text stringlengths 2 914 |
|---|
जीवन पराजुली |
पहिलो फिल्म ‘आमा’ (२०२२) देखि २०७९ सम्मको अवधि हेरौं । नेपालमा अहिले बर्सेनि ९० वटासम्म फिल्म बन्न थालेका छन् । नेपाली बजारमा त नेपाली फिल्म छाएकै छन् । तर, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मको उपस्थिति कस्तो छ ? आउनुस् विमर्श गरौं । |
एउटा नाटक साँच्चैको |
शशिकला मानन्धर |
सानैदेखि अभिनय र संगीत मन पर्थ्यो । नौ कक्षा पढ्दैदेखि कविता लेख्थें, वाचन गर्थें । तर, अभिनय, संगीत मन परे पनि त्यस क्षेत्रमा मलाई हात समाएर डोहोर्याउने कोही थिएन । विसं २०३७ । म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर बहुमुखी क्याम्पसमा बोटनी विषयमा एमएस्सी पढ्दै थिएँ, प्रथम वर्षमा । त्यतिबेला उपत्यकाका विभिन्न क्याम्पसहरू मिलेर ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ आयोजना गर्थे । |
गैरआख्यानभित्रको आख्यान |
महेशविक्रम शाह |
निबन्ध यस्तो विधा हो, जहाँ लेखक आकाशमा विचरण गर्ने चराझैं स्वतन्त्र र सर्वव्यापी हुन्छ । लेखकलाई दिमाग र मनका दुईपाङ्ग्रे रथमा नारिएका कल्पनाका घोडा दौडाउन छुट हुन्छ । अनुभव, अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मीठासतत्व सृजना गर्नु निबन्धकारको शिल्पगत विज्ञता हो । लेखक केशव दाहालको किताब ‘माधवी ओ माधवी’ कै कुरा गरौं न ! यो किताबमार्फत लेखक आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगसँगै हिँडाउँछन् । |
हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य |
मीनबहादुर विष्ट |
हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य त्यो भर्खर त उक्लँदै थियो आकाशमा पाइला चाल्न सिकेर नानीले आमाको सहाराबिना चल्न आरम्भ गरेजस्तै |
ग्राउन्ड जिरो मोनोलग |
कमल ढकाल |
फुटबलमा दुई रङ हुन्छन्, कालो र सेतो ! तर, जब कतार पुगेर जीवनमै पहिलोपल्ट विश्वकप हेरेँ, फुटबलले देखाएका थुप्रै इन्द्रधनुषी रङ देखेँ । हरियो चौरमा सेता, पहेँला, नीला, काला, राता, खैरा, बैजनी रङका झन्डा र जर्सीका रङ । यी सात रङ त जोकोहीले पनि देख्ने थिए । नदेखिने मानव जीवनका काम, क्रोध, लोभ, मोह, मद, मास्तर्य र अहंकारका रङ पनि देखेँ । केटाले केटी र केटीले केटा हेरिरहेको देखेँ । एकअर्कासँग बोल्न खोजेको देखेँ । फोटो खिचेको देखेँ । रंगशालालाई जीवनकै रङमा घोलेर मज्जा लिइरहेको देखेँ । |
‘जादु हाम्रो दर्शनको जरो’ |
दीपक सापकोटा |
नेपाली कम्युनिस्ट आन्दोलनका अभियन्ता मोहन वैद्य ‘किरण’ दर्शनशास्त्रीसमेत हुन् । उनका ‘संघर्षको दर्शन’, ‘क्रान्ति र सौन्दर्य’, ‘मार्क्सवाद र संस्कृति’ लगायत किताब प्रकाशित छन् । |
पुस २, २०७९ |
म एक ‘लथालिङ्गी’ |
ध्रुवचन्द्र गौतम |
प्रिय पाठक, म आज तपाईंहरूलाई एक शिशुको कथा सुनाउन चाहन्छु, जो अहिले जन्मेको छैन । |
कथा सर्वेक्षण |
शार्दूल भट्टराई |
कतिलाई लाग्छ, लेखक भनेको सम्पादक पनि हो । लेखकहरू नै कतिपय पुस्तक र पत्रपत्रिकाका सम्पादक हुने गरेका कारण पनि त्यस्तो लाग्न सक्छ । लेखन र सम्पादन उस्तैउस्तै लागे पनि, अथवा यी दुईलाई अन्तर्सम्बन्धित मानिए पनि, कार्यकौशलका दृष्टिले यी दुई फरक विषय हुन् । |
आरनमा जलिरहेको त्रिशूल |
रीना मोक्तान |
एक बालक साथीसँग राति फलाम चोर्न निस्कन्छ । उसको नाम हो– भ्याल । निष्पट्ट अँध्यारोमा हातमा राँको बोकेर प्रत्येक घरका छत डुल्छन् उनीहरू । अनि काठका मूर्तिहरू (बाक्पा) का शिरमा गाडिएका त्रिशूल चोर्छन् चुपचाप । ती त्रिशूलबाट जसैगरी गाडी गुड्ने पाङ्ग्रा बनाउनु छ भ्याललाई । साथीहरूले खेल्न विद्यालयमा काठको बस बनाएका छन् । |
कवितामा हाई भोल्टेज |
विष्णु सन्न्यास |
यो देशमा कविको सङ्ख्या कति छ ? ठ्याक्कै भन्न नसकिएला, तर आजभोलि कवि नभेटिने कुनै सडक छैन, गल्ली छैन, सहर र चोक छैनन् । कविता लेख्नेको सङ्ख्या बढ्नु खुबसुरत कुरा हो । |
कोदारी राजमार्गको कथा |
चेङ सुयोङ |
नेपाल र चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण ल्हासा र काठमाडौं जोड्ने राजमार्ग बनाउने निर्णय बुद्धिमत्तापूर्ण थियो । नेपाल र तिब्बतबीच निकै पुरानो मैत्रीपूर्ण सम्बन्ध भए पनि अग्ला पहाड र हिमाल दुईपक्षीय व्यापार र आवतजावतमा अवरोध बनेका थिए । आधुनिक सडक निर्माणले चीन र नेपालबीचको यातायातमा ठूलो सुधार र जनस्तरको सांस्कृतिक सम्बन्ध बढाउन मद्दत गर्थ्यो । |
कस्तो हुन्छ नेपाली हिरोको कल्पना ? |
अभि सुवेदी |
नेपालमा हिरोको कल्पना कसरी गरिन्छ भन्ने साधारण प्रश्नमाथि मैले खासै गम्भीर विचार गरिएको भेटेको छैन । हिरो विषयलाई हेर्ने दृष्टिका दुईवटा पाटा छन् । एउटा पाटो ऐतिहासिक छ भने अर्को पाटो हाम्रै समय चेतनाले रञ्जित । यो लेखमा यस विषयको छलफल गर्ने ठाउँ नभएकाले केही आवश्यक प्रसंग मात्रै जोडिएका छन् । |
के प्रोटागोनिस्ट बन्लान् मेसी ? |
हिमेश |
एक युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन पनि भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्, ‘फाइनल खेलेर विश्वकपबाट बिदा लिँदै छु । मेरो अन्तिम विश्वकप नै अबको फाइनल खेल हुनेछ । त्यसैले म खुसी छु ।’ लाख रुपैयाँको प्रश्न भने कायमै छ– के अर्जेन्टिनाले विश्वकप जित्ला ? कि फ्रान्सले जित्ला ? |
मनको जाली चुम्ने गोलहरू |
सुमनराज ताम्राकार |
एक गोल । मात्र एकै गोलको फरक त हो नि ! किन एक गोलले दर्शकका आँखामा ग्लिसरिन छरेर जान्छ ? किन कुनै एक गोलले मान्छेलाई नाइट्रस अक्साइड सुँघाएझैं हुन्छ ? |
मंसिर २४, २०७९ |
मखमली प्रेमको हर्मोन |
शैलीका छेत्री |
प्रेम दर्शन विज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ । |
‘खेल मिलोमतो’ को उपक्रम |
हिमेश |
सिएरा लियोन विश्व फुटबलमा खासै नाम चलेको देश होइन । तर, विश्वकप सुरु हुनु ठीकअघि संसारमै त्यहाँको फुटबलबारे समाचार बन्यो । भएको के थियो भने त्यहाँको माथिल्लो डिभिजनका दुई खेलमा १ सय ८७ गोल भए । त्यस्तो पनि हुन सक्छ र ? तर, भयो । त्यसैले समाचार बन्यो । सिएरा लियोनको फुटबलका लागि त्यो लज्जाको समाचार थियो । त्यहाँको पहिलो डिभिजनमा बढुवाको समीकरणबीच दुई खेल एकै समय भएका रहेछन् । |
‘जार काटेको मार्ग’ |
धनकुमारी सुनार |
भैसेपाटीको एउटा गल्लीको नाम हो– ‘जार काटेको मार्गर्’ । म हिँड्ने त्यस मार्गको सडकछेउको पर्खालमा पहिलोपटक त्यो नाम पढ्दा शरीर सिरिङ्ग भएको थियो । आयतन आकारको सेतो नम्बर प्लेटमा सात अक्षरमा लेखिएको छ– ‘जार काटेको मार्ग’ । सोचें– यस्तो पनि नाम हुन्छ ? कसले राख्यो यो नाम ? जार काटेको मार्गको उल्टोपट्टि पश्चिमतिर छ– एमआर मार्ग । पूर्वतिर छ– ‘महिला घर’ सडक । |
हावामा तैरिरहेका खाली गिलास |
रीना मोक्तान |
चुनाव र विश्वकपको रौनकबीच काठमाडौंमा सुरु भएको नाट्य महोत्सवले नाटकप्रेमीलाई अत्यन्त व्यस्त बनायो । महोत्सवको नारा थियो– ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ (मंसिर ९–१७) । |
‘गुरुजत्ति खँदिलो अर्को किताब छैन’ |
घनश्याम खड्का |
छोग्याल रिन्पोछे अचेल एकै ठाउँमा भेटिँदैनन् । युरोप, अमेरिका र एसियाका अनेक देशमा बौद्ध देशनाका लागि हप्तैपिच्छेजसो उडिरहनुपर्ने उनको व्यस्त तालिका छ । र, पनि आफ्नो थातथलो काठमाडौं भने उनी समय मिलाएर आइराख्छन् । २० वर्षसम्म बौद्ध दर्शन पढेका र तिब्बतका हिमाली गुफाहरुमा पुगेर तीन वर्ष ध्यान गरेका यी युवा रिन्पोछे हाल संसारभर एक सन्देश सुनाउँदै घुमफिर गर्छन्, ‘यही जुनीमा मोक्ष सम्भव छ ।’ |
सुस्त सिकार–नीति, रुष्ट रैथाने |
कमल थापा |
ढोरपाटन सिकार आरक्षमा सन् २०१६ मा २ हजार २ सय २ को संख्यामा रहेको नाउर सन् २०२१ मा घटेर १ हजार २ सय ९० पुगेछ भने ३ सय ८८ को संख्यामा रहेको झारल बढेर ७ सय ४४ भएछ । यी पाँच वर्षमा नाउर र घोरलको संख्यामा भएको विपरीत घटबढले मेरो शोधार्थी स्वभावलाई थप शोधप्रश्न र खुल्दुली बढाइदियो । |
पाइला पाइलामा पर्खाल |
कुमारी लामा |
उबेला म बिलकुल अनविज्ञ थिएँ पर्खालबारे । लाग्थ्यो, फटाहाहरूबाट जोगिने एक सुरक्षित घेरो हो पर्खाल । ढुक्क थिएँ पर्खालले सुरक्षा, आश्रय र जीवन दिन्छ भन्नेमा । ठान्थेँ पर्खालले आड दिन्छ, साथ दिन्छ, भरोसा भर्छ । अझ जब्बर थियो बिश्वास कि अग्लिँदै गरेका भित्ताहरू हाम्रै भलाइका खातिर हुन् । यद्यपि यतिखेर भने बिलकुल फेरिएको छ मेरो पर्खाल–बुझाइ । पर्खालले सुरक्षा दिनुभन्दा बढी निषेध लगाउने रहेछ । अघोरै गर्ने रहेछ दादागिरी । |
बाघ र मान्छेको पुरानो ‘दुस्मनी’ |
दृष्टान्त विडारी |
यो पृथ्वी जति मान्छेको हो, उत्ति नै जनावरको पनि हो । यसमा अब थप बहसको आवश्यकता रहेन । केचाहिँ बहस गर्न ढिलो भइसक्यो भने मानव–जनावर द्वन्द्वलाई कम गर्ने व्यावहारिक उपायहरू के–के हुन सक्छन् ? ती उपाय कसरी अवलम्बन गर्न सकिन्छ ? |
मंसिर १७, २०७९ |
एक अजम्बरी मास्टरपिस |
वसन्त थापा |
२२ मार्च २०२२ को साँझ लस एन्जेलसको डल्बी थिएटरमा चलिरहेको ९४औं ओस्कार समारोहमा एउटा अप्रत्याशित, अनपेक्षित र विस्मयकारी घटना भयो । अभिनेता विल स्मिथले स्टेजमा गएर कार्यक्रम प्रस्तोता क्रिस रकको गालामा एक चड्कन लगाए । अनि फर्केर गई आफ्नो सिटमा बसेपछि पनि चर्को स्वरले क्रिसलाई मुख छाडिरहे । आफ्नी पत्नीको केश मुण्डन गरिएको शिरलाई लक्ष्य गरेर क्रिसले जोक गरेकामा विल स्मिथ त्यसरी आक्रोशित बनेका थिए । |
ड्यानका नेपाल यादहरू |
जनकराज सापकोटा |
अमेरिकाको कोलोराडोमा हुर्केर स्ट्यान्डफोर्ड युनिभर्सिर्टीबाट ग्र्याजुयट गरेपछि ड्यान इडवार्डस २०२३ सालमा नेपाल उत्रेका थिए । पिसकोर भोलेन्टियर रूपमा पहिलो पटक काठमाडौं आइपुग्दा उनका निम्ति यो पूरै सहर अनौठो थियो । |
‘डाक्साप आफैं हँसियाले नाइटो काटेकी हुँ’ |
नवराज केसी |
‘के भएर आउनु भो अस्पताल ?’ डाक्टरले एउटा सुरुवाती सहज प्रश्न गर्यो । अडिएर अनि अड्किएर थोरै बल लगाएर गाँठो फुकाएझैं बिस्तारै उनले पनि सुरुवाती जबाफ दिइन्, ‘बोल्दैन यो ! बोली फुटेन एस्को, चार वर्षको भैगो, कत्ति बोल्दैन, थोरै थोरै मात्र हिँड्छ । तर कत्ति बोल्दैन !’ |
एयरपोर्ट–डायरी |
राजकुमार पोखरेल |
पात्र एक अन्तर्राष्ट्रिय उडान विमानस्थलमा विमान ल्यान्ड गरेसँगै यात्रुहरूलाई चेकिङस्थल पुग्न हतारो भइसकेको थियो । केही गन्तव्यतिर लागे, केही जमिन चुम्न । सायद देश छाडेपछि मात्रृभूमिको मायाले भावुक भए । आफ्नो देशमा पहिलो पाइला टेक्न पाएको खुसी पनि होला । |
फुटबल अर्थात् भगवान् अर्थात् अफिम |
एदुआर्दो गालेआनो |
‘ओपन भेन्स अफ ल्याटिन अमेरिका’ जस्तो प्रसिद्ध किताबका लेखक एदुआर्दो गालेआनो फुटबलप्रेमी थिए । उरुग्वेमा जन्मिएका उनी अरू ल्याटिन अमेरिकीजस्तै भन्ने गर्थे, ‘मेरो रगतमै फुटबल छ ।’ रगतमै फुटबल भएको लेखकभन्दा अरू को योग्य हुन्थ्यो, ‘सकर इन सन एन्ड स्याडो’ लेख्न ? हरेक विश्वकपमा फुटबलको जस्तै उनको यस कृतिको पनि उत्सव मनाइने गरिन्छ । |
कविताको सग्लो अनुहार |
निर्भीकजंग रायमाझी |
कविताका मर्मज्ञ, आलोचकबाट समकालीन कवितामाथि अनेकौं प्रश्न उठिरहेको समय हो यो । आलोचकहरू कविहरूले आफ्नो ‘सग्लो अनुहार’ बनाउन नसकेकोदेखि शैली, शिल्पका विषयमा पनि बारम्बार प्रश्न उठाउँछन् । एकै खाले विषयमा एकै खालका कविता लेखिइरहनु यसको मूल कारण मान्न सकिएला । |
सडकमा हिप्पी, झ्यालमा खुर्सानी |
कान्तिपुर संवाददाता |
सिद्धहस्त मानवशास्त्री हुन्– जेरार्ड तोफाँ । सन् १९७० मा फ्रान्सबाट नेपाल आए र नेवार समुदायलाई आफ्नो अध्ययनको विषय बनाए । उनी विशेषतः हिमाली क्षेत्रको समाज र संस्कृतिमा दख्खल राख्छन् । सन् १९७२ देखि १९७७ सम्म ललितपुरको प्याङगाउँमा बसेर विद्यावारिधि सम्पन्न गरे उनले । त्यही क्रममा ठेंचोको नवदुर्गा नाचबारे उनलाई रूचि भयो र त्यसबारे अध्ययन गरे । |
‘आमा ! रगत त उसको पनि रातै छ’ |
मधु शाही |
कक्षामा ऊ अरू विद्यार्थीभन्दा भिन्न थिई । रूपदेखि व्यवहारसम्मै बेग्लै । हेर्नमा अरू सग्ला थिए– नाक, मुख, आँखा, कान, हात–खुट्टा सबै सलक्क परेका । तर, उसका आँखा फरक थिए । तिनलाई सामान्य बोलीचालीमा ‘डेरा आँखा’ भनिन्थ्यो । एकातिर हेर्दा अर्कैतिर हुन्थे आँखाका नानी । उसलाई स्कुलमा सबैले जिस्क्याउँथे, होच्याउँथे– डेरी भन्दै । |
मंसिर १०, २०७९ |
हुनेवाला दुलहाको चिठी |
गंगा कसजू |
श्री आदरणीय विनय सर, अटुट सम्झना र भावपूर्ण श्रद्धाञ्जली । केही दिन भयो तपाईंको धेरै सम्झना आइरहेको छ । मलाई सधैंका लागि छाडेर जानुभएको दिन नजिक आएर पनि होला, तपाईंको यादले सताइरहेको । तपाईंसँग विछोड भएको दिनको याद आउँदा मलाई सधैं पीडाबोध हुनुका साथै विक्षिप्त तुल्याउँछ । |
मैदान नजिकैबाट |
राजु घिसिङ |
कतारले अर्बौं डलर लगानी गरेर बनाएको मेट्रो गत सातासम्म खालीखाली नै थियो । चर्को घाम छलेर शीतलमै यात्रा गर्न सकिने भए पनि मेट्रोमा यात्रु नगन्य देखिन्थे । ठूला सहरमा ट्राफिक जाम छल्न र यात्रा सहज बनाउन बढाईएको मेट्रोको गतिलाई कतारमा बसोबास गरिरहेका २७ लाख बढी मानिसले पछ्याउन नसकेको हो कि ? |
कारकाँदो तल्तिरकी धम्बोझी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.