text
stringlengths
2
914
नारी–शरीर पुरुषको दैनिक उपभोग्य साधनभन्दा बढी केही हुन सकेन । मानौं महिला मानिस होइनन्, रिमोट कन्ट्रोल पुतलीहरू मात्र हुन् । पुरुषको उद्देश्यका लागि बाँचिदिनुपर्ने ! आफ्ना रहर थन्क्याएर पुरुषकै नीतिनियममा चलिदिनुपर्ने ! जीवनभरिको सारा मिहिनेत सिर्फ पुरुष जातिका लागि खर्चिनुपर्ने !
आत्मकथा गोर्खा भर्तीको
रामचन्द्र श्रेष्ठ
मगर बाहुल्य भएको गुल्मीको भार्से गाउँ लाहुरे गाउँका रूपमा परिचित छ । उसो त लेखक बोमबहादुर थापा (श्रीस) ले भार्सेको सम्पूर्ण परिचयलाई एउटा शब्दमा खुम्चाएका छन्— पल्टनघर । अर्थात्, सिंगो गाउँ आफैंमा एउटा पल्टन हो । पल्टन मात्रै नभई पल्टन तयार गर्ने कारखाना हो, जसले छोरा जन्माउँछ लाहुरे बनाउन । जसले सपना देख्छ, फौजमा उपल्लो दर्जामा पुगेको । यस्तो गाउँ, जहाँ हावाले पनि सुनाउँछ लाहुरे गाथा, वीरता, फौज, बहादुरी र बलिदानका कथा ।
कुन अक्षर राम्रो भनूँ, कुन नराम्रो ?
कान्तिपुर संवाददाता
अन्तरबोधको उच्छवास विचारप्रवाह भएको पुस्तक, समय र संवेदना पक्रेको पुस्तक, तर ती कुनै न कुनै रूपमा भूगोल, संस्कृति र इतिहास नबिर्सी लेखिएका हुन् । निजी जीवनका सस्ता कुण्ठा, आवेग, आक्रोश र गाली होइन, फगत चिन्ता र चासो होइन चिन्तन भएको होस् । त्यो चिन्तन अझ चैतन्यउन्मुख होस् । बयान, वर्णन र विवरणको भारी नहोस् । छ्याङ्ग र उदाङ्ग लेखन होइन, पढ्दा पाठकले आफ्नो बौद्धिक बल पनि प्रयोग गर्न पाओस् । कहिलेकाहीँ नबुझ्दा पनि बुझेभन्दा मजा हुन्छ । पाठकले आफ्नै दाँतले टोक्न पाओस् आफूले खाने अम्बा । म त्यस्ता पुस्तक खोजिरहन्छु ।
‘आफैंलाई नचिन्ने केको शिक्षा ?’
कान्तिपुर संवाददाता
हामीलाई स्कुल, कलेजका किताबमा पढाइन्छ–सिकाइन्छ : नेपाल सुन्दर, शान्त र विशाल छ । नेपाल कसका लागि सुन्दर छ, शान्त छ र विशाल छ ? नेपालमा त मुलुकी ऐन नै लेखेर छुन हुने र छुन नहुने थिति बसाइएको छ । यो थिति एक–दुई सय वर्षको मात्रै होइन, करिब तीन हजार वर्षको यथार्थ हो । यस्तो जटिल इतिहास र दैनिक जीवनमाथि नयाँ पुस्तासँग कसरी कुरा गर्ने ?
महिला हप्काइरहेका लोग्नेहरू
अनिता न्यौपाने
८ मार्च भर्खरै सकियो । यो दिन आउनुअघि नै हामीले आ–आफ्ना संस्थाका कार्यक्रम–योजना सुनायौँ । सबैले आ–आफ्ना ठाउँबाट उपस्थितिका लागि अनुरोध गर्ने भनियो । तर, कार्यक्रमको अन्तिम दिन अर्थात् ८ मार्चकै दिन समयमा कोही आइपुगेनन् । बिस्तारै केही नारीहरू आउन थाले । किन ढिलो ? कसैले भने– खाना बनाउँदा बनाउँदै ढिला भयो । कसैले भने– दुई बाटा लुगा धुनु थियो त्यो सक्दा ढिला भयो । कोही भन्दै थिए– उहाँ हिजो कार्यक्रमबाट ढिला आइस्या थियो, बिहान चिया खुवाएर निस्कुँला भनेको उहाँ उठ्नै ढिलो भो । कोही त भन्दै थिए– आज पूजा पनि गर्न पाइएन । समस्याका आ–आफ्नै पहाड थिए ।
२१६ महिनापछि मैना
शुकदेव थपलिया
मेरी मैना खोइ ? राजालाई थाहा छ, तर किन बोल्दैन ऊ ? गिरिजालाई थाहा छ, माधवलाई थाहा छ ! ओलीलाई थाहा छ.... ...प्रचण्ड र बाबुरामलाई पनि थाहा छ... सुर्जेबहादुरलाई थाहा छ, पशुपतिलाई थाहा छ मालीगाउँदेखि लोकन्थलीसम्म नारायणहिटीदेखि झम्सीखेलसम्म झन्डा हल्लाउँदै हिँड्नेहरूलाई थाहा छ फोहोरा दरबारलाई थाहा छ मेरी मैना खोइ ? ...ए राजा, अब तिमीले भन्नैपर्छ मेरी मैना खोइ ? – श्यामल (मैना सुनारकी आमा)
जब्बर जात
सन्तोष परियार
जन्मको आधारमा मानिसले मानिसलाई गर्ने जातीय विभेद भारतीय उपमहाद्वीपको विशिष्ट विभेद हो, जो कति जटिल र जब्बर छ भने यसले भारतीय उपमहाद्वीपको हिन्दु समाजको समग्र मानव विकासलाई नै चुनौती दिएको छ । मान्छेको उत्पत्ति, समाजको उद्विकास र तमाम मानव संघर्षका वैज्ञानिक आधारलाई अस्वीकार गर्ने जात–व्यवस्था आज पनि नेपाल– भारतलगायत दक्षिण एसियाली हिन्दु समाज र राज्य सञ्चालनको प्रमुख सिद्धान्तकै रूपमा छ । आजको भूमण्डलीकृत पुँजीवादी विश्व–व्यवस्थामा, उत्पादन र उपभोगका साधनहरूको विश्वव्यापी विस्तार भएजस्तै जातीय विभेदको पनि विस्तार भएको छ । भारतीय उपमहाद्वीपको जात–व्यवस्था आज संसारका सबै कुनामा पुगेको छ, जहाँ दक्षिण एसियाली हिन्दुहरू पुगेका छन् ।
उसको हातमा रगत कटकटिएको छ
घिमिरे युवराज
अब घटना सुरु हुन्छ ।
‘अश्लील’ धन्दामाथि श्लील बहस
सुशील पौडेल
प्रेमीले दिलाएको लोभमा हिरोइन बन्ने सपना बोकेर १६ वर्षे जवानीमा घरमा थाहै नदिई काठियावाडीदेखि मुम्बई छिरेकी गंगा । रिलको हिरोइन त कहिल्यै बन्न पाइनन्, तर रियलमा उनीहरूका लागि हिरो बनिन्, जो कमाठीपुराको बदनाम गल्लीमा आफ्नो शरीर बेचेर बाँचिरहेका थिए ।
फाल्गुन २१, २०७८
झापा विद्रोहको ५० वर्ष
कान्तिपुर संवाददाता
२००७ सालपछिको राजनीति होस् वा साहित्य, समाज होस् वा इतिहास– सबैमा कम्युनिस्ट आन्दोलनका धेरथोर असर देखा परेका छन् । हाम्रो सामाजिक जीवनको यथार्थका रूपमा यी आन्दोलनलाई स्वीकार गर्दा यसका उतारचढाव र विविधता, सैद्धान्तिक र सांगठनिक घर्षण, सामाजिक र सांस्कृतिक प्रभाव सबै अन्वेषणलायक छन् भनेर बुझ्न आवश्यक हुन्छ । त्यही नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक मोड हो– २०२८ सालको झापा विद्रोह ।
इतिहासकै ठूलो घुम्ती
प्रदीप ज्ञवाली
झापा विद्रोहका ५० वर्ष बितेका छन् । तर, त्यसको प्रभाव आज पनि टड्कारो अनुभूत गर्न सकिन्छ । त्यससँगै नेपाली कम्युनिस्ट आन्दोलनले पहिल्याएको नयाँ बाटो र तत्जन्य प्रभावले नेपाली राजनीतिकै नयाँ नक्साङ्कन भएको छ ।
त्यो विद्रोह केवल पुरुषको थिएन
पर्वत पोर्तेल
भारत (पश्चिम बंगाल) को नक्सलवारीबाट सुरु भएको ‘सर्वहारावर्गको विद्रोह’ लाई सीमा पार गर्न समय लागेन । कानु सन्याल, चारु मजुमदारहरूले गुप्त चलाइरहेको ‘नक्सलाइट’ आन्दोलनको प्रभावमा नेपाली कम्युनिस्टहरूले झापा (२०२८) मा ‘वर्गशत्रु सफाया अभियान’ चलाए । र, त्यो पछि हिंसात्मक बन्यो । तत्कालीन पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेकाहरूलाई झापाको चन्द्रगढी कारागारमा थुनिएको थियो । तीमध्ये पाँच जना विद्रोहीलाई जेल सार्ने बहानामा २०२९ फागुन २१ गते इलाम लैजाने भन्दै सुखानीको जंगलमा हत्या गरियो ।
योद्धाहरू वृद्धाश्रममा, सुकुम्बासी बस्तीमा
अर्जुन राजवंशी
पूर्वपश्चिम राजमार्गस्थित धुलाबारी चोक पुग्नुअघि टिमाई खोला पुल तर्नुपर्छ । चोकदेखि करिब डेढ सय मिटर पश्चिमको टिमाई पुलकै तलपट्टि सानो दुर्गा अधिकारी (७१) बस्छन् ।
सपनामा ‘हिजो’ देख्छु
देवेन्द्र भट्टराई
२०२९ कात्तिक १५ । झापाको गारामुनी स्कुलमा ८ कक्षामा पढ्ने एक १३ वर्षीया छात्रा एकाएक भूमिगत बनिन् । सुरूमा झापाकै हल्दीबारी, खालबाडी, केचना, भागुडुब्बा, घैलाडुब्बा, जलथल, गौरादहतिर केही साथीभाइका साथ लुक्दै–भाग्दै गरिहेरिन् । कुनै ठूलो क्रान्तिभन्दा बढी आफ्ना बाआमालाई स्थानीय जमिनदारले दिने अनाहकको सास्ती, प्रहरी–प्रशासनको घरघरमा चलेको ज्यादती र चित्त नबुझेको कुरा बोल्नै नपाइने बेथितिमाझ उम्लिएको रगत लिएर ती छात्रा कुनै दर्गदिशा थाहा नभएको गन्तव्यमा निस्केकी थिइन् ।
सुनसान सुखानी
अर्जुन राजवंशी
चुरे पहाडको सुनसान जंगल । जंगलको बीचैबीच झापाबाट इलाम हुँदै ताप्लेजुङ जाने पुरानो बाटो छ । बाटोसँगै जोडिएको सानो चौरी छ । खुला चौरीलाई चारैतिरबाट घेराबारा गरिएको छ । चौरीको पश्चिम भागमा एउटा स्तम्भ बनाइएको छ । स्तम्भमा चारै दिशा फर्किएका अर्धकदका सालिक राखिएका छन् । ती सालिक हुन्, २०२९ फागुन २१ मा सामूहिक हत्या गरिएका झापा विद्रोहका पाँच योद्धाको । अनि, त्यो स्थललाई नामकरण गरिएको छ, ‘सुखानी सहिद शहादतस्थल’ ।
सुखानीमा ढलेको सपना
निरोज कट्टेल
सन् १९७१, फ्रेब्रुअरी २१ । दिउँसो चार बजे सिलिगुडी जेलबाट कैदीहरू फरार भएकोे घटना बजारमा एकाएक फैलियो । कडा सुरक्षा घेरा तोडेर कैदीहरू फरार भएको त्यस खबरले सिंगो भारतीय राजनीति तरंगित भएको थियो । त्यति मात्रै होइन घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानाकृष्ट गरेको थियो । कारण त्यो जेल ब्रेकमा नक्सल आन्दोलन जोडिएको थियो । फरार कैदीहरू नक्सल आन्दोलनका कार्यकर्ता थिए । तिनताक दक्षिण एसियाली राजनीतिमा नक्सल आन्दोलन विप्लवी धारका रूपमा स्थापित हुँदै थियो ।
५० वर्ष, पचासौं अनुत्तरित सबाल !
उज्ज्वल प्रसाई
नेपाली राज्यको उत्पत्ति हिंसात्मक थियो, आधुनिक नेपाली राजनीति हिंसात्मक घुम्तीहरू छिचोल्दै गणतन्त्रसम्म आइपुगेको हो । यसबीच हाम्रो सामाजिक संरचनामा लैश हिंसाका तरेली स्मरणलायक छन् । तिनै सामाजिक र राजनीतिक घुम्तीहरूमध्ये एक हो– २०२८ सालको झापा विद्रोह ।
फाल्गुन १४, २०७८
आन्दोलनको अवसान
चूडामणि रेग्मी
२००९ सालतिर म पढ्न बनारस पुगेँ । त्योबेला हाम्रो विश्वविद्यालय भनेकै बनारस थियो । संस्कृत पढ्न गएको थिएँ, मनमोहन अधिकारीजस्ता नेतासँगको संगतले उतै कम्युनिस्ट भइएछ । पछि अखिल नेपाल छात्र संघ प्रगतिशीलको सदस्य पनि भएँ ।
झुर किताब लेखिएलान्, तर पढिँदैनन्
कान्तिपुर संवाददाता
पुस्तक मात्रै ज्ञानका स्रोत होइनन् । मेरा बा–आमा र धेरैका बा–आमाले पुस्तक पढ्नुभएन वा पढ्न पाउनुभएन । पुस्तकमा पहुँच नहुने/भएर पनि चाहना नहुने मानिस संसारमा धेरै छन् । त्यसैले पुस्तक पढ्नु नै उन्नत हुनु हो भन्ने तर्कसँग म सहमत छैन ।
धरान हराएको धरान
कुन्ता शर्मा
२००७ सालको कुरा हो । हाम्रो परिवार झिटी–गुन्टा बोकेर धरान छाताचोक (तत्कालीन वार्ड नं १०) छाडी हाल बसोबास भएको ठाउँ वार्ड नं १३ मा सरेको थियो । परिवार पनि के भन्नु ? आमा–बुबा र म जम्माजम्मी तीन जना मात्रै ।
यहाँ प्याड पाइन्छ ?
सम्झना वाग्ले भट्टराई
महिनावारी हठात् भइदिन्छ, पूर्वसूचनाबिनै । अहिले बजारमा महिनावारीमा बग्ने रगत व्यवस्थापनका लागि प्याड, टेम्पोन तथा मेन्स्ट्रुअल कपहरू पाइन्छ । तर, पाइन्छ भन्दैमा सधैं बोकेर हिँड्न सम्भव हुँदैन ।
स्वच्छन्द सिकारी युगका महिला
सुरेश ढकाल
मान्छेको सांस्कृतिक पहिचान निर्माणको कथा निकै रोचक छ । श्रम र बुद्धि प्रयोग गरी औजार निर्माण वा प्रयोग थाल्नु उसको सांस्कृतिक पहिचान निर्माणको प्रस्थानविन्दु थियो ।
अदालतमा रङ्गमञ्च शक्ति
अभि सुवेदी
रङ्गमञ्चसँग जोडिएको एक मानिस भएकाले मलाई थिएटरबाहिर अनेकौं ठाउँ र अवसरमा हुने तमासा र खेलले आकर्षित गरिबस्छन् । यसका कारण पनि रङ्गमञ्चीय प्रकृतिका नै छन् ।
तारानाथ शर्मा ओझेल पर्दा
श्यामल
नेपाली साहित्यमा रुचि राख्ने सुपठित नेपालीहरूका लागि ताना सर्मा वा तारानाथ शर्माको परिचय दिन खोज्नु तिनको विवेकमाथि शंका गर्नु बराबर हो । उनी भानुभक्त, लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, युद्धप्रसाद मिश्र गोपालप्रसाद रिमाल, भिक्षु र रमेश विकल जत्तिकै नेपाली जनजिब्रोमै टाँसिएका उच्चकोटिका साहित्यकार हुन् ।
नरसंहारको साक्षी
जीवा लामिछाने
सुन्दा पनि कस्तो कहालीलाग्दो ! १७ अप्रिल १९७५ को दिउँसो । सुस्ताउँदै गरेको राजधानी फ्नोम पेन्ह । कार्यालयहरूमा ‘लन्च ब्रेक’ । पसलहरू आधा सटर मात्रै खुलेका, चोक–चोकमा चिया–पञ्चायती ।
माघ २९, २०७८
हेमा, लतिका, लता
ध्रुवचन्द्र गौतम
गोवामा एउटा मन्दिर थियो— मंगेश मन्दिर । मंग+ईश . मंगेश । मंगेश मन्दिरको वा देवताको नाउँमा त्यहाँ एउटा गाउँ बस्यो— मंगेशी । सम्भावना यो पनि छ कि, गाउँ मंगेशी पहिल्यैदेखि थियो । मंगेशी ग्राम–वासीहरूले कुनै कालमा त्यो मन्दिर बनाएको अथवा महादेवको मूर्ति प्रकट भएकाले, गाउँलेहरूले मन्दिर बनाए र पूजा गर्न थाले । कहिलेदेखि, यो ज्ञात छैन । मंगेशी गाउँका निवासी भन्थे, अति प्राचीनकालमा । त्यसका पुजारी हुन्थे, एक पुजारीको सेखपछि उसको सन्तान पुजारी बन्थ्यो । त्यसरी कुनै बखत एक पुजारीको एक पुत्र जन्म्यो— दीनानाथ ।
शताब्दीकी गायिका
रघु पन्त
लता मंगेशकरको मृत्यु मलाई अप्रत्याशित लागेन । उनी बिरामी छँदै कोरोनाले समातेको र भेन्टिलेटरबाट निकालेको केही समयपछि फेरि भेन्टिलेटरमा राख्नुपरेका समाचार पछ्याइरहँदा मनमा लागेको थियो– कतै उनलाई यसपल्ट मृत्युले आफूसँगै लैजाने त होइन ! उनी ९२ वर्षमा थिइन् । मृत्यु अप्रत्याशित नभए पनि दुःखद थियो ।
गीतले जोडिएका हामी
हर्कबहादुर छेत्री
त्यस समय म चन्द्रलोक निम्न बुनियादी पाठशालाको छात्र थिएँ– सन् १९६३–६४ तिर । निम्न बुनियादी प्रशिक्षण केन्द्र पश्चिम बंगालमा दुई ठाउँमा थियो– कालेबुङको चन्द्रलोक र हुगली जिल्लाको बाणीपुर । पाठशाला प्रशिक्षण केन्द्र पनि भएकाले प्रशिक्षणका निम्ति आउने शिक्षकहरू समय–समयमा हामीलाई पढाउँथे । नयाँ सर आउँदा खुसी हुन्थ्यौं किनभने उनीहरू हामीलाई पढाउनभन्दा धेरै खुसी बनाउन चाहन्थे, मिठाई किनिदिन्थे । मिठाईको रहस्य हामीले पछि थाहा पायौं– उनीहरूको पनि परीक्षा हुँदो रहेछ– ‘प्राक्टिस टिचिङ’ अर्थात् परीक्षा लिने अधिकारीसमक्ष हामीलाई पढाएर देखाउनुपर्ने– छात्रहरूले सोधेको प्रश्नको उत्तर दिन नसके फेल हुँदा रहेछन् ।
डार्विन रिभिजिटेड
उत्तमबाबु श्रेष्ठ
वैज्ञानिक जगत्मा चार्ल्स डार्विन जत्तिको उचाइ सम्भवतः अरू कमैको होला । जीव विज्ञानका अग्ला सगरमाथा डार्विनको जन्म २११ वर्षअघि आजकै दिन अर्थात् फेब्रुवरी १२, १८०९ मा भएको थियो । पछिल्ला समयमा जति नयाँ तथ्य उपलब्ध छन् तिनले डार्विनको प्रकृति छनोटको सिद्घान्तलाई सत्य साबित गर्दैगर्दा जन्मेको दुई शताब्दीपछि डार्विन झन् ैसान्दर्भिक बन्न पुगेका छन् । यो लेख चार्ल्स डार्विनको जीवनका विविध पाटाहरूको टिपोट हो ।
त्यसपछि म थाकें...
साङमो योन्जन तामाङ
एक दिन बिहानै साढे चार बजे हल्का पेट दुख्यो । केहीबेरमा महिनावारीमा जस्तै रगत बग्यो । गर्भावस्थामा पहिलोपटक यस्तो भएको थियो, म आत्तिएँ । आमा, बबा र दाइलाई उठाएँ । करिब छ बजे हस्पिटल पुग्यौं । श्रीमान्‌लाई पनि खबर गरियो, जो कन्ट्याक्ट ट्रेसिङमा परेकाले होम आइसोलेसनमा थिए । त्यतिबेला कोरोनाको पहिलो लहर अन्तिम चरणमा थियो । इमर्जेन्सी वार्डमा बच्चाको धड्कन जाँच भयो, ठीक थियो । मलाई भर्ना हुन भनियो ।
महिलाद्वेषी डार्विन, डार्विनप्रेमी महिला
विकास बस्नेत
२६ डिसेम्बर १८८१ मा क्यारोलिन केन्नार्डले चार्ल्स डार्विनलाई सम्बोधन गर्दै एउटा पत्र लेखिन् । म्यासाचुसेट्स निवासी उनी स्थानीय स्तरमा सक्रिय महिला अभियन्ता थिइन् । विज्ञानमा पनि उनको गहिरो अभिरुचि थियो । बेलाबखत हुने विज्ञान गोष्ठीहरूमा उनी सहभागी भइरहन्थिन् । यस्तै एक भेलाबाट फर्किएपछि उठेको सवाल सम्बोधन होस् भनी उनले डार्विनलाई पत्राचार गरेकी थिइन् । खैरौ रङको बाक्लो कागजमा चिटिक्क खिपेको अक्षरमा उनले लेखिन्, ‘बोस्टनको भेलामा प्रस्तुत एक कार्यपत्रले महिलाहरू पुरुषका तुलनामा सर्वकालीन कमजोर/दुर्बल हुन अभिशप्त छन् र यसको वैज्ञानिक आधार पुष्टि भएको छ भनेर तर्क गरेको देखियो ।’ भेलामा प्रस्तोताले डार्विनको ‘द ओरिजिन अफ स्पेसिज’ को हवाला दिँदै उक्त आपत्तिजनक निष्कर्ष निकालेकोमा क्यारोलिन चकित परेकी थिइन् ।
प्रेम र अभिनय
मनोजादित्य न्यौपाने
एन्जिलाले तिमीलाई गर्ने चुम्बन पनि अभिनय हो आलिङ्गन पनि अभिनय हो यतिसम्म कि सम्भोग पनि अभिनय हो ।
तिमी आएपछि
राजेन्द्र तारकिणी
जब म बादलुमुनि झुन्डिन लागेको थोपो भएको थिएँ तिमीले नै हो त्यतिबेला उष्णता प्रवाह गरिदिएकी ताकि म झर्नुभन्दा वास्फित हुन सकूँ माथि–माथि उड्न सकूँ !