text stringlengths 2 914 |
|---|
बालकृष्ण कट्टेल |
सम्झूँसम्झूँ लागेको बेला कसरी सम्झन्छ होला कारकाँदोले धम्बोझीलाई ? भेटूँभेटूँ लागेको बेला कुन बाटो हिँडेर जान्छ होला धम्बोझी कारकाँदो भेट्नलाई ? कारकाँदो–धम्बोझीलाई नै लाग्न थालेछ – आएका सबै सम्झनाले लागेका सबै रहरहरु मेटाउँदैनन् हिँडेका सबै बाटोले चाहेका सबैलाई भेट्टाउँदैनन् ! |
धरतीले कति मान्छे धान्ला ? |
घनश्याम खड्का |
एउटा ब्रेकिङ न्युज दोहोर्याऊँ ? मान्छेहरू आठ अर्ब भए ! एउटा सानो र सरल वाक्यमा टुंगिने यो समाचार सुन्नमा जति सरल छ, गुन्नमा भने उति नै पेचिलो । |
दुःखका अलग रङ |
अनिता पण्डित |
तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले । |
गल्लीको ल्याम्पपोस्ट फुटाउने त्यो केटो |
पेले |
मैले व्यावसायिक फुटबल करिअर ब्राजिलकै सान्तोस क्लबबाट थालेको थिएँ । भिला बेल्मिरो घुम्न आएको स्विडेनको एआईके क्लबविरुद्ध खेल्न मेरा प्रशिक्षक लुलाले मलाई पहिलोपटक सान्तोसको प्रथम टोलीमा संलग्न गराएका थिए । जिटो, पेपे र अन्यसँग खेल मैदानमा दगुरिरहँदा मैले अनौठो महसुस गरें । खासमा यो अन्य अभ्यास खेलजस्तै लाग्यो । |
माधवी : अस्तित्वको चक्रव्यूह |
सरला गौतम |
दिल्लीको चाँदनी चोक गुन्जायमान छ । यो बोलिरहन्छ, कसैले नबोलाए पनि । साँझको मधुर तापमान, न हप्प छ न सितल । दिल्लीकै नामी करिम्स रेस्टुरेन्टमा मानिसहरू परिकारको स्वादमा मग्न छन् । थरीथरीका मानिस, थरीथरीका खानेकुरा । एउटा टेबलमा मेरा आँखा ठोकिन्छ । आँखा मात्रै देखाएर बुर्कामा पूरै छोपिएकी एक महिला आफ्ना दुई सुन्दर सन्तानलाई स्नेहले स्याहार्दै छिन् । साथमा उनको पति हुनुपर्छ । |
मंसिर ३, २०७९ |
५० वर्षअघि, ५० वर्षपछि |
होम कार्की |
२५ जुन २०१३ को बिहान ९ बजे कतारको भिलाजिओ मलतिर घुम्दै थिएँ । त्यस मलभित्र कतारी नागरकिको भीड थियो । त्यति ठूलो भीड मैले कहिल्यै देखेको थिइनँ । स्थानीय टेलिभिजनहरू कतारी नागरिकसँग एकपछि अर्को प्रतिक्रिया लिइरहेका थिए । कोही खुसी देखिन्थे, कोही निराश । |
म पनि जीवनमा रङ भर्दै छु |
रेजिना पाण्डे |
बाबा निकै रक्सी पिउनुहुन्थ्यो । त्यसैले हाम्रो घरको अवस्था असाध्यै दयनीय बनिरहेको थियो । घरभित्रको कोलाहल र झगडाबाट उत्पन्न आवाज घरको भित्ता छेडेर बाहिरसम्मै पुग्थ्यो । र, छिमेकीहरूलाई डिस्टर्ब गर्थ्यो । त्यो झगडा कहिले आँगनमै मञ्चन हुन्थ्यो । र, छिमेकीहरू, हामीहरू त्यो झगडाको रमिते भइरहन्थ्यौं । |
सत्ताइतरका बागी जीवनीलायक हुन्छन् |
कान्तिपुर संवाददाता |
लेखक उज्ज्वल प्रसाईको किताब ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ प्रकाशित छ । प्रसाईलाई दीपक सापकोटाका प्रश्न : |
नेपाल कस्तो सांग्रिला हो ? |
अभि सुवेदी |
केही समयदेखि मलाई ‘सांग्रिला’ शब्द र यसको व्याख्या गर्ने संयोग परिरहेको छ । अमेरिकामा अध्ययन गरेर उतैका विश्वविद्यालयमा पढाउने मेरा पूर्व विद्यार्थीहरूले एउटा किताब प्रकाशित गरे । ‘नेपाल ए सांग्रिला ?’ (२०२२) शीर्षकमा उनीहरूका निम्ति मण्डला बुकले त्यो किताब प्रकाशित गरेको छ । |
सहर पसेका मान्छेका कथा |
कान्तिपुर संवाददाता |
कवि भोजकुमार धमलाले कविता–किताब ‘द सेल्फिस सिटी’ मार्फत सहरिया मान्छेका दुःख, युवाका अनेकौं सङ्घर्षका कथा र तिनका सपनाहरूको आत्मद्रोह (आफूभित्रैको विद्रोह) लेखेका छन् । जन्मस्थान ओखलढुङ्गाबाट पढ्न काठमाडौं नामको ‘सिटी’ प्रवेश गरेपछि आफैंले भोगेका अनगिन्ती दुःख, पीडा र बेसहारालाई कवितामार्फत आवाज दिएका छन् । |
मामुली कवितालाई कालजयी जामा ! |
राजकुमार बानियाँ |
नेपाली कविताको ‘कमेडी’ के हो भने यहाँ प्रथम कवि पनि छन्, आदिकवि पनि छन् । ‘पृथ्वीनारायण’ लेख्ने सुवानन्द दासलाई प्रथम कवि मानिएको छ भने ‘कान्तिपुरी नगरी’ लेख्ने भानुभक्त आचार्यलाई आदिकवि । तर, अर्थका हिसाबले प्रथम कवि र आदिकविमा कुनै भिन्नता देखिँदैन । नेपाली समाज कविहरूलाई दर्जा दिनमा उदार नै छ । |
विश्वकपको हिसाबकिताब |
हिमेश |
प्रतियोगिताकै इतिहासमा सबैभन्दा विवादास्पद मात्रै होइन, उत्तिकै खर्चालु पनि हो– कतार विश्वकप । कुनै विश्वकपमा यति धेरै खर्च कहिल्यै भएकै थिएन भन्नेहरू ठोकुवा गरेर भन्छन्– अब आउने विश्वकपमा पनि यति धेरै खर्च हुनेछैन । |
मखनटोलकी मैयाँ |
सुरेश किरण |
काठमाडौंको नेवाः समाजमा प्रचलित एउटा पुरानो लोकगीत छ– ‘राजमति कुमति’ । यस गीतमा चित्रित नायिका राजमतिमाथि काफी विमर्श भइसक्यो । उनको कथामा फिल्मसमेत बनिसकेको छ । काठमाडौंकै नेवाः समाजमा प्रचलित अर्को पनि एउटा लोकगीत छ– ‘व छु गल्लि, थ्व छु गल्लि’ । |
कार्तिक २६, २०७९ |
मिथ्या सूचनाको ‘डिजिटल वार’ |
सजना बराल |
मान्छेहरूको बुझाइ छ– सार्वजनिक महत्त्वका कतिपय विषयमा मिथ्या सूचनाको प्रयोग घातक र प्रत्युत्पादक परिणाम दिने खालका हुन्छन् । तर, अधिकांश राजनीतिक दल र नेताहरूले बेलाबखत त्यसको प्रयोग गर्न नहिचकिचाउने प्रवृत्ति बढ्दै गएको छ । मिथ्या सूचनाको प्रवाहलाई निर्वाचनका बेला हुने अभियानहरूले अझै मलजल गर्ने गरेका छन् । सामाजिक सञ्जालको उदयपछि ती तीव्र रूपमा फैलिने र मतदाताको ‘भोटिङ डिसिजन’ मै प्रभाव पार्न सक्ने खतरा रहेको जानकारहरूले भनिरहेका छन् । |
सिंहदरबारको साँघुरो ढोका |
राजकुमार दिक्पाल |
प्राचीन ग्रन्थ ‘मनुस्मृति’ ले दलित–उत्पीडितलाई ‘शुद्र’ सम्बोधन गरेको छ । ‘मनुस्मृति’ भन्छ– उनीहरूको सृष्टि ब्रह्माको गोडाबाट भएको हो । ‘ब्रह्माले सृष्टि चलाउन मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय र तिघ्राबाट वैश्यको सृष्टि गरे भन्ने उल्लेख छ (मोहनप्रसाद सापकोटा (अनुवाद, ।।श्री।। मनुस्मृति–२०७८ः८) ।’ शिल्पी–श्रमिकलाई शोषण–दमन गर्न रचिएको मनुस्मृतिले मान्छेलाई मान्छेको दर्जा कहिल्यै दिएन । |
फर्मुलाले पढन्ते बनाए, बुझन्ते बनाएनन् |
कान्तिपुर संवाददाता |
रमेश भुसाल ‘द थर्ड पोल’ नामक वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय अनलाइनका नेपाल सम्पादक हुन् भने वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल ‘अर्थ जर्नलिज्म नेटवर्क’ का दक्षिण एसिया संयोजक हुन् । |
८० दिनको चुनाव |
रतन भण्डारी |
मुलुक अहिले आम निर्वाचनमय छ । दलहरू गठबन्धनका साथ चुनावी रणनीतिमा उत्रिएका छन् भने युवाहरूको एउटा ठूलो पंक्ति पुरानो दल र नेतालाई प्रतिस्थापन गर्ने अभियान सक्रियताका साथ चलाइरहेको छ । नेपाल भन्ने देश स्थापना भएको समय कम्तीमा पृथ्वीनारायण शाहको पालादेखि मान्ने हो भने अढाई सय वर्ष यस्तो चुनावी स्पर्धा र सहभागिताबिनै बितेको थियो । सुरुमा राजा–महाराजा र पछि राणाशाहीको निरंकुश व्यवस्थालाई झेल्न धेरै पुस्ता बाध्य थियो । |
चुनाव : दृश्यहरूको अमूर्त मञ्चन |
जनकराज सापकोटा |
डिस्क्लेमर : यो कुनै कथा होइन । एउटा आम मान्छेको निदहराम गर्ने सपना र त्यसमा दोहोरिइरहने दृश्यहरूको उतार अर्थात् डिकोड हो । यहाँ प्रयुक्त पात्र तथा प्रवृत्ति काल्पनिक होइनन् । कुनै उम्दा कथाकारको अथक साधनापछि ती दृश्य जन्मेका होलान् भनेर पनि नसोच्नुहोला । उल्लिखित दृश्य कोही कसैको जीवनसँग मिल्न गएमा त्यो संयोग हुनेछैन । |
हिउँचितुवाको पैताला पछ्याउँदा* |
कान्तिपुर संवाददाता |
अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही तस्बिरहरू सम्पादित तथा फेक भएको दाबी गर्दै फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले रिपोर्ट सार्वजनिक गरेको छ । |
महाकुम्भको महातनाव |
हिमेश |
पत्याउनु के पत्याउनु ! झन् नपत्याउँदा कसरी नपत्याउनु ! विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप कतारमा सुरु हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएकै छैन । आजभन्दा १२ वर्षजति अघि चार/पाँच जनाको एउटा यस्तो बैठक बसेको थियो, जतिबेला सन् २०२२ को विश्वकप कतारमा हुन्छ भन्ने निर्णय भएकै थिएन । |
कार्तिक १९, २०७९ |
रानी–महारानीका नीलडाम |
सुजित मैनाली |
कवि श्यामलको एउटा कविता छ– किचकन्या । दरबारिया पुरुषहरूले यौनतृप्तिका लागि उपभोग गरेपश्चात् मारेका कैयौं युवती दरबारभित्रै गाडिए । अकालमै मारिएका प्रेमाप्त ती युवतीहरू किचकन्या भए । तिनीहरूको प्रेमपाशमा परेर सहरका युवकहरू खिरिलो बन्दै गएका छन् । दरबारभित्रका जमिन खोस्रिएर ती युवतीका नलीहाड पत्ता लगाई भस्म गरी तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गरिनुपर्ने राय कवितामा व्यक्त गरिएको छ । |
चिनियाँ दृष्टिमा अमेरिकी भविष्य |
झलक सुवेदी |
सन्दर्भ गत वर्षको माघतिर अमेरिका, युरोप र खासगरी चीनमा एउटा पुस्तकको माग अत्यधिक भयो जबकि बजारमा त्यसको उपलब्धता न्यून थियो । बजारमा आपूर्तिको तुलनामा माग बढ्दै जाँदा उक्त पुस्तकलाई चिनियाँहरूले १६ हजार युआन (२५ सय अमेरिकी डलर) पनि तिरेर किन्न थाले (२३ जनवरी २०२१ को ब्लुमवर्ग समाचार) । यो समाचार पढेपछि मलाई पनि पुस्तक पढ्ने हुटहुटी जाग्यो । र, मैले खुल्दुली मेट्नैका लागि पढें । मेरा लागि ‘अमेरिका अगेन्स्ट अमेरिका’ भन्ने यो पुस्तक नयाँ थियो नै । अरू नेपाली पाठकका लागि पनि रुचिकर हुन सक्छ भन्ने ठानेर यो समीक्षाको जमर्को गरिएको हो । |
युद्ध विसर्जन |
शैलेन्द्र अधिकारी |
विश्रान्त अर्थात् सुस्ताएको, थाकेको । थाकेको, सुस्ताएको राजनीतिक विषय ‘विश्रान्त’ महाकाव्यमा लेखेका छन्– कवि रूपक अलङ्कारले । महाकाव्यमा तेह्र सर्ग छन् । सर्गको आरम्भमा र आवश्यकताअनुसार बीचबीचमा पनि शीर्षक राखिएकाले कथा सलल बगेको अनुभूति हुन्छ । छन्दको प्रयोग, परिवर्तन र अन्य विषयमा ‘विश्रान्त’ मा कविले पूर्वीय काव्यशास्त्रको मान्यता पालना गरे पनि महाकाव्यको नायकको छनोटमा भने त्यो मान्यता पछ्याइएको छैन । |
रैथाने हिति वृत्तान्त |
मल्ल के. सुन्दर |
पेसाले विशुद्ध प्राविधिक पद्मसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ को मूल विषय हो– हिति अर्थात् ढुंगेधारा । सचित्र अनि आकर्षक कलेवरमा छापिएको यो किताबमा इतिहास, वर्तमान र भविष्य गरी तीन कालखण्ड लेखिएको छ । यसमा सात मूल शीर्षक छन् । |
बन्जर बस्तीका व्यथा |
भद्र शर्मा |
निस्केको थिएँ– जलवायु परिवर्तनले आन्तरिक शरणार्थी बनेका मुस्ताङका गाउँलेबारे रिपोर्टिङ गर्न, कहिल्यै नपुगेको उपल्लो मुस्ताङतर्फ । |
साढे सात मोनोलग |
शिक्षा रिसाल |
हातमा तेलको डब्बा लिएर शनिदेवको मन्दिरअघि आधा घण्टा मात्रै उभिँदा पनि म कालीमाता भइसकेकी थिएँ । |
सद्गुरुलाई कोही किन प्रश्न गर्दैन ? |
कुन्साङ |
हिउँ परेपछि हिमालको चर्चा चलेजस्तै हालैहुम्लाको लिमी चर्चामा थियो । जग्गी वासुदेव (सद्गुरु) नेपालबाटै कैलाश मानसरोवरको दूरदर्शनका लागि लिमी भ्रमणमा आएका थिए (भदौ ८ गते यहाँ आइपुगेका उनी ५ दिन बसे) । त्यसैले चर्चामा थियो लिमी । सद्गुरुका लागि प्रयोग गर्न हवाईमार्गबाट मोटरसाइकल ढुवानी गरेर सिमकोट झारिएको थियो । यो लेख जग्गी वासुदेवको लिमी यात्रा र त्यसपछिका असरमाथि केन्द्रित हुनेछ । यहाँ सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव नै प्रयोग गरिनेछ । |
पलि स्वां, अजू स्वां, च स्वां |
प्रशान्त माली |
ललितपुर ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । ०७९ सालभरि चल्ने जात्रा अवधिभरि विभिन्न २८ पर्वपूजा चलाउनुपर्छ । प्रत्येक पूजामा फूलको विशेष महत्त्व छ । यहाँ जात्रा, पर्व र फूलबीचको सम्बन्धमाथि प्रकाश पार्ने जमर्को गरिनेछ । |
कार्तिक ५, २०७९ |
सत्यमोहनको त्यो टोपी |
तीर्थबहादुर श्रेष्ठ |
सत्यमोहन जोशी । एउटा यस्तो नाम, जसलाई कालले पनि हत्तपत्त खान सकेन । निल्न सकेन । असल मानिसको नाम यस्तै हुन्छ । भर्खरै सत्यमोहनको निधन भएको छ । उनीसँग धन छैन । सम्पत्ति छैन लिएर जाने । सबै छोडेर गए । शरीर पनि दान गरेर गए । जीवनकालमा चिन्ताले उनलाई जलाएन र आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी । उनको दिवंगत आत्माको चिर शान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्छु । |
लोकसाहित्यको उज्यालो |
तुलसी दिवस |
तिनताक म धनकुटामा हाइस्कुल तह पढ्दै गरेको किशोर थिएँ । सत्यमोहन जोशी पूर्वी नेपालको भ्रमणमा आउँदा गरिएको स्वागत कार्यक्रममा म पनि सरिक भएको थिएँ । किशोरवयको त्यो एकतर्फी परिचयपछिका सात दशक भने सत्यमोहन र म सँगसँगैजस्तो रह्यौं । प्रज्ञा प्रतिष्ठानमा हामी दुई कार्यकाल सँगै प्राज्ञको भूमिकामा रह्यौं । पचासको दशकपछि हाम्रो संस्था ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’ को कार्यक्रममा पनि प्रमुख अतिथि एवं सक्रिय सहभागीका रूपमा उनको निरन्तर उपस्थिति रह्यो । त्यसक्रममा हामीले लोकवार्ताका विविध आयाममा सार्थक छलफल गर्यौं । |
जसले चिनियाँलाई पढाए |
लक्ष्मी लम्साल |
अब पुराना फोटाहरू खोजेर हेर्छु,’ संस्कृतिविद् सत्यमोहन जोशी ब्रह्मलीन भएको खबरपछि च्या चे (प्रेमलता) ले पुराना एल्बम पल्टाउन थालिन् । च्या चे तिनै छात्रा हुन्, जो हाइस्कुल शिक्षापछि उच्च शिक्षाका लागि सन् १९६३ मा पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युट भर्ना भएकी थिइन् । च्या चेकै सहपाठी, सहकर्मी र जीवनसाथी हुन्– सु हाउ । दुवै कुनै बेला बेइजिङमा सत्यमोहनका शिष्य थिए । त्यसैले सत्यमोहनको देहावसान दुवैका लागि शोकपूर्ण थियो । |
आत्मकथामा इमान |
कटक मल्ल |
संस्मरण र कथाबीचको रेखा पार गर्ने साहित्यकारका रूपमा परिचित अनि लैंगिक, भाषिक र वर्गीय असमानता विषयकेन्द्रित फ्रान्सेली लेखक एनी एर्नाक्सले साहित्यमा २०२२ को नोबेल पुरस्कार पाएकी छन् । संस्मरण र कथाको एर्नाक्स–दृष्टिबाट हेर्दा जीवनी (बायोग्राफी) र आत्मकथा (अटोबायोग्राफी) बीचको स्पष्ट रेखा धमिलो हुन सक्छ । तर, एर्नाक्सजस्ता समानुभूति भएका साहित्यकारका लागि सीमान्तकृतहरू कविता, कथा र उपन्यासका विषय अवश्य हुन्छन् । किनकि शक्तिशालीलाई झैं सीमान्तकृतलाई आत्मकथा लेख्ने सुविधा हुँदैन । |
भ्रमको खण्डन |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.