text
stringlengths
2
914
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार रवि लामिछानेसहित ७ जनाविरुद्धको थुनछेकमा जाहेरवालाका तर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, वेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले सात जनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गर्दै बहस गरे ।
माओवादी बैठकमा पूर्वउपराष्ट्रपति
गंगा बीसी
माओवादी अध्यक्ष पुष्पकमल दाहालको चाहनामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा सक्रिय भएका छन् । कुनै पदमा मनोनीत नभए उनी वरिष्ठ नेताको हैसियतले बिहीबार स्थायी समितिको बैठकमा उपस्थित भए । उनलाई पदाधिकारी बस्ने कुर्सीको लाइनमा बस्ने व्यवस्था गरिएको थियो ।
संसद् अधिवेशन बोलाउन प्रमुख प्रतिपक्ष माओवादीको माग
गंगा बीसी
माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संसदको अधिवेशन पछि धकेलेर दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला त्यसको विरोध गर्दै बैठक बोलाउन माग गरेको हो ।
शेरा दरबारको जग्गाबारे संसदीय समितिमा उठ्यो प्रश्न
कान्तिपुर संवाददाता
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको जग्गाका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठेको छ । समितिको बिहीबार भएको बैठकमा सांसदहरूले उक्त जग्गाको विवादका सम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् ।
बझाङमा जीप दुर्घटना : चालकसहित पाँच जनाको मृत्यु
वसन्तप्रताप सिंह
बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
बिदा भइन् पहिलो महिला राजदूत बिन्दा
घनश्याम खड्का
लोक सेवाको परीक्षा र हाजिरीजवाफमा अक्सर सोधिने एउटा प्रश्न छ– नेपालको पहिलो महिला राजदूत को हुन् ? जसले उत्तरमा ‘बिन्दाश्वरी शाह’ लेख्दैन, उसले अंक पाउँदैन ।
सुदूरपश्चिम र कर्णालीमा तारन्तार भूकम्प
अर्जुन शाह
बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्रीलाई केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सय ८ घर भत्किए, ४ सय ६० घरमा आंशिक क्षति पुग्यो । घरमा बस्नै नमिल्ने भएका कारण जगन्नाथ–५ दर्जी टोलका एक दर्जन परिवारले त्रिपालमुनि आश्रय लिइरहेका छन् ।
पुस १८, २०८१
अध्यादेश ल्याएर दल फुटाउन खाेज्नु निन्दनीय : माओवादी केन्द्र
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कांग्रेस-एमाले गठबन्धन सरकारले दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भएको छ ।
तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउँदै छ : बाबुराम भट्टराई
हरिराम उप्रेती
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने बताएका छन् । बिहीबार पार्टीको पालुङटार नगरपालिका नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले मुख्य दलका शीर्ष नेतृत्वकै कारण देश रसातलमा पुगेको बताएका हुन् ।
आज दिनभर देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज देश-दुनियाँमा, बैंकले प्रवाह गरेको साढे ५३ खर्ब कहाँ छ ?, ‍सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारीदेखि बालगायक सचिन परियारको निधनसम्मका खबर रुचाइए ।
इजलासमा सहकारीपीडितका कानुन व्यवसायीको प्रश्न : ऋण लैजाने रवि लामिछाने पूर्वगृहमन्त्री नभए को हुन् ?
दीपक परियार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार रवि लामिछानेसहित ७ जनाविरुद्धको थुनछेकमा जाहेरवालकातर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले सातजनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गर्दै बहस गरे ।
भ्रष्टाचारका छिद्र टाल्नुपर्नेमा झन् खुकुलो पार्ने काम भइरहेको छ : पूर्वन्यायाधीश खतिवडा
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले नेपालमा भ्रष्टाचार केकति छ भनेर बहस गर्नुभन्दा त्यसलाई बढ्न नदिन नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्ने बताएका छन् । खोज पत्रकारिता केन्द्रले ललितपुरमा बिहीबार आयोजना गरेको ‘भ्रष्टतन्त्र’ विषयक गोष्ठीमा विद्वत् मन्तव्य राख्दै पूर्वन्यायाधीश खतिवडाले त्यस्तो टिप्पणी गरेका हुन् ।
सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : अध्यक्ष यादव
रासस
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।
सचिनको निधनपछि प्रधानमन्त्री ओलीले भने : सामाजिक सम्बन्धका विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ
कान्तिपुर संवाददाता
बालगायक सचिन परियारको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सम्बन्धका विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सचिनको निधनले दु:खी भएको भन्दै प्रधानमन्त्री ओलीले एकजना बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर देखिएको समेत बताएका छन् ।
रावलको आरोप प्रचण्डको ‘कपीपेस्ट’ : एमाले
कान्तिपुर संवाददाता
एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ ।
कांग्रेससँग सहकार्यपछिको राजनीतिक ‘कोर्स’को समीक्षा गर्दै एमाले
कान्तिपुर संवाददाता
एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने प्रस्ताव तयार गरेको छ । केन्द्रीय सचिवालको बिहीबारको बैठकले पुस २१ देखि हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव पारित गर्दै कांग्रेस–एमाले गठबन्धनपछि सुरु भएको राजनीति समीक्षा गर्न लागेको हो ।
इजरायलमा केयरगिभर लैजाने प्रक्रिया पुन: सुरु हुँदा नेपालीका लागि थप अवसर आँउछ : राजदूत पण्डित
कान्तिपुर संवाददाता
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा छानिएका सहायक श्रमिक (केयरगिभर) लैजाने प्रक्रिया पुन: सुरु हुँदा नेपालीका लागि इजरायलमा थप अवसर सिर्जना हुने वातावरण बन्ने बताएका छन् ।
पूर्वउपराष्ट्रपति पुन माओवादी स्थायी समिति बैठकमा उपस्थित
कान्तिपुर संवाददाता
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा उपस्थित भएका छन् । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन् ।
बालगायक सचिन परियारको निधन, के भएको थियो उनलाई ?
कान्तिपुर संवाददाता
बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी १३ वर्षका थिए ।
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
भ्रष्टाचार निवारण विधेयक राज्यव्यवस्था समितिबाट पारित
कान्तिपुर संवाददाता
राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकबाट उक्त विधेयक पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
शेरा दरबारको जग्गा कानुनविपरीत व्यक्ति र कम्पनीका नाममा गएको भए फिर्ता हुन्छ : गृहमन्त्री
कान्तिपुर संवाददाता
नुवाकोटको शेरा दरबारको जग्गा र त्यसले चर्चेको जग्गा कानुनविपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
कान्तिपुर संवाददाता
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताएका छन् ।
नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन
कान्तिपुर संवाददाता
कूटनीतिज्ञ बिन्दाश्वरी शाहको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान घरमै शाहको निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । शाहको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
शेरा दरबारको जग्गा कानुनविपरीत छ भने सरकारमातहत ल्याइयोस् : दाहाल
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको छ भने सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले त्यो कदम चालेमा आफूले सहयोग गर्ने दाहालले बताए ।
भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो संसदीय समितिमा छलफल गरौं : थापा
कान्तिपुर संवाददाता
कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार आरोप लगाउने र प्रतिस्पर्धीलाई खुइल्याउने हतियार बनेको बताएका छन् । उनले भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो भन्ने विषयमा संसदीय समितिमा खुला छलफल हुनुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
कान्तिपुर संवाददाता
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे १२ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
सूर्यदर्शन ठगी प्रकरण : सकियो सरकारी वकिलको थुनछेक बहस
दीपक परियार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसहित ७ जनाविरुद्धको मुद्दामा बुधबार सरकारी वकिलले थुनछेक बहस गरेका छन् ।
बुटवलवासी भन्छन्– विकासका योजना सुरु भए, पूरा भएनन्
कान्तिपुर संवाददाता
नागरिकको ढोका अगाडिको सरकार हो, स्थानीय सरकार । जसले व्यक्तिगत घटना दर्तादेखि विकास, न्याय र सशक्तीकरणमा काम गर्छ । आफैं योजना बनाउन र कार्यान्वयन गर्न सक्छ । कानुन बनाउन र प्रयोग गर्न पनि स्वतन्त्र छ ।
प्रधानमन्त्री ओलीलाई रावलका ७४ प्रश्न
कान्तिपुर संवाददाता
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही’ निर्णय गरेको भन्दै ७४ प्रश्न गरेका छन् ।
राज्य व्यवस्था समिति बैठकमा विरलै पुग्छन् शीर्ष नेता
जयसिंह महरा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पछिल्लो समय संघीय निजामती, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण आयोगसँग सम्बन्धित विधेयकमाथि निरन्तर छलफल भइरहेको छ ।
बालविवाह मुक्त अभियानमा भारतीय अधिकारकर्मीको साथ
कान्तिपुर संवाददाता