text
stringlengths
2
914
ईश्वरलाई गुहार्दागुहार्दै र तिनलाई पुकार्दापुकार्दै मेरो जीवनका सात दशक नाघे, तर तिनले मेरो शुभका निम्ति न कुनै सन्देश दिए न त कुनै सङ्केत नै । म त ईश्वरपीडित, रोगपीडित, परिवेशपीडित दुःखी मान्छे ! कस्तो मान्छे हुन पुगेछु म !
अभिलेख– सुखद एकता र दुःखद विभाजनको
भीम रावल
लेखक ढाकाराम सापकोटाको किताब ‘नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ ले दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण, फुटका तथ्य, विवरण र घटनाक्रमलार्ई अभिलेख गरेको छ । किताबका नौ अध्याय र २८ परिशिष्टमा सान्दर्भिक दस्ताबेज र लिखत छन् । यी दस्ताबेज र लिखतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण, अन्तरद्वन्द्व र विभाजनका क्रममा भएका क्रियाकलापको तथ्यगत जानकारी गराउँछन् ।
बन्द खाम तिमीलाई पुरस्कार
सुकन्या वाइबा
नखोलिएरै राखिएको बन्द एउटा खाम थियो भित्र के–के थियो कुन्नि, बाहिर मेरै नाम थियो
कोही किन बलिदानी होओस् !
सीके लाल
संस्कृत वाङ्मय एक से एक शास्त्र एवं साहित्यले भरिपूर्ण छ । शास्त्रहरू जीवन, मृत्यु र मुक्तिका कुरा गर्छन् । वैदिक साहित्यका वेद, आरण्यक एवं उपनिषद्जस्ता स्रोतव्य तथा पठनीय रचनाहरू सृष्टि, दृष्टि र मोक्षबारे गहन विमर्श एवं विवेचना गर्छन् । त्यस्ता ग्रन्थहरूको अर्थलाई सामान्य पाठक वा श्रोताले ठम्याउन सक्दैनन् ।
साहित्यप्रति उत्तरदायी हुँदैन राजनीति
पारिजात
पारिजातको लेखनमाथि समालोचकले अनेक कोणबाट लेखेका छन्, तर उनको समालोचक व्यक्तित्वमाथि कमै लेखिएको छ । ‘नेपालको जनवादी साहित्यिक आन्दोलनमा विवाद र एकताको प्रश्न’ नामक कार्यपत्रमा उनको समालोचकीय व्यक्तित्व प्रस्टै झल्किन्छ ।
समले दिएको त्यो मेडल
अभि सुवेदी
एकाध साता पहिले काठमाडौं विश्वविद्यालयका नेपाली विभागका अध्यक्ष डा. रामचन्द्र पौडेलको अप्रत्याशित फोन आयो । तिनले मलाई समको संस्मरण कार्यक्रममा वक्ताका रूपमा निम्त्याए । मलाई किञ्चित् आश्चर्य र खुसी लाग्यो । नाट्य विधामाथि समालोचना लेख्ने र आफैं नाटक लेख्ने व्यक्तिलाई उनले सम्झेको स्वाभाविक लाग्यो ।
माघ २८, २०७९
यो सहर मेरो पनि होइन र ?
जनकराज सापकोटा
के छ र यो सहरमा, दुःखका कथाहरूबाहेक । हृदय बिझाउने दुःखान्त यात्रा र उपयात्राहरूले भरिएको एउटा उपन्यासको सेटिङजस्तो । दसकौंदेखि कुनै चलचित्रको नायकजस्तो छु–मन्तर अवतार पर्खेर बसेको छ यो सहर । सहरवासीहरू समयका विभिन्न फलकमा अनेक प्रतिरूपमा उदाएका पात्रहरूमा आफ्नो भाग्य विधाताको स्वरूप देख्छन् । ढुंगालाई देवता ठानेझैं पुज्छन् र समयका घुम्तीहरूमा जब आफ्नो पूजा गलत भएको चाल पाउँछन् तब क्षमा पूजा गरेर समयको हर्जाना तिरियो भन्दै आफ्नो चित्त बुझाउँछन् ।
हामी ट्याम्के–पिखुवाका ‘जोरभाइ’
हिरण्य भोजपुरे
आज वसन्त पञ्चमीको दिन । लेकालीको जन्म भएको शुभदिन ! अर्थात्, जन्म–तिथिमितिका हिसाबले २०२४ साल श्रीपञ्चमी । आम्मै, यो ५६ वर्षे उमेर भनेको यहांँ हो र ?
मामा क्रेब्सको कहानी
सुमनराज ताम्राकार
अपरेसन थिएटर मध्यजर्मनीको सानो सहर वेजलस्थित एक अस्पतालको अपरेसन थिएटरमा छु (म्युनिखको एक स्त्रीरोग विशेषज्ञको सम्मेलनमा जर्मनी आइपुगेको थिएँ) । आजको अपरेसन लिस्टमा एक २६ वर्षे महिलाको पूरै दायाँ स्तन निकालेर सिलिकनको नक्कली स्तन राखिने केस पनि रहेछ । तिनलाई सुताइएको छ– अपरेसन थिएटरको अपरेसन टेबुलमा लमतन्न पारेर । हातको नसामा सलाइन, मूत्रद्वारमा पिसाब नली, नाकको पोरामा अक्सिजनको पाइप । अब मुखमा बेहोस पार्ने इन्डोट्राकियल ट्युब राखिँदै छ । कुनै छिद्र बाँकी छ ? सायद छैन, शरीरका नौ छिद्रमध्ये आँखा, कान र मलद्वार मात्रै बाँकी राखिए ।
सन्थाल संघर्ष
जानुका खतिवडा
रुँलारुँलाजस्तो घुर्मैलो छ आकाश, हामी गरामनीसम्म जाने तरखरमा छौँ । गाउँमा नापी आउने चर्चा छ ।
नचारु दुःखान्त
अनिल बुढामगर
माघको चिसो (माघेसंक्रान्ति) मा मगरको एउटा ठूलो समूह मौलिक वेशभूषासहित टुँडिखेल पसिरहेको थियो । समूहसँगै सहर आइपुगेको थियो– मगर गाउँका संस्कृति । मगरको हूल नाचने (नचारु) नाच प्रदर्शन हेतु टुँडिखेलमा उपस्थित थियो ।
ज्ञानका असल खुराक– गैरआख्यान
कान्तिपुर संवाददाता
मोहनी मादलको कोभिडकाल मेरो लागि अध्ययनभन्दा पनि लेखनको समय रह्यो । पहिलो बन्दाबन्दीको समयतिरै भारत, मुम्बईमा बस्दै आउनुभएका यशस्वी संगीतस्रष्टा रञ्जित गजमेरको आत्मकथा लेखन प्रारम्भ गरें । कोभिड–१९ नियन्त्रणउन्मुख भएपछि गजमेरले दुई पटक नेपाल भ्रमण गर्नुभयो । पुस्तकका गुत्थीहरू सुल्झाउन तथा सम्बन्धित व्यक्ति एवं सम्बद्ध परिघटना अन्वेषण एवं विस्तृतीकरण निम्ति उहाँको सान्निध्य अत्यन्तै उपयोगी रह्यो । यसै सिलसिलाको परिणति हो– उहाँको आत्मकथा ‘मोहनी मादलको’ ।
युद्धका यादहरू
ठाकुर बेलवासे
गीतकार, आख्यानकार राजुबाबु श्रेष्ठको नयाँ कथासंग्रह ‘बेनामे जर्नेल’ ले युद्धका कथा भन्छ । प्रहरी सेवाबाट निवृत्त उनी युद्ध, शान्ति, सुरक्षा विषयमा कथा लेख्छन् । संग्रहको पहिलो कथा ‘जङ्गे पिलर’ ले सीमा क्षेत्रका नागरिकको देशप्रेम उत्खनन् गरेको छ ।
नेपाल चियाउने हुकर दृष्टि
गुरुङ सुशान्त
चिन्तन–परम्परामा दरिलो वैश्विक हलचल ल्याउने पुस्तक ‘द ओरिजिन अफ स्पिसिज’ (सन् १८५९) प्रकाशनको करिब एक वर्षपछि अक्सफोर्ड युनिभर्सिटीमा आयोजित एक सम्मेलनमा चार्ल्स डार्विन प्रतिपादित उद्विकास सिद्धान्तमाथि केही विद्वान्ले कडा आलोचनासहित भर्त्सना गरे । डार्विनीय सिद्धान्तको खरो बचाउ गर्नेमध्ये एक थिए– जोसेफ डाल्टन हुकर ।
माघ २७, २०७९
बादलको फोन नम्बर, आकाशको इमेल
रमेश भुसाल
माघ १२, दिउँसो साढे एक बजे । ललितपुरको झम्सीखेलबाट उत्तर नियाल्दा शिवपुरीको पहाडपछाडि लाङटाङ हिमालको सेतो टुप्पो हो वा होइनजस्तो देखिएको छ । काठमाडौं उपत्यका वरिपरिका पहाड धूवाँको पातलो बर्को ओढेर उभिएका छन् ।
माघ २१, २०७९
पुस्तकालय विसर्जनको ‘महाभोज’
दीपक सापकोटा
भित्तामा टाँस्सिएको छ– सिकारु कालिगडले बनाएजस्तो देखिने पुरानो र्‍याक । भद्दा अनि रङ खुइलिएको । ६० वाटको चिम निभ्न आँटेको दियालोको पातलो धर्सोजति पनि चम्किलो छैन । त्यसैले फालेको मलिनो प्रकाशमा फिँजारिएका छन्– केही सय थान पुस्तक । मोटा–पातला ठेली । सटरवाला कोठामा एउटा सानो भेन्टिलेसनले पनि बाहिरको उज्यालो भित्र्याउन काम गरेको छ । त्यसैबाट भित्र चिहाइरहेको छ– घामको तापरहित मसिनो एकमुठी कमजोर उज्यालो, क्षणभरको पाहुना बनेर । त्यो प्रकाश बिलाउनेछ एकै छिनमा ।
समाज फेरिन्छ नै !
सम्झना वाग्ले भट्टराई
अरू त ठीकै हो, यो ‘चेन–स्मोकर’ बनेकीमा म तँसँग खुसी छैन है । –म । भट्टराईजीसँगको तेरो संर्सगलाई लिएर मैले कहिल्यै गुनासो गरेँ र ? –साथी । अप्रासंगिक उसको प्रतिकृयाले म जिल्ल परेँ ।
घरको शिक्षा : कस्तो शिक्षा ?
दामोदर न्यौपाने
मान्छेको मनोवृत्ति निर्माण गर्ने समय हो– बाल्यकाल । यो बेला मस्तिष्कमा परेको छाप स्मृतिबाट हत्तपत्त हट्दैन । तर, बालबालिकामा कस्तो मनोवृत्ति निर्माण गर्ने ? हाम्रा घरहरूमा यस्तो प्रयास भएका छन् ? मेरो किताब ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ यो प्रश्नवरिपरि घुमेको छ ।
‘विद्रोही’ राजकुमार
उपेन्द्रराज पाण्डेय
राजकुमारको विद्रोह कस्तो हुन्छ ? सत्ता हत्याउने ? अर्को राज्यमाथि आक्रमण गर्ने ? राजघरानाबाहिर विवाह गर्ने ? इतिहासमा पढ्दै आएको यस्तै–यस्तै हो । तर, दरबारमा सत्ताको खेल मात्र हुँदैन, कसैको भावनामाथि पनि खेलिन्छ, आत्मसम्मानमा ठेस पुर्‍याइन्छ । परिवारभित्रैको यस्तै खिचातानी सहन नसकेर बेलायती राजकुमार ह्यारी राजकीय जिम्मेवारीबाट अलग भएका हुन् ।
कोसेली पढेपछि
कान्तिपुर संवाददाता
१. पूर्णमान मेरो ५२/५३ वर्षअघिदेखिका साथी हुन् । त्यसबेला उनको सिन्धुपाल्चोकको लामोसाँघुमा ‘नवरंग’ होटल थियो । कान्तिपुर ‘कोसेली’ मा उनीबारे लेखिएको कथा गता साता पढें । धेरै पुराना प्रसंगहरू सम्झनामा आए । त्यसबेला म नेकपाको कार्यकर्ता थिएँ । होटलमा हाम्रो आउजाउ भइरहन्थ्यो ।
क्रसरोडका कथा
राजकुमार बानियाँ
फ्रेन्च भाषाको ‘फ्लानर’ सुहाउँदो शब्द खोज्दै जाँदा फेला पर्छ– फकिर । त्यही फकिरगिरीमा रमाउँदाका कथा छन्, विक्रमभक्त जोशीकृत ‘चोभार ब्लुज’ मा । रमता जोगीजस्तो भएर हिँड्दा उनका पाइलैपिच्छे कथाकुथुंग्री अल्झिन्छन् । हरेक स्थान, पात्र, परिवेश, दृश्य र विम्बमा कथाको खात लाग्छन् । लाग्छ, काठमाडौं फ्लानरी सहर हो । काठमाडौंका भुइँमा पनि कथा छन्, भित्ताहरूमा पनि कथा नै छन् । जताततै कथैकथा छन् ।
ग्रेटाको एलिनर अवतार
सगुना शाह
शाश्वत सत्य हो– मृत्यु । तर, कसैलाई गुमाउनुपरेको अवस्थामा यसको बोध गर्नु र स्वीकार गर्नु नितान्त गाह्रो विषय हो । विगत केही वर्षदेखि शारीरिक अस्वस्थताका बावजुद ग्रेटा राणाको अधिकांश समय लेखन/पठनमै बितेको थियो । उनको सक्रियता हेर्दा यति छिट्टै उनलाई गुमाउनपर्ला भन्ने कल्पनासमेत कहिल्यै गरिनँ । उनलाई ब्रेन ट्युमर भएको थियो । र, केही समयदेखि उनी मस्तिष्कमा पानी जम्ने समस्याबाट पीडित थिइन् ।
झाङ्मुका जिउँदा बोधीसत्त्व
हाओ चाङयिन
नेपाल चीनको मित्रवत् छिमेकी हो । आजसम्म नेपालमा काम गरेका सबै चिनियाँले चीनप्रति नेपाली जनताको इमानदार र मित्रवत् भावना अनुभव गरेको हुनुपर्छ । हामी जहाँ पुगे पनि नेपालीहरू दुई हात जोडेर मुसुक्क हाँस्दै ‘नमस्ते’ भन्छन् । हामीलाई भेट्दा केही केटाकेटी ‘मामा’ भनि बोलाउँछन् । शताब्दियौंअघि तिब्बतका राजा सोङत्सेन गाम्पोको नेपाली राजकुमारी भृकुटीसँग विवाह भएको थियो । त्यही बेलादेखि नेपाल चीनको आफन्त बन्यो । त्यसैले नेपालका केटाकेटीले चिनियाँहरूलाई मामा भनेको हुनुपर्छ ।
माघ १४, २०७९
युँ : एक ‘सामान्य ढुंगा’ को वृत्तान्त
सौरभ
युँ भन्छौं नेपालीमा, यु/युँ भन्छन् चिनियाँहरू, त्यसैलाई युँ भन्छन् मुस्ताङको उत्तरी भेगका लोबाहरू । एक अर्धबहुमूल्य प्रस्तर हो । अंग्रेजी नाम जेड स्पेनिस मूलको मानिन्छ । तर, त्यो युँबाटै बनेको स्पष्ट छ– ‘अ’, ‘ह’ लाई स्पेनीमा ‘ज’ लेख्ने चलनले । यसै पनि युरोपले युँलाई सोह्रौं शताब्दीसम्म चिनेकै थिएन ।
मिथ्या ज्ञान बेचिरहेको प्रज्ञा प्रतिष्ठान
यादव देवकोटा
प्रतारित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नाममा स्थापित नेपाली भाषा, साहित्य र ज्ञानको संवर्द्धन, प्रवर्द्धनका निम्ति क्रियाशील संस्था गणतन्त्रात्मक शासनकाल यता नेपाल प्रज्ञा प्रतिष्ठानका रूपमा अस्तित्वमा छ । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने शब्दकोष, पुस्तकहरूले आधिकारिक प्रज्ञा प्रवेशित सामग्रीका रूपमा आम पाठकमाझ प्राभाविक उपस्थिति जनाउने गरेको छ । पाठकमा प्रज्ञाले छापेका सामग्री आधिकारिक हुन्छ, सत्य हुन्छ भन्ने चेतना सर्वमान्य रूपमा उपस्थित छ । तर, प्रतिष्ठानको नेतृत्व गरिरहेकाहरूले भने नेपाली समाजको यो विश्वासलाई प्रतारित गरिरहेको पाइएको छ ।
जनकपुरको छोपिएको जून
दिनमान गुर्मछान
समर लभ’ ले तानिएका पाठक ‘साया’, ‘मनसुन’ सम्म आइपुग्दा प्रेमले दिक्क भइसकेका थिए । दिक्दारीले भागिसकेका पाठकलाई फेरि आफ्नै पोल्टामा पार्न सफल भए लेखक सुबिन भट्टराई उपन्यास ‘इजोरिया’ मार्फत । साहित्यको बजार तताएको उपन्यासले मलाई एक हप्तासम्म जनकपुरतिरै पुर्‍यायो । प्रेम कथालाई विषय बनाइरहने सुबिन यसपटक फरक विषय प्रवेश गरे, फरक भूगोलमा पनि ।
खाली कागजमा कोरिएका धर्सा
चन्द्र गुरुङ
अमेरिकी रिपोर्टर तथा स्तम्भकार फ्रेंकलिन पी जोन्स भन्छन्, ‘मायाले संसार चल्ने होइन, तर मायाले जीवनयात्रालाई परिपूर्ण पारिदिन्छ ।’ हुन पनि हो मायाबिना संसार चले पनि त्यो जीवन त्यति अर्थपूर्ण हुन सक्दैन, उज्यालो र रंगीन बन्न सक्दैन । प्रेमबिना मान्छेको जीवनकालमा अनुभूत गर्नुपर्ने धेरै कुरा छुटेर जान सक्छन् । कवि राखी गौचनको कविता–किताब ‘प्रमिथसको फिलिंगो’ का कवितामा यस्तै प्रेम, विछोड, मानवीय सम्बन्ध र समाजमा व्याप्त विसंगति चित्रित छन् ।
ज्ञाने : पारिजातले रोजेको बाटो
शुकदेव थपलिया
धुलिखेलको नवरंग होटलमा झुन्ड्याइएका अनेक पेन्टिङबीच लेखक पारिजातको पनि एउटा पोट्रेट छ । होटलका मालिक पूर्णमान श्रेष्ठले यसको मूल्य तोकेका छन्– १ करोड रुपैयाँ । पोट्रेटमा घाँटीमा हरियो सल बेरेकी, चस्मा लगाएकी छन् पारिजातले र अँध्यारो पुस्तकालयभित्र आफैंले लेखेका किताबले घेरिएकी छन् । धुलिखेलकै कलाकार चिरञ्जीवी माकजूले बनाएको यो पोट्रेटमा घोरिँदा धेरैथरी विचार र प्रश्नको जन्म हुन्छ ।
‘ए तपाईं प्रेग्नेन्ट पो?’
सविता आचार्य
एउटा विज्ञापन धेरैपटक नै हेरिरहेकी छु हिजोआज । थाहा छैन, त्यो विज्ञापनले मलाई किन त्यसरी छोइरहेको छ ! मनभित्र एउटा आवाज आइरहेको छ, महिलाले काम गर्ने ठाउँहरू यस्तै भइदिए... !
बिर्सिइएका मिलेभाहरू
त्रिवेणी
मिलेभा– कथा १९ औं शताब्दीको उत्तरार्द्धमा विज्ञानसम्बन्धी कैयौं युरोपेली संस्थानमा महिलाले स्थान पाउँदैनथे । महिलालाई कतिपय युनिभर्सिटीमा पढ्न दिने, तर ग्राजुयसन नदिनेसम्मको अवस्था थियो । भौतिकशास्त्र पढिरहका आइन्स्टाइनको ब्याचमा एक मात्रै महिला थिइन्– मिलेभा । सर्वियामा जन्मेकी बीस वर्षे मिलेभा भौतिकशास्त्र पढ्न स्विस युनिभर्सिटी पुगेकी थिइन्, कालान्तरमा तीन वर्ष सानो उमेरका अल्बर्ट आइन्स्टाइनसँग उनको विवाह भयो । गणितमा अब्बल मिलेभाको भौतिकशास्त्रमा निकै रुचि थियो ।
घाइते बलिउडलाई पठानको सञ्जीवनी
सुशील पौडेल
कोभिडकाल पूर्वार्द्धसम्म भारतीय फिल्ममा बलिउडको एकछत्र थियो । मसलेदार फिल्म र स्टारडमको बलमा धानिएको बलिउडलाई एकाध वर्षयता भारतकै क्षेत्रीय फिल्मले जगैदेखि हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘पुष्पा’, ‘केजीएफ’ ले बलिउडमाथि धावा बोले । अहिले ‘आरआरआर’ ले त बलिउडलाई समेत धेरै पछाडि छोड्दै ग्लोबल बक्सअफिसदेखि अवार्डमा समेत देशको प्रतिनिधित्व गर्न थालिसकेको छ ।
माघ ७, २०७९
एक झिल्को आगो, एक भव्य सभ्यता
सुरेश ढकाल
मान्छेको कथाको अहं र अभिन्न कथांश हो– पृथ्वीमा आगोको यात्रा । न्यानो र उज्यालोको भरपर्दो स्रोत आगोले मान्छेको सांस्कृतिक उद्विकासमा लाखौं वर्षदेखि आकार दिँदै आएको छ । मान्छेका आदिपुर्खाले कहिलेदेखि आगो प्रयोग गर्न थाले ? कहिलेदेखि आगो बनाउन सिके ? आगो कसरी आविष्कार गरे ? यसको तिथिमिति ठ्याक्कै भन्न त सकिन्न, तर आगोको यात्रा–कथाले मानवजातिको सभ्यता र सांस्कृतिक विकासको महत्त्वपूर्ण कहानी बताउन सक्छ ।
चुल्होमा आगो जोगाउने चिन्ता