text
stringlengths
2
914
चन्द्रकिशोर
यस्तै पुस–माघको जाडो याम थियो त्यो । आमा मेरो घाँटीमा गाँती बाँधेर मलाई दलानमा पठाउनुहुन्थ्यो । दलानमा थुप्रै मान्छे घुर तापिरहेका हुन्थे । गाँती चिसोका बेला बच्चाहरूको घाँटीमा बाँध्ने वा ओढ्ने कपडा हो, जसले टाउकोदेखि खुट्टासम्म छोप्छ । गाँती कुनै हाट बजारमा भेटिँदैनथ्यो । केवल यसलाई बाँध्ने कला सिक्नुपर्थ्यो ।
भामहपूर्वको काव्यचिन्तन
सुधा शर्मा
नेपाली समालोचनामा सङ्कलन–सम्पादनको परम्परा कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित ‘साझा समालोचना’ (२०२५) देखि भएको हो । त्यसयताका पाँच दशकमा यस किसिमका समालोचना कृति एक दर्जनभन्दा केही बढी मात्रै प्रकाशित भएका छन् । यस क्षेत्रमा समालोचकद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बृहत् आकारका तीनवटा यस्ता समालोचना कृति दिएर विशिष्ट योगदान पुर्‍याएका छन् ।
आगो केवल आगो होइन
कुन्साङ
आगो नहुँदो हो त बाह्रै महिना जाडो भइरहने हिमालतिरको जनजीवन कस्तो हुन्थ्यो ? हिउँदका ती पाँच महिना जम्मै जमिन हिउँले टम्म ढाकिएको हुन्छ, त्यहाँ आगो नहुनु कति पीडादायक होला ? हिउँमा बस्नेका लागि आगो नै जीवन हो, जीवन नै आगो । आउनुस् एकछिन हिमाल र आगोका कथा पढौं– हुम्ला, नाम्खाकी एपी र उनको सुनाएको आगोको कथा ।
सुनाखरी दुःखान्त
कमल मादेन
अर्किड्सका फूल सुन्दर हुन्छन् । जति सुन्दर हुन्छन्, उत्तिकै बहुमूल्य । जैविक औषधीय रसायन खोजकर्ताले यसका पात, जरा गानो/ट्युबर, काण्ड गानो (सिउडोबल्ब) बाट महत्त्वपूर्ण औषधि बनाएका छन् । त्यसैले अत्यधिक रूपमा संकलन भई यसको अवैद्य व्यापार हुने गरेको छ ।
आमाहरूका कथा खजाना
यशोदा तिम्सिना
नेपाली समाजमा अझै छोराछोरीबीच विभेद छ । छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं । हाम्रो कानुन र नियमले आमालाई बहुत उपेक्षा गरेको छ ।
लिखित देवनागरीको अलिखित इतिहास
माधवप्रसाद पोखरेल
आज देवनागरी लिपि नेपालमा मात्र होइन, भारतमै पनि सबभन्दा प्रचलित लिपि हो । यस लिपिमा नेपाली, हिन्दी, मराठी, कोंकणी र डोगरी जस्ता आर्य भाषा मात्र होइन, अन्य परिवारका भाषा पनि लेखिन्छन् । हाम्रो उपमहाद्वीपमा सबभन्दा धेरै मानिसले यस लिपिमा लेखेको कुरो सजिलै पढ्न सक्छन् ।
अंग्रेजी ज्ञानको नेपाली राजनीति
अभि सुवेदी
अंग्रेजी भाषाको ज्ञान राजनीतिसँग जोडिन्छ, शक्तिसँग जोडिन्छ, अभिजात वर्गसँग जोडिन्छ । नेपालमा पनि त्यही लागू हुन्छ भन्ने सिद्धान्त उच्चारण गरिनसक्दै विनिर्माण भइसक्छ । थाहा पाऊँछु, त्यो विनिर्माण मबाटै सुर हुन्छ । तल यसको प्रसङ्ग आउँछ ।
पुस ३०, २०७९
‘नेपालले राजा हटायो, श्रीलंकाले जन्मायो’
जनकराज सापकोटा
युर्निभर्सिटी अफ सिकागोबाट विद्यावारिधि गरेका मानवशास्त्री अर्जुन गुणरत्ने अमेरिकाको म्याकालेस्टर कलेजका प्राध्यापक हुन् । श्रीलंकामा जन्मेका गुणरत्ने एक समय नेपाल एन्ड हिमालयन स्टडिजले प्रकाशन गर्ने ‘हिमालय जर्नल’ का सम्पादक थिए ।
एउटै तस्बिर छ गोलामा
देवेन्द्र भट्टराई
उसबेला गोला गाउँ पुग्ने सजिलो बाटो थिएन । गाउँमा बिजुली वा रेडियो, टीभी केही थिएन । सीमापारिको तिब्बती बजारमा नुनतेल, उन, जडीबुटी वा चौंरीको व्यापार गर्न पाउनुलाई नै सबैले अहोभाग्य ठानिरहन्थे ।
कथा सुनाइरहेका घरहरू
नारायण कोजु
त्यसो त हरेक घरका आफ्नै कथा हुन्छन् । त्यस घरका मालिक र उसको परिवारले देखेको सपना । त्यो सपना पछ्याउँदा चाहिने पुँजी र त्यो पुँजी जम्मा गर्न गरेको मिहिनेत । अनि सिकर्मी–डकर्मीहरूको परिश्रमले ठडिएको संरचना । र, त्यो संरचनामा समयक्रमसँगै लेखिएका अनेकन् गाथा । त्यसैले प्रत्येक घर केवल चार दिवारमा कैद भौतिक आकार मात्रै होइन, बरु अनगिन्ती गाथाले भरिएको कथा हो ।
तपाईं के सोच्दै हुनुहुन्छ ?
विष्णु सापकोटा
अरू विषय विनिर्माण गर्नुपरे बिस्तारै, सोचेर गर्नुहुन्थ्यो, ‘अन्तर्मन’ को आवाज सुन्दै । जब विनिर्माणको विषय नै स्वयम् ‘सोचाइ’ छ भने सोच्न कहाँबाट सुरु गर्ने ? यस्तो अप्ठ्यारो परेका बेला आफ्नै अन्तर्मनलाई सोध्नुहुन्थ्यो । जसलाई ‘अन्तर्मन’ भनिन्छ लेख्न बसेको मूल विषयले त्यो नै बिभरको छ भन्छ ।
मोदी जिन्दावाद भर्सेस पोयट्री जिन्दावाद
मनोज बोगटी
गाउँलाई बीचमा पारेर सुरु हुनेछ आवाज आउनु । पहिले कुकुरहरू भुक्नेछन् कतैनेर केही पर हिन्हिनाउनेछ घोडा पारी कतै कराउनेछ स्याल बीचमा कतै हुनेछ तित्राको चिरचिर कतै हल्लनेछन् पातहरू अँध्यारोमा र, कतै सुनिनेछ बाटोमा कसैको एक्लै हिँड्नु यी सबैभन्दा बाहिर हुनेछ सबैभन्दा ठूलो गर्जन बाघको
मृतकको युद्ध सफर
सिपी अर्याल
श्रीलंकामा २६ वर्ष चलेको तमिल टाइगर्स र राज्यबीचको गृहयुद्धका कारण लगभग १ लाख मानिस मारिएको आकलन संयुक्त राष्ट्र संघको छ । जो युद्धको विभीषिकाबाट मरे, सायद उनीहरू नै भन्न सक्थे, युद्धको प्रताडना साँच्चै कस्तो हुन्थ्यो । मरेकाहरू कसरी बोलून् ? तर, मरिसकेकालाई युद्धकथा बकाएर युद्धको असली विध्वंस बताउने चलाखीपूर्ण तरिका अपनाएका छन् सेहान करुणातिलकाले ‘द सेभेन मुन्स अफ माली अलमेडा’ मार्फत ।
काठमाडौं भास्सिन सक्छ
लुना भारती
मेरो बुबा डा. महेश्वरप्रसाद भारती नेपाल सरकारको कर्मचारी हुनुहुन्थ्यो । पछि बेलायती सरकारको मद्दतमा सञ्चालित डीएफआईडी प्रोजेक्टमा काम गर्नुभयो । अहिले सेवानिवृत्त हुनुहुन्छ । उहाँले बालीनाली प्रजननमा विद्यावारिधि गर्नुभयो । आमा दुर्गा भारती नेपालको पहिलो नर्सिङ ब्याजको एक विद्यार्थी हुनुहुन्थ्यो । उहाँले नेपाल परिवार नियोजनमा लामो समय काम गर्नुभयो । उहाँ पनि सेवानिवृत्त भइसक्नुभएको छ ।
पुस २३, २०७९
तपाईंको पहाड घर कहाँ हो ?
भूपाल राई
पचासको दशकतिर लेखिएको एउटा आफ्नै कविता ‘दाजै कविता गाउँमै छ’ यतिखेर आफैंभित्र आत्मसमीक्षाको कठघरामा छ । गाउँको महिमामण्डन र झन्डै–झन्डै आत्माप्रवञ्चक शैलीमा लेखिएको त्यो कवितालाई त्यतिखेर एकखाले पाठकहरूले आफ्नै कथा ठाने । त्योसँग त्यस्ता मानिस बढी प्रभावित थिए, जो गाउँबाट सहर पसेका थिए । त्यसबारे अक्सर तिनीहरू नै बखान गर्थे, जो आफूले छाडेर आएको गाउँ सम्झेर नियास्रो मान्थे । पछि ०५७ सालमा साझा प्रकाशनले त्यही नाममा एउटा संग्रह नै छाप्यो । मलाई लाग्छ, मेरो कविता–यात्राको राजमार्गमा त्यसले एउटा खास माइलखुट्टीको काम गरेको छ ।
सांस्कृतिक योद्धाको साङ्गोपाङ्ग इतिवृत्त
गुरुङ सुशान्त
१० वर्षे ‘जनयुद्ध’ टुङ्ग्याएर माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले लेखक खगेन्द्र संग्रौलालाई एक भेटमा भनेछन्, ‘तपाईंले अनुवाद गरेका किताब पढेर माओवादको अभ्यास गरियो । तपाईंप्रति नेपाली क्रान्तिको इतिहास कृतज्ञ छ ।’
‘समाज बुझ्न किताब मात्रै अपर्याप्त’
कान्तिपुर संवाददाता
लेखक तथा प्रतिनिधिसभा सदस्य (भोजपुर) सुदन किरातीको आत्मसंस्मरण ‘पलपलको मृत्यु’ प्रकाशित छ । उनले सशस्त्र द्वन्द्वमा भोगेका दुःख, जेल–नेल र यातना किताबको विषय हो । किरातीसँग किताब–वार्ता :
चित्तुकुमारी, के रैछ र जिन्दगी !
पूर्ण पी राई
नीलो रङ खुइलिएर खरानीजस्तो फुस्रो भइसकेको ! ठाउँ–ठाउँमा फाटेको ! आगोको झिल्कोले कालो घेरा बनाएका अनगिन्ती दुलाहरू र आधासरो तुनाहरू हराएको चौबन्दी चोलो ! उस्तै रूपरङको च्यातिँदा–च्यातिँदा घटेर पेटिकोट जति मात्रै बाँकी रहेको फरिया ! नकोरिएको, जताततै फैलिएको, बग्रेल्ती लट्टा परेको, अनुहारभरि तन्द्र्याङ तुन्द्रुङ झुन्डिएको कपाल !
एकान्तको ऐना
निहिता विश्वास
म मेरो भावनाको अनुवाद गर्न चाहन्छु । सत्य भन्ने पनि स्थान र वातावरणले तय गर्ने रूपक रहेछ । मैले भर्खरै पढेको एक किताबको परावर्तन यहाँ लेख्न खोजेकी छु ।
पेलेको शान्त विद्रोह
हिमेश
पेलेको अन्तिम संस्कार पनि सकियो । उनको शव–यात्रा त्यो घर छोएर निस्केको थियो, जहाँ उनी हुर्के–बढेका थिए । सान्तोसको त्यस घरमा अझै पेलेकी सय वर्षकी आमा क्लेस्टे आरन्टेस बस्छिन् । ब्राजिल उनलाई ‘डोना क्लेस्टे’ नामले चिन्छ । स्वास्थ्य ठीकठीकै छ, तर धेरै थोक बुझ्न नसक्ने भइसकेकी छन् । त्यसैले आफ्नो प्रसिद्ध छोराको निधनबारे उनलाई पत्तो छैन ।
कितापी कीरा
भैरव अर्याल
हामीले झुसिलकीरा, लामकीरा र चिप्लेकीराहरू देखेका छौं, रेशमी कीराको कुरा सुनेका छौं । तर, कितापी कीरो जस्तो अनौठो अरू कुनै कीरो हुँदोरहेनछ ।
पुस १६, २०७९
शोभराजका दोभाषेको बयान
हरि अधिकारी
चार्ल्स शोभराजसँग प्रत्यक्ष भेटघाट भएको त्यो दिन खोइ किन हो, म थोरै नर्भसजस्तो थिएँ । सदर जेल जगन्नाथ मन्दिर काठमाडौंबाट उनलाई पुलिस भ्यानमा भक्तपुर जिल्ला अदालत परिसरमा ल्याउँदा रिसिभ गर्नेमा उनकी वकिल र सासू शकुन्तला थापा थिइन् ।
लामसुरेका कुदिरहने लामा दाइ
बिना थिङ
आँगनमा उज्यालो खसेपछि घाम टिप्न हिँड्नेहरूले लामा दाइलाई कहिल्यै सँगै देखेनन् । उनी त रातको गहिरो सन्नाटा बोकेर एकादेशमा ओहोरदोहोर गरिरहन्थे । उज्यालोको धर्काधर्की बोकेर फर्किने आशामा अँध्यारोको गर्त चहारिरहन्थे ।
साइकल संस्कृतिको सपना–विपना
तारालाल श्रेष्ठ
पाटन चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानका रेक्टर प्राध्यापक पवन शर्माको साइकल संस्कृति र प्रकृतिप्रति समर्पण देख्दा हामी साइकल साथीहरू सधैं उहाँसामुन्ने पग्लन्छौं । सुविधाभोगी भीडभन्दा पृथक् प्राध्यापक पवनले एउटा आलेख इमेल गर्नुभएछ । उक्त आलेख मभन्दा पनि हाम्रा प्रधानमन्त्रीले पढ्नुपर्ने खालको रहेछ । यसर्थ, उक्त अङ्ग्रेजी आलेखको सारसत्व नेपाली सन्दर्भसहित प्रधानमन्त्रीसम्म पुर्‍याउनु यस स्तम्भको मूल अभीष्ट हो ।
सभ्यताको महायात्रा
अभय श्रेष्ठ
मानिसहरुको अभिलेखमा म प्रतिकूल प्रेमीझैँ विस्मृत हुन सक्छु पुस्तकबाट च्याति जाने पानाजस्तै हराउन सक्छ मेरो कविता इतिहासमै सबभन्दा बढी उच्चारित हुनेछ सबभन्दा क्रूर शासकहरुको नाम आफ्नै सपनाको बधपर्व मनाइरहेका पात्रहरुको हातमा देश यति सानदार तरिकाले चलिरहेछ मानौँ निदाएको चालकले हााकेको गाडी हो यो देश कृष्णपक्षको जूनझैँ खिइँदै गएको जनजनको बोलीमा नित्य मन्त्रझैँ फेरि पनि गुन्जिरहेछ तिनीहरुकै नाम लेखिनेछ तिनीहरुकै इतिहास ।
काठमाडौंमा फुलेको नीलकुरिन्जी
राजकुमार बानियाँ
‘एक्लो’ पढुन्जेल काठमाडौं घमाइलो भइरह्यो । दुई–चार अध्याय पढेपछि पुसका दिन फासफुस भइजाने रहेछन् । लामो अन्तरालपछि पहिलोचोटि एक साता लगाएर यस्तो औपन्यासिक ठेली सफलतापूर्वक छिचोल्न सकेकामा मात्र होइन, रचनाको रोमाञ्च वा आत्मतृप्तिजस्तो केही भेट्न सकेकामा आफैंलाई एकफेर धन्यवाद भनूँजस्तो पनि लाग्यो ।
बदलिएका सेर्पा, सेरचन र सेर
गणेश राई
भाषाको कुनै सीमा हुँदैन’ भन्ने गूढार्थसहित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको यो तेस्रो शब्दकोश हो । तत्कालीन रोयल नेपाल एकेडेमीले विसं २०१९ मा ‘नेपाली शब्दकोश’ प्रकाशित गरेको थियो । सम्पादक थिए, एकेडेमीका उपकुलपति बालचन्द्र शर्मा ।
अनलाइन गेमिङको अद्भुत दुनियाँ
सजना बराल
पाल्पा, रामपुरका ४ जना किशोर केही महिनाअघि अचानक गायब भए । कक्षा ९ मा पढ्दै गरेका १४ वर्ष आसपासका ती किशोरहरू ‘विद्यालय जान्छु’ भनेर घरबाट निस्किएका थिए, तर एक हप्तासम्म घर फिरेनन् । तिनका साथीहरूसँग निकै सोधीखोजी गरेपछि थाहा भयो– उनीहरू त विद्यालय पोसाकमै दिल्ली पुगेछन् !
‘हामी परीका सन्तान’
दिलविक्रम आङदेम्बे
डोल्पा टुप्पाताराका डोल्पाली मगरको भाषा अरू मगरभन्दा भिन्न छ । भाषाशास्त्रीहरू त्यस भाषालाई ‘काइके भाषा’ भन्छन् । टुप्पाताराका मगरहरूको दाबी छ– ‘हामीले बोल्ने काइके भाषा हाम्री हजुरआमा परीले बोलेकी हुन् ।
पुस ९, २०७९
विख्यात कोविद, गुमनाम कोविद
छुदेन काविमो
त्यो अर्कै जमाना थियो । अहिलेजस्तो सबैका हात–हातमा मोबाइल फोन थिएन । घर–घरमा टेलिभिजन थिएन । मान्छेसँग मनोरञ्जनको अर्को कुनै साधन छँदै थिएन । त्यसोभए त्यो पुस्तासँग छुटाउनै नहुने थोकचैं के थियो नि ? त्यो केवल प्रकाश ‘कोविद’ कै उपन्यास थियो, जसलाई मान्छे छातीमै टाँसेर राख्न चाहन्थे । खोजी–खोजी पढ्न चाहन्थे । दार्जिलिङका मान्छे त्यही उपन्यासका पात्रहरूसँग घुम्दै–घुम्दै नेपाल पुग्थे । नेपालका मान्छे त्यही उपन्यासका पात्रहरूलाई पछ्याउँदै–पछ्याउँदै कालेबुङ आइपुग्थे ।
मैले नपढेका कोविदहरू
नयनराज पाण्डे
सत्य के हो भने मैले प्रकाश कोविद पढेको छैन । युधीर थापा पनि पढेको छैन । वसन्त, सुवास पनि पढ्न पाइनँ मैले । किशोरवयमै सनत रेग्मी, नन्दराम लम्साल र श्यामलजस्ता अग्रजको संगतको असर हुनुपर्छ, प्रकाश कोविदहरूको लेखन ‘साहित्य’ होइन र त्यस्तो लेखन पढेर समय बर्बाद गर्नुहुन्न भन्ने चेत मभित्र स्थापित भएको थियो ।
दादाजीसँग त्यो झरिलो अपराह्न
तीर्थबहादुर श्रेष्ठ
नाममा के हुन्छ र ? गुलाबको फूललाई जुनै नाम दिए पनि त्यसको सुवास घट्ने होइन । सौन्दर्यमा फरक पर्ने पनि होइन,’ शेक्सपियरको नाटक ‘रोमियो एन्ड जुलिएट’ भित्रको यो संवाद विश्वचर्चित छ । तर, गुलाब भन्ने संज्ञाले स्थापित गरेको आफ्नो रङ र रूप, गुण र स्वभावलाई अरू नामले बोक्न सक्दैन ।
संसार परिक्रमा