text
stringlengths
2
914
जीवन पराजुली
पहिलो फिल्म ‘आमा’ (२०२२) देखि २०७९ सम्मको अवधि हेरौं । नेपालमा अहिले बर्सेनि ९० वटासम्म फिल्म बन्न थालेका छन् । नेपाली बजारमा त नेपाली फिल्म छाएकै छन् । तर, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मको उपस्थिति कस्तो छ ? आउनुस् विमर्श गरौं ।
एउटा नाटक साँच्चैको
शशिकला मानन्धर
सानैदेखि अभिनय र संगीत मन पर्थ्यो । नौ कक्षा पढ्दैदेखि कविता लेख्थें, वाचन गर्थें । तर, अभिनय, संगीत मन परे पनि त्यस क्षेत्रमा मलाई हात समाएर डोहोर्‍याउने कोही थिएन । विसं २०३७ । म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर बहुमुखी क्याम्पसमा बोटनी विषयमा एमएस्सी पढ्दै थिएँ, प्रथम वर्षमा । त्यतिबेला उपत्यकाका विभिन्न क्याम्पसहरू मिलेर ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ आयोजना गर्थे ।
गैरआख्यानभित्रको आख्यान
महेशविक्रम शाह
निबन्ध यस्तो विधा हो, जहाँ लेखक आकाशमा विचरण गर्ने चराझैं स्वतन्त्र र सर्वव्यापी हुन्छ । लेखकलाई दिमाग र मनका दुईपाङ्ग्रे रथमा नारिएका कल्पनाका घोडा दौडाउन छुट हुन्छ । अनुभव, अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मीठासतत्व सृजना गर्नु निबन्धकारको शिल्पगत विज्ञता हो । लेखक केशव दाहालको किताब ‘माधवी ओ माधवी’ कै कुरा गरौं न ! यो किताबमार्फत लेखक आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगसँगै हिँडाउँछन् ।
हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य
मीनबहादुर विष्ट
हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य त्यो भर्खर त उक्लँदै थियो आकाशमा पाइला चाल्न सिकेर नानीले आमाको सहाराबिना चल्न आरम्भ गरेजस्तै
ग्राउन्ड जिरो मोनोलग
कमल ढकाल
फुटबलमा दुई रङ हुन्छन्, कालो र सेतो ! तर, जब कतार पुगेर जीवनमै पहिलोपल्ट विश्वकप हेरेँ, फुटबलले देखाएका थुप्रै इन्द्रधनुषी रङ देखेँ । हरियो चौरमा सेता, पहेँला, नीला, काला, राता, खैरा, बैजनी रङका झन्डा र जर्सीका रङ । यी सात रङ त जोकोहीले पनि देख्ने थिए । नदेखिने मानव जीवनका काम, क्रोध, लोभ, मोह, मद, मास्तर्य र अहंकारका रङ पनि देखेँ । केटाले केटी र केटीले केटा हेरिरहेको देखेँ । एकअर्कासँग बोल्न खोजेको देखेँ । फोटो खिचेको देखेँ । रंगशालालाई जीवनकै रङमा घोलेर मज्जा लिइरहेको देखेँ ।
‘जादु हाम्रो दर्शनको जरो’
दीपक सापकोटा
नेपाली कम्युनिस्ट आन्दोलनका अभियन्ता मोहन वैद्य ‘किरण’ दर्शनशास्त्रीसमेत हुन् । उनका ‘संघर्षको दर्शन’, ‘क्रान्ति र सौन्दर्य’, ‘मार्क्सवाद र संस्कृति’ लगायत किताब प्रकाशित छन् ।
पुस २, २०७९
म एक ‘लथालिङ्गी’
ध्रुवचन्द्र गौतम
प्रिय पाठक, म आज तपाईंहरूलाई एक शिशुको कथा सुनाउन चाहन्छु, जो अहिले जन्मेको छैन ।
कथा सर्वेक्षण
शार्दूल भट्टराई
कतिलाई लाग्छ, लेखक भनेको सम्पादक पनि हो । लेखकहरू नै कतिपय पुस्तक र पत्रपत्रिकाका सम्पादक हुने गरेका कारण पनि त्यस्तो लाग्न सक्छ । लेखन र सम्पादन उस्तैउस्तै लागे पनि, अथवा यी दुईलाई अन्तर्सम्बन्धित मानिए पनि, कार्यकौशलका दृष्टिले यी दुई फरक विषय हुन् ।
आरनमा जलिरहेको त्रिशूल
रीना मोक्तान
एक बालक साथीसँग राति फलाम चोर्न निस्कन्छ । उसको नाम हो– भ्याल । निष्पट्ट अँध्यारोमा हातमा राँको बोकेर प्रत्येक घरका छत डुल्छन् उनीहरू । अनि काठका मूर्तिहरू (बाक्पा) का शिरमा गाडिएका त्रिशूल चोर्छन् चुपचाप । ती त्रिशूलबाट जसैगरी गाडी गुड्ने पाङ्ग्रा बनाउनु छ भ्याललाई । साथीहरूले खेल्न विद्यालयमा काठको बस बनाएका छन् ।
कवितामा हाई भोल्टेज
विष्णु सन्न्यास
यो देशमा कविको सङ्ख्या कति छ ? ठ्याक्कै भन्न नसकिएला, तर आजभोलि कवि नभेटिने कुनै सडक छैन, गल्ली छैन, सहर र चोक छैनन् । कविता लेख्नेको सङ्ख्या बढ्नु खुबसुरत कुरा हो ।
कोदारी राजमार्गको कथा
चेङ सुयोङ
नेपाल र चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण ल्हासा र काठमाडौं जोड्ने राजमार्ग बनाउने निर्णय बुद्धिमत्तापूर्ण थियो । नेपाल र तिब्बतबीच निकै पुरानो मैत्रीपूर्ण सम्बन्ध भए पनि अग्ला पहाड र हिमाल दुईपक्षीय व्यापार र आवतजावतमा अवरोध बनेका थिए । आधुनिक सडक निर्माणले चीन र नेपालबीचको यातायातमा ठूलो सुधार र जनस्तरको सांस्कृतिक सम्बन्ध बढाउन मद्दत गर्थ्यो ।
कस्तो हुन्छ नेपाली हिरोको कल्पना ?
अभि सुवेदी
नेपालमा हिरोको कल्पना कसरी गरिन्छ भन्ने साधारण प्रश्नमाथि मैले खासै गम्भीर विचार गरिएको भेटेको छैन । हिरो विषयलाई हेर्ने दृष्टिका दुईवटा पाटा छन् । एउटा पाटो ऐतिहासिक छ भने अर्को पाटो हाम्रै समय चेतनाले रञ्जित । यो लेखमा यस विषयको छलफल गर्ने ठाउँ नभएकाले केही आवश्यक प्रसंग मात्रै जोडिएका छन् ।
के प्रोटागोनिस्ट बन्लान् मेसी ?
हिमेश
एक युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन पनि भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्, ‘फाइनल खेलेर विश्वकपबाट बिदा लिँदै छु । मेरो अन्तिम विश्वकप नै अबको फाइनल खेल हुनेछ । त्यसैले म खुसी छु ।’ लाख रुपैयाँको प्रश्न भने कायमै छ– के अर्जेन्टिनाले विश्वकप जित्ला ? कि फ्रान्सले जित्ला ?
मनको जाली चुम्ने गोलहरू
सुमनराज ताम्राकार
एक गोल । मात्र एकै गोलको फरक त हो नि ! किन एक गोलले दर्शकका आँखामा ग्लिसरिन छरेर जान्छ ? किन कुनै एक गोलले मान्छेलाई नाइट्रस अक्साइड सुँघाएझैं हुन्छ ?
मंसिर २४, २०७९
मखमली प्रेमको हर्मोन
शैलीका छेत्री
प्रेम दर्शन विज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ ।
‘खेल मिलोमतो’ को उपक्रम
हिमेश
सिएरा लियोन विश्व फुटबलमा खासै नाम चलेको देश होइन । तर, विश्वकप सुरु हुनु ठीकअघि संसारमै त्यहाँको फुटबलबारे समाचार बन्यो । भएको के थियो भने त्यहाँको माथिल्लो डिभिजनका दुई खेलमा १ सय ८७ गोल भए । त्यस्तो पनि हुन सक्छ र ? तर, भयो । त्यसैले समाचार बन्यो । सिएरा लियोनको फुटबलका लागि त्यो लज्जाको समाचार थियो । त्यहाँको पहिलो डिभिजनमा बढुवाको समीकरणबीच दुई खेल एकै समय भएका रहेछन् ।
‘जार काटेको मार्ग’
धनकुमारी सुनार
भैसेपाटीको एउटा गल्लीको नाम हो– ‘जार काटेको मार्गर्’ । म हिँड्ने त्यस मार्गको सडकछेउको पर्खालमा पहिलोपटक त्यो नाम पढ्दा शरीर सिरिङ्ग भएको थियो । आयतन आकारको सेतो नम्बर प्लेटमा सात अक्षरमा लेखिएको छ– ‘जार काटेको मार्ग’ । सोचें– यस्तो पनि नाम हुन्छ ? कसले राख्यो यो नाम ? जार काटेको मार्गको उल्टोपट्टि पश्चिमतिर छ– एमआर मार्ग । पूर्वतिर छ– ‘महिला घर’ सडक ।
हावामा तैरिरहेका खाली गिलास
रीना मोक्तान
चुनाव र विश्वकपको रौनकबीच काठमाडौंमा सुरु भएको नाट्य महोत्सवले नाटकप्रेमीलाई अत्यन्त व्यस्त बनायो । महोत्सवको नारा थियो– ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ (मंसिर ९–१७) ।
‘गुरुजत्ति खँदिलो अर्को किताब छैन’
घनश्याम खड्का
छोग्याल रिन्पोछे अचेल एकै ठाउँमा भेटिँदैनन् । युरोप, अमेरिका र एसियाका अनेक देशमा बौद्ध देशनाका लागि हप्तैपिच्छेजसो उडिरहनुपर्ने उनको व्यस्त तालिका छ । र, पनि आफ्नो थातथलो काठमाडौं भने उनी समय मिलाएर आइराख्छन् । २० वर्षसम्म बौद्ध दर्शन पढेका र तिब्बतका हिमाली गुफाहरुमा पुगेर तीन वर्ष ध्यान गरेका यी युवा रिन्पोछे हाल संसारभर एक सन्देश सुनाउँदै घुमफिर गर्छन्, ‘यही जुनीमा मोक्ष सम्भव छ ।’
सुस्त सिकार–नीति, रुष्ट रैथाने
कमल थापा
ढोरपाटन सिकार आरक्षमा सन् २०१६ मा २ हजार २ सय २ को संख्यामा रहेको नाउर सन् २०२१ मा घटेर १ हजार २ सय ९० पुगेछ भने ३ सय ८८ को संख्यामा रहेको झारल बढेर ७ सय ४४ भएछ । यी पाँच वर्षमा नाउर र घोरलको संख्यामा भएको विपरीत घटबढले मेरो शोधार्थी स्वभावलाई थप शोधप्रश्न र खुल्दुली बढाइदियो ।
पाइला पाइलामा पर्खाल
कुमारी लामा
उबेला म बिलकुल अनविज्ञ थिएँ पर्खालबारे । लाग्थ्यो, फटाहाहरूबाट जोगिने एक सुरक्षित घेरो हो पर्खाल । ढुक्क थिएँ पर्खालले सुरक्षा, आश्रय र जीवन दिन्छ भन्नेमा । ठान्थेँ पर्खालले आड दिन्छ, साथ दिन्छ, भरोसा भर्छ । अझ जब्बर थियो बिश्वास कि अग्लिँदै गरेका भित्ताहरू हाम्रै भलाइका खातिर हुन् । यद्यपि यतिखेर भने बिलकुल फेरिएको छ मेरो पर्खाल–बुझाइ । पर्खालले सुरक्षा दिनुभन्दा बढी निषेध लगाउने रहेछ । अघोरै गर्ने रहेछ दादागिरी ।
बाघ र मान्छेको पुरानो ‘दुस्मनी’
दृष्टान्त विडारी
यो पृथ्वी जति मान्छेको हो, उत्ति नै जनावरको पनि हो । यसमा अब थप बहसको आवश्यकता रहेन । केचाहिँ बहस गर्न ढिलो भइसक्यो भने मानव–जनावर द्वन्द्वलाई कम गर्ने व्यावहारिक उपायहरू के–के हुन सक्छन् ? ती उपाय कसरी अवलम्बन गर्न सकिन्छ ?
मंसिर १७, २०७९
एक अजम्बरी मास्टरपिस
वसन्त थापा
२२ मार्च २०२२ को साँझ लस एन्जेलसको डल्बी थिएटरमा चलिरहेको ९४औं ओस्कार समारोहमा एउटा अप्रत्याशित, अनपेक्षित र विस्मयकारी घटना भयो । अभिनेता विल स्मिथले स्टेजमा गएर कार्यक्रम प्रस्तोता क्रिस रकको गालामा एक चड्कन लगाए । अनि फर्केर गई आफ्नो सिटमा बसेपछि पनि चर्को स्वरले क्रिसलाई मुख छाडिरहे । आफ्नी पत्नीको केश मुण्डन गरिएको शिरलाई लक्ष्य गरेर क्रिसले जोक गरेकामा विल स्मिथ त्यसरी आक्रोशित बनेका थिए ।
ड्यानका नेपाल यादहरू
जनकराज सापकोटा
अमेरिकाको कोलोराडोमा हुर्केर स्ट्यान्डफोर्ड युनिभर्सिर्टीबाट ग्र्याजुयट गरेपछि ड्यान इडवार्डस २०२३ सालमा नेपाल उत्रेका थिए । पिसकोर भोलेन्टियर रूपमा पहिलो पटक काठमाडौं आइपुग्दा उनका निम्ति यो पूरै सहर अनौठो थियो ।
‘डाक्साप आफैं हँसियाले नाइटो काटेकी हुँ’
नवराज केसी
‘के भएर आउनु भो अस्पताल ?’ डाक्टरले एउटा सुरुवाती सहज प्रश्न गर्‍यो । अडिएर अनि अड्किएर थोरै बल लगाएर गाँठो फुकाएझैं बिस्तारै उनले पनि सुरुवाती जबाफ दिइन्, ‘बोल्दैन यो ! बोली फुटेन एस्को, चार वर्षको भैगो, कत्ति बोल्दैन, थोरै थोरै मात्र हिँड्छ । तर कत्ति बोल्दैन !’
एयरपोर्ट–डायरी
राजकुमार पोखरेल
पात्र एक अन्तर्राष्ट्रिय उडान विमानस्थलमा विमान ल्यान्ड गरेसँगै यात्रुहरूलाई चेकिङस्थल पुग्न हतारो भइसकेको थियो । केही गन्तव्यतिर लागे, केही जमिन चुम्न । सायद देश छाडेपछि मात्रृभूमिको मायाले भावुक भए । आफ्नो देशमा पहिलो पाइला टेक्न पाएको खुसी पनि होला ।
फुटबल अर्थात् भगवान् अर्थात् अफिम
एदुआर्दो गालेआनो
‘ओपन भेन्स अफ ल्याटिन अमेरिका’ जस्तो प्रसिद्ध किताबका लेखक एदुआर्दो गालेआनो फुटबलप्रेमी थिए । उरुग्वेमा जन्मिएका उनी अरू ल्याटिन अमेरिकीजस्तै भन्ने गर्थे, ‘मेरो रगतमै फुटबल छ ।’ रगतमै फुटबल भएको लेखकभन्दा अरू को योग्य हुन्थ्यो, ‘सकर इन सन एन्ड स्याडो’ लेख्न ? हरेक विश्वकपमा फुटबलको जस्तै उनको यस कृतिको पनि उत्सव मनाइने गरिन्छ ।
कविताको सग्लो अनुहार
निर्भीकजंग रायमाझी
कविताका मर्मज्ञ, आलोचकबाट समकालीन कवितामाथि अनेकौं प्रश्न उठिरहेको समय हो यो । आलोचकहरू कविहरूले आफ्नो ‘सग्लो अनुहार’ बनाउन नसकेकोदेखि शैली, शिल्पका विषयमा पनि बारम्बार प्रश्न उठाउँछन् । एकै खाले विषयमा एकै खालका कविता लेखिइरहनु यसको मूल कारण मान्न सकिएला ।
सडकमा हिप्पी, झ्यालमा खुर्सानी
कान्तिपुर संवाददाता
सिद्धहस्त मानवशास्त्री हुन्– जेरार्ड तोफाँ । सन् १९७० मा फ्रान्सबाट नेपाल आए र नेवार समुदायलाई आफ्नो अध्ययनको विषय बनाए । उनी विशेषतः हिमाली क्षेत्रको समाज र संस्कृतिमा दख्खल राख्छन् । सन् १९७२ देखि १९७७ सम्म ललितपुरको प्याङगाउँमा बसेर विद्यावारिधि सम्पन्न गरे उनले । त्यही क्रममा ठेंचोको नवदुर्गा नाचबारे उनलाई रूचि भयो र त्यसबारे अध्ययन गरे ।
‘आमा ! रगत त उसको पनि रातै छ’
मधु शाही
कक्षामा ऊ अरू विद्यार्थीभन्दा भिन्न थिई । रूपदेखि व्यवहारसम्मै बेग्लै । हेर्नमा अरू सग्ला थिए– नाक, मुख, आँखा, कान, हात–खुट्टा सबै सलक्क परेका । तर, उसका आँखा फरक थिए । तिनलाई सामान्य बोलीचालीमा ‘डेरा आँखा’ भनिन्थ्यो । एकातिर हेर्दा अर्कैतिर हुन्थे आँखाका नानी । उसलाई स्कुलमा सबैले जिस्क्याउँथे, होच्याउँथे– डेरी भन्दै ।
मंसिर १०, २०७९
हुनेवाला दुलहाको चिठी
गंगा कसजू
श्री आदरणीय विनय सर, अटुट सम्झना र भावपूर्ण श्रद्धाञ्जली । केही दिन भयो तपाईंको धेरै सम्झना आइरहेको छ । मलाई सधैंका लागि छाडेर जानुभएको दिन नजिक आएर पनि होला, तपाईंको यादले सताइरहेको । तपाईंसँग विछोड भएको दिनको याद आउँदा मलाई सधैं पीडाबोध हुनुका साथै विक्षिप्त तुल्याउँछ ।
मैदान नजिकैबाट
राजु घिसिङ
कतारले अर्बौं डलर लगानी गरेर बनाएको मेट्रो गत सातासम्म खालीखाली नै थियो । चर्को घाम छलेर शीतलमै यात्रा गर्न सकिने भए पनि मेट्रोमा यात्रु नगन्य देखिन्थे । ठूला सहरमा ट्राफिक जाम छल्न र यात्रा सहज बनाउन बढाईएको मेट्रोको गतिलाई कतारमा बसोबास गरिरहेका २७ लाख बढी मानिसले पछ्याउन नसकेको हो कि ?
कारकाँदो तल्तिरकी धम्बोझी