text stringlengths 2 914 |
|---|
श्याम खनाल |
गत शनिबार कान्तिपुर ‘कोसेली’ मा (२०७९, आश्विन २९) श्यामसुन्दर राजवंशीको लेख ‘लिच्छवि संवत्को निर्णय’ का त्रुटिहरू छापिएको थियो । नयराज पन्तसम्बन्धी त्यो लेखमाथि मेरा केही टिप्पणी छन् । |
‘दुनियाँ बदल्छु भन्नेहरू आफैं बदलिए’ |
कान्तिपुर संवाददाता |
लेखक ईश्वर दाहालको नयाँ उपन्यास ‘मध्याह्न झुल्के घाम र गोधुली’ प्रकाशित छ । उपन्यासले एक पत्रकारको आँखाबाट ०४६ को राजनीतिक परिवर्तनपछि गणतन्त्र प्राप्तिसम्मका आरोहअवरोहको कथा भन्छ : |
सयपत्रीको कथा |
बुनु थारु |
मनसुन निख्रिएर आकाश नीलाम्मे छ । धरतीमा शारदीय फूल मगमगाउन थालेका छन् । धेरैजसोको घर, आँगन, बगैंचामा सयपत्री लोभलाग्दो गरी हाँसिरहेको छ । यो हाँसो सकिँदो दसैं अनि तिहार आगमनको संकेत हो । शब्दको सामान्य रूप हेर्दा सयपत्रीलाई शतपत्रका रूपमा अर्थ्याउन सकिन्छ । आफैँमा फूलको गुच्छा अर्थात् एक पुष्पपुञ्ज । |
‘अनुवाद झुर लागे मूल कृति पढ्नुस्’ |
उपेन्द्रराज पाण्डेय |
भारतीय लेखक गीतांजलि श्रीको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टुम अफ स्यान्ड’ ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्यो । श्री उक्त पुरस्कार पाउने पहिलो हिन्दी लेखकसमेत हुन् । कुनै पनि भाषाका साहित्यलाई विश्वमञ्चमा पुग्न जति धेरै भाषामा हुन सक्छ अनुवाद हुनैपर्छ । मूल रुपमा जुन भाषामा लेखिए पनि स्तरीय अनुवाद हुन सके साहित्यको विश्वमञ्चमा पुग्न सकिन्छ । |
आश्विन २९, २०७९ |
कोशी : केवल एक नदी ? |
सौरभ |
कस्सापानी भन्छन् मगरहरू पवित्र पानीलाई, जो कलशपानीको रूपान्तरण हो । कलश शब्द आएको हो कैलाशबाट । अर्थात् कैलाशबाट बनेको हो कोशी । यसैले नेवारहरूको पानी पर्ने माथिल्लो खुला ठाउँ कौशी हुन्छ, राणा दरबारको पानी पर्ने माथिल्लो खुला ठाउँ कैलाश हुन्छ । |
शेर्पाका नसुनिएका कथा |
रोशन शेरचन |
तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको सन् १९५३ को बखत नेपालले विदेशीलाई आफ्नो ढोका खोलेको केही वर्ष मात्रै भएको थियो । पृथ्वीको एउटा अन्तिम विन्दु अर्थात् सगरमाथाको चुचुरोमा पुग्ने त्यस ऐतिहासिक ब्रिटिस मिसनमा नाम्चेका १९ वर्षे लक्का जवान कान्छा शेर्पासमेत थिए । लगभग ४०० जना भरिया, जसमध्ये २५ जनाले ३० केजीका दरले सिक्का मात्रै बोकेको सात दशकअघिको त्यो समय कान्छाका लागि हरेक दोस्रो कुरा नौलो मात्र थिएन, सपनाजस्तो थियो । |
‘समीक्षामा फर्मुला होइन, विवेक प्रयोग हुन्छ’ |
कान्तिपुर संवाददाता |
फिल्म समीक्षा लेखनमा स्थापित नाम हो– दीपेन्द्र लामा । हाल उनी निर्देशित फिल्म ‘दुई नम्बरी’ प्रदर्शन रत छ । उनीसँग समीक्षा–संवाद : |
सत्ता साहित्यको राजनीति |
डिकर्ण मल्ल |
मानक सौन्दर्य भाषा–साहित्यले कुनै समाज र त्यसभित्रको ऐतिहासिक, सामाजिक, संस्कृतिक सभ्यताका आयामको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । तर, त्यो विकासको आयाम त्यहाँसम्म मात्रै सीमित रहन्छ, जहाँदेखि सत्ताले एकल साझा भाषिक सांस्कृतिक विस्तारवादी अभियान सुरु गर्दैन । आजको नेपाल एक बहुजाति, बहुभाषिक र बहुसंस्कृतिक देश थियो र हो पनि । |
‘लिच्छवि संवत्को निर्णय’ का त्रुटिहरू |
श्यामसुन्दर राजवंशी |
इतिहासविद् नयराज पन्तको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कृति हो– ‘लिच्छवि संवत्को निर्णय’ (२०४३) । नेपालका बौद्धिक, प्राज्ञिक विभूति कहलिएका पन्तले त्यस कृतिको पृष्ठ ५६१ मा लेखेका छन्, ‘जसले उपपत्ति बुझ्दछन्, तिनीहरू त भन्नेबित्तिकै कुरा बुझिहाल्छन् । जो उपपत्ति बुझ्दैनन् अथवा फोस्रो घमन्ड गरेर हिँड्छन्, तिनीहरूलाई गणित देखाई बुझाइदिनुपर्छ ।’ |
प्रदीप गिरि र बीपीका अध्ययन प्रसङ्ग |
अभि सुवेदी |
नेता प्रदीप गिरिको निधनको समाचार आएपछिका तरङ्गले धेरैलाई प्रभावित पार्यो । गिरिको अध्ययनशीलतामाथि जुन किसिमले स्वत:स्फूर्त विचार लेखिए, मलाई त्यो तरङ्गले प्रभावित पारेको हो । गिरिमाथि लेखिएका लेख र तिनका शीर्षक हेर्दा एउटा चाखलाग्दो विषय र छलफल नेपाली राजनीतिक चिन्तनमा उठेको देखिन्छ । उनी नेपाली कांग्रेसका नेता भएकाले मलाई यहाँ बीपी कोइरालाको अध्ययनको कलेवर जोड्न मन लाग्यो । |
बिरालोले सुनाएको कथा |
सुकन्या वाइबा |
‘मसँग अलिकति भेनम छ भेनम !’ |
फेरि नयाँ सडकको गीत |
राजिन पनेरु |
कालजयी रचनामा आधारित भएर पुनर्सिर्जन गर्ने परम्परा संसारैभरि छ । प्राचीन धार्मिक साहित्य वा महान् स्रष्टाका कृतिका पात्रको पुनव्र्याख्या, पुनर्कथन वा नवकथनका लागि यस्तो शैली अँगालिएको पाइन्छ । यस्तै प्रसिद्ध कथाहरूको सन्दर्भ, पात्र वा घटनामा आधारित भएर लेखिएका नयाँ कथा ‘कोसेली’ ले ‘उत्तरकथा’ स्तम्भमा प्रस्तुत गरेको छ । यस अंकको उत्तरकथाको स्रोतकथा हो– रमेश विकलकृत ‘नयाँ सडकको गीत’ । |
आश्विन १९, २०७९ |
लालीपप ठाकुर |
मुना चौधरी |
लगावेलु जब लिपिस्टिक हिलेला आरा डिस्टिक जिला टाप लागेलू कमरीया करे लापालाप लालीपप लागेलू यो गीत लालीपप ठाकुरले (हजाम, लौवा, कपाल काट्ने मान्छे) हटियाको हल्लागुल्लामा बजाउनेबित्तिकै मलाई धेरै हतार हुन्छ । |
आश्विन १६, २०७९ |
यो कथा हो |
रत्न प्रजापति |
एउटा रातो रङको चिल्लो कार सर्र आएर सडकको छेउमा रोकियो । कारबाट निस्केर दुई जना लोग्नेमान्छे सरासर घरभित्र पसे । ‘ओहो ! दाजुहरू आउनुभो ?’ बहिनी भन्नेले मस्किँदै भनी । ‘अनि त ? बहिनीले प्रेमपूर्वक बोलाएपछि आउनु परेन त ?’ दाजु भन्नेहरूले जिस्किँदै भने । बहिनी मक्ख । दाजुहरू दङ्ग । ‘बसौंन त ।’ बहिनीले मक्ख परेर भनी । |
एउटा पत्र प्रवासबाट |
दीपक पराजुली |
वकिल साहब, नमस्कार । उचित सुझाव दिनुहोला भन्ने आशले यो पत्र लेखिपठाएको छु । मेरो घर सल्यान जिल्ला हो । अहिले म नयाँ दिल्लीमा छु । पहाडगञ्ज-आराकाशाँ रोडको एउटा होटलमा मजदुरी गर्छु । देशले रोजगारी दिन सकेन अनि परदेशमा आएर रगतपसिना बगाउन बाध्य भएँ जस्ता शास्त्रीय गुनासाहरू मेरा मनमा छैनन् । |
आश्विन १५, २०७९ |
नौरथा–नौ कथा |
कान्तिपुर संवाददाता |
समयको ऐना मात्रै होईन कथा, यसले काललाई जितेको हुन्छ । कथावाचकहरू कहिल्यै मर्दैनन् । ती त आफ्नै कथाभित्रबाट प्रत्येक समय कथावाचन गरिरहेकै हुन्छन् । उत्कृष्ट कथावाचकहरू हिजो थिए, आज छन् र भोलि पनि हुनेछन् । |
बुद्धजङ रायमाझीको सक्कली सानो जीवन–चरित्र |
अविनाश श्रेष्ठ |
कथाको पात्र/चरित्रलाई कथाकै पात्र सम्झेर–बुझेर पढेको वेश । कथाका पात्रमा यथार्थ व्यक्ति खोज्न–खोतल्न थालियो भने पुगिने— विभ्रम, शंका र अराजकतामा हो । तर, यसो भनिरहँदा कथा कल्पित कुरो मात्र हो भन्ने मेरो आशय कदापि होइन । कल्पित कुरो भए पनि कथा वास्तविकताको धरातल टेकेरै उभिएको हुन्छ । मैले पहिले पनि पटक–पटक भनेको छु र फेरि पनि भन्दै छु— कथा अवास्तविक वास्तविकता हो;— अवास्तविक वास्तविकता मान्छेको, समाजको साथै मान्छे र समाजको सामुहिक अन्तरमनको पनि । |
लामो हात |
ध्रुव सापकोटा |
कथा मेरा लागि मनको उकुसमुकुस पोख्ने माध्यम हो । त्यसमा सपना–विपना सबै पर्छन् । सिद्धान्तलाई सिरानी बनाएर म कथा लेख्दिनँ । समयको कुरूप अनुहार मेरो सामुन्ने उपस्थित हुन्छ । त्यो कुरूप अनुहारलाई च्याप्प समाएर पस्किन मन लाग्छ । कुन विषयले पाठक रत्तिन्छन्, त्यतातिर कहिल्यै ध्यान गएन । |
ब्याटरी नं ५५५० |
शिवानीसिंह थारू |
आख्यान लेख्ने साहित्यकारको परख छोटा कथा लेखनमा हुने गर्छ । किनकि एउटा सुन्दर उपन्यास फूलको सिंगो बोट हो भने छोटो कथा त्यो बोटमा फुल्ने फूलको अत्तरको एक बुँद । फुललाई आफ्नो सम्पूर्ण अस्तित्वसहित अत्तरको एक बुँदमा परिणत हुन जटिल प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यसैले त अत्तरको एक सर्को बास्नामा बोटको जरादेखि टुप्पाको मुनासम्म कल्पना गर्न सकिन्छ । भन्न खोजेको छोटो कथाको आत्मामा उपन्यास बसेको हुन्छ । त्यसद्वारा एउटा सिंगो समय खडा गर्न सकिन्छ । गाह्रो त सिंगो समयको संसारलाई छोटो कथाको क्याप्सुलमा देखाउन छ । त्यसैले कथा लेख्ने प्रक्रिया सजिलो झैं प्रतीत भए पनि चुनौतीपूर्ण सृजनशीलता हो । |
कोठी |
कुमार नगरकोटी |
म बारम्बार आफ्नो दिमागको ‘प्लटिङ’ गरिबस्छु । मलाई लाग्छ, प्लटिङ गरिएको दिमाग सिर्जनशील एवं कल्पनाशील हुन्छ, जहाँ आख्यानको वैध/अवैध जन्म हुन्छ । |
ब्रह्मनाल–२०२८ (शिखरनाथ भाष्यको सहयोगमा) |
नयनराज पाण्डे |
कथा मेरा लागि पाठकको अदालतमा दर्ता गरेको फिरादपत्र या जाहेरी दरखास्त हो । म चाहन्छु, यो फिरादपत्र या जाहेरी दरखास्त पढेर पाठकहरू सर्जमिनका लागि घटनास्थलमा आऊन् र समाजमा व्याप्त बेथितिविरुद्धको मुचुल्कामा मसँगै हस्ताक्षर गरून् । म समयसितको झगडामा पाठकलाई आफूसँगै सामेल गराउनकै लागि कथा लेखिरहेको छु । |
डसनी फिक्सन |
लेनिन बञ्जाडे |
आख्यानको जग कथा हो । कथाले पाठकको मनमा बेग्लै संसार ठड्याइदिन्छ, जसमा लेखकले शब्दको बान्की मिलाएर सीमाहीन कल्पनाको राजमार्ग कोरिदिन्छ । म कथा लेख्छु— किनकि मलाई त्यस्ता बाटा कोर्न मन पर्छ । म कथा पढ्छु— किनकि मलाई त्यस्ता बाटामा हिँड्न मन पर्छ । अरूले कोरेको बाटो हिँड्नुमा जति आनन्द छ, आफूले कोरेको बाटामा अरूलाई हिँडाउँदा त्योभन्दा बढी सन्तोष हुन्छ । कथामा लेखकीय स्वतन्त्रता हुन्छ, पात्रहरू स्वतन्त्र हुन्छन् । लेखकले चाहेर पनि पात्रलाई निश्चित घेरामा बाँधेर राख्न सक्दैन । सिर्जनाको कापबाट ती पात्रले आफैं बाटो बनाउँदै र भत्काउँदै जान्छन् । मलाई यसकारण कथा मन पर्छ— म पात्र र घटनाको माध्यम भएर उनीहरूकै संसारमा विचरण गर्न पाउँछु । |
गैरकम्युनिस्ट |
महेशविक्रम शाह |
म कथालाई अभिव्यक्तिको सरल, सुन्दर, सुरुचिपूर्ण, सुललित, संवेगात्मक र स्वाभाविक माध्यम मान्छु । साहित्यका अन्य विधाभन्दा आख्यान त्यो विधा हो, जुन मान्छेको मस्तिष्कभन्दा हृदयसँग नजिक हुन्छ । मैले लेखनको सुरुवाती अवस्थामा कविता लेखेँ, तर जीवनको प्रारम्भिक चरणमा कथा सुनेँ । बाआमा र हजुरआमाले कथेका कथा सुन्दै म हुर्कें । मेरो बाल मस्तिष्कमा कल्पनाशीलता जगाउने काम कथाले नै गरेको हो । कथाले नै मेरो मनमा सृजनाको मुना टुसाएको हो । कविता र गीतको प्रस्फुटन काव्यात्मक होला, तर त्यसले भन्न खोजेको पनि ‘कथा’ नै हो । सृजनाको पहिलो झिल्को कथाका रूपमा नै मानव मस्तिष्कमा उदय हुन्छ र त्यसपछि साहित्यका भिन्न स्वरूपमा परिणत हुन्छ । कथा प्रस्तुतिको विषय, शिल्प र शैली जस्तोसुकै भए पनि मानवीय संवेदनालाई स्पर्श गर्न सक्ने कथा नै सफल कथा हो भन्ने म ठान्छु । |
श–२ ‘प्रेम हुन सक्ला पनि, प्रेम–कथा कदापि हुन सक्दैन’ |
ध्रुवचन्द्र गौतम |
कथाहरू समयका जीवित दस्तावेज हुन् । कथा–लेखन मेरो सासफेराइ हो भने कथा त्यही सास फेराइभित्रको सृजनात्मक प्रकरण । |
क्याफे स्टुडियो |
मनिषा गौचन |
अनेकन पात्र भएर जिन्दगी जिउन कथा लेख्छु, चाहे त्यो एक सुकोमल बालक होस् या कुख्यात डाँकू । चाहे सामान्य आइमाइ हुन्, या वीरंगना । र, गुजारा चलाउने देहव्यापारी होस् या यौनको लतले बिग्रिएकी आइमाई अनि चाहे ती पशुपंक्षी हुन् या प्रकृति । मेरा कथा यही समाज चल्ने क्रममा एकअर्कासँग ठोक्किएर बलेका झिल्का हुन् । |
आश्विन ८, २०७९ |
नाविकहरूका लोक-लय |
युवराज भट्टराई |
सन् १९३८ को कुरा हो, एल्लो रिभर किनाराको वुहान सहर जापानीहरूको कब्जामा थियो । चिनियाँ कवि तथा तत्कालीन लाल सेनाका तेस्रो स्क्वाड कमान्डर गुयान ओयराङ्ग जापानीविरुद्धको युद्धमोर्चामा जनसेनाको जत्था लिएर एल्लो रिभर तर्दै थिए । |
प्रश्नोत्तरझैं मुद्दा किन लेख्नु ! |
कृष्ण धरावासी |
हामी जो जहाँ छौं, त्यहीँबाट नेपाली भाषामा लेखिरहेका छौं । हामीले जानेको भाषा यही हो र यसैमा लेखिरहेका छौं । अरू भाषा जान्नेले त्यही भाषामा लेखे पनि हुने हो । अझ अहिलेको विश्वमा सबैभन्दा लोकप्रिय र चल्तीको भाषा अङ्ग्रेजीमै लेख्न सके अनुवादको झन्झटै नपर्ने थियो । |
म पहाडकै मान्छे हुँ |
र्यान्डी बेरी |
म एक जल्दोबल्दो युवा छँदै काठमाडौं आएँ । त्यो बेला थियो– सन् १९८० को अन्त्यतिर । अन्य पश्चिमी नागरिकजस्तै म पनि धेरै उत्सुकता बोकेर, काँधमा एउटा झोला भिरेर नेपाल आएको थिएँ । यहाँका अग्ला पहाड, साँच्चै सुन्दर सांस्कृतिक संरचना र अभ्यास हेर्ने आशासहित आइपुगेको थिएँ म नेपाल । |
पृथक् गन्तव्य |
रमण घिमिरे |
नेपाली साहित्यमा नारीलाई केन्द्रीय पात्र बनाएर धेरै उपन्यास–कथा लेखिएका छन् । झन् पद्य विधामा त नारी पात्रलाई प्रस्तुत गर्ने महाकाव्य र खण्डकाव्य नै अनगिन्ती छन् । आख्यानको कुरो गर्दा विश्वेश्वरप्रसाद कोइरालाका ‘सुम्निमा’ र ‘मोदिआइन’ हुन् या विजय मल्लको ‘अनुराधा’ र पारिजातको ‘शिरीषको फूल’ अथवा मदनमणि दीक्षितको ‘माधवी’ होस्– यी सबैमा नारी पात्रलाई चरित्र, मनोविज्ञान र स्वभावबारे फरक–फरक दृष्टिकोणले चर्चा गरिएको छ । |
समकालीन विमर्शमा थप पाइला |
किरण विक |
समृद्धि अहिले दलहरूका दस्तावेज र नेताका भाषणका अत्यावश्यक शब्द हुन् । समृद्धिको बहसमा विद्यार्थी नेता, हाल अनेरास्ववियु अध्यक्ष लेखक सुनिता बराल पनि जोडिन आइपुगेकी छन्– ‘समृद्धिप्रतिको संकल्प’ किताबमार्फत । विद्यार्थी नेताहरूले पढ्न/लेख्न छोडे, प्राज्ञिक बहसबाट टाढा भए भन्ने टिप्पणी आम रूपमा आइरहेकै बेला यो किताब आउनु खुसीकै विषय हो । |
यी प्रिय गीत, यी प्रिय कविता |
शिव पलाँस |
कवि/गीतकार दिनेश अधिकारीको लेखनको आफ्नै सौन्दर्य छ, सुगन्ध छ र अरूभन्दा पृथक् छ । उनी खहरे कविता, गीत लेख्दैनन् । कवि दिनेश अधिकारी वजनदार कि गीतकार दिनेश अधिकारी वजनदार ? तराजुमा जोखे तौल बराबरी देखिन्छ । त्यसो त उनी गीतलाई पनि नगाइएको अवस्थामा कविता नै भन्छन् । |
‘पात्रले नै लेखकलाई अमर बनाउँछ’ |
कान्तिपुर संवाददाता |
लेखक केशव दाहालको निर्बन्ध लेखनको सँगालो ‘माधवी ओ माधवी’ प्रकाशित छ । दाहालसँग किताब–वार्ता: |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.