text
stringlengths
2
914
बालकृष्ण कट्टेल
सम्झूँसम्झूँ लागेको बेला कसरी सम्झन्छ होला कारकाँदोले धम्बोझीलाई ? भेटूँभेटूँ लागेको बेला कुन बाटो हिँडेर जान्छ होला धम्बोझी कारकाँदो भेट्नलाई ? कारकाँदो–धम्बोझीलाई नै लाग्न थालेछ – आएका सबै सम्झनाले लागेका सबै रहरहरु मेटाउँदैनन् हिँडेका सबै बाटोले चाहेका सबैलाई भेट्टाउँदैनन् !
धरतीले कति मान्छे धान्ला ?
घनश्याम खड्का
एउटा ब्रेकिङ न्युज दोहोर्‍याऊँ ? मान्छेहरू आठ अर्ब भए ! एउटा सानो र सरल वाक्यमा टुंगिने यो समाचार सुन्नमा जति सरल छ, गुन्नमा भने उति नै पेचिलो ।
दुःखका अलग रङ
अनिता पण्डित
तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले ।
गल्लीको ल्याम्पपोस्ट फुटाउने त्यो केटो
पेले
मैले व्यावसायिक फुटबल करिअर ब्राजिलकै सान्तोस क्लबबाट थालेको थिएँ । भिला बेल्मिरो घुम्न आएको स्विडेनको एआईके क्लबविरुद्ध खेल्न मेरा प्रशिक्षक लुलाले मलाई पहिलोपटक सान्तोसको प्रथम टोलीमा संलग्न गराएका थिए । जिटो, पेपे र अन्यसँग खेल मैदानमा दगुरिरहँदा मैले अनौठो महसुस गरें । खासमा यो अन्य अभ्यास खेलजस्तै लाग्यो ।
माधवी : अस्तित्वको चक्रव्यूह
सरला गौतम
दिल्लीको चाँदनी चोक गुन्जायमान छ । यो बोलिरहन्छ, कसैले नबोलाए पनि । साँझको मधुर तापमान, न हप्प छ न सितल । दिल्लीकै नामी करिम्स रेस्टुरेन्टमा मानिसहरू परिकारको स्वादमा मग्न छन् । थरीथरीका मानिस, थरीथरीका खानेकुरा । एउटा टेबलमा मेरा आँखा ठोकिन्छ । आँखा मात्रै देखाएर बुर्कामा पूरै छोपिएकी एक महिला आफ्ना दुई सुन्दर सन्तानलाई स्नेहले स्याहार्दै छिन् । साथमा उनको पति हुनुपर्छ ।
मंसिर ३, २०७९
५० वर्षअघि, ५० वर्षपछि
होम कार्की
२५ जुन २०१३ को बिहान ९ बजे कतारको भिलाजिओ मलतिर घुम्दै थिएँ । त्यस मलभित्र कतारी नागरकिको भीड थियो । त्यति ठूलो भीड मैले कहिल्यै देखेको थिइनँ । स्थानीय टेलिभिजनहरू कतारी नागरिकसँग एकपछि अर्को प्रतिक्रिया लिइरहेका थिए । कोही खुसी देखिन्थे, कोही निराश ।
म पनि जीवनमा रङ भर्दै छु
रेजिना पाण्डे
बाबा निकै रक्सी पिउनुहुन्थ्यो । त्यसैले हाम्रो घरको अवस्था असाध्यै दयनीय बनिरहेको थियो । घरभित्रको कोलाहल र झगडाबाट उत्पन्न आवाज घरको भित्ता छेडेर बाहिरसम्मै पुग्थ्यो । र, छिमेकीहरूलाई डिस्टर्ब गर्थ्यो । त्यो झगडा कहिले आँगनमै मञ्चन हुन्थ्यो । र, छिमेकीहरू, हामीहरू त्यो झगडाको रमिते भइरहन्थ्यौं ।
सत्ताइतरका बागी जीवनीलायक हुन्छन्
कान्तिपुर संवाददाता
लेखक उज्ज्वल प्रसाईको किताब ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ प्रकाशित छ । प्रसाईलाई दीपक सापकोटाका प्रश्न :
नेपाल कस्तो सांग्रिला हो ?
अभि सुवेदी
केही समयदेखि मलाई ‘सांग्रिला’ शब्द र यसको व्याख्या गर्ने संयोग परिरहेको छ । अमेरिकामा अध्ययन गरेर उतैका विश्वविद्यालयमा पढाउने मेरा पूर्व विद्यार्थीहरूले एउटा किताब प्रकाशित गरे । ‘नेपाल ए सांग्रिला ?’ (२०२२) शीर्षकमा उनीहरूका निम्ति मण्डला बुकले त्यो किताब प्रकाशित गरेको छ ।
सहर पसेका मान्छेका कथा
कान्तिपुर संवाददाता
कवि भोजकुमार धमलाले कविता–किताब ‘द सेल्फिस सिटी’ मार्फत सहरिया मान्छेका दुःख, युवाका अनेकौं सङ्घर्षका कथा र तिनका सपनाहरूको आत्मद्रोह (आफूभित्रैको विद्रोह) लेखेका छन् । जन्मस्थान ओखलढुङ्गाबाट पढ्न काठमाडौं नामको ‘सिटी’ प्रवेश गरेपछि आफैंले भोगेका अनगिन्ती दुःख, पीडा र बेसहारालाई कवितामार्फत आवाज दिएका छन् ।
मामुली कवितालाई कालजयी जामा !
राजकुमार बानियाँ
नेपाली कविताको ‘कमेडी’ के हो भने यहाँ प्रथम कवि पनि छन्, आदिकवि पनि छन् । ‘पृथ्वीनारायण’ लेख्ने सुवानन्द दासलाई प्रथम कवि मानिएको छ भने ‘कान्तिपुरी नगरी’ लेख्ने भानुभक्त आचार्यलाई आदिकवि । तर, अर्थका हिसाबले प्रथम कवि र आदिकविमा कुनै भिन्नता देखिँदैन । नेपाली समाज कविहरूलाई दर्जा दिनमा उदार नै छ ।
विश्वकपको हिसाबकिताब
हिमेश
प्रतियोगिताकै इतिहासमा सबैभन्दा विवादास्पद मात्रै होइन, उत्तिकै खर्चालु पनि हो– कतार विश्वकप । कुनै विश्वकपमा यति धेरै खर्च कहिल्यै भएकै थिएन भन्नेहरू ठोकुवा गरेर भन्छन्– अब आउने विश्वकपमा पनि यति धेरै खर्च हुनेछैन ।
मखनटोलकी मैयाँ
सुरेश किरण
काठमाडौंको नेवाः समाजमा प्रचलित एउटा पुरानो लोकगीत छ– ‘राजमति कुमति’ । यस गीतमा चित्रित नायिका राजमतिमाथि काफी विमर्श भइसक्यो । उनको कथामा फिल्मसमेत बनिसकेको छ । काठमाडौंकै नेवाः समाजमा प्रचलित अर्को पनि एउटा लोकगीत छ– ‘व छु गल्लि, थ्व छु गल्लि’ ।
कार्तिक २६, २०७९
मिथ्या सूचनाको ‘डिजिटल वार’
सजना बराल
मान्छेहरूको बुझाइ छ– सार्वजनिक महत्त्वका कतिपय विषयमा मिथ्या सूचनाको प्रयोग घातक र प्रत्युत्पादक परिणाम दिने खालका हुन्छन् । तर, अधिकांश राजनीतिक दल र नेताहरूले बेलाबखत त्यसको प्रयोग गर्न नहिचकिचाउने प्रवृत्ति बढ्दै गएको छ । मिथ्या सूचनाको प्रवाहलाई निर्वाचनका बेला हुने अभियानहरूले अझै मलजल गर्ने गरेका छन् । सामाजिक सञ्जालको उदयपछि ती तीव्र रूपमा फैलिने र मतदाताको ‘भोटिङ डिसिजन’ मै प्रभाव पार्न सक्ने खतरा रहेको जानकारहरूले भनिरहेका छन् ।
सिंहदरबारको साँघुरो ढोका
राजकुमार दिक्पाल
प्राचीन ग्रन्थ ‘मनुस्मृति’ ले दलित–उत्पीडितलाई ‘शुद्र’ सम्बोधन गरेको छ । ‘मनुस्मृति’ भन्छ– उनीहरूको सृष्टि ब्रह्माको गोडाबाट भएको हो । ‘ब्रह्माले सृष्टि चलाउन मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय र तिघ्राबाट वैश्यको सृष्टि गरे भन्ने उल्लेख छ (मोहनप्रसाद सापकोटा (अनुवाद, ।।श्री।। मनुस्मृति–२०७८ः८) ।’ शिल्पी–श्रमिकलाई शोषण–दमन गर्न रचिएको मनुस्मृतिले मान्छेलाई मान्छेको दर्जा कहिल्यै दिएन ।
फर्मुलाले पढन्ते बनाए, बुझन्ते बनाएनन्
कान्तिपुर संवाददाता
रमेश भुसाल ‘द थर्ड पोल’ नामक वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय अनलाइनका नेपाल सम्पादक हुन् भने वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल ‘अर्थ जर्नलिज्म नेटवर्क’ का दक्षिण एसिया संयोजक हुन् ।
८० दिनको चुनाव
रतन भण्डारी
मुलुक अहिले आम निर्वाचनमय छ । दलहरू गठबन्धनका साथ चुनावी रणनीतिमा उत्रिएका छन् भने युवाहरूको एउटा ठूलो पंक्ति पुरानो दल र नेतालाई प्रतिस्थापन गर्ने अभियान सक्रियताका साथ चलाइरहेको छ । नेपाल भन्ने देश स्थापना भएको समय कम्तीमा पृथ्वीनारायण शाहको पालादेखि मान्ने हो भने अढाई सय वर्ष यस्तो चुनावी स्पर्धा र सहभागिताबिनै बितेको थियो । सुरुमा राजा–महाराजा र पछि राणाशाहीको निरंकुश व्यवस्थालाई झेल्न धेरै पुस्ता बाध्य थियो ।
चुनाव : दृश्यहरूको अमूर्त मञ्चन
जनकराज सापकोटा
डिस्क्लेमर : यो कुनै कथा होइन । एउटा आम मान्छेको निदहराम गर्ने सपना र त्यसमा दोहोरिइरहने दृश्यहरूको उतार अर्थात् डिकोड हो । यहाँ प्रयुक्त पात्र तथा प्रवृत्ति काल्पनिक होइनन् । कुनै उम्दा कथाकारको अथक साधनापछि ती दृश्य जन्मेका होलान् भनेर पनि नसोच्नुहोला । उल्लिखित दृश्य कोही कसैको जीवनसँग मिल्न गएमा त्यो संयोग हुनेछैन ।
हिउँचितुवाको पैताला पछ्याउँदा*
कान्तिपुर संवाददाता
अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही तस्बिरहरू सम्पादित तथा फेक भएको दाबी गर्दै फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले रिपोर्ट सार्वजनिक गरेको छ ।
महाकुम्भको महातनाव
हिमेश
पत्याउनु के पत्याउनु ! झन् नपत्याउँदा कसरी नपत्याउनु ! विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप कतारमा सुरु हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएकै छैन । आजभन्दा १२ वर्षजति अघि चार/पाँच जनाको एउटा यस्तो बैठक बसेको थियो, जतिबेला सन् २०२२ को विश्वकप कतारमा हुन्छ भन्ने निर्णय भएकै थिएन ।
कार्तिक १९, २०७९
रानी–महारानीका नीलडाम
सुजित मैनाली
कवि श्यामलको एउटा कविता छ– किचकन्या । दरबारिया पुरुषहरूले यौनतृप्तिका लागि उपभोग गरेपश्चात् मारेका कैयौं युवती दरबारभित्रै गाडिए । अकालमै मारिएका प्रेमाप्त ती युवतीहरू किचकन्या भए । तिनीहरूको प्रेमपाशमा परेर सहरका युवकहरू खिरिलो बन्दै गएका छन् । दरबारभित्रका जमिन खोस्रिएर ती युवतीका नलीहाड पत्ता लगाई भस्म गरी तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गरिनुपर्ने राय कवितामा व्यक्त गरिएको छ ।
चिनियाँ दृष्टिमा अमेरिकी भविष्य
झलक सुवेदी
सन्दर्भ गत वर्षको माघतिर अमेरिका, युरोप र खासगरी चीनमा एउटा पुस्तकको माग अत्यधिक भयो जबकि बजारमा त्यसको उपलब्धता न्यून थियो । बजारमा आपूर्तिको तुलनामा माग बढ्दै जाँदा उक्त पुस्तकलाई चिनियाँहरूले १६ हजार युआन (२५ सय अमेरिकी डलर) पनि तिरेर किन्न थाले (२३ जनवरी २०२१ को ब्लुमवर्ग समाचार) । यो समाचार पढेपछि मलाई पनि पुस्तक पढ्ने हुटहुटी जाग्यो । र, मैले खुल्दुली मेट्नैका लागि पढें । मेरा लागि ‘अमेरिका अगेन्स्ट अमेरिका’ भन्ने यो पुस्तक नयाँ थियो नै । अरू नेपाली पाठकका लागि पनि रुचिकर हुन सक्छ भन्ने ठानेर यो समीक्षाको जमर्को गरिएको हो ।
युद्ध विसर्जन
शैलेन्द्र अधिकारी
विश्रान्त अर्थात् सुस्ताएको, थाकेको । थाकेको, सुस्ताएको राजनीतिक विषय ‘विश्रान्त’ महाकाव्यमा लेखेका छन्– कवि रूपक अलङ्कारले । महाकाव्यमा तेह्र सर्ग छन् । सर्गको आरम्भमा र आवश्यकताअनुसार बीचबीचमा पनि शीर्षक राखिएकाले कथा सलल बगेको अनुभूति हुन्छ । छन्दको प्रयोग, परिवर्तन र अन्य विषयमा ‘विश्रान्त’ मा कविले पूर्वीय काव्यशास्त्रको मान्यता पालना गरे पनि महाकाव्यको नायकको छनोटमा भने त्यो मान्यता पछ्याइएको छैन ।
रैथाने हिति वृत्तान्त
मल्ल के. सुन्दर
पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् ।
बन्जर बस्तीका व्यथा
भद्र शर्मा
निस्केको थिएँ– जलवायु परिवर्तनले आन्तरिक शरणार्थी बनेका मुस्ताङका गाउँलेबारे रिपोर्टिङ गर्न, कहिल्यै नपुगेको उपल्लो मुस्ताङतर्फ ।
साढे सात मोनोलग
शिक्षा रिसाल
हातमा तेलको डब्बा लिएर शनिदेवको मन्दिरअघि आधा घण्टा मात्रै उभिँदा पनि म कालीमाता भइसकेकी थिएँ ।
सद्‍गुरुलाई कोही किन प्रश्न गर्दैन ?
कुन्साङ
हिउँ परेपछि हिमालको चर्चा चलेजस्तै हालैहुम्लाको लिमी चर्चामा थियो । जग्गी वासुदेव (सद्गुरु) नेपालबाटै कैलाश मानसरोवरको दूरदर्शनका लागि लिमी भ्रमणमा आएका थिए (भदौ ८ गते यहाँ आइपुगेका उनी ५ दिन बसे) । त्यसैले चर्चामा थियो लिमी । सद्गुरुका लागि प्रयोग गर्न हवाईमार्गबाट मोटरसाइकल ढुवानी गरेर सिमकोट झारिएको थियो । यो लेख जग्गी वासुदेवको लिमी यात्रा र त्यसपछिका असरमाथि केन्द्रित हुनेछ । यहाँ सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव नै प्रयोग गरिनेछ ।
पलि स्वां, अजू स्वां, च स्वां
प्रशान्त माली
ललितपुर ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । ०७९ सालभरि चल्ने जात्रा अवधिभरि विभिन्न २८ पर्वपूजा चलाउनुपर्छ । प्रत्येक पूजामा फूलको विशेष महत्त्व छ । यहाँ जात्रा, पर्व र फूलबीचको सम्बन्धमाथि प्रकाश पार्ने जमर्को गरिनेछ ।
कार्तिक ५, २०७९
सत्यमोहनको त्यो टोपी
तीर्थबहादुर श्रेष्ठ
सत्यमोहन जोशी । एउटा यस्तो नाम, जसलाई कालले पनि हत्तपत्त खान सकेन । निल्न सकेन । असल मानिसको नाम यस्तै हुन्छ । भर्खरै सत्यमोहनको निधन भएको छ । उनीसँग धन छैन । सम्पत्ति छैन लिएर जाने । सबै छोडेर गए । शरीर पनि दान गरेर गए । जीवनकालमा चिन्ताले उनलाई जलाएन र आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी । उनको दिवंगत आत्माको चिर शान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्छु ।
लोकसाहित्यको उज्यालो
तुलसी दिवस
तिनताक म धनकुटामा हाइस्कुल तह पढ्दै गरेको किशोर थिएँ । सत्यमोहन जोशी पूर्वी नेपालको भ्रमणमा आउँदा गरिएको स्वागत कार्यक्रममा म पनि सरिक भएको थिएँ । किशोरवयको त्यो एकतर्फी परिचयपछिका सात दशक भने सत्यमोहन र म सँगसँगैजस्तो रह्यौं । प्रज्ञा प्रतिष्ठानमा हामी दुई कार्यकाल सँगै प्राज्ञको भूमिकामा रह्यौं । पचासको दशकपछि हाम्रो संस्था ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’ को कार्यक्रममा पनि प्रमुख अतिथि एवं सक्रिय सहभागीका रूपमा उनको निरन्तर उपस्थिति रह्यो । त्यसक्रममा हामीले लोकवार्ताका विविध आयाममा सार्थक छलफल गर्‍यौं ।
जसले चिनियाँलाई पढाए
लक्ष्मी लम्साल
अब पुराना फोटाहरू खोजेर हेर्छु,’ संस्कृतिविद् सत्यमोहन जोशी ब्रह्मलीन भएको खबरपछि च्या चे (प्रेमलता) ले पुराना एल्बम पल्टाउन थालिन् । च्या चे तिनै छात्रा हुन्, जो हाइस्कुल शिक्षापछि उच्च शिक्षाका लागि सन् १९६३ मा पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युट भर्ना भएकी थिइन् । च्या चेकै सहपाठी, सहकर्मी र जीवनसाथी हुन्– सु हाउ । दुवै कुनै बेला बेइजिङमा सत्यमोहनका शिष्य थिए । त्यसैले सत्यमोहनको देहावसान दुवैका लागि शोकपूर्ण थियो ।
आत्मकथामा इमान
कटक मल्ल
संस्मरण र कथाबीचको रेखा पार गर्ने साहित्यकारका रूपमा परिचित अनि लैंगिक, भाषिक र वर्गीय असमानता विषयकेन्द्रित फ्रान्सेली लेखक एनी एर्नाक्सले साहित्यमा २०२२ को नोबेल पुरस्कार पाएकी छन् । संस्मरण र कथाको एर्नाक्स–दृष्टिबाट हेर्दा जीवनी (बायोग्राफी) र आत्मकथा (अटोबायोग्राफी) बीचको स्पष्ट रेखा धमिलो हुन सक्छ । तर, एर्नाक्सजस्ता समानुभूति भएका साहित्यकारका लागि सीमान्तकृतहरू कविता, कथा र उपन्यासका विषय अवश्य हुन्छन् । किनकि शक्तिशालीलाई झैं सीमान्तकृतलाई आत्मकथा लेख्ने सुविधा हुँदैन ।
भ्रमको खण्डन