text stringlengths 2 914 |
|---|
घनघोर हरियो जंगल घुम्दा नि आनन्द नमिले के गर्नुहुन्छ ? केही नगर्नुहोस् । निश्चिन्त भएर दार्जिलिङ आउनुहोस् । चियाबारी घुम्नुहोस् । ठूल्ठूला जंगलहरूमा नपाएका आनन्द यतै घुम्दा पाउनुहुनेछ । हरिया चियाका बुटाभित्रै कतै भेट्टाउनुहुनेछ आनन्द । |
वैशाख २४, २०७९ |
चुनावदेखि चुनावसम्म ! |
रामचन्द्र श्रेष्ठ |
बिब्ल्याँठो उत्साह क्याफेको कौसीमा बसेर सडक नियालिरहेको छु । दिनभरिको थकान मेट्न कफीको चुस्की लिँदै छु । उसो त सहरमा विश्रामका लागि कुनै शीतल पार्क पनि त छैन । चुनावको मौसम छ । सडकमा पार्टीको प्रचार टोली आएको छ । अटोरिक्सामा माइक लगाएर ठूलोठूलो आवाजमा चुनावी गीत घन्काइएको छ । गीतको तालमा प्रचार टोलीका केही महिला नाचिरहेका छन् । उनीहरूको उत्साह उल्लेखनीय देखिन्छ । यस्तै दृश्य अन्य पार्टीको प्रचार टोलीमा पनि देखेको छु । चुनावमा देखिने यो उत्साह साँच्चै रोचक नै हुन्छ, तर यो प्रश्नयोग्य पनि छ । यो उत्साहको कारण के होला ? |
अध्यक्ष बन्न योग्य छैनन् महिला ? |
नारायणी देवकोटा |
दोरम्बा गाउँपालिकाकी निवर्तमान उपप्रमुख कृषला घिसिङले आफ्नो फेसबुकमा लेखेको पोस्टबाट यो लेखको शीर्षक सापटी लिइएको हो । उनको पोस्टलाई थोरै तोडमोड गरी शीर्षक बनाइयो । खासमा कृषलाले लेखेकी थिइन्, ‘के युवा महिला अध्यक्ष बन्न योग्य हुन्न र ?’ र, उनको प्रश्न स्थानीय तह अर्थात् गाउँपालिका वा नगरपालिका प्रमुखको विषयमा थियो । |
चुनावी सर्ट फिल्मको ‘रफ’ कथा ! |
यज्ञश |
टाढाबाट हेर्दा टुरिस्ट बसजस्तो लाग्ने एउटा बस अनकण्टार ठाउँमा गुडिरहेको छ । बस घरी नदी किनार त घरी जंगलको बाटामा हुइँकिइरहेको छ । बसले विभिन्न ‘मार्क’ र ‘माइलस्टोन’ पार गरिरहेको छ । तिनमा कुनै मन्दिर छन्, कुनै बूढो रूख छन्, कुनै चिहानघारी छन् त कुनै बन्द भएका अस्पतालका खण्डहर । |
‘जितेपछि मान्छेले ज्यू भने’ |
कान्तिपुर संवाददाता |
दबेको छ आवाज, सारीको सप्कोले छोपिएको छ टाउको अनि थोत्रो भइसकेको मैलो चप्पल पड्काउँदै चर्को घाममा गाउँ–गाउँ हिँडिरहेकी छन्– कोइली चमार । उनी आफ्ना लागि भोट माग्न हिँडेकी हुन् । मतदातालाई भनिरहेकी छन्, ‘नमस्कार हमनके भोट देके जितावलजा ।’ दिनैभर घर–घर पुग्दा सुन्निएका छन् गोडा । र, उनी फतक्कै गलेकी छन्, तर उत्साह प्रस्टै छ अनुहारमा । |
मिडियामा भारतको जस्तो स्थिति कुनै देशमा नआओस् : रवीश कुमार [भिडियो] |
कान्तिपुर संवाददाता |
विश्वको ठूलो लोकतन्त्र भारतमा साहसिक र व्यावसायिक पत्रकारिताको अलगै पहिचान हुने गर्थ्यो, तर केही वर्षयता त्यो पहिचान क्रमशः धूमिल हुँदै गएको छ । एसियाको नोबेल पुरस्कार भनिने ‘रोमन म्यागसेसे अवार्ड’ बाट पुरस्कृत रवीश कुमार भारतको पत्रकारितामा देखिएका यी असंगतिलाई उजागर गर्न अग्रपंक्तिमा देखिन्छन् । एनडीटीभीका वरिष्ठ कार्यकारी सम्पादक रवीशले आफ्नो पुस्तक ‘बोलना हि है’ (सन् २०१९) मा पनि भारतीय पत्रकारितामा देखिएका तिनै विकृति र विसंगतिको कठोर चिरफार गरेका छन् । |
वैशाख २३, २०७९ |
जिन्दगी एक चुनाव |
घनश्याम खड्का , दीपक सापकोटा |
मुलुक स्थानीय तह निर्वाचनको संघारमा छ, जसको मत परीक्षण वैशाखान्तमा हुनेछ । त्यसपछि लगत्तै देश प्रदेश र संघको निर्वाचनमा होमिनेछ । चुनावले तरंगित हुन लागेको वर्षको पूर्वार्द्धमा हामीले चुनावको इतिहास, दर्शन र अर्थशास्त्रबारे विश्लेषणयुक्त सामग्री तयार पारेका छौं, जसमा राजनीतिशास्त्रीदेखि अर्थशास्त्रीसम्म र शिक्षाविद्देखि पूर्वप्रधानन्यायाधीशसम्मको विवेचना समाविष्ट छ । |
वैशाख १७, २०७९ |
त्रसित नेपाली सिने बजार |
अनुप सुवेदी |
२०७९ सालको पहिलो दिन नेपाली फिल्म क्षेत्रले दुईवटा सन्देश पायो– पहिलो, ‘क्रेज’ निर्माण गर्न सके फिल्मले २४ सै घण्टा दर्शक पाउने रहेछ । राति १ बजे र बिहान ३ बजे पनि फिल्म हलमा दर्शकको घुइँचो हुने रहेछ । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर–२’ को प्रदर्शनमा देखिएको ‘क्रेज’ ले नेपाली फिल्म क्षेत्रलाई यो सन्देश दियो । दोस्रो, नेपालको फिल्म बजारमा दक्षिण भारतीय फिल्म हावी हुन थालेको सन्देश पनि यही परिवेशले दिएको छ । |
‘एक्लो’ काठमाडौंको प्राचीन कथा |
सुरेश किरण |
स्थानीय चुनाव आँगनमै आइपुगिसक्यो । काठमाडौंको आकाश उति खुलिसकेको छैन, चुनावका उम्मेदवारहरूचाहिँ खुलिसकेका छन् । उम्मेदवारले आफ्ना एजेन्डा पनि करिब–करिब पूरै शो गरिसकेका छन् । एजेन्डामा लेखिएका बुँदा पुरानै छन्– धूवाँ, धूलो, फोहोर, सडक, पेटी आदि–आदि । तर, काठमाडौं आफ्नो मुटुमा यति मात्रै विकृति बोकेर बाँचिरहेको छैन । धूवाँ, धूलो र फोहोरबाट मुक्त हुनेबित्तिकै काठमाडौं बाँच्छ भनेर कसैले सोच्छ उसलाई भन्नुपर्छ– तिमीले आजसम्म न काठमाडौंलाई बुझेका छौ, न काठमाडौंको रोग चिनेका छौ । काठमाडौंको विरासत थाम्नु आकाश थाम्नुजस्तो होइन । |
आमलक : आकाशको भाँडो |
गौतमवज्र वज्राचार्य |
मन्दिर अथवा मन्दिरजस्तै महत्त्वपूर्ण वस्तुको सबैभन्दा माथि चुचुरामा गजुर राखिएको हुन्छ (तस्बिर १) । गजुर वास्तवमा पूर्णकलश हो भन्ने सबैले देखे बुझेकै कुरा हो । तर, पूर्णकलशको मुनितिर थ्याप्चो फर्सीजस्तो देखिने संस्कृतमा आमलक भनिने चक्काको विषयमा भने अधिकांश अनभिज्ञ छन्जस्तो लाग्छ । |
माइबापको पावर |
प्रकाश पौडेल |
आफू पढेको विद्यालयमा पुस्तकालय स्थापनाका लागि म पुस्तक सङ्कलन अभियानमा थिएँ । एकै अनुरोधमा विभिन्न जिल्लाका साथीहरूले कार्टुन–कार्टुनमा पुस्तक पठाइदिए । आएका पुस्तक छान्दै जाँदा एउटा कार्टुनमा पातलो डायरी फेला पारेँ । रातो नाइलनको मसिनो डोरीले बाँधिएको त्यो डायरी एक नेताको थियो । डायरीको अन्तिमतिर लेखिएको विषय निकै रहस्यपूर्ण थियो । प्रस्तुत छ, त्यही डायरीको एक अंश : |
सप्रसंग सत्यमोहन |
सरस्वती प्रतीक्षा |
त्यसो त जीवन र मृत्यु सँगसँगै हिँड्छन् । मृत्युभन्दा जीवन अगाडि हिँड्दासम्म केही फरक पर्दैन, तर जीवनभन्दा मृत्यु एक कदम अगाडि हिँड्नासाथ मान्छेको कथामा पूर्णविराम लाग्छ । मान्छेको मात्रै होइन, चराचर जगत्का सम्पूर्ण प्राणीहरूको कथामा पूर्णविराम लाग्छ । |
हिमालयको मानव कथा |
राम लोहनी |
हिमालयबारे कति लेखे कथा पूरा हुन्छ ? यसको कुनै सीमा छैन । हिन्दु, बौद्ध र बोन तीनै धर्ममा हिमालयको आफ्नै महत्त्व छ, आफ्नै गाथा छ । ‘हिमाल’ शब्दले सबै उच्च पर्वतहरूलाई सम्बोधन गरे पनि प्राविधिक अर्थमा ‘हिमालय’ शब्दको सीमा छ । यसले पश्चिमतिर बग्दै आएको इन्दुस नदी, दक्षिणतिर बांगिएको नंगा पर्वतको क्षेत्रदेखि पूर्व बग्दै गएको ब्रह्मपुत्र नदी, दक्षिणतिर बांगिएको नाम्चा बर्वा पर्वतसम्म फैलिएको लगभग २४०० किमि लामो हिमशृंखलालाई जनाउँछ । अन्तरिक्षबाट लिइएको फोटोमा हिमालय एउटा विशाल केरा वा खुर्पेचाँदजस्तो आकारमा देखिन्छ । |
आमाको नाममा तीनवटा क्रस |
सावित्री गौतम |
६ वर्षअघिको एक प्रसंग । साथी अधिकृत भएको सरकारी कार्यालयमा कामविशेषले पुगेको थिएँ । उनले छोरा ब्याचलर पढ्ने बेला भएको र नागरिकता निकालेको प्रसंग सुनाए, ‘बूढी (उनकी श्रीमती) ले छोराको नागरिकतामा मेरो नाम पनि लेखिनुपर्छ भनेकी थिई, रहर पूरा गरोस् न त भनेको, पूरा भएन ।’ आमाको मात्रै नामबाट पनि नागरिकता पाउने संवैधानिक अधिकार छ भनेर दाबी गरिने देशमा बाबुको नामसँगै आफ्नो नाम पनि लेखाउने अधिकार कुनै आमाको ‘पूरा हुन नसकेको रहर’ कसरी बन्न पुग्यो ? बिस्तारमा सोधेँ । |
अनागरिक ‘पारिजात’ हरू |
सत्यभामा माथेमा |
केही वर्ष, केही महिना, केही दिन, केही पलअघिका सम्झना । आफैंले बाँचेका, भोगेका समयका स्मृति । बिर्सन खोज्दा पनि बिर्सन नसकेका ती सम्झनाले खुब पोल्छन् यो मन । सम्झनाहरू सलबलाउँछन् र रन्थनिन्छ मस्तिष्क । आठ दशक बेहोरेको मेरो ज्यानसँग जोडिएका छन् नागरिकताका अनेक सवाल । मनमा घरीघरी प्रश्न उठिरहन्छ : मेरी मित्र पारिजात कुन देशकी नागरिक हुन् ? साहित्यकार पारिजातलाई अनागरिक बनाउनेहरू को–को हुन् ? यस्ता प्रश्नले आलै रहेको आफ्नै घाउका पाप्रा उप्किन थाल्छन् । यो देश, यहाँको राज्य, प्रशासन देखेर टीठ लाग्छ : किन एक प्रख्यात लेखक यहाँ मर्नुपर्छ अनागरिक भएर ? |
वैशाख १०, २०७९ |
रेलले छाडेका दीर्घ हिक्का |
सुबिन भट्टराई |
म बालखै छँदा मेरा हजुरबुवा परलोक हुनुभएको हो । हजुरबासितका रहलपहल र धमिला सम्झना स्मृतिमा उग्राइरहन्छु र काल्पनिक स्नेहले बेला–बेला आफैँलाई छ्याप्ने गरेको छु । |
पात्रद्रोह |
शैलेन्द्र अधिकारी |
आजकल कि समयले भाङ–धतुरो खाएको छ कि मेरो गिदीमा ‘ग्यास्ट्रिक’ बढेको छ । |
मोम्चोकी मंगली |
एलबी क्षेत्री |
कथाकार वसन्त पराजुली विस्तारमा कथा भन्छन् । जस्तो कि एउटा उदाहरण, ‘वक्ररेखा’ । यसमा धेरै वक्र छन् । अब टुंगिन्छ कि भन्यो, अर्को वक्र भेटिन्छ । बिहेको दृश्यबाट कथा सुरु हुन्छ, नव–जीवनको प्रारम्भ हुन्छ । त्यसै क्रममा कथामा असारको महिना र झमझम दर्कंदै गरेको पानीको प्रवेश समाहित छ । बिहेपछि अस्ट्रेलिया जाने सपना भेटिन्छ । एरेन्ज म्यारिज पनि छ । नारी चिन्तनसहितको दर्शन छ । घरी काग कराउँदै गर्छ । घरी कालो बिरालो म्याउँ गर्छ । बिहेमा हुने सांस्कृतिक वर्णन पनि छ । सुहागरात पनि छ । यसैमा तीज पनि आउँछ । |
जहाँ इन्धनको लाइनमै मर्छन् मान्छे |
कञ्चना प्रियकण्ठा |
सरकार र भ्रष्ट राजनीतिकर्मीविरुद्ध श्रीलंकामा महिना दिनयता निरन्तर आन्दोलन चलिरहेको छ । सरकारी कोष र वैदेशिक ऋणको खराब व्यवस्थापन तथा राजनीतिकर्मी र सरकारी कार्मचारीहरूको भ्रष्टाचारले देशमा विद्यमान संकट आइपरेको बुझेपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । अप्रिल पहिलो साता घोषित पाँच दिने आपत्काल र दुई दिने कर्फ्युबीच पनि मानिस पम्प्लेट बोकेर सडकमा निस्किए । |
११४ वर्षअघिको त्यो ‘पेरिसदेवी नगरी’ |
जनकराज सापकोटा , प्रदीप घिमिरे |
राणा प्रधानमन्त्री जंगबहादुर बेलायत यात्रामा गएको ५७ वर्षपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर विसं १९६५ वैशाख २८ गते उही रुट पछ्याउँदै बेलायत पुगे । जंगबहादुरकै शैलीमा उनी बेलायतबाट फ्रान्सको पेरिस हुँदै नेपाल फर्के । जंगबहादुरको त्यो यात्राबारे कमलमणि दीक्षितको सम्पादनमा विसं २०१४ मा पहिलोपटक ‘जंगबहादुरको बेलाईत यात्रा’ पुस्तक प्रकाशित भएपछि यसबारे अनेक कोणबाट चर्चा र छलफल भयो । तर, १ सय १४ वर्षअघि चन्द्रशमशेरले गरेको युरोप यात्राबारे भने उति चर्चा र विर्मश भएको देखिन्न । |
साहित्यमा कोरलिएका हल्लाका चल्ला ! |
राजकुमार बानियाँ |
वर्ष २०७८ को साहित्यतर्फ ‘रिपोर्ट कार्ड’ बनाउन तम्सेको छु । हतारहतार प्रेस पसेका थुप्रै पुस्तक त्यतै कतै अड्केका छन् । तर, वैशाख १५ सम्म तिनले पुरस्कार गुठीहरूको दर्ता नम्बर पाइसक्नेछन् । तिनको रोजाइमा बजारभन्दा पनि पुरस्कार पर्छन् । तिनलाई बजारले वास्ता नगरे पनि पुरस्कारदाताले पत्याइरहेकै छन् । असल—कमसल पुस्तक हरेक वर्ष पुरस्कृत भएकै छन् । |
दोहा विमानस्थलमा एक उदास अनुहार |
हरि अधिकारी |
दोहा विमानस्थलको ट्रान्जिट लाउन्जमा मेरो एउटा पुरानो कविताकी नायिकाजस्ती सानो काँटीकी त्यो दुब्ली–पातली स्त्री उडान पर्खिरहेका यात्रुहरुको भीडमा नितान्त एक्ली, अन्यमन्यस्क, चुपचाप मुन्टो निहुराएर बसिरहेकी थिई, उसको उदास मुहारको क्यानभासमा कोरिएको थियो – चिरन्तनदेखि उसले भोग्दै आएको अथाह पीडाको बीभत्स चित्र ! |
वैशाख ३, २०७९ |
हजुरबाको रेडबुक |
नारायण ढकाल |
एक लेखकको युवाकालसम्मको चरम आशा–निराशाको आत्मप्रकाशन हो यो । भगवत्गीताप्रति असीम अनुराग भएका लेखकका हजुरबा जीवनका अन्तिम दिनहरुमा रातो जिल्दा भएको गीताभित्रका श्लोक वाचन गरिबस्थे । हजुरबाको गीता–प्रेम वर्णव्यवस्थाको पक्षमा थियो भन्ने बुझ्न लेखकलाई पाँच दशकभन्दा बढी लाग्यो । माओत्से तुङका रेड बुक र हजुरबाको रेडबुकबीचको किनारामा उभिएर लेखिएका यी स्मृति लेखकका आत्म–विज्ञप्ति पनि हुन् । |
तिमी तेस्रोपटक मर्दैनौ बाउ ! |
पूर्ण पी राई |
मेरा बाउ राजा त्रिभुवनभन्दा तीन वर्ष जेठा, म उनका पनाति दीपेन्द्रभन्दा झन्डै दस वर्ष कान्छो । म बाउभन्दा त्रिहत्तर वर्ष कान्छो अनि आमाभन्दा छयालीस वर्ष । |
रातभरि हुरी चलिराखोस् |
ज्ञानु अधिकारी |
कथा के हो ? कथामा कस्तो शक्ति हुन्छ ? कथाले कसरी मनमस्तिष्क प्रभावित पार्छ ? कसरी यसले जीवनदर्शन र छोपिएका यथार्थलाई सरल तरिकाले देखाउन सक्छ ? इन्द्रबहादुर राई (१९८४–२०७४) को ‘रातभरि हुरी चल्यो’ कथा पढेपछि यस विषयको गहिरोसँग बोध हुन्छ । |
नेहरूको सेरवानीमा रातो गुलाफ |
भुवन ढुंगाना |
कवि गुरु रवीन्द्रनाथ ठाकुरको निबन्धसंग्रह ‘घरे बाहिरे’ बाट प्रभावित भएर अमर्त्य सेनले ‘होम इन द वर्ल्ड’ संस्मरण लेखे । त्यो पुस्तक पढिसकेपछि मलाई पनि आफू तीन वर्ष बसेको/पढेको शान्ति निकेतनमाथि केही लेख्न मन लाग्यो । रवीन्द्रनाथलाई नदेखे पनि उनले नामकरण गरिदिएका अमर्त्य सेनलाई भने मैले देख्ने, भेट्ने मौका पाएँ । त्यो सन्दर्भ यस्तो छ । |
खोप आयो, तर राजा बाँचेनन् |
मणि दाहाल |
मिति : विसं १८७३ मंसिर ८ समय : बिहान ११ बजे स्थान : पशुपति आर्यघाट |
सिद्धिचरणको ‘नेपाल’ : केही लिखित, केही अलिखित |
रघु पन्त |
इन्द्रेणीको टप्प टिपेर शाखा ओढी पछयौरी वन, भीर–पाखा सुवासको पाउ गमक्क चाली नाच्छन कि झैं सिर्जन नै उचाली मर्दा कुनै आखिरको सलामी जाने मिली गाउँघरै मलामी यो देश नै एक गुठी समान सम्पूर्ण हामी गुठियार जान |
बजाउने हात खोजिरहेछ ‘ङ’ |
कुन्साङ |
सेताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली । |
चैत्र २६, २०७८ |
नामको राजनीति |
भूपाल राई |
नामबारे यो लेखोट सुरु गर्नुअघि, चार कुरा घोषणा गरिहालूँ । एक, प्रकारान्तरले यो मेरो आफ्नै नामको पृष्ठभावमा निर्मित लेखोट हो । दुई, मेरो नाम मेरै लागि एक असम्मत नाम हो । तीन, मलाई लाग्दैन कि यो मेरो आनुवांशिकतालाई विम्बित गर्ने आफ्नै नाम हो । चार, न म यतिखेर मेरो नामलाई आत्मसात गरिरहेको छु न यसको अविच्छिन्नताबाट टाढा भाग्नै सकिरहेछु । |
माया मण्डलमा मृत्यु |
अभि सुवेदी |
अहिलेको जगतमा मृत्युको विषयमा केही लेख्नु लगभग असम्भव र विसंगत विषय हुन सक्छ भन्ने जान्दाजान्दै पनि यो मृत्यु–निबन्ध लेख्ने संजोग परेको छ । तर, मृत्युको यो विडम्बनाको कालमा यसमाथि लेख्नुपर्ने कारणमध्ये सबैभन्दा प्रमुख हो मानिसको जीवनमा मृत्यु होइन, मृत्यु जित्ने उसको काल्पनिकी र सिर्जनाको सामर्थ्य बलियो र अविजेय छ भनेर केही कुरा राख्नु । |
निभिसकेको प्रमिथसको आगो |
शैलेन्द्र साकार |
द म्यारो एन्थोलजी अफ योन्गर अमेरिकन पोयट्स’ नामक बृहत् ग्रन्थमा प्रकाशित आधुनिक कवि ल्यारी लेभिन्सको एउटा लामो कविताका केही हरफ सम्झन्छु– |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.