text stringlengths 2 914 |
|---|
अर्जुन पन्थी |
द्वितिय विश्वयुद्ध (विसं १९९६–२००२) पछि अंग्रेजहरू बेलायत फर्कने पक्कापक्कीजस्तै थियो । त्योबेला भारत र नेपालमा जागरणका लहरहरू देखिन थालेका थिए । फलस्वरूप त्यसबखतको नेपालमा थोरैथोरै उज्यालो हुँदै गएको थियो । प्रजातन्त्रको मिर्मिरे हुँदै थियो । त्यो प्रभातीय समयमा विश्वयुद्धबाट फर्केका, शिक्षित र जागरुक युवकहरूले काठमाडौंको टुँडिखेल, चौर वा देवालयमा भेटिएर राजनीतिक, सामाजिक गफगाफ गर्ने, ‘गफ मण्डली’ बनाउँदै थिए । र, यही बेला विभिन्न संघ, संस्था र स्कुल खोल्नेबारे विमर्श गर्न थालिएको थियो । |
‘मोहनराज, ध्रुवचन्द्रहरू पुस्तक पाचनमा प्रवीण रहेछन्’ |
कान्तिपुर संवाददाता |
‘कुनै पुस्तक चाख्न, कुनै चपाउन र कुनै पचाउन सकिने खालका हुन्छन्’ भनेर कक्षाकोठाका निबन्धमा पढ्दै–पढाउँदै आएको लोकप्रिय भनाइ त्यसबेला अझ बढी अर्थपूर्ण हुन सक्छ, जब पुस्तक चाख्ने वा चपाउनेभन्दा बढी पचाउनेहरु वरपर भेटिन्छन् । उमेरमा ८० नाघेका र स्वभावमा अन्तर्मुखी लाग्ने साहित्यिक पत्रकार रोचक घिमिरेसँग यस्तै अनगिन्ती कथा–कहानी रहेछन्, जहाँ पुस्तक पाचन गर्ने विद्वत्जनको नाम–हुलिया यत्रतत्र लुकेको रहेछ । ६१ वर्षयता (२०१८ सालदेखि) प्रकाशनमा रहेको ‘रचना’ द्वैमासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक घिमिरेसँग देवेन्द्र भट्टराईले गरेको किताब–संवाद : |
असार २४, २०७९ |
सभ्यता बुनिरहेका महिला |
विकास बस्नेत |
सन् १८५७ फेब्रुअरी ८ । बेलायतको फदरिङ्गे दरबार सभाहल । स्कटल्यान्डकी महारानी मेरी उपस्थित थिइन्, आफ्नै शिरोच्छेदनका लागि । त्यस क्षणको साक्षी बस्न भेला भएका थिए, करिब ३ सय भाइभारदार । मेरीमाथिको आरोप थियो– बेलायतकी महारानी एलिजाबेथ प्रथमविरुद्ध रचिएको षड्यन्त्र । सभाहल पुर्याइँदा कालो मखमली गाउनमा सजिएकी थिइन् मेरी । |
असार १८, २०७९ |
गुजुल्टिएको गुन्द्रुक गाथा |
घनश्याम खड्का |
एउटा पुरानो उखान छ, ‘गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन ।’ उखानको पछिल्लो पदांशले स्त्रीद्वेषी पुरानो पितृसत्ताको आत्मालाई संकेत गर्छ भनेर कसैले यसको उछित्तो काढ्यो भने त्यसको बचाउ गरिराख्नुपर्ने जरुरत छैन । समयअनुसार सांस्कृतिक मान्यता फेरिन्छन्, लैंगिक सम्बन्धका नयाँ समीकरण जन्मिन्छन् र बुझाइका नौला भाष्यले पालुवा हाल्छन् । बदलिएको हाम्रो युगबोध र चेतनाले उखानको पछिल्लो पदलाई मन नपराउनु त्यसैले अस्वाभाविक ठहर्दैन । |
जब जयपृथ्वीबहादुर बेपत्ता भए |
सन्तोष खडेरी |
सन् १९२७ को डिसेम्बर अन्त्यतिर प्रधानमन्त्री चन्द्रशमशेर बिरामी परेर औषधोपचारका लागि कलकत्ता पुगेका थिए । त्यतिबेलै त्यहाँका गभर्नर जनरल पनि मलेरियाको बिरामी भएकाले चन्द्रशमशेरको त्यो भारत यात्रा असाध्यै सामान्य थियो । उनको स्वागत त्यहाँका परराष्ट्रसचिव डेनिस ब्रेले गरेका थिए (द एसोसिएटेड प्रेस, २८ डिसेम्बर १९२७) । त्यो भारत यात्रालाई चन्द्रशमशेरले व्यक्तिगत भ्रमणका रूपमा गोप्य राख्न चाहेको भए पनि अन्य घटनाक्रमले त्यसको झनै चर्चा भयो । पहिलो, बिरामी गभर्नर जनरल र बिरामी चन्द्रशमशेरबीच भेट नहुनु । |
‘शताब्दी घर’ कुरिरहेको साथी |
फणीन्द्र संगम |
यतिबेला गाउँको जवानी निख्रिएको छ । सामर्थ्य हराएको छ । विदेश उड्ने अनि सहर पस्ने युवाको यादमा गाउँघर नियास्रिएका छन् । ठूलो सपना बोकेर सहर पस्नेहरूमा रहर त छ, तर गन्तव्य छैन । फर्किऊँ आफू हिँडिरहने गोरेटोले नचिन्ने हो कि ? पँधेरो, चौतारोले ‘को हौ तिमी’ भनेर सोध्ने पो हो कि ? साँच्चै गाउँ बिरानो बनेको छ । |
किताबहरू केवल बोल्दैनन्, सुन्छन् पनि |
कान्तिपुर संवाददाता |
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग सुरज कुँवरले गरेको किताब–वार्ता : |
सिङ्गो जीवनमाथि दोस्रोको प्रभुत्व |
सुमिना |
इतिहासमा निजी सम्पत्तिको अवधारणासँगै विकास भएको विवाह संस्थाले व्यक्तिको स्वायत्ततालाई समेत दोस्रो व्यक्तिको अधीनस्थ ‘प्राइभेट प्रोपर्टी’ को रूपमा स्थापित गर्यो । |
बुइँगलमा कमरेड |
शकुन्तला जोशी |
जसै यो आरु फुल्न थाल्छ मलाई आफ्नै जोवन फर्केर आएजस्तो लाग्छ । तर, सधैं फुलिराख्दैन । फुलेका पनि सधैं अडिराख्दैन । कोही चिचिला भएर हुर्कन्छन्, कोही ईः यसरी भुँई झर्छन् । हाँगा पनि सधैं कहाँ यस्तै रहँदो हो । सुक्ला एकदिन र भुइँ झर्ला ।’ हजुरआमा (अजी) का कुरा नयाँ थिएनन्, तर अभिव्यक्ति बडो मार्मिक ! |
मतदाता–पाठक पेवा होइनन् |
अभि सुवेदी |
मतदाता, पाठक र कलाका दर्शक कसैका निजी तजबिजका मानिस हुँदैनन । तर, विडम्बना के छ भने मतदातालाई राजनीतिक दल, पाठकलाई लेखक अनि दर्शकलाई कलासाधकले आफ्ना पेवा ठान्ने परम्परा छ । यो लगभग सबैतिर प्रयोग भइआएको देखिएको छ । |
असार ११, २०७९ |
कलासँगै व्यापारको उडान |
सुरक्षा पन्त |
मैले अभिनय गरेको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ का लागि कान्स रेड कार्पेटमा उभिँदै गर्दा नेपाल धेरै सानो महसुस भएको थियो । तर, जब कार्यक्रममा छिरें र प्रिमियरमा मेरो फिल्म हेरेँ, पर्दामा त नेपाल निकै विशाल लाग्यो । ठूलो भीडले हाम्रा हिमाल हेरिरहेका थिए, नेपालीहरू हेरिरहेका थिए । फिल्ममार्फत नेपाली मन, मानवता देखिइराख्दा आफैंलाई लाग्यो– ओहो नेपाल त विशाल देश पो छ त ! नेपालबारे दुई कुरा महसुस भयो– बाहिर सानो जस्तो, भित्र ठूलो । |
जुगौं लामो एक दिनको कथा |
प्रदीप ज्ञवाली |
युद्धबन्दी युवाको कपाल खौरिइयो । रौँका जरासमेत उखेलियो । सुत्केरी ऊँटलाई मारेर कल्चौंडोको छाला काढियो र त्यसको कलिलो पत्रलाई काटेर युवाको मुडुलो टाउकामा टन्टनी बेरियो । टाउकाले भुइँ छुन नमिल्ने गरी गर्दनमा काठको जुवा भिराइयो । अनि हात–खुट्टा बाँधेर, निर्जन बस्तीमा, पानी पनि पिउन नदिईकन टण्टलापुर घाममा लडाइयो । |
‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’ |
महेश केसी |
ठूली भेरी नदी छेउछाउ । यो मध्यअसारमा काँधमा भारी सरिया बोकेर झोलुंगे पुल तरिरहेकी छन्– डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ६ फुल्चिङकी अम्बिका चलाउने । खोला किनारसम्म आउने ट्रकले ल्याएको मालसामान झोलुंगे पुलबाट यसरी तार्नुलाई स्थानीय भाषामा ‘पल्टी’ भनिन्छ । भेरी करिडोरअन्तर्गत कुल १ सय १७ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डमा सवारी तर्ने पुल नहुँदा जाजरकोटको तल्लु बगर, डोल्पाको त्रिपुराकोटमा यसरी नै झोलुंगे पुलबाट सामान पल्टी गरिन्छ । |
एउटा विद्यालयको कायाकल्प |
हेमन यात्री |
समथल झर्न बिर्सिएको, पहाड उक्लनसमेत नसकिरहेको एउटा गुमनाम टापुजस्तो गाउँ– सानोसफेवा । मिक्लाजुङ गाउँपालिकाको एउटा दुर्गम बस्ती । यसलाई मोरङ जिल्लाको कर्णाली क्षेत्र भने पनि हुन्छ । त्यसो त सानोसफेवामा धेरै थोक सानासाना छन् । बस्ती सानो छ । घरहरू साना छन् । विद्यालय सानो छ । सानोसफेवाको आकाश सानो छ । सानोसफेवाको आकाशमा उड्ने चराहरूसमेत साना मात्रै उड्छन् । |
जिल खानुका विरुद्ध |
केशव सिलवाल |
एक्काइसौं शताब्दीको प्रभासमा हाम्रो सनातनी समाज र साँघुरो मनोदशालाई खोतल्दै आइपुगेकी छन्– शान्ति प्रियवन्दना । उनको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ ले वर्तमान समाज र समयलाई अग्रभागमा राखेर हामीतर्फ प्रश्नको झटारो हानेको छ । एक्काइसौं शताब्दीलाई कसरी एक्काइसौं शताब्दी बनाउने, त्यो मूलमन्त्रमा शान्तिका शब्दहरू संकेन्द्रित छन् । |
मैले प्रेम गरेका रूखहरू |
भूपिन |
यसपालि गाउँमा गर्मी बिदा बिताउँदा विगतमा भन्दा बढी नै व्यस्त भएँ घुमाइमा । आमाले भर्खरै छोडिजानुभएको घर, यस आलो पीडाबाट मुक्तिका लागि पनि मनले कल्पिनेबित्तिकै म निस्किहाल्थेँ घरबाट । प्रकृति र चराहरूको पृष्ठ संगीतमा म सकेसम्म हिँडिरहन्थेँ । |
असार १०, २०७९ |
जब सिकारी किसान बने |
सुरेश ढकाल |
आफ्नो एउटा घर र केही जग्गा होस् ! केही सम्पत्ति र बैंक ब्यालेन्स ! सानो सुखी परिवार अनि ती सबैको सुरक्षा गरिदिने एउटा सबल राज्य ! आजको मान्छेको समृद्धिको काल्पनिकीमा सायद यी आधारभूत विषय हुन् । तर, मानवशास्त्री मार्सल सालिनले जुन प्राकृत समृद्ध समाजको परिभाषा गरे तिनमा माथि लेखिएका कुनै पनि सूचक थिएनन्, त्यहाँ परिवार, निजी सम्पत्ति र राज्यको अस्तित्व निर्माण भइसकेको थिएन । |
असार ४, २०७९ |
रूखले लेखेको पृथ्वीको इतिहास |
रमेश भुसाल |
घरछेउ उभिएको उतिसको रूखमा पात सिउने फिस्टो चिप्चिप्चिप् गर्दै छ । अलि परको लहरे पीपलमा कोइली निरन्तर कुक् कु कुक् कु स्वर निकालिरहेको छ । हुन त रूख पनि हिँडिरहेका होलान्, चराले पनि पक्कै केही भनिरहेकै होलान् । तर, रूखको गति नाप्न नसकेकाले र चराको भाषा नबुझेकाले मलाई ती सबै अर्थहीन लागिरहेका छन् । टाढा जानु छ, उकालिएर सगरमाथाको टुप्पो हेर्न । हुन त टुप्पो हेर्न सगरमाथै जानुपर्दैन, खासमा जाने त सगरमाथाको फेद हेर्न हो । |
सीमाहरू भत्काउँदै ‘रेत समाधि’ |
उपेन्द्रराज पाण्डेय |
हिन्दीलाई राष्ट्रभाषा बनाइनुपर्छ भन्ने विषय पछिल्लो समय भारतमा राजनीतिक बहसको केन्द्रमै छ । नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले हिन्दी भाषाको प्रवर्द्धन गर्ने भन्दै यस बहसलाई अघि सारेको छ । भारतमा करिब ४४ प्रतिशत मानिस हिन्दीलाई मातृभाषाका रूपमा प्रयोग गर्छन् भने १२० भन्दा बढी प्रमुख भाषा प्रचलनमा छन् । |
‘बरु विज्ञापन कलात्मक छन्’ |
कान्तिपुर संवाददाता |
कवि, अनुवादक चन्द्र गुरूङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ हालै प्रकाशित भएको छ । उनले थुप्रै अंग्रेजी, अरबिक तथा हिन्दी कविताको नेपाली अनुवाद गरेका छन् । |
मैले रोजेँ, रुन र तिमीलाई माया गर्न |
युयुत्सु आरडी शर्मा |
मलाई लाग्छ यो मेरा लागि गर्वको कुरा हो’, प्रख्यात चिनियाँ लेखक याङ सिङसियाङ भन्छन्, ‘कि मेरो कविता म नेपाल पुग्नुअघि नै पुगिसकेका छन् ।’मलाई पठाइएको याङका कविताको पाण्डुलिपिमा रहेको उनको छोटो प्राक्कथन पढ्दा म अति आश्चर्यचकित भएको थिएँ । प्राक्कथनमा उनी थप्छन्, ‘हरेक कवि, कुनै अपवादबिना, भाषा मागेर मात्र बाँच्न बाध्य हुन्छ ।’ |
देली भितर, देली भाइर |
उमा सुवेदी |
विर्मा, ए विर्मा, ढोका खोल् ! म आइपुगेँ !’ |
जाजरकोटका आमाहरु |
सरुभक्त |
पोल्टाबाट खसेका घामहरु पाठेघरका क्रन्दनमा लतपतिएका छन् सपनाका खेतबारीमा बज्र परेर हराएका छन् सपनाहरु |
एच–पपको कर्कश लहर |
सजना बराल |
एच–पप अर्थात् ‘हिन्दुत्व–पप’ (खासमा भजन) । यसलाई ‘भारतीय संगीतको नयाँ विधा’ भन्ने कि के ? किनभने विधा जसरी नै, तर डरलाग्दो किसिमले स्थापित हुँदै आएको छ । यसअन्तर्गतका गीतहरू विशेषतः मुसलमान समुदायद्वेषी हुन्छन् । सो समुदायप्रति घृणा फैलाउने, उनीहरूको ठाडो अपमान गर्ने र देशै छोडेर पाकिस्तान जाओ भन्नेसम्मका शब्द तथा आशय समेटिएका हुन्छन् गीतमा । हिन्दु धर्म र अहिलेको सत्ताधारी दल तथा यसका नेता/कार्यकर्ताहरूको भने गीतमा अपार महिमा गाइन्छ । |
उजेलीको ‘उज्यालो’ |
तस्बिर : अंगद ढकाल |
मनाङ सदरमुकाम चामे नजिकैको गाउँ थानचोक बस्ने ६२ वर्षीया उजेली गुरूङका लागि आफ्नै आँगन बिरानो बनेको धेरै भइसकेको थियो । दुवै आँखामा पलाएको जालो के होला भनी देखाउन उनी जेठको दोस्रो साता गाउँ नजिकैको स्वास्थ्यचौकी पुगेकी थिइन् । त्यहाँ पुगेपछि थाहा भयो– उनको आँखाको जालो त मोतियाबिन्दु रहेछ । त्यसैको उपचार गर्न तिलगंगा आँखा अस्पतालको एउटा टोली चामे आउन लागेको उनले थाहा पाइन् । |
जेष्ठ २८, २०७९ |
जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए... |
दुर्गाप्रसाद श्रेष्ठ |
यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव ! |
कबड्डी : अब खेल्न पुग्यो |
रघु पन्त |
सिनेमा या त जिम्मेवार हुन्छ या गैरजिम्मेवार । यदि तपाईं आफ्नो समयलाई बुझेर फिल्म बनाइरहनुभएको छ भने जिम्मेवार फिल्म बन्छ,’ प्रसिद्ध निर्देशक, कवि, गीतकार, पटकथाकार गुलजारले सन् १९९६ मा दिएको एक अन्तर्वार्ताको अंश हो यो । |
स्वअस्तित्व, स्वपहिचान, स्वनिर्णय |
ज्ञानु अधिकारी |
लेखक प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’ मा नारी अनुभूति, भोगाइ र सङ्घर्षको कथा बुनिएको छ । आजको नेपाली समाज, नेपाली नारीको परिवर्तित सोच र जीवनशैली लेखिएको छ । नारीका पक्षमा आवश्यकताभन्दा बढी सहानुभूति र करुणा खन्याएर लेखिएका भावनाप्रधान उपन्यासविपरीत नारी दया र सहानुभूतिकी पात्र होइन, ऊ आफैं सक्षम र सबल हुन्छे भन्ने यथार्थ प्रस्तुत गरिएको छ । पुराना सोच र मान्यताका फ्रेममा उभ्याइएका नारीपात्रको प्रयोगले आजका नारीका यथार्थलाई प्रतिविम्बन गर्न सक्दैन भन्छ उपन्यासले । |
कठघरामा कैरत–किरात |
कमल मादेन |
इमानसिं चेम्जोङले लेखेका छन्– ‘किरात समुदाय मध्यपूर्वबाट दक्षिण एसियामा आए । प्राचीनकालमा मध्यपूर्वमा चलनचल्तीमा रहेको ‘किर्यत’ वा ‘किर्जथ’ शब्दबाट अपभ्रंस भई किरात शब्द बनेको हो ।’ तर, किरातीहरु मध्यपूर्वबाट दक्षिण एसियामा आएको र ‘किर्यत’ वा ‘किर्जथ’ अपभ्रंस भई ‘किरात’ शब्द बनेको तथ्य पुष्टि हुँदैन । लेखक कमल मादेनको खेजीमेली छ– ‘किरात समुदाय उत्तर र पूर्वबाट नेपाल आएका हुन् । प्राचीन मंगोलियामा ‘कैराती’ शब्द प्रचलनमा थियो । र, ‘कैराती’ अपभ्रंस भई ‘किरात’ शब्द प्रचलनमा आएको हो ।’ |
भाषाक्रान्तिका पर्याय स्वतन्त्र उम्मेदवार |
अभि सुवेदी |
अहिलेको चुनावमा केही स्वतन्त्र उम्मेदवारको पक्षमा आएको लहर भाषा र अभिव्यक्तिको क्रान्ति हो । यो राजनीतिसँग त यसै पनि जोडिएको छ, तर राजनीतिको कुन चरित्रको प्रतिक्रियास्वरूप यो लहर जन्मियो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो । म यो लहरलाई चेतनशील भाषिक प्रयोगको रूपमा हेर्छु । यस लेखमा त्यही विषयको छलफलसम्म उठाएको छु । |
मान्छेलाई जंगल पठाउने कविता |
मनोज बोगटी |
हुन त यो क्लिसे भइसक्यो, तरै पनि विश्वमा अझै बहस हुन्छ– विचारधाराले साहित्य जन्माउँछ कि साहित्यले विचारधारा ? यो बहस यसकारण हुन्छ किनभने लेखनको टाउकोमा दुवैथरीको अनुहार छ । |
‘किताबले विनम्र बनाउँछ’ |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.