text stringlengths 2 914 |
|---|
एक डाक्टरको पाइला |
दुर्गाप्रसाद श्रेष्ठ |
मानिसको जीवन पूर्वजन्मका कर्महरूले निर्धारित हुन्छ भनिन्छ । कर्ममा नलेखिएका कुरा जतिसुकै प्रयास गरे पनि पाउन मुस्किल छ । सन्दर्भ चिकित्सा पेसामा कहलिएका जगदीशलाल वैद्यको हो, जसले भर्खरै ‘जगदीशका पाइलाहरू’ नामको जीवनी र स्मृतिको सँगालो किताब प्रकाशित गरेका छन् । किताबले एक व्यक्तिको जीवनमा कर्म र संघर्षको कथानकलाई राम्रैसँग सम्झाएको छ । |
जयप्रकाशका सहयात्री दलबहादुर |
मल्ल के. सुन्दर |
भारतीय समाजवादीका लागि दलबहादुर प्रजापति अर्थात् ‘नेपाली बाबा’ सदैव प्रेरक छन् । उत्तर प्रदेश र विहारका पुराना पुस्तादेखि आजका नेतृत्वपंक्तिसम्मले ‘नेपाली बाबा’ को चर्चा गरिबस्छन् । तर, नेपालको सरहदभित्र ‘नेपाली बाबा’ छायामा छन् । दलबहादुरको स्मृति–दिवस चैत २९ मा उनको सम्झना : |
आमाहरूले कहिल्यै नाइँ भनेनन् |
रुबी खान |
इतिहासका विभिन्न कालखण्डमा विभिन्न स्वरूपमा महिलामाथिका विभेद, दमन र हिंसा निरन्तर छन् । आजका दिनसम्म आइपुग्दा महिलाले आफ्नो पहिचान, सम्मान र स्वतन्त्रताका खातिर संसारभरि नै थुप्रै आन्दोलन गरेका छन् । नेपालको सन्दर्भमा भोजपुरकी सामाजिक अभियन्ता योगमायाले राणाकालको अँध्यारो समयमा महिलामुक्तिको आन्दोलन चलाएकी थिइन् । नेपाली समाजमा महिला–पुरुषबीचको विभेदकारी खाडल यति गहिरो छ कि यसलाई पुर्न योगमायाजस्ता हजारौंको खाँचो अझै छ । |
जयपुरमा ‘नेपाली ब्लूज’ ! |
छुदेन काविमो |
अचानक कोरोनाको कहर यसरी छादियो, जसले सबथोक ठप्प पारिदियो । घुम्नलाई पूरै बन्देज लगाइदियो । मान्छे घरभित्र थुनिँदै गए । हठात किताब किनेर पढ्नधरि नपाइने स्थिति बनिदियो । साहित्यिक उत्सवहरू अनलाइनतिर सीमित हुँदै गए । लगभग तनावमै दुई साल बिते । अनि त बल्ल माहोल अलि ठीक हुँदै गयो । त्यही बनिएको माहोलबीच फातसुङ–को अंग्रेजी संस्करण आइदियो । त्यही अंग्रेजी अनुवादले मेरा निम्ति नयाँ बाटो खोलिदियो । र, नै म जयपुर लिटरेचर फेस्टिवल पुगेँ । |
चैत्र २५, २०७८ |
अनुवादमा पैसै छैन, त्यसैले मिहिनेत छैन : मञ्जुश्री थापा |
कान्तिपुर संवाददाता |
मञ्जुश्री थापाको किताब ‘अल अफ अस इन आवर वन लाइभ्स’ हालै नेपाली भाषामा अनूदित भएर पाठकमाझ पुगेको छ । अंग्रेजीमा लेखिएको आख्यानलाई ‘एक्लै–एक्लै’ नाम दिई नेपालीमा अनुवाद गरेका हुन्– उज्ज्वल प्रसाईले । उपन्यासमा मूलतः चार पात्र छन्, जो विभिन्न परिक्रमले आपसमा ठोकिन्छन् अनि फेरि आफ्नै परिवेशमा हेलिन्छन् । वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय दाताको चरित्र, गैरसरकारी संस्थाका जटिलता, तिनमा संलग्न विदेशीको नेपालप्रतिको धारणा, महिलाप्रतिको दृष्टिकोण, परियोजना हत्याउन गरिने प्रपञ्चजस्ता विषयमा कथा बुनिएको छ । |
चैत्र १९, २०७८ |
उमेर गोडा चालीस |
सरस्वती प्रतीक्षा |
केही समयपहिले एउटा गीतले तहल्का मच्चाएको थियो । हिमाल साउदको शब्द र कालीप्रसाद बाँस्कोटाको सङ्गीतमा हेमन्त रानाले गाएको ‘सुन साइँली चालीस कटेसि रमाउँला’ यसको मर्म र मर्मको गहिराइका कारण धेरैको प्रिय गीत बन्न पुगेको थियो । गीत सुन्दा सामान्यजस्तो लागे पनि यो गीतपछाडि सामाजिक, मानसिक, मनोवैज्ञानिक, शारीरिक, आर्थिक, सांस्कृतिक सबैखाले संवेदनाको मिश्रण घुलित छ । |
टोनी हागनको आँखाबाट नेपाल |
गुरुङ सुशान्त |
भूगर्भविद् टोनी हागनले गरेको नेपाल–अध्ययनबारे नेपाली विद्वत्वर्ग धेरथोर जानकारै छ । सन् १९५० मा स्वीस सरकारको प्राविधिक टोलीमा रहेर ६ महिनाका लागि प्रथम पटक यस भूमिमा छिरेका हागनले कालान्तरमा नेपाललाई आफ्नो दोस्रो घरका रूपमा आत्मसात गर्दै काम गरिरहे । नेपाल–अध्ययनमा लागिपरेर यथेष्ट योगदान गर्ने थोरै विदेशी खोजकर्ताको अग्रलहरमा टोनी हागन परे पनि संवैधानिक राजतन्त्रको पक्षपातीको बिल्ला लगाइदिएर उनको गहिरो विद्वताको चर्चासमेत नगर्ने आत्मघाती भूल गर्नेहरूको कमी छैन । नेपालीभाषी पाठकबीच चर्चित हागन ‘नेपालमा मेरो खोजयात्रा’ पछि फेरि एकपटक नवीकरण भएका छन् । ‘बिल्डिङ ब्रिजेज टु थर्ड वर्ल्ड : मेमोरिज अफ नेपाल’ प्रकाशित हुँदा नै हागनले चाँडै नेपाली अनुवाद आउने आशा व्यक्त गरे पनि २८ वर्षपछि मात्रै यो पुस्तक नेपाली पाठकको हात परेको छ, जसमा क्वाँटी स्वादको तिख्खरपन छ । |
दान्कोले मुटु झिकेर बालेको लालटिन |
अभय श्रेष्ठ |
अध्ययन–लेखनको उज्यालो आकाशबाट जब म चियाउँछु– मेरो विगत कक्षाकोठामा कुखुरा बनाइएको विद्यार्थीजस्तै टुक्रुक्क कान समाएर अँध्यारो कुनामा चुपचाप बसिरहेको भेटिन्छ । स्कुले जीवनमा म नेपाली र हिन्दीका सस्ता उपन्यास खुब पढ्थेँ । गुलशन नन्दा, मनोज, वेदप्रकाश, सरला रानु, युधीर थापा, सुवास, वसन्त, दीर्घबाहुका उपन्यासमा डुब्थेँ । |
बदलिँदो भाष्य |
घनश्याम खड्का |
विकटता र सौन्दर्यको सायद प्राचीन सम्बन्ध छ । मान्छे होस् कि वस्तु, जो पहुँचभन्दा जति पर छ त्यो उति नै आकर्षक हुन्छ भन्ने सामान्य अनुभवका लागि त कुनै मनोविज्ञानको सिद्धान्त जानिराख्नै पर्दैन । भूगोलका सम्बन्धमा पनि यही नियम लागू हुन्छ सायद । |
फिल्मभरि पियानो बजिरहन्छ |
रीना मोक्तान |
निर्देशनतर्फ ओस्कार जित्ने महिला निर्देशकमा जेन क्याम्पियनले आफ्नो नाम लेखाइसकेकी छन् । ९४ औं ओस्कारमा ‘द पावर अफ द डग’ बाट निर्देशनमा इतिहास लेखेकी उनले २७ वर्षअघि यही विधामा ‘पियानो’ बाट ‘उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले’ जितेकी थिइन् । संयोग के भने सन् १९९४ मा ‘पियानो’ बाट उनले त्यस अवार्ड जित्दा प्रख्यात निर्देशक स्टिभन स्पिलवर्गको ‘सिन्डर्लस लिस्ट’ ले उत्कृष्ट निर्देशकको अवार्ड उचालेको थियो । यस पटक भने उही स्पिलवर्गको फिल्म ‘वेस्टसाइड स्टोरी’ लाई हराउँदै क्याम्पियन ओस्कार जित्ने तेस्रो महिला निर्देशक बनिन् । |
एउटा मान्छेको रुचि अर्को मान्छे हो |
राजेश हमाल |
मान्छेको सबैभन्दा ठूलो रुचिको विषय के हो ? मसँग सटीक जवाफ छ– एउटा मान्छेको सबैभन्दा रुचिको विषय ‘अर्को मान्छे’ हो । अर्को मान्छेले के सोच्छ ? अर्को मान्छेले के लीला गर्छ ? अर्को मान्छेले के अभिव्यक्त गर्छ ? अर्को मान्छेलाई मैले के भन्न सक्छु ? र, अर्को मान्छेबाट मैले के जान्न सक्छु ? मान्छेहरूको चासो यिनै विषयमा हुन्छन् । त्यसैले मेरो बुझाइमा मान्छेको सबैभन्दा ठूलो रुचि अर्को मान्छे नै हो । |
जार : भएकै एउटा कथा |
देवेन्द्र भट्टराई |
लेखक इन्द्रबहादुर (आईबी) राईका थुप्रै कथामध्ये सबैभन्दा बढी पढिएको, रुचाइने र बौद्धिकविलासमा आइरहने कथा हो— जार : भएकै एउटा कथा । विश्वविद्यालयको सन्दर्भ सामग्रीदेखि रंगमञ्च हुँदै अब चलचित्रको पर्दामा समेत आउने भएको छ यही– जार । नेपाली बृहत् शब्दकोशले बडो सजिलैसँग ‘जार’ को अर्थ भनिदिएको छ, ‘पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँचाहिँलाई भन्ने शब्द ।’ राणाकालीन नेपाली समाजको दृश्यचित्र झल्कने आईबीको कथामा भने पोइल गइनसकेको, तर त्यसैको छनक पुष्टि भइसकेको एउटा सानो घटनामा सिंगो जीवनको कथानक जोडेर रुद्रमान (सौगात मल्ल) र हर्षजित (अनुपविक्रम शाही) जार–जार बनेका छन् । एउटै ठूली अर्थात् गीताञ्जली थापामाथिको मरिहत्तेले कथालाई तानेर लैजान्छ । |
चैत्र १२, २०७८ |
असन डबली : वारि र पारि |
सौरभ |
असन, मुख्य बजार नेपालकै । राजधानीमा अवस्थित र अस्तव्यस्त, केन्द्र धेरै व्यवसायीको । यसमाथि एउटा लेखोट पढ्न पाइयो केही महिनाअघि (दुई शताब्दी पुरानो बजार, १३ कात्तिक २०७८) कान्तिपुर ‘कोसेली’ मै । धीत मरेन । त्यसैले केही थपौं लाग्यो । र, लेखिए तलका सन्दर्भहरू । |
मैले किन सहें ती सब ? |
मुना चौधरी |
मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ । |
सार्थक जीवनको उपासना |
निमग्ना घिमिरे |
जीवन विसङ्गतिले भरिपूर्ण छ, पीडाले ग्रस्त छ, विभेद र सङ्कटहरूले घेरिएको छ, तर कविताको ध्यानस्थ मीठासले त्यसलाई शीतलता प्रदान गर्न सक्छ । यो विश्वास हो कवि नेत्र एटमको ‘प्रिय मौनता’ (२०७७) उपासना कविताहरूको सङ्ग्रहको । ६२ कविता सङ्गृहीत यी कवितामा जीवनलाई विविध कोणबाट पर्गेल्दै त्यसको गम्भीर उपासना गर्ने, मौन विमर्शमा लीन हुने र आनन्दको मार्गमा अघि बढ्ने लक्ष्य राखिएको छ । |
बिदेसिनेका नाममा |
राजेश विद्रोही |
कवि सुष्मा रानाहँमाको कविता–किताब ‘आमाको तासफोटो’ मा आफ्नो समुदायले बगाएको आँसु, रगत र पसिनाले इतिहासमा उचित स्थान नपाएको जिकिर गरिएको छ । यी कविताको आँखिझ्यालबाट देखिने कविको अनुहार रहरलाग्दो र आशाप्रद छ । |
प्वाल विम्ब र बेखबर योद्धाहरू |
कुमारी लामा |
प्वाल– महिला शरीरसँग जोडिने एक लिङ्गविभेदी विम्ब । यद्यपि त्यही सृष्टि प्वाल भई मानिस यस धर्ती टेक्छ । श्वास–प्वालबाट छाडिने अन्तिम निःश्वाससँगै उसको इहलीला समाप्त हुन्छ । यसबीच हरमानिस प्वालसँगको गहिरो नातामा रहन्छ । प्वालका अनेक आयाम छन् । चाहे ती भौतिक हुन् या लाक्षणिक, दुवै हाम्रै जीवन र विचार वरपर घुम्छन् । सांस्कृतिक मूल्य–मान्यताका अनगिन्ती प्वाल भई छिर्छ अनेक विचार या वाद, जसले नराम्ररी गाँजिदिन्छ हाम्रो मथिङ्गल । कुनै समय त्यसरी नै छिर्यो पितृवाद र सुरु भयो दमनपूर्ण समय । पितृतन्त्रको दोहन शृङ्खलामा धूलीमाटी भएका महिलाहरू अन्ततः प्वाल–विम्ब हुन पुगे । |
अवरोधको सहर, अवरोधको कहर |
मिलन बगाले |
सहर भन्नु आफैंमा एउटा रहर हो । प्रविधि, अर्थतन्त्र र वास्तुकलाको विकासको उन्नत स्वरूपको छाप हरेक योजनाबद्ध सहरमा देखिन्छन् । कहिलेकाहीं कहर थुप्रिँदै थुप्रिँदै र तन्किँदै तन्किँदै गएर पनि त्यसले सहरको रूप लिन्छ । कालान्तरमा कहर चिर्दै चिर्दै एउटा भद्दा बस्तीलाई सुन्दर स्वरूप दिइन्छ । ठूल्ठूला घर, हरिया पार्क, फराकिला बाटा, जतासुकै झिलिमिली, अनेकथरी अवसर, पसल र अनेक रामरमिता । अरू केके चाहिन्छ एउटा राम्रो सहर बन्न ? |
प्रथम प्रेम |
झलक सुवेदी |
तिमीलाई सम्झँदै ननिदाएका रातहरु टोलाएर बिर्सिएका कामहरु झन्डै भुलेको |
वासु शशीको खुला प्रेमपत्र |
राजकुमार बानियाँ |
त्यसै भनिएको होइन, वासु शशीले कविता मात्र लेखेनन्, कवितै बाँचे । र, त हाकाहाकी भन्न सके– ‘मसँग मसी भएन भने रगतले कविता लेख्छु ।’ |
पर्खालबाहिरका कवि |
विमल भौकाजी |
पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ।’ |
चैत्र ५, २०७८ |
जिन्दगी : एक चाइनिज चेकरको गेम |
वसन्त थापा |
लेखक भनेर चिनाउँछन् मलाई अचेल मानिसहरू । सानै वृत्तमा सही, चिनारी बनेको छ यो मेरो । |
विरोधाभास : सांस्कृतिक भिजिटिङ कार्ड |
राम लोहनी |
प्राचीन भारत’ नामले हालको भारतको राजनीतिक सीमालाई मात्र जनाउँदैन । हिमालयको दक्षिण, दक्षिण पूर्व र उत्तर पश्चिमको अफगानिस्तानसम्मको भूगोल यसले समेट्छ । आधुनिक मानवको यस उपमहाद्वीपमा भएको बसोबासको इतिहास मूलतः दुईवटा स्रोतमा निर्भर छन्– लिखित ग्रन्थ तथा अभिलेख र भौतिक संस्कृतिका अवशेष । भौतिक संस्कृतिको विश्लेषणले जनजीवनको भौतिक पाटोलाई त उजागर गर्छ, तर सामाजिक तथा राजनीतिक पक्ष प्रस्ट पार्दैन । लिखित पाठहरूले स्वाभाविक रूपले शासक र सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने हुँदा सिंगो समाजको चित्र त्यसले पनि प्रस्तुत गर्न सक्दैन । तर, पनि इतिहासको कथ्य यिनै प्राथमिक स्रोतहरूमा निर्भर रहनुको विकल्प छैन । त्यसैले उपिन्दर सिंह भन्छिन्– ‘इतिहासको परिशीलनका लागि प्राथमिक स्रोतहरूको सावधानीपूर्वक परीक्षण, विवेकको सम्यक् प्रयोग, कठोर विश्लेषण र वस्तुपरकताको सचेत प्रयास आवश्यक पर्छ ।’ |
कञ्चनाको ड्रिम क्याचर्स |
भीष्म उप्रेती |
सन् २०१८ को अक्टुबर महिनामा भारतको नयाँदिल्लीमा फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरले आयोजना गरेको दक्षिण एसियाली साहित्य सम्मेलनको उद्घाटन सत्र सकिएपछि लन्च ब्रेकमा मेरो कञ्चनासँग भेट भएको थियो । उनी ब्लाउज, सारीमा ठिक्कको हिल भएको जुत्ताको आवाज छोड्दै दाहिने काँधमा सानो हातेब्याग झुन्ड्याएर म भएतिर आइन् । |
एसईईको भूत, शिक्षाको भविष्य |
हरिहर तिमिल्सिना |
स्टिभ जब्स नामी उद्योगपति थिए । एप्पलले संसारमा नयाँ तरङ्ग ल्याएको बेला राष्ट्रपति बाराक ओबामा स्टिभलाई भेटेर राष्ट्र सुधारका केही सुझाब लिन चाहन्थे । स्टिभ जब्सले भनेछन्, ‘शिक्षा सबै कुराको मेरुदण्ड हो । शिक्षा सुधार्यो भने अरू सबै कुरा सुधारिन्छन् । त्यसैले आउनुस् हाम्रो शिक्षा प्रणाली सुधार गरौँ ।’ अमेरिकीहरूले शिक्षा सुधारमा के कसर बाँकी राखेका थिए होलान् ? उनीहरूले गर्न बाँकी के थियो होला ? अध्ययन, अनुसन्धान, विश्लेषण, लगानी ? तर, सधैं सुधारको खाँचो देख्छन् । शिक्षामा नयाँ प्रयोग र परीक्षणलाई प्रोत्साहन गरिरहन्छन् । प्रचलित मानिएका राम्रा विषयको पनि उम्दा विकल्प खोजी गर्छन् । हाम्रो कुरा भने अलग छ । |
पिर : केही तरंग, केही प्रश्न |
रघु पन्त |
कलाकार प्रकाश सपूतले गाएको गीत ‘पिर’ शीर्षकमा युट्युबमा जारी भएपछि त्यसले राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया र तरंग उत्पन्न गर्यो । गीतको शब्द, संगीत र गायनमा कुनै विवादका कुरा छैनन्, विवाद उत्पन्न गरेको थियो त्यसको दृश्यांकनले । यस गीतको प्राणतत्त्व भनेकै दृश्यांकन हो । |
कश्मीरी दुःखान्त |
सुशील पौडेल |
चुपचाप रिलिज भएको फिल्म ‘द कश्मीर फाइल्स’ ले भारतका कतिपय राज्यमा ट्याक्स फ्रीसहित बक्सअफिसमा उधुम मच्चाइरहेको छ । सन् १९९० मा कश्मीरबाट पण्डितहरूलाई पलायन हुन बाध्य पारिँदाको घटनालाई फिल्मले नरसंहारको ट्याग दिएर बिनाकुनै तोडमोड अति सत्यता पस्किने प्रयास गरेको दाबी छ, निर्देशक विवेक अग्निहोत्रीको । |
गोगोलको भूमिमा पुटिनको ट्याङ्क |
अभि सुवेदी |
अहिले केही समयदेखि युक्रेन राज्यमाथि शक्तिशाली रूस राज्यको भयानक हमला जारी छ । हमलाको उद्देश्य हो– त्यो ऐतिहासिक, सुन्दर, स्वतन्त्र, प्रजातान्त्रिक र विशाल राज्यलाई भूगोलबाटै मेटाइदिनु । त्यही भनिएको थियो सुरुमै । त्यसमा कुनै भ्रम रहेन । अहिले जगत्मा अरू विषय गौण भएका छन् । |
अनुमतिको उल्झनमा सपना |
ममताकुमारी बैठा |
छोरा जन्मे भोज, छोरी जन्मे बोझ ! |
ज्याक्सन हाइट हाम्रो ठमेलजस्तै छ, रंगीन ! |
कान्तिपुर संवाददाता |
नेपाली धरातल सम्झाउने तथा सीमान्तकृत विशेषताका कथालाई वृत्तचित्रमा उनेर बाहिरी संसारमा देखाउने र चिनाउने अब्बल फिल्ममेकर केसाङ छेतेन पछिल्ला केही वर्षयता पारिवारिक कारणले स्विजरल्यान्डवासी बनेका छन् । पछिल्ला वर्षमा डोल्पा र मुस्ताङमा रहेको लोपोन्मुख बोन्पो धार्मिक सम्प्रदायबारे फिल्म बनाइरहेका उनी यही क्रममा फागुनको तेस्रो साता काठमाडौं उत्रिएका थिए । |
फाल्गुन २८, २०७८ |
बाघसँग लड्ने छोरीहरू हुन्, जोरी नखोज |
सरला गौतम |
९० सालको भूकम्पलाई माथ गरेर देश यतिखेर हल्लिएको छ । एक किशोरीले दिएको एक झड्काले मान्छेका मथिङ्गल कोमामा पुगेका छन् । हजारौं वर्षदेखि मक्किएको, तर भत्किन नसकेको चारित्रिक मूल्य र मान्यतालाई एक किशोरीले मुक्का हानिन् । मुक्का उनले एकलाई हानिन्, पूरै समाज रन्थनियो । |
एक गाली एक ‘अभिशाप’ |
अस्मिता बादी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.