधवप्रसाद पोखरेल
नेपाल–भारतका कुनाकाप्चामा व्यापक रूपले मानिने शिवजी शिवरात्रिको दिन जन्मेको र अक्षय तृतीयामा उनको पार्वतीसँग बिहे भएको मानिन्छ । आज शिवजीको जस्तो स्वरूप सर्वमान्य छ, त्यस्तो मात्रै स्वरूप चाहिँ छैन । शिवजीको स्वरूप र लीलामा अनेक किसिमका परस्परविरोधी र विवादास्पद पक्ष देखिन्छन् ।
ईश्वरको पुस्तकमा मेरो नाम छैन
कृष्ण गौतम