text stringlengths 2 914 |
|---|
फूलको मूर्च्छना |
अमृता स्मृति |
कुदिरहेथें काँडाहरु टेक्दै एउटा फूल आयो फैलियो मेरो बाटामा म सुस्तसुस्त हिँड्न थालेँ |
मदरसाका अन्योलहरू |
रुबी खान |
कतिपय मानिसको बुझाइ छ– ‘मदरसामा अरबी भाषामा मुस्लिम बालबालिकालाई धार्मिक ग्रन्थ कुरान मात्रै पढाइन्छ । मदरसामा हाफिज मौलानाले मात्रै पढाउन पाउँछन् । अन्य समुदायका शिक्षकले अध्ययन–अध्यापन गर्न/गराउन पाउँदैनन् ।’ यी बुझाइमा आंशिक सत्यता छ । तर, यो पूर्ण बुझाइ होइन । |
मान्छेले देउता बनाए कि देउताले मान्छे ? |
सुरेश ढकाल |
बहस एउटा प्रश्नबाट सुरु गरौं– मान्छेले देउता आविष्कार गरे कि देउताले मान्छे ? यो एक रुचिकर प्रश्न मात्रै होइन अवधारणागत बहसको विषय पनि हो । पुरातत्त्वविद्, मानवशास्त्रीले हालसम्म गरेका केही अध्ययनबाट प्राप्त प्रमाणका आधारमा धर्म र देउताको अवधारणागत विकासमाथि यस लेखमा केही चासो जाहेर गरिन्छ । |
चिचीको रुखमुनि भूपीको आत्मा |
फूलमान वल |
तिम्रै हजुरआमाको अस्तु गाडिएको यही खिम्हीघरकै छेउ उम्रिएको छ– चिचीको अन्तिम रुख र, पिइरहेको छ एउटा जापानी फिरन्ते यही रुख निचोरेर बनेको वाइल्डवेरी जुस |
आश्विन १, २०७९ |
रहनुपर्छ बाँस, बज्नुपर्छ बाँसुरी |
तीर्थबहादुर श्रेष्ठ |
कतै सुदूरबाट नियाल्दा कुनै विशाल तालमा माछा मार्न थापेको बडेमाको बल्छीजस्तै देखिन्छ– बाँस । त्यसैले बाँससँग अनेकन् गाउँखाने कथा–उखान–किस्सा जोडिन्छन् । जस्तो, ‘पानीबिनाको बल्छी खेल्ने के हो ?,’ ‘न रहे बाँस न बजे बाँसुरी’, ‘नौतले घरको झ्याल न ढोका, त्यो के हो ?’ बल्छी, बाँसुरी, नौतले घर, यी सबैको उत्तरमा हाम्रोअघि अग्लो बाँस नै उभिन्छ । बाँसको बहुआयामिक उपयोगीतामाथि नेपाली जनजीवनमा यस्तो पनि भनिन्छ, ‘बाँस सबैको भलो, नहुने हलो !’ |
‘भगवान नाममा के नै छ र ?’ |
देवेन्द्र भट्टराई |
मुटुरोग विशेषज्ञ एवं सर्जन डा. भगवान कोइरालाका नाममा धेरैवटा वेब–पोर्टल भेटिन्छन्, बरमजियाको असली पेडा पसलझैं । त्यसमध्ये एउटाको नाम छ— डा. लर्ड कोइराला । यसरी नाम–काम र पहिचानमा विशेष बनेपछि स्वभावतः क–कसले, कुन फ्यान–फलोवरले पेज खोलिदिन्छन्, थाहा पनि हुन्न । हैरान बनेपछि भगवान आफैंले प्रहरीको सहयोग मागेर आफ्ना नामका केही पोर्टल बन्द पनि गराएछन्, तर यो क्रम अझै रोकिएको छैन । कार्डियोथोरासिक सर्जन एवं प्राध्यापक कोइराला चिकित्सा क्षेत्रबाट चिनिएका सामाजिक अभियान्तासमेत हुन् । |
बीपीको वास्तविक छवि–छाया |
गुरुङ सुशान्त |
बीपी कोइराला प्रधानमन्त्री छँदा एक पटक योजना आयोग अफिसमा गएछन् । हार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालयका उत्पादनसमेत सम्मिलित योजनाविद्हरू बसिरहेको कोठाको भित्तामा राजाको तस्बिर टाँगिएको देखेपछि कोइरालाले भनेछन्, ‘यहाँ राजाको तस्बिर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ । तर, त्यहाँ एउटा गाउँको झुपडीको अर्को तस्बिर पनि राख्नुपर्छ ।’ कारणसहित थपेछन्, ‘तपाईंहरूले विकासको योजना बनाउँदा जहिले पनि त्यस झुपडीमा बस्ने किसानलाई सम्झनुहोस् र तपाईंहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, त्यस किसानलाई के फाइदा दिन सक्छ भनेर आफैँसित प्रश्न गर्नुहोस् ।’ |
कोयो फोरेर उडेको पुतली |
मनोजबाबु पन्त |
प्रिय अपरिचित, म यो आलेख तपाईंलाई सम्बोधन गरेर लेख्दै छु । तपाईं र म पूरै अपरिचित छौं । वर्षौंदेखि हामीहरू यही सहरको फरक कुनाहरूमा बस्छौं । इन्ची टेपले नाप्यो भने हाम्रो ठेगाना त्यति टाढा त होइन, तर तपाईं र म यति धेरै स्वकेन्द्रित छौं, आफ्नै भोगाइका सातपत्रे ओढेर हामी यति धेरै दूरस्थ छौं– हामीलाई हाम्रो दूरी कति टाढा लाग्छ । सहरका गल्ली, चोक, मोटर, मल, फुटपाथ वा फल्चातिर हामीहरू पक्कै ठोकिएका छौं होला धेरैपटक । तर, न त तपाईंसँग त्यस्तो अजिब अदा छ, न त मसँग त्यस्तो तिलस्मी ओरा छ, जसको सहाराले हामीहरू एकअर्कालाई मोहर गरेका हुँदा हौं । भुइँमै हराएका, भित्तामै टाँसिएका आयतन बोकेर हामीहरू वर्षौंदेखि यही सहरको त्यही भीडमा घिस्रिरहेका छौं, एकअर्काको अजनबी भएर । |
सम्झना आउँदा |
ज्योति जंगल |
सम्झना आउँदा कसैले गरेको मायाभन्दा आफ्नो अपमान ज्यादा सम्झना आयो भने तपाईं के गर्नुहुन्छ ? साथै हिँडेका बेला कसैको साथभन्दा ज्यादा ज्यादती साथ आयो भने तपाईं कहाँसम्म सँगै हिँड्नुहुन्छ ? |
प्रजनन पीडामा खोइ पुरुष ? |
वन्दना ढकाल |
दुई फरक समयका र दुई फरक सहरका, तर दुई उस्तै दृष्टान्तबाट म कुरा थाल्छु । म आफैँ संलग्न यी उदाहरणले नै यहाँ लेख्न खोजेको विषयमा प्रकाश हाल्न मद्दत गर्नेछन् भन्ने विश्वास छ । |
हजुर, म आजीवन आउटसाइडर |
पदम गौतम |
‘तपाईं कहाँ बस्नुहुन्छ ? कहाँबाट आउनुभएको ?’ |
भाद्र २५, २०७९ |
स्वाँ माःला स्वाँ ! |
शिशिर वैद्य |
फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’ |
५२ वर्षअघिको त्यो फर्माइसपत्र |
कुम्भराज राई |
मानेभन्ज्याङ गाउँपालिका–१ उँबु तारक्वाममा छ– चौरासे घर । करिब १ सय ५० वर्ष पुरानो यो घर तत्कालीन मुखिया, जिम्वालको हो । हालै यो घरमा आधा दशकपहिले लेखिएका दुई थान रोचक पत्र भेटिए । ती थिए– रेडियो नेपालको कार्यक्रममा लागि लेखिएका फर्माइस पत्र । पहिलो पत्रमा मिति ०२७ साल लेखिएको छ । |
निवर्तमान ‘देवीदेवता’ |
सुरेश किरण |
एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) । |
वर्षामासका देउडा गीत |
नन्दकृष्ण जोशी |
आदिम संस्कृति र मौलिक पहिचान भएको देउडाले सिंगो नेपाललाई सांगीतिक उज्यालो दिइरहेको छ, केवल काली–कर्णाली क्षेत्रलाई होइन । वर्षैभरि गाइने अनेक यामका देउडा गीत थुप्रै गायक–गायिकाले गाइरहेकै छन् । मैले २०३४ सालदेखि नै रेडियो नेपालमा देउडा गाउँदै र यसको प्रचार गर्दै आएको छु । अहिले त थुप्रै देउडा गायक–गायिकाको आगमन भइसकेको छ । खासमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक–सांगीतिक क्रान्ति देउडा गीतबाटै भएको हो । यसको परिणाम अहिले देउडा संगीत–संस्कृतिको धरातल अझै फराकिलो बन्दै छ । |
समाजवादको गिरि स्कुल |
हरि रोका |
विसं २०१७ को कू–देतापछि नेपाली समाज राजनीतिक छलफल र बहसबाट अलग्गियो । राजनीतिक दलका नेताहरू कि जेलमा थिए कि भारत प्रवासमा । झन्डै एक दशकपछि भएको झापा विद्रोह र ओखलढुंगाको टिम्बुरबोटेबाट सुरु गर्न खोजिएको सशस्त्र विद्रोह दबाइएपछि मुलुकमा मुर्दाशान्ति छाएको थियो । मुठ्ठीभरका सम्भ्रान्तमा राजनीति खुम्चिएपछि ‘भित्ताका पनि कान हुन्छन्’ भनेर समाजमा डर पैदा गरिएको थियो । |
छोडेर जानुको रहस्य ! |
जनक कार्की |
जसरी पवनको प्रत्येक झोंकाले फूल स्पर्शमा सुवासहरु छोडेर जान्छन् सल्किएर सुर्तीहरुले धूवााको सडकमार्गबाट फिल्टरहरु छोडेर जान्छन् |
ढिँडो–गुन्द्रुकको स्वाद |
प्रकाश थाम्सुहाङ |
बेलायतमा रहेर साहित्य लेखनमा सक्रिय जानु काम्बाङ लिम्बूको पछिल्लो किताब प्रकाशनमा आएको छ । पूर्वी नेपालको ताप्लेजुङबाट सुरुवात भएको नियात्राकारको पाइलाले विश्वको नयाँ/नवीन भूगोल टेकेपछि उत्पन्न अनुभूतिको कलात्मक अभिव्यक्ति हो– ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, जहाँ नेपाल, हङकङ र युरोप यात्राका अठार थान स्मृति संगृहीत छन् । लामो अवधि थातथलोबाट टाढा रहे पनि लेखनमा रैथाने अर्गानिक सौन्दर्य भेटिनु यो किताबको सबल पक्ष हो । देशविदेशका भौगौलिक विवरण, वेगल सांस्कृतिक धरातलमा निसृत रोमाञ्चकता, सरल चमत्कारी भाषाशैलीले किताबलाई पठनीय बनाएको छ । |
पहाडलाई तनाव छ |
मुनाराज शेर्मा |
युद्ध–कवि काङमाङ नरेश राईको कविता–किताब ‘तेप्लायु’ मा कविले योनिलाई मातृभूमिका रूपमा विम्बात्मक व्याख्या गरेका छन् । राई भाषामा तेप्लायुको अर्थ हुन्छ– योनि । कविले सृजनाको द्वारलाई साहित्यमा उपस्थित गराएका छन् । समसामयिक कविता, युद्ध कविता र असमानता अन्त्यको आन्दोलन गरी किताबमा कविता तीन खण्डमा बाँडिएका छन् । |
‘शब्दकोश मौलिक सृजना होइन’ |
कान्तिपुर संवाददाता |
विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’ का ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहितका १ सयभन्दा बढी किताब लेखेका छन् । |
एक्लै, सिर्फ एक्लै |
सरस्वती प्रतीक्षा |
कफी सपको एक कुनामा एक जना मान्छे बसिरहेका छन् । न उनी मोबाइल चलाइरहेका छन्, न ल्यापटपमा छन् । मनोरोगीझैं बसेर केवल कफी मात्र पिइरहेका छन् ।’ ‘द वाल स्ट्रेट’ का खेलकुद स्तम्भकार जेसन गेले सन् २०१५ मा गरेको यो ट्वीट तत्कालीन समयमा निकै विवादास्पद बन्न पुग्यो । कुनै पनि ग्याजेटबिना आफैंसित रमाएर बसिरहेको मान्छेलाई मनोरोगीको दर्जा दिनु आफैंमा कति उदेकलाग्दो विषय हो ? अहिलेका अधिकांश मान्छे यही उदेकको साइबर गुफामा कैद छन् । |
भाद्र १८, २०७९ |
सुँगुरको उत्क्रान्ति |
भोगीराज चाम्लिङ |
कथाले बनेको प्राणी हो मान्छे । त्यसैले, कथाले हाम्रो जीवनको सबै पाटोलाई नजिकबाट छुने गर्छ । एउटा पुरातत्त्वविद्ले ढुङ्गाका टुक्रा र हाडहरूमा सुराक खोज्छ र बितेका दिनको गाथा बनाउँछ । र, इतिहासकार जो छन्, ती स्वयं पनि कथावाचक नै त हुन् ।’ – जोनाथन गोस्चल (द स्टोरी टेलिङ एनिमल, २०१२) |
गोर्बचोवको दोस्रो मृत्यु |
झलक सुवेदी |
सन् १९९१ अगस्टमा सोभियत संघका शक्तिशाली राष्ट्रपति मिखाइल सेर्गेएविच गोर्बचोव पदबाट बर्खास्त भए र देशमा आपत्कालीन अवस्था घोषणा गरियो । गोर्बचोवकै उपराष्ट्रपति गेन्नादी एनाएवको नेतृत्वमा सोभियत संघ र पार्टीको नेतृत्वमा रहेकाहरूको एउटा समूहले उनलाई पदबाट बर्खास्त गरेको थियो । त्यसको भोलिपल्ट नेपालको संसद्मा नेकपा एमालेका प्रतिनिधिहरूले रुसी कदमको समर्थनमा बोले । तर, तीन दिन नबित्दै सोभियत ‘कु देता’ असफल भयो । |
नेपालमा नकारात्मक दृष्टिबोध |
अभि सुवेदी |
यो लेखमा नेपालमा अहिले विरोधाभासका चक्रवात उठ्दै र बस्दै गर्ने गति तीव्र बन्दै गएको विषय उठाइएको छ । त्यसमा नकारात्मक दृष्टिको चक्रवात दिनदिनै सबैभन्दा बलियो बन्दै गएको छ भन्ने छलफल भएको छ । केही मूल प्रश्न उठाएर तिनका उत्तर के छन् भनी हामी हेर्न सक्छौं । प्रश्न छन्, के नेपालमा अब नकारात्मक विषय मात्रै बाँकी छन् ? हाम्रो नियति अब नकारात्मक दृष्टिबोधले मात्रै बनाउने भयो त ? हामीसँग सकारात्मक विषय अब छैनन् त ? छन् भने ती के–के हुन् र ती केमा खोज्ने ? यी प्रश्नले उठाउने दृष्टिबोधबारे केही चिन्तन गर्ने बेला आएको छ । |
'सुन्दर किताबमा काव्यिक ब्रह्माण्ड भेटिन्छ' |
कान्तिपुर संवाददाता |
लेखक सुरेश प्राञ्जलीको सांस्कृतिक सौन्दर्य र भेगीय मीठासले भरिपूर्ण उपन्यास ‘पानीघट्ट’ प्रकाशित छ । गण्डकी भेगको तत्कालीन सामाजिक–सांस्कृतिक मूल्य बोकेको उपन्यासले गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्पराको विविध विशेषताको कथा भन्छ । प्राञ्जलीसँग किताब–वार्ता : |
अन्ना कारेनिनाको विद्रोही प्रेम |
अभय श्रेष्ठ |
लियो तोल्सतोयको अमर पात्र अन्ना कारेनिनाबारे मनीष आजादको नाममा ह्यासट्याग गरिएको एउटा कविता फेसबुकमा निकै चर्चित छ । कविताअनुसार, समाजमा फेरि कोही अन्ना बन्ने कोसिस नगरून् भनेर तोल्सतोय लेख्न बस्छन् । तीस पृष्ठ लेख्दा–नलेख्दै अक्षरबाट फुत्त प्रकट भएर अन्ना उनको सामु उभिन्छे । |
अनि सुकदेवीले मास्टर्स गरिन् |
मनिषा गौचन |
आमाले भर्खरै शिक्षाशास्त्रमा स्नातकोत्तर तह पूरा गरेकोमा प्रमाणपत्रसमेत सार्वजनिक गर्दै भव्य बधाई दिइन् रोजिनाले (कृषि विज्ञानमा स्नातकोत्तर गरिरहेकी छन् रोजिना पनि) । रोजिनाकी आमाकी साथी हुँ म । म पनि गर्वले बोलेँ, ‘लौ गज्जब, सुकदेवीले मास्टर्स गरिन्... ।’ सुकदेवी शेरचन मेरो स्कुले जीवनको साथी । म वास्तवमै खुसी थिएँ । मास्टर्सको प्रमाणपत्र लिन सुकदेवी काठमाडौं आएकी थिइन् । यही बेला हामी भेट्यौं र खुसी बाँड्यौं । उनी जति खुसी थिइन्, त्यस खुसीका पछाडि उभिएका उनका संघर्षका खम्बा उत्तिकै अग्ला थिए । सुकदेवी आफ्नो संकल्पका निम्ति कति कठोर रहिछन्, त्यो बोध मलाई बल्ल हुँदै थियो । |
काठमाडौंको फोहोरको कथा |
मीनबहादुर विष्ट |
१. सडकका नाका–नाकाहरुमा सेनाहरुले थापेका बंकरजस्तै तैनाथ छन् काठमाडौंका फोहोरका डंगुरहरु र, ती डंगुरहरुले लिएका छन् आफ्नै देशका हिमालका टाकुराहरुको जस्तै आकार कतै पहाड र चुरे पर्वतका लस्करहरुको आकार भुस्याहा कुकुर र कवाडीहरुले खोस्रेर बनेका छन् कतै उपत्यका र गाउँबेंसीको जस्तो आकार र, कतै बनेका छन् समथर मधेसको जस्तो आकार आँसु थाम्न नसकेजस्तो डंगुरहरुबाट चुहिँदै गरेका छन्– महाकाली, गण्डकी र कोसी जसरि नेताहरु आफ्नो देशको नयाँ नक्साको चित्रण गर्दै छन् संसद्भवनभित्र सदनबाहिर त्यसरी थुप्रिएको छ देशको जस्तै सुन्दर आवरणमा काठमाडौंको फोहोरको डंगुर र, लागिरहेछ यतिबेला यो नै रहेछ नेताहरुले देखेको शान्त, सभ्य र समृद्ध नेपालको साक्षात चित्र ! |
‘म कथाको हिरो हुन सक्छु ?’ |
कैलाश राई |
हामीजस्ताको अनुभव लेख्नलायक हुन्छ र ?’ गएको चार वर्षदेखि म यही प्रश्न भिन्न–भिन्न व्यक्तिहरूको मुखबाट सुनिरहेको छु । सीमान्त समुदायका व्यक्तिका आत्मकथा, स्वस्मृति–अनुभूति र संघर्षका कथाहरू लेख्ने–लेखाउने सामूहिक काममा लागिरहँदा मैले सुन्ने तात्कालिक स्वाभाविक अभिव्यक्ति हो यो । यो अभिव्यक्तिमा ‘हामीसँग अनुभव छ’ भन्ने स्वीकारोक्ति छ । सीमान्तकृत समुदायका व्यक्तिहरूको यस्तो स्वीकारोक्ति पनि लामै समय निश्चित स्थापित शासकीय वैचारिकीसँग लड्ने–भिड्ने क्रमसँगै बलियो हुँदै जान थालेको हो । |
भाद्र ११, २०७९ |
एक क्रान्तिकारी फकिर |
जुगल भुर्तेल |
मलाई थाहा छ– प्रदीप दाइले मलाई अतिरिक्त स्नेह गर्नुहुन्थ्यो । तर, मलाई यो पनि त्यत्तिकै थाहा छ कि उहाँसँग नजिक रहेर वैचारिक सहकार्य गरेका सबैलाई यस्तै लाग्छ । अध्ययन र अनुभवको निचोडबाट निस्केको विचार र त्यसलाई अभिव्यक्त गर्न सक्ने विलक्षण प्रतिभाले विराट बनेको प्रदीप दाइको व्यक्तित्वले सम्मोहित नहुने को होला र ? त्यसैको आकर्षणले तानिएर आफ्नो छेउमा आइपुगेको जोकोहीलाई पनि बराबर ज्ञान, प्रेम र प्रोत्साहन बाँडेर उसभित्र ‘म पनि केही हुँ’ भन्ने भावना र अगाडि बढ्ने उत्साह जगाइदिने अद्भुत क्षमता थियो, उहाँमा । |
आँसुको सौन्दर्यशास्त्र |
रोशन थापा 'नीरव' |
मलाई आँसुदेखि धेरै नै एलर्जी छ ।’ ऊ प्रायः भन्ने गर्छ । यो सुनेर प्रेमिका गम्भीरवत् हाँसिदिन्छिन् । प्रेमिकाको हाँस्नु वा गम्भीर हुनु प्रेमीको कठोर वाक्यांशको अर्थलाई लिएर होइन । हो भने केका लागि ? |
तिमी हाम्रो पहिचानसँग डराउँछौ ! |
घिमिरे युवराज |
तिमी आफ्नो नाम जन्मकुण्डली हेरेर जुराउँछौ ! तिमी आफ्नो थरमा उच्चता देख्छौ हाम्रो पसिनाले ठड्याएको महलमा बस्छौ ! दलाली गरेर पद लिन्छौ पिर्के सलामी खान्छौ हाम्रो नामचाहिँ किन बङ्ग्याएर लेख्छौ र अपमान गर्छौ ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.