text
stringlengths
2
914
‘पात्रहरू’ ले उधिनेको चेतना
पेशल पोख्रेल
केही पढ्दै हुनुहुन्छ तर नयाँपन, नयाँ शैली र उद्वेलन नभेटेर दिक्क लागेको छ ? स्वाद फेर्ने ताकमा हुनुहुन्छ ? हो भने एउटा सर्त छ– त्यो स्वादका निम्ति तपाई सिर्जनशील–लेखाइको हिमायती हुनैपर्छ ।
बचेरा हुर्काउँदै जलअप्सरा
मनोज पौडेल
मन्द उडान ! लामालामा औंला ! लचकदार हिँडाइ ! बच्चा कोरल्ने समयमा शरीरभन्दा लामो घुम्रिएको कालो पुच्छर ! तल्लो भाग खैरो र लामो ! मनमोहक र चित्ताकर्षक ! प्रजननका बेला झन् सुन्दर र आकर्षक देखिन्छ– जलअप्सरा चरा । यसको प्राकृतिक रङ कति सुन्दर र कलात्मक हुन्छ भने त्यसले अर्को आनन्द र रोमाञ्चकता थप्छ । यो चरा हेरेर रमाउन मन भए कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर ताल आए हुन्छ ।
मुन्धुममा बैरागी काइँला स्कुल
राजकुमार दिक्पाल
लिम्बूहरूको विवाह संस्कार अन्य जातिको भन्दा फरक छ । अधिकांश जातिको विवाहमा दुलाहाले दुलहीको औंलामा औंठी लगाइदिने र दुलहीले दुलाहालाई माला लगाइदिएपछि स्वयंवर हुने चलन छ । तर, लिम्बूको विवाह संस्कारमा फेदाङ्माको आदेशअनुसार, दुलहीको पोथाङ (पछ्यौरा) मा दुलाहाले एउटा चाँदीको मोहर बाँधिदिन्छ । यसलाई ‘युप्पारुङ याङ’ भनिन्छ । यसलाई कतै कतै ‘युप्पालुङ याङ’ पनि भनिन्छ । यस्तो चलनबारे लिम्बूको मुन्धुममा रोचक वर्णन गरिएको छ । मुन्धुमअनुसार, दुलाहा अर्थात् पुरुष र दुलही अर्थात् महिलाबीच समानता कायम गराउन यस्तो चलन चलेको हो ।
महँगीमा टुटेका रूटिनहरु
विनोदविक्रम केसी
ससाना दुःखका रूटिनहरु टुटेका छन् ससाना खुसीका रूटिनहरु टुटेका छन्
खजाञ्चीको त्यो हस्ताक्षर
सन्तोष खडेरी
नेपालमा कागजी नोटको इतिहास उति लामो छैन । ७७ वर्षअघि विसं २००२ (सन् १९४५) मा मात्रै यहाँ कागजी नोट प्रचलनमा आएको हो । त्यसअघि नेपालमा सिक्का प्रचलनमा थियो । सन् १९४० को दशकको सुरुवातसम्म छापिने ती सिक्कामा १ पैसा, २ पैसा, ५ पैसा र १० पैसासम्म हुन्थे तामाका । त्यस्तै २० पैसा, आधा मोहर र एक मोहरभन्दा माथि चाँदीको सिक्का छापिन्थ्यो । ती सिक्का मिसावटबिनाका शतप्रतिशत शुद्ध तामा र चाँदीका हुन्थे । तराईमा भारततर्फ कारोबार गर्न ब्रिटिस भारतको नोट प्रचलनमा थियो । तर, हिमाली र पहाडी भेग भने कागजको नोटबाट अपरिचित नै थियो ।
समाजको मानचित्रमा छोरीमान्छे
अनिता न्यौपाने
ऊ पसलबाट निस्कनु र म पस्नु उही समय भएको थियो । उसले मेरो अनुहार हेरी र हाँसी । मैले पनि उसको अनुहार हेरेर हाँस्न मात्रै भ्याएको हो । ऊ हतारमा थिई, म पनि । ऊ सहकारीको पैसा उठाएर पसलबाट निस्केकी थिई । म छोरीका लागि कपडा र जुत्ता किन्न पसलभित्र पसेको थिएँ । हाम्रो भेट वर्षौंपछि भएको थियो, तर गफिने, चिया खाने समय दुवैसँग थिएन । ‘के छ खबर ?’ उसले यति मात्रै सोधी । ‘ठीक छ’ मैले यत्ति भनें । उसले मेरो अनुहार हेरी र निन्याउरो भई । म उसको अनुहार हेरेर उज्यालो भएँ ।
भाद्र ४, २०७९
अखबार
निर्भीकजंग रायमाझी
झिसमिसेमै अखबार छाडेर जाने भाइ, एकछिन त रोकिऊ, बरू खबरलाई दौडन देऊ मान्छेहरु आफैं बिउाझिन्छन् !
तिमिराच्छन्न काल
विप्लव प्रतीक
फेरि खुल्छ समयको पुरानो चिहान, यादका अस्थिपञ्जरहरु ब्युाझिन्छन्, मनको गुाडमा अतीतका पन्छी फेरि फर्केर आउँछन्, फेरि राँकिन्छ आकाशको आँखा, बडो जोसले देखेको सपना दिवसको सफरमा कतै हराएपछि आज पनि मलिन मुहारको घाम घोसे मुन्टो लगाएर लुरूलुरू ओर्लिन्छ र कुइनेटोमा पुगेर हराउँछ ।
‘यहाँ लिपि पढ्ने विज्ञको खडेरी छ’
देवेन्द्र भट्टराई , तस्बिर : अंगद ढकाल
पुरातत्त्वविद् शंकरमान राजवंशीका छोरा श्यामसुन्दर (६२) ले बाबुकै संगत र सहचर्यबाट नेपालको इतिहासबारे पत्तो पाए । पुरातत्त्व, अभिलेख र लिपिबारे जानकारी पाए । बाबुकै अघि–पछि लागेर प्राचीन लिपिहरु सिके, लिपि खुट्याउन सक्ने भए । बाबुकै सोख र कामको पदचाप पछ्याउँदै ४० सालपछि पुरातत्त्व विभागमा जागिरे बनेका श्यामसुन्दर लामो समय पुरातत्त्वकै खोजतलासमा सक्रिय रहे ।
ती गम्प, यी चड्डा
रीना मोक्तान
दश्यलाई उस्तै–उस्तै फ्रेममा, उस्तै प्लटमा खिचिए पनि के कुनै फिल्मको रिमेकले ओरिजिनल फिल्मलाई न्याय गर्न सक्छ ? ओस्कार जितेको सन् १९९४ को फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लालसिंह चड्डा’ ले यो प्रश्नको उत्तर दिन सक्दैन । टम ह्यांक्स अभिनीत ‘फरेस्ट गम्प’ को कथालाई सटीकसँग स्थानीयकरण गर्न चुक्दा आमिर खान अभिनीत यो रिमेक अन्य बलिउड फिल्मभन्दा माथि उठ्न सकेको छैन ।
जब फिल्मले देशको कथा भन्छ
रघु पन्त
जब सन् १८५७ को विद्रोहमा भारतका हिन्दु र मुसलमानहरूले एकताबद्ध भएर ब्रिटिस साम्राज्यवादविरुद्ध विद्रोह छेडे, त्यसबेलादेखि नै ब्रिटिसहरूको मुटु काँपिसकेको थियो । राजा, महाराजा र नवाबहरूलाई आपसमा लडाएर भारतमा साम्राज्य कायम गरेका ब्रिटिसहरूको नीति नै थियो– ‘फुटाऊ र राज गर ।’
विडुडवको छुटेको तरबार
हिमेश
लगभग पूरै शाक्य वंशको नरसंहार भएको समाचार सुन्दा बुद्धलाई कस्तो लाग्यो होला ? पक्कै उनलाई अथाह दुःख लागेको हुनुपर्छ । यो घटनाले गलाएको हुनुपर्छ । बुद्ध आफ्नो परिनिर्वाणबाट दुई वर्ष मात्रै टाढा थिए । वृद्ध भइसकेका थिए । उनको शरीर पनि जीर्ण भइसकेको थियो । थाकेको महसुस गर्न थालिसकेका थिए । यस्तो बेला उनले नरसंहारको दुर्भाग्य बेहोर्नुपरेको थियो । तर, उनी शोकमै अल्झेनन् । ठाउँठाउँ घुमिरहे । शान्ति, प्रेम र पवित्रताको उपदेश दिइरहे । र, अस्सी वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरे ।
नवउदारवादको उत्थान र पतन
राम लोहनी
पृष्ठभूमि आर्थिक गतिविधिमा सरकारको शून्य हस्तक्षेप र वस्तु तथा मानिसको अन्तर्राष्ट्रिय खुला आवागमनको आदर्श अघि सारेर असीको दशकमा अमेरिकामा नवउदारवादको अभ्यास सुरु भयो । समाजवादी विश्वको पतनपछि नवउदारवाद विश्व अर्थव्यवस्थाको निर्विकल्प स्वरूपजस्तो देखियो ।
भेन्टिलेटरमा अभिव्यक्ति स्वतन्त्रता
सुल्ताना बानु
अभिव्यक्ति स्वतन्त्रता के हो ? साधारणतया अभिव्यक्तिको स्वतन्त्रता भनेको आफ्नो भाव, विचार र तर्क प्रस्तुत गर्नु हो । तर, यसको चेत फैलिन थालेको र अभ्यास गरिएको धेरै भएको छैन । साहित्य पाठकलाई विचारको उच्च सोपानमा पुर्‍याउने, विचारमा द्वन्द्व सिर्जना गर्न सिकाउने र कुनै पनि कुरालाई नखुलेको झ्याल खोलेर हेर्न सिकाउने विषय हो । बुकर प्राइजद्वारा सम्मानित ‘मिडनाइट्स चिल्ड्रन’ का लेखक सलमान रुस्दीका कृतिहरू पढ्दा पाठकले माथि उल्लिखित विचार अनुभव गर्न पाउँछन् ।
नृत्यहरूको परिवर्तनचक्र
अरुणा उप्रेती
लेखक शैलीका छेत्रीको रजोनिवृत्तिमाथिको अनुसन्धानमूलक लेख ‘हर्मोनहरूको कस्मिक नृत्य’ (कोसेली, जेठ २०, २०७९) पढेपछि म आफ्नै पुराना दिनहरूमा फर्किएँ । ‘आवर बडी आवर सेल्भ’ किताब पढेपछि मैले रजोनिवृत्तिलाई झनै बुझेँ । यो किताबले मलाई रजोनिवृत्तिले हाम्रो संस्कृति, विचार अनि व्यवहारलाई असर पारेका तथ्यसित अवगत गरायो । नेपाली महिलामा रजोनिवृत्तिबारे जागरूकता पलाउन लाजका हजारौं घेरा पार गर्नुपर्ने स्थिति छ । किशोरी स्वास्थ्य, स्त्री गर्भपतन, स्त्रीस्तन क्यान्सर, पाठेघर क्यान्सर नबुझी रजोनिवृत्ति बुझिँदैन ।
भाद्र ३, २०७९
‘जतिन्जेल मर्दिनँ, त्यतिन्जेल बाँच्नैपर्छ’
विष्णु सापकोटा
म १६ वर्षको थिएँ । विश्व पुँजीवाद अहिलेजति आक्रामक भइसकेको थिएन । त्यसैले हुन सक्छ, फेब्रुअरी– १४ को दिनलाई पश्चिमा देशमा ‘भ्यालेन्टाइन्स् डे’ भन्छन् भन्ने मलाई त्यतिबेला थाहा थिएन । तर, सन् १९८९ को फेब्रुअरी १४ अघिल्ला वर्षहरूको भन्दा चर्चित थियो । र, चर्चाको कारण प्रेम नभई ‘घृणा’ थियो ।
श्रावण २८, २०७९
सम्पादकका सुसेधन्दा
राजकुमार बानियाँ
पूर्वीय परम्परामा ७५ देखि १०० वर्षको उमेर संन्यासाश्रमका रूपमा परिभाषित छ । यो ऋषितुल्य चरणमा कतिपयले अम्मल छाड्छन्, संघसंस्थाको सम्बद्धता छाड्छन्, पारिवारिक जिम्मेवारी छाड्छन् । तर, ८५ वर्ष पुग्दा पनि साहित्यिक पत्रिकाको सुसेधन्दा छाड्न सकेनन्, ‘अभिव्यक्ति’ (२०२७) का सम्पादक/प्रकाशक नगेन्द्रराज शर्माले ।
तेह्र सौंराइ
कुन्साङ
चिसो बिहान ! कर्णालीबाट उठेका कुइरोहरू हतार–हतार हिमाल चढ्दै थिए । मानौं कुइरोहरू आफ्नो साम्राज्य विस्तार गर्दै छन् । आकाश हेर्दा लाग्थ्यो– बादल पनि विस्तारवादी रहेछन् ।
‘धर्मकर्मको रुद्रीदेखि विचारको अग्निदीक्षासम्म’
झलनाथ खनाल
हाम्रो घरमा थिए– भागवत, वेद, रुद्री । ती किताब बुवा पढ्नुहुन्थ्यो । इलामको साँफेजुङमा हजुरबुवा–बुबाले मलाई संस्कृति पाठशाला पढाउनुभयो । त्यसबेला पढिएका किताब थिए– ‘दुर्गाकवच’ र ‘चण्डी’ । ११–१२ सालतिरको गाउँको त्यो पाठशालामा लेखनाथ पण्डितले हामीलाई ती किताब पढाउनुहुन्थ्यो । मेरो व्रतबन्ध भएको थिएन । ‘दुर्गाकवच’ केही दिनमै सिध्याएँ, ‘चण्डी’ केही महिनामा । व्रतबन्धबिना रुद्री, वेद पढ्न पाइँदैनथ्यो । तर, मैले पढें । त्यस घटनाले पण्डित अप्ठ्यारोमा परेका थिए ।
रूमानी सुरहरू
महेश पौड्याल
प्रसिद्ध समालोचक क्लिन्थ ब्रुकले भनेका छन्, ‘विरोधाभास कविताको सबैभन्दा उपयुक्त र अनिवार्य भाषा हो ।’ यसमा विमति राख्न त सकिएला, तर विरोधावासी पदहरूको सङ्गति कवितालाई कलात्मक बनाउने एउटा शक्तिशाली उपकरण हो भन्नेमा विमति राख्नुपर्ने कुनै कारण छैन । विरोधाभासको एउटा प्रारूप ओक्जिमोरोन अर्थात् विरोधाभासी शब्दहरूको एकसाथ प्रयोग हो— जस्तो, ‘उज्यालो अन्धकार’, ‘जिउँदो लाश’, अथवा ‘एकान्त भीड’ ।
युद्धले थुनेको ल्हासाको दैलो !
छुदेन काविमो
त्यो कालेबुङ अर्कै थियो । यति खचाखच घरहरू थिएनन् । बाटा–घाटा फराकिला थिए । मान्छेको भीड छँदै थिएन । कागज छरिएजस्ता छरपस्ट देखिने भवनहरू ठडिएकै थिएनन् । कालेबुङको मेनरोडमा अग्लो बिल्डिङ बन्दा त कलकत्तामा खबर नै छापिन्थ्यो । सडकमा गाडीभन्दा धेर गोरु–गाडी हिँडरिहेका देखिन्थे । बन्दै गरेको सहर गाउँजतिकै शान्त थियो । तर, जब तिब्बतबाट खच्चडहरूको भीड सामान लिएर यहाँ आइपुग्थ्यो, कालेबुङको रौनक नै बदलिदिन्थ्यो । किनकि त्योबेला त कालेबुङ अन्तर्राष्ट्रिय व्यापारको केन्द्र नै थियो, जसले तिब्बतलाई भारत, नेपाल, बर्मालगायतका देशहरूसँग जोड्थ्यो । इङ्ल्यान्डदेखि अमेरिकासम्म पुग्ने सामानहरू यही बाटो भएर लगिन्थ्यो । ऊनदेखि सुनसम्मको व्यापार कालेबुङबाटै हुन्थ्यो । देशमा चाँदीको भाउ त कालेबुङले तोकिदिन्थ्यो ।
ढुंगेयुगको सहर
बीएन जोशी
जर्जियाको राजधानी टिब्लिसीदेखि झन्डै ६५ किलोमिटर उत्तरपश्चिम दूरीमा छ– गोरी सहर, जुन सोभियत युनियनका नेता जोसेफ स्टालिन (सन् १८७८) को जन्मस्थान हो । यहाँदेखि दस किलोमिटर पूर्वमा छ– विश्व सम्पदामा सूचीकृत प्राचीन सहर अप्लिसिखे अर्थात् केभ टाउन । मत्खभरी नदी किनारमाथिको उचाइमा अवस्थित खुइलो चट्टानी पहाड हो यो । अभिलेखले भन्छन्– सुरुवाती चरणको आइरन युगमा फलामको धारिलो हतियारले काटेर यो सहर निर्माण भएको हो । पुरातत्त्वविद्हरू यो स्थानलाई जर्जिया तथा युरोपकै सबैभन्दा पहिलो मानवनिर्मित व्यवस्थित सहर भन्छन् । यो सहर स्थापना गराउने श्रेय कार्टलोसका नाति, स्खेताका छोरा अपलोसलाई जान्छ ।
श्रावण २७, २०७९
दरबारको पत्र : निजलाई कवि बनाइदिनू ! [अन्तर्वार्ता]
दीपक सापकोटा
कवि, नाटककार तथा आख्यान लेखक अविनाश श्रेष्ठको अर्को एउटा सिर्जनशील पाटो पनि छ । उनी अब्बल साहित्यिक सम्पादकका रूपमा परिचित छन् । युवा पुस्ताका आजका थुप्रै कवि–लेखकलाई साहित्यिक पत्रिकामा मञ्च उपलब्ध गराउने श्रेय उनलाई जान्छ । ‘समकालीन साहित्य’, ‘कविता’, ‘प्रज्ञा’ र ‘गरिमा’ जस्ता साहित्यिक पत्रिकाको सफलतापूर्वक सम्पादन गरेका उनलाई यी पत्रिका लोकप्रिय बनाएको जस दिइने गरिन्छ ।
श्रावण २१, २०७९
गुलाबी रिबन
शैलीका छेत्री
विकासवादी सिद्धान्तले स्त्री–स्तनलाई आनुवंशिक स्वास्थ्यको प्रमुख अंग मानेको छ । यसको समर्थनमा लियोनार्ड श्लेनले ‘सेक्स, टाइम एन्ड पावर ः हाउ वुमेन्स सेक्सुअलिटी सेप्ड ह्युमन इभोल्युसन’ किताबमा लेखेका छन्, ‘प्रारम्भिक पुर्खाहरू सीधा उभिएर हिँड्न सिकेपछि मात्रै स्तनको आकारमा वृद्धि भएको हो र स्त्रीमा सुडौलपन आएको हो ।’
हराएका मूर्ति, फेला परेका मूर्ति
मल्ल के. सुन्दर
मूर्ति चोरी – आरम्भिककाल चिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।
चन्द्र गुरुङका भावप्रवण कविता
हरि अधिकारी
केही समयअघि पाठकको हातमा आइपुगेको कवि चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ मा समेटिएका मर्मस्पर्शी कविताहरूको सामर्थ्यमा हालका दिनमा नेपाली भाषामा प्रकाशित काव्य–कृतिमध्ये सर्वाधिक चर्चित किताब बन्न पुगेको छ । निकट विगतका धेरै वर्ष देशबाहिर रहेकाले नेपाली पाठकबीच तुलनात्मक रूपमा कम परिचित र प्रायोजित प्रचार–प्रसारबाट टाढा रहँदै आएको एक शिष्ट, विनम्र कविको यो किताबले पाएको चर्चा–प्रशंसालाई नेपाली कविताको दुनियाँमा घटित एउटा दुर्लभ घटनाका रूपमा लिन सकिन्छ ।
छेलिएका मान्छेका कथा
गणेश राई
सन् १९५० । भूगर्भविद् टोनी हागन पहिलोपटक नेपाल प्रवेश गर्दै थिए । कुलेखानीबाट काठमाडौं उपत्यकातर्फ उक्लँदा उनले अनौठो दृश्य देखे– भीमफेदीबाट गाडीका पार्टपुर्जा खोल्न मिल्नेसम्म खोलेर काठ र बाँसको नोलमा राखेर ४० जना भरियाले झ्याइँकुटी पारेर बोकिरहेका थिए । विसं १९८० को दशकदेखि काठमाडौं उपत्यकामा मोटरबाटो बन्न थाल्यो । सडक सञ्जाल उपत्यकाभित्रै सीमित थियो । त्यतिखेर वीरगन्जदेखि भीमफेदीसम्म मात्रै सडक बनेको थियो । ज्यान बाजी लगाएर त्यसरी गाडी बोक्ने मान्छे अहिले जीवित छैनन्, मात्रै त्यस समयका कथाव्यथा जीवित छन् । त्यसबेला गाडी बोक्ने भरियाहरूका दुःखका कथा लेखिएको छ– पत्रकार प्रताप विष्टको नयाँ किताब ‘छेलिएका अनुहार’ मा ।
आत्मा चर्ने ठाउँ
रोशन शेरचन
जलवायु परिवर्तनसम्बन्धी गोष्ठी सकेर २२ फेब्रुअरी, २०२२ मा सहकर्मीहरू लक्ष्मी भट्ट, शंकर पौडेल, मनीष श्रेष्ठ, ज्ञानेन्द्र जोशी र म पोखराबाट फर्कंदै थियौं । मर्स्याङ्दी खोलाको दृश्यले गोष्ठीको थकान बगाउँदै लगिरहेको थियो । आँबुखैरेनी नजिक टायर पन्चर भयो । ताजा हावा लिन गाडीबाट बाहिर निस्क्यौं । तोरी फुलेको पहेँलपुर बारी देखियो । बल्ल पो दृष्टि त्यतातिर गयो । देख्नलाई त रोकिनुपर्ने रहेछ ।
कम्रेडको जितपछि
चन्द्र घिमिरे
भोट गन्ती सकिएकै थिएन गाउँलेसँगै रौसिएर त्यस दिन रकेटझैं उड्यो नजरमान बम्जनको खुसी र आकाशको चउरमा मडारियो नमडारियोस् पनि किन ! ऊ पनि लाल मतदाता थियो खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट  ! सट्टामा प्रिय कम्रेडलाई मेयर पाए दिनैभरि खाए, पिए, खादा लाए र ठाने दुनियाँलाई पाइतालामुनि अटाए ।
अखबार
राजेन्द्र शलभ
बिहानै आइपुग्छु तिम्रो घरमा चाहे तिमीले पसलबाट ल्याऊ वा हकरले फालेर जाओस् केही चाख मानेर तर, धेरै दिक्क मानेर पढ्छौ चियासँगै मेरा पानाहरु पल्टाएर तिमी आफूलाई अपडेट बनाउँछौ केही समाचार त श्रीमतीलाई पनि सुनाउँछौ ।
१७ वर्षपछि उजेली
किरण पाण्डे
१७ वर्षअघि (२०६२) पहिलोपटक काठमाडौंबाट हुम्ला टेक्दा त्यो ठाउँबारे मेरो मस्तिष्कमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर अंकित थियो । उतिबेला सदरमुकाम सिमकोटमा पत्रकार भैरव रिसाललगायतले ‘उज्यालो अभियान’ चलाइरहेको सुनेको थिएँ । पुगेपछि थाहा भो– सोही अभियानअन्तर्गत सदरमुकाम आसपासका गाउँहरूमा ‘सोलार टुकी’ बल्न थालेको रहेछ ।
९ लाख किराती हुनुका दुःख
अर्जुनबाबु माबुहाङ