text
stringlengths
2
914
युवा राजनीतिज्ञ तथा लेखक मानुषी यमि भट्टराईसँग किताब–वार्ता :
दरिद्रता : दस प्रकरण
विनोदविक्रम केसी
१. यति दरिद्र पनि के हुनु ? एकदुई तोला लज्जा पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? तीनचार मासा इमान पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? पााच–छ लाल निश्छलता पनि नहोस् आफूसँग ... ... ... यति दरिद्र हुने छुट कसैलाई छैन ।
जेष्ठ २७, २०७९
अँकृष्णका एक सय एक कथा
नयनराज पाण्डे
बोल्दा छिनछिनमा रोकिएर ‘अँ–अँ’ गरिरहने भएकाले उनलाई धेरैले अँकृष्णे भनेर चिन्छन् । तर, अरूहरूले भने या हेपे भन्दैमा लेखकले पात्रलाई हेप्नु हुँदैन । हेपेर उसको नाम बिगार्नु पनि हुँदैन । त्यसैले अबउप्रान्त उनलाई अँकृष्ण नै भनिनेछ ।
जेष्ठ २१, २०७९
एक दिन भ्राका छेउछाउ
देवेन्द्र भट्टराई
गत वर्ष जेठ–असारमा आएको भीषण वर्षा र पहिरोले मर्स्याङ्दी नदी ३१ ठाउँमा थुनिएको थियो । पर्यटन व्यवसायको भरमा चलेको जिल्लाका धेरै चल्तीका होटल बगे, विद्यालय बगे र घरपरिवारकै उठीबास चल्यो । त्यही विपत्तीमाझ सबैले भन्ने गरेको जलवायु परिवर्तनको प्रवाहमा थिचिएको र धेरैले ख्याल नगरेको प्रकृतिको अर्को कुनो थियो— गंगापूर्ण ताल ।
खाँटी कथावाचक
तीर्थबहादुर श्रेष्ठ
आउँदो वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएका व्यक्तिमध्ये बेलायतका प्रकृतिविद् सर डेभिड एटेन्वरोको चर्चा अहिले चुलिँदो छ । पृथ्वीको जीवन्त स्वरूपलाई बुझ्ने, बुझाउने तथा तिनको संरक्षणबाट मानवलगायत सकल जीव–प्राणी, वन–वनस्पतिको शान्तिपूर्ण भविष्य सुरक्षित राख्ने काममा अतुलनीय योगदान पुर्‍याएकाले उनको नाम सिफारिस भएको हो ।
जो आए पाँच हजार वर्षअघि
भोगीराज चाम्लिङ
प्राप्त वंशावलीमध्ये सबैभन्दा पुरानो गोपालराजवंशावलीले भन्छ– नेपालमा सबैभन्दा पहिले गोपाल वंशका ८ ‘राजा’ को शासन चल्यो । त्यसपछि गोपाललाई पराजित गरी ३ महिषपाल ‘राजा’ को शासन चल्यो । त्यसो हो भने प्राचीनकालका ती गोपाल र महिषपाल को हुन् ?
जलवायु परिवर्तनको अर्थ–सामाजिक गाँठो
राम लोहनी
पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यास (कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, फ्लोरिनेटेड) आदिको परिमाण दिनानुदिन बढ्दै गइरहेको छ । यसको मुख्य कारण हो– पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइलाजस्ता जीवांश इन्धन (फोसिल फ्युल) को अत्यधिक उपभोग । यीमध्ये पनि कार्बनडाइअक्साइडको उत्पादन प्रमुख समस्या हो । वायुमण्डलको कार्बनडाइअक्साइडलाई वनस्पतिले शोषण गरेर सन्तुलनमा राख्न खोज्छ । तर, वनस्पतिले शोषण गर्न सक्ने भन्दा कैयौं गुणा बढी कार्बनडाइअक्साइड उत्पादन भइरहेको छ ।
विन्डो पिरियड
कल्पना बान्तवा
कालकिन हतारिँदै लेबर रुम अपरेसन थिएटरको लुगा फेर्ने कोठामा छिरी । पौने आठ बजे आएर इभिनिङका साथीहरूसँग ह्यान्डओभर बुझिसक्नुपर्नेमा सवा आठ बजिसकेको थियो ।
जेष्ठ २०, २०७९
हर्मोनहरूको कस्मिक नृत्य
शैलीका छेत्री
समाजशास्त्रले मानव विकासलाई उच्चतर स्तरमा राखेर किन नहेरोस्, जीवन त उही पिट्युटरी ग्रन्थिबाट लगातार प्रवाहित भइरहने रासायनिक स्राबको कठपुतली मात्रै हो । त्यसैले त प्रत्येक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा कुनै न कुनै बेला यस्ता हर्मोनल परिवर्तनको अवस्था भोगेको हुन्छ ।
जेष्ठ १४, २०७९
चिनियाँ नाकाको सकस
जगबहादुर बुढा
सीमा क्षेत्रमा चीनले तीव्र विकास गरेको छ । विकासकै कारण हिमाली क्षेत्रका बासिन्दा रोजगारीका लागि चीनकै भर पर्थे । सीमापारि गएर मजदुरी र व्यापार व्यवसाय सिर्जना गर्ने क्रम बढको थियो । तर, २०१९ को कोभिडपछि उत्तरी नाका बन्द हुँदा हिमाली नेपालीको दैनिकी अस्तव्यस्त छ । अझै नाका खुल्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर हिमाली क्षेत्रका समुदायलाई परेको छ । भौगोलिक विकटता, पूर्वाधारबाट बन्चित, नेपालतिरबाट सडक सञ्जाल नहुँदा दैनिक जीवनयापनमा ठूलो संकट देखापरेको छ ।
‘अब हिमाललाई आराम दिऊँ’
गोविन्द पोखरेल
नाम्चेको ‘निर्वाणा होम’ मा छन् कान्छा शेर्पा (९०) । सगरमाथामा पहिलो पटक आरोहण गर्ने दलका एक मात्र जीवित साक्षी उनी माला जप्दै र विश्वशान्तिको कामना गर्दै दिन बताउँछन् । पुराना दिनतिर फर्किहेर्छन्, आफैं अचम्भित हुन्छन्– त्यो समय सगरमाथा आरोहण कसरी सम्भव भयो ! वैशाख दोस्रो साता नाम्चे पुग्दा उनले भने, ‘त्यो बेला कसरी बाटो बनाइयो, कसरी गइयो, चुचुरो जाने बाटो कसरी थाहा भयो, सम्झेरै रमाइलो लाग्छ ।’
‘थुप्रै छन् बेनामे हिमाल’
सुरज कुँवर
१ सय ७० वर्षअघि ब्रिटिस सर्भे अफ इन्डियाअन्तर्गतको सर्भे विभागले सगरमाथालाई विश्वकै अग्लो चुचुरो भएको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछिका दर्जन हाराहारी सर्भे तथा अनुसन्धानमा सगरमाथाको उचाइबारे फरक–फरक मापन निस्किए । नेपाल–चीन सिमानामा पर्ने सगरमाथा उचाइको अंकमाथि लामो समयसम्म यी दुवै देशको एकमत थिएन । सगरमाथाको उचाइ–विवाद ०७२ को भूकम्पपछि झनै गहिरियो ।
गणतन्त्र : ‘नेपाली राजनीतिक चेतनाको प्रतिविम्बन’
पुरुषोत्तम सुवेदी
नेपाली राजनीतिका पछिल्ला दुई दशक बडो विस्मयकारी रहे । मुलुकको शक्ति संरचना र राज्य संरचना दुवैमा व्यापक उलटपुलट भयो । सुरुमा दरबार हत्याकाण्डपछि गद्दीनसीन हुन पुगेका राजा ज्ञानेन्द्रले ‘सत्र साल’ ब्युँताए । अनि, उक्त शाही कदममार्फत भित्तामा पुर्‍याइएका संसद्वादी राजनीतिक दल र द्वन्द्वरत माओवादी १२ बुँदे सम्झौता गर्न पुगे, जसको प्रकाशमा देशभर दसौं लाख मानिस सडकमा ओर्लिएर मुलुकको राजनीतिक पथमा दोस्रो जनआन्दोलन नामक विशाल कोसेढुंगा गाडे ।
काठमाडौंको ‘कोर’ कथा
सुरेश किरण
यो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा निकै बोलिएको–सुनिएको शब्द हो– कोर–सिटी । मतगणनाको सुरुवात जुन लयमा अघि बढिरहेको थियो, ‘कोर सिटी’ मा पुगेपछि त्यो खलबलिनेछ भन्ने थुप्रैको अनुमानपश्चात् सोधखोज हुन थालेको थियो– आखिर यो ‘कोर सिटी’ के हो ?
सञ्जालको द्रव्य-दुनियाँ
सजना बराल
भर्खरैको स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न सामाजिक सञ्जालबाट प्रशस्त मात्रामा प्रचार गरे । यसपालि पर्चा, पम्लेट, पोस्टर र ब्यानरहरू घरका भित्ता होइन सामाजिक सञ्जालका भित्तामा छाए । धेरैले आफ्ना भिडियो सन्देशलाई पनि सामाजिक सञ्जालमार्फत मतदाता तथा शुभेच्छुककहाँ पुर्‍याए ।
जेष्ठ १३, २०७९
१०१ वर्षअघिको त्यो आरोहण
सुरेश पौडेल
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुगे । उनीहरुअघि सर्वोच्च शिखरमा कोही पुगेका थिए कि थिएनन् ? यो प्रश्नको जवाफ बेलायती नागरिक जर्ज मेलोरीसँग हुन सक्थ्यो । किनकि त्यसको २९ वर्षअघि उनी सगरमाथाको हिउँमा हराइसकेका थिए । उनको अपुरो सगरमाथा–कथामा मन्थन गरौं:
जेष्ठ ७, २०७९
खोलाको किनारामा, राज्यको किनारामा
अस्मिता बादी
चाहे व्यक्ति होस् या समुदाय सबैका आ–आफ्नै कथा छन् । माया, प्रेम, सद्भाव र अभावका कथा छन् । बादी समुदायको भोगाइ पनि आफैंमा एउटा कहालीलाग्दो कथा हो, जसमा अभावै अभाव छ अनि छ— जमिनको ब्यथा । अन्धकार भविष्य र पिल्सिएको एक मुठी सासभन्दा बाँकी केही छैन त्यहाँ ।
एक क्रान्तिकारी, एक लिजेन्ड
रघु पन्त
राजनीतिक विषयमा बनेका सिनेमाहरूमा तथ्य र कलाको संयोजन भए ती निकै प्रभावशाली हुन्छन् । केही महिनाअघि युट्युबमा मैले चिनियाँ सिनेमाहरू हेरेँ । त्यसमध्ये केही सिनेमा माओ त्से तुङ र चिनियाँ क्रान्तिसम्बन्धी थिए ।
मेरो एकल गायन, मेरो एकल श्रोता
रामेश श्रेष्ठ
बानेश्वर जाने उकालोको देब्रेतिर उपेक्षित रूपमा रहेको एउटा सानो ढिस्के डाँडो... ! उजाड... नीरस... लावारिस... ! के उदेक भयो कुन्नि, एक्कासि युवायुवतीहरूको चहलपहल देखिन थाल्यो त्यहाँ ! रमाइलो थियो वातावरण ! नाटकघरहरू तयार हुँदै थिए- एउटा अलि ठूलो, अर्को अलि सानो, अझै अलि पर अन्य कार्यक्रमहरूका लागि मजाको एउटा अर्को हल पनि ।
सङ्गीतका एक भर्च्युओसोको सम्झना
विप्लव प्रतीक
बाल्यकाल छुट्दै थियो आयुको कन्तुरबाट र किशोरवयतर्फ लम्किँदै थिएँ म । तिनताक रात बडो अँध्यारो हुन्थ्यो, अहिले अलि फिक्का भएजस्तो लाग्छ अँध्यारो । त्यस्तो चुक घोप्टिएको रातमा रेडियो नेपालको रात्रिकालीन सेवामा बज्ने आधुनिक गीतहरूको कार्यक्रम सुन्नुको मजा नै बेग्लै हुन्थ्यो ।
यो कस्तो अनुराग मिस्री ?
रत्न प्रजापति
लेखक जया ओझाको उपन्यास ‘अनुराग’ मा नारी–पुरुषबीचका प्रीतिको प्रारम्भिक भावदेखि त्यसपछिका आसक्ति, अनुरक्ति, स्नेह, प्रेम, प्रणय भेटिन्छन् । गुनासो र पछुतो पनि भेटिन्छन् ।
राउटे संसारसँग साक्षात्कार
अभय श्रेष्ठ
१. राउटे समुदायबारे थुप्रै गैरआख्यान लेखिएका छन्, वृत्तचित्रहरू बनेका छन् । तिनले राउटे समाजको आवरणमाथि एकसरो दृष्टि लगाउँछन् । अनन्त वाग्लेको पहिचान पुरस्कार विजेता उपन्यास ‘कदम’ ले भने तिनको अन्तर्यलाई छाम्छ । यसकारण उपन्यासले पाठकलाई तिनको हृदयसँगै साक्षात्कार गराउँछ । पाठक पनि आफ्नो हृदयले नै तिनको आन्तरिक संसारमा प्रवेश गर्दै जान्छ ।
परदेशको पसिना-पथ
मीना पौडेल
लेखक एवं पत्रकार यज्ञशको सम्पादनमा प्रकाशित ‘परदेशको पसिना’ किताबले मूल रूपमा वैदेशिक रोजगारीका विभिन्न आयाममध्ये अर्थ–सामाजिक आयामलाई आफ्नो प्रकाशकीयको मूल पक्ष मानेको छ, जुन महत्त्वपूर्ण छ । श्रम आप्रवासनमा चासो राख्ने जोसुकैका लागि किताब ज्ञानवर्द्धक सामग्री हुन सक्छ ।
दास्तान-ए-नेपालगन्ज
शिवानीसिंह थारु
म हुँ निमको रूख । नेपालगन्जका केही किस्सा मबाहेक अरू कुनै किस्साकारले सुनाउन सक्दैन । किनकि म यस सहरको आदिवासी हुँ । यस सहरमा जति पनि पुराना टोलहरू छन्, त्यहाँ म आज पनि आकाश भएर फैलिएको छु । भलै मेरा हाँगा–बिँगा र शाखा सहरको वैभवमा टाक्सिँदै गएको छ । म काटिँदै–कुटिँदै किनारमा धकेलिएको छु, छाँटिँदै–छेकिँदै ओझेल पारिएको छु । के भनूँ ! आजभोलि सहर मभन्दा जो तीतो भएको छ । तैपनि म छु । बस् रहँदै आएको छु ।
वैशाख ३१, २०७९
पर्वतको 'प्रेत'
नरेश कुसी
सन् २०१३– अक्टोबर, सोलुखुम्बु बिहानको पारिलो घाममा फोर्चे गाउँको फापरबारीतिर यत्रतत्र चरिरहेका डाँफे हेर्दै मग्न थिएँ । गाउँबाट अलि परको गोठतिर देखाउँदै एक जनाले भने, ‘यतातिर हिउँचितुवा बिरलै भेटिन्छ । धेरैपछि हिजो बिहान ऊ त्यो भीरसँगैको गोठ नजिकै गोठालाले एउटा माउ हिउँचितुवा र त्यसका डमरु देखेको भन्थे !’
बहिष्करणको बहीखाता
मानबहादुर बीके
बहिष्करणले बेहोर्नुपरेका क्षति गणना गर्ने प्रचलन छ, अधिकांश मुलुकमा । गणनाअनुसार, तत्तत् समुदायले गुमाउनुपरेको लाभ यकिन गरी त्यसको परिपूरणका लागि नीति बनाउन थालेका छन् ती मुलुक । यस्तो सम्भाव्य लाभ गुमाउनु नपरोस भनेर नीतिगत उपकरणकै व्यवस्था गरिन्छ ।
भोजपुरको धूलोमा शब्दको इन्द्रेणी
अभि सुवेदी
कवि विप्लव ढकाल बिहानै एउटा मोटो किताब लिएर मेरो आँगनमा आइपुगे । तिनले हातमा बोकेको बृहत् ग्रन्थको रहस्य नखुलिन्जेल मैले अनेकौं कल्पना गरें । ‘भोजपुरको वाङ्मय’ भन्ने शीर्षक देखें । अनि सोचें, त्यो बृहत् ग्रन्थ एक जिल्ला परिचय होला । पछि थाहा भयो ८०६ पृष्ठको त्यो बृहत् ग्रन्थ विप्लवको दशकौं लामो एकल अध्ययन र अनुसन्धानको परिणाम रहेछ ।
'मेघदूत' को महाआनन्द
कान्तिपुर संवाददाता
गएको वर्ष लेखक मोहन मैनालीका तीनवटा अनूदित कृति प्रकाशनमा आए– हिमाचली लोकगीत ‘हे मेरी आमा’, अन्वेषक, चिन्तक र द्रष्टाका निबन्धको संग्रह ‘आकाशमुखी’ र नेपाल आउने पहिलो फ्रेन्च अन्वेषक गुस्ताब बोनको ‘नेपाल यात्रा वृत्तान्त’–
किनकि जीवन सुन्दर छ
शिक्षा रिसाल
मलाई जीवनमा धेरै मामिलाले बिथोलिरहन्छन् । अक्सर एउटा प्रश्नले लखेटिरहन्छ- जीवनको कुन चरणमा पुगेपछि मानिसले त्यही जीवन सिध्याउँछ होला ? शरीरले सास छाड्नुअघि उसले ठ्याक्कै के सोचेको हुन्छ होला ? त्यतिबेला आँखाले देख्ने दृश्य कस्ता हुन्छन् होला ? अँध्यारो हुन्छ होला कि उज्यालो प्रकाश ?
रंगमञ्च जाग्दो छ
फणीन्द्र संगम
लेखक नारायण वाग्लेलाई केही वर्षअघि उपन्यास ‘पल्पसा क्याफे’ माथि सिनेमा बनाउने प्रस्ताव आयो । उनले सोचविचार त गरे, तर स्वीकृति दिएनन् । किताबमाथि बनेका धेरैजसो नेपाली सिनेमा ‘फ्लप’ भइरहेकामा उनको अस्वीकृति पो थियो कि ! उनी यत्ति भन्छन्, ‘सायद त्यो बेला म तयार थिइनँ ।’
कार्टुन केवल हास्य होइन
प्रा रामकुमार पाँडे
ठूलो साइजमा रंगीन सजधजका साथ प्रकाशित कार्टुन सङ्ग्रह ‘बेस्ट अफ अविन’ माथि ध्यान दिएर घोत्लिएपछि भन्न सकिन्छ– अविन श्रेष्ठको कार्टुन– ‘सिग्नेचर’ विशिष्ट छ । भन्नै पर्दैन अविनको शैली विलक्षणै छ । समसामयिक घटनामाथिका उनका चित्र असाध्यै धारिला छन् । विषय चयन, चरित्र चित्रण र ढाँचा विशेष छन् ।
आखिर चियाको बुटामा 'सुन' फलेन
छुदेन काविमो