text
stringlengths
2
914
माघ २२, २०७८
पाठ्यक्रममा रमिता छ
डा. महेशराज पन्त
खमी (राजा), अमात्य (मन्त्री), सुहृत् (मित्र), कोष (ढुवुटी), राष्ट्र (देश), दुर्ग (किल्ला) र बल (फौज) भएपछि राज्यको गठन हुन्छ भन्ने हाम्रो प्राचीन परम्परा छ ।
कृष्ण मेननको बहुरंगी जीवन
राम लोहनी
भारतको हालको केरला प्रान्तमा सन् १८९६ मा जन्मेका भीके कृष्ण मेननको जीवनको सत्ताइस वर्ष (१९२४–१९५१) बेलायतमै बित्यो । बेलायत रहँदा ‘इन्डिया लिग’ को सचिवको रूपमा भारत स्वतन्त्रताका लागि अंग्रेज सरकारलाई दबाव दिने काममा मेननको ठूलो योगदान थियो ।
आमा भएर बाँची हेर
अभय श्रेष्ठ
एउटी युवती कपडा खोलेर स्तन देखाउँदै सोध्छे, ‘कसैलाई दूध चाहिन्छ ?’ झट्ट हेर्दा यस्तो दृश्य, जो कसैलाई अश्लील लाग्छ । तर, जब ऊ आफ्नो मर्मभेदी कथा सुनाउँछे, एकाएक त्यो दृश्यमाथि करुणाको सागर उर्लेर आउँछ । त्यसभित्र मानवतालाई पिर्ने एउटा हृदयविदारक कथा हुन्छ ।
अनन्त यात्रा
अमृता स्मृति
रोकिएको गाडीभित्र यात्रु बसिरहन सक्दैन उनीहरू ओर्लनुअघि टपक्क टिपेर उदारता मझेरीमा छर्न घाम जानु छ कतै न कतै ।
जिरेल गाउँ
टहल दाहाल
ती मुहारहरूमा नअडिए पनि वसन्त ती मुस्कानहरूमा नचम्किए पनि हिमाल मुर्झाएझैं देखिए पनि पाखुरीहरू पिँढीमा बसेर टोनी हागनसँग रमाइरहेको अभिनय गर्छ जिरेल गाउँ  !
घुर तापिरहेका मानिस
संगीता उराँव
पेटभरि नखाएको रात झन् धेरै जाडो लाग्छ । मनमा डर–चिन्ता छ भने पनि धेरै जाडो लाग्छ ।
जनक्रान्तिमा रेडियो
लोकरञ्जन पराजुली
नेपालमा सन् १९२० को दशकमा राणा शासकहरूले र अरू भारदार/कर्मचारीहरूले कम्तीमा पनि सन् १९३० कै दशकदेखि रेडियो राख्न सुरु गरे । तर, पद्मशमशेरको अभ्युदयसँगै २००३ सालमा मात्रै नेपालमा रेडियो औपचारिक रूपमा ‘फुक्का’ भयो ।
हे पापिनी !
शिक्षा रिसाल
माघे संक्रान्तिमा बाँकी भएका तिल, लड्डु, चाकु अनि कहिलेकाहीँ सुन्तला र बदाम ! घरमा यस्तै हुन्थे– श्रीस्वस्थानीका प्रसाद । प्रसादको लोभले पनि हात जोडेर स्वस्थानीको कथा सुन्न बस्थ्यौं । बहाना स्वस्थानी भए पनि सबैको ध्यान प्रसादमै हुन्थ्यो । हाम्रो पुस्ताका लागि ‘स्वस्थानी’ एउटा ‘नोस्टाल्जिया’ हो ।
समजीको रिक्सा सवारी
विमल भाैकाजी
२०३२/३३ सालतिर हुनुपर्छ मैले नाटककार बालकृष्ण समलाई देखेको । सुकिलो गेटअप ! दौराको फेर निक्कै लामो, घुँडाभन्दा मुनिसम्मको ! आकर्षक त दौराको सुर्कना पारिएको नाम्लापाते लामो तुनो लाग्थ्यो ।
माघ १५, २०७८
काठमाडौं-लन्डन-काठमाडौं-लन्डन...
घनश्याम खड्का
सुन्नेहरू जान्दछन्, बोलीको माधुर्य कस्तो हुन्छ ! जसरी सुमन खरेललाई चिन्नेहरू उनलाई सुनिरहूँ भन्ने अनुराग पाल्छन् । चार दशक भएछ उनको मधुरो, रेशमी आवाज विद्युतीय तरंगहरूमा फैलिएर रेडियो हुँदै मानिसका कानबाट पसेर हृदयमा बसेको ।
‘माउन्टेन गाइड’ को वृत्तान्त
विराट अनुपम
हिमाल आरोहणका अधिकांश कथा शेर्पाको आँखाले होइन, पश्चिमा श्वेत आरोहीका आँखाले लेखिएका छन् । शेर्पाका कथा उनीहरूकै मुखबाट कमै पढ्न पाइन्छन्, पाइएका पनि नेपाली भाषामा नगन्य छन् । अरू त अरू तेन्जिङ नोर्गेको आत्मकथा ‘टाइगर अफ् द स्नोज’ अहिलेसम्म नेपालीमा आएकै छैन । छिरिङ जाङबु शेर्पाको किताब ‘माउन्टेन गाइड’ ले शेर्पाहरूका सुन्दर कथाहरूको बयान गर्छ ।
‘नेभरमाइन्ड’ नारच्याङ
रोशन शेरचन
आरम्भ सांगीतिक यात्रा केवल संगीतकार वा गायकको मात्रै हुन्छ भनेजस्तो गर्छन् मान्छेहरू । तर, कुरो त्यसो होइन । श्रोताको पनि आफ्नै सांगीतिक यात्रा हुन्छ । कुरो बस्, त्यो आन्तरिक हुन्छ ।
सत्यका साक्षीलाई शब्द श्रद्धाञ्जली !
सीके लाल
विक्रम संवत्को दसौं महिनाको सोह्रौं दिनमा एक पटक फेरि देवनागरी वर्णमालाको तीसौं व्यञ्जनवर्ण कतिपय ठाउँमा पातलिएर बत्तीसौं स्थानमा झर्नेछ । र, अरबी भाषाबाट आएको ‘शहीद’ लबज दुब्लाएर ‘सहिद’ शब्दको कृत्रिम मौलिकता ग्रहण गर्नेछ ।
‘आशा भर्ने पुस्तक हुन्’
प्रदीप ज्ञवाली
पुस्तकको आविष्कार हुनुअघि पनि मानव जीवन थियो । अहिले पनि कैयौं नागरिक निरक्षर छन्, तर जिन्दगी जिइरहेकै छन् । तर, कम्तीमा मचाहिँ पुस्तकबिनाको जीवन कल्पनै गर्न सक्दिनँ । आज हामी जहाँ छौं, इतिहासको खुड्किला टेकेर हिँड्ने क्रममा आइपुगेका हौं । धरातल चिनियो भने मात्रै उचाइ चिन्न सकिन्छ ।
महाहाराहरूको कथा, यो महाभारा
मनोज बोगटी
यतातिर बस्तीमा शहरमा जस्तो एकै नजरमा ‘लभ’ हुँदैन । ‘महाभारा’का डुक्पा र सुक्मतीले त छक्कै पारे । सुक्मतीले डुक्पा र डुक्पाले सुक्मती, एकार्कालाई देख्ने बित्तिकै मख्खिँदैनन् मात्रै, झाडी पनि छिर्छन् । चुम्माचाटी पनि गर्छन् । हाम्रोतिर हो भने त्यहाँसम्म पुग्न त दस–बीस पन्ना लाग्छ–लाग्छ ।
नाकको भूगोल
शिवानीसिंह थारू
पहिला तथ्यबाट सुरु गरौं । मान्छेहरूमा कतिथरीका नाक हुन्छन् ? १४ किसिमका, कम से कम ।
बागी प्रेमीको बकपत्र
शकुन्तला जोशी
यो प्रेम बिक्ने सहरमा यो मुर्दाहरूको बजारमा जहाँ प्रेमीहरू मारिन्छन् मलाई बागी उभिन मन छ तिम्रो नाम लिएर खुलेआम चिच्याउन मन छ
माघ ८, २०७८
किरातकाल, जो थियो
भोगीराज चाम्लिङ
११ वर्षअघि ‘कान्तिपुर दैनिक’ को एक अंकमा (२०६७ मंसिर २५) लेखक सौरभको आलेख प्रकाशित भएको थियो– ‘नभएको किरातकाल’ । लगभग १० वर्षयता किरात मौखिक ज्ञानबारे अध्ययन गर्ने क्रममा केही विषय थाहा पाएको हिसाबले ढिलै भए पनि म यो लेखमाथि फरक कोणबाट विमर्शमा सहभागी भएको छु ।
सिरिजङ्गालाई किन चाहियो फुर्का ?
अर्जुनबाबु माबुहाङ
पाण्डुलिपिमा सिरिजङ्गा सिरिजङ्गाबारे जानिफकारहरू काबेलीखोला, तावाखोला, इङ्वाखोला, हाप्पुखोला, सिक्किम मार्तामको रेस्सीखोला र कालेजखोलाको दोभानजस्ता ठाउँहरू सिरिजङ्गाका बासस्थान भएको सुनाउँछन् । सिनाम–तेल्लोक वरिपरि सिरिजङ्गाले साप्लालुङ/शीला काबेली र हाप्पुखोलाको दोभानमा आफैंले लिपि कोरेको ढुंगा लुकाएको चर्चा आज पनि सुनिन्छ ।
यी जोधाहा कविता
सुमिना
एउटा आदिम चुल्ठो छ मसँग मानव सभ्यताले बाटिदिएको रीतिरिवाजले कोरिदिएको आफ्नै शिरमा लर्किरहने नारी हुनुको परिचय बोकेको गजबको केशपास
५० वर्षअघिको भेट
मनबहादुर मुखिया
दोलखाको बाबरे गाउँबाट यो कथा सुरु हुन्छ । ३ वर्षे उमेरमा बा–आमाका साथ लागेर छाडेको बाबरे गाउँ घुम्न २२ वर्षे लक्का जवान भएपछि मात्रै पुगेको थिएँ । त्यो पहाडी गाउँको दुःख र हैरानी तथा १२ महिनै काम गरेर मात्रै हातमुख जोर्न सकिने स्थिति देखेर म भावुक बनेको रहेछु क्यार !
थाना लाइनको त्यो कुमार केटो
शान्ति ठटाल
‘तिम्रो समर्पण थियो ! सपना थिएन तिम्रो विसर्जन थियो ! विपना थिएन तिम्रो उत्सर्ग थियो ! उद्देश्य थिएन’ (युद्ध र योद्धा, अगमसिंह गिरी)
‘सृष्टिकै कान्छो सन्तान’ का नाममा
गणेश राई
लिम्बूहरूको विश्वास छ– ‘हावाको काम देखिन्छ, तर हावा देखिँदैन । ईश्वरको काम देखिन्छ, तर मान्छेले ईश्वर देख्दैन । ईश्वरको दृष्टिमा हामी छौं ।’ मुन्धुम भन्छ– सृष्टिकै कान्छो सन्तान मानिस हो ।
खै, म के बोलूँ ?
खगेन्द्र लामिछाने
खै म के बोलूँ !
गुरुकुलसँगै ब्युँझेका स्मृति
अभि सुवेदी
थापागाउँस्थित कुञ्ज नाटकघरमा ३० पुस २०७८ मा ‘पुतलीको घर’ मञ्चन गरी गुरुकुल निकै वर्षपछि फेरि आयो । यो नर्वेली नाटककार हेन्रिक इब्सेन (१८२८–१९०६) ले लेखेको र अंग्रेजीमा ‘अ डल्स हाउस’ भएर सन् १८७९ मा प्रकाशित नाटक हो । यसलाई सुनील पोखरेलले नेपालीमा ‘पुतलीको घर’ (२०६३) शीर्षकमा रूपान्तरण गरेर गुरुकुलबाट छापेका हुन् । दक्षिण एसियामा उन्नाइसौं शताब्दीको यो युरोपेली नाटकलाई कालिक उद्बोधनका रूपमा प्रयोग गरियो । यस्तो चेतनाको पहिलो केन्द्र थियो– बंगाल ।
पृथ्वीलाई प्रेमपत्र
राजा पुनियानी
जब हामीले सोच्यौ पृथ्वी हाम्रो हो हामी चुक्यौँ - खासमा हामी पृथ्वीका हौँ -निकोनार पार्रा (चिल्ली)
माघ १, २०७८
‘आदिकवि’ कविते कामी र ‘राष्ट्रकवि’ सोतांगे जेठालाई सम्बोधन
भूपाल राई
म्याक्सिम गोर्कीले संस्कृतिमाथि दिएको परिभाषा कतै पढेपछि कवितालाई हेर्ने मेरो आँखामा दोस्रो चस्मा फेरिएको हो । उनी भन्छन्, ‘संस्कृति भनेको मानव श्रमद्वारा निर्मित दोस्रो प्रकृति हो ।’ पहिलो प्रकृति प्राकृतिक हो, जसलाई पृथ्वीका सारा जीवजन्तुले जस्ताको तस्तै उपभोग गर्छन् । प्रकृतिबाट प्राप्त आजीविकाका सारा कच्चा वस्तुलाई उनीहरू कच्चा अवस्थामै प्रयोग गर्छन् । तर, मान्छे मात्रै त्यस्तो जीव हो, जसले प्रकृतिलाई आफ्नै अनुकूलतामा ढाल्छन् ।
बढ्दो विनाशबीच ‘न्यु होप’
अजय दीक्षित
ग्लास्गो सहरमा २६ औं विश्व जलवायु सम्मलेन तयारी हुँदै गर्दा सामाजिक सञ्जालमा अमेरिकाको खबर फैलियो– अमेजन कम्पनीका मालिक धनाढ्य जेफ बेजोसको ‘ब्लु ओरिजिन’ नामको यान दोस्रोपल्ट अन्तरिक्ष जाने भएछ, अभिनेता एवं लेखक विलियम स्याटनर (९०) लाई लिएर । सन् १९६७ मा अमेरिकामा ‘स्टार ट्रेक’ नामक साइन्स फिक्सन टेलिभिजन सिरियलको प्रसारण सुरु भयो । सिरियलमा ‘इन्टरप्राइज’ नामक अन्तरिक्ष–यान मनुष्य नपुगेका ग्रहपुञ्जहरूतर्फ यात्रा गर्छ । स्याटनरले ‘इन्टरप्राइज’ का कप्तान जेम्स कर्कको भूमिका निर्वाह गरेका थिए ।
नेपाली काव्यमा इभान मिनाएभ
श्याम उपाध्याय
लामो समयदेखि रुस बसेर नेपाली भाषाको सेवा गरेका साहित्यकार, रेडियो मास्कोको नेपाली कार्यक्रमका पूर्वसञ्चालक कृष्णप्रकाश श्रेष्ठको गत वर्ष ०७७ चैतमा कोरोना संक्रमणबाट निधन भयो । उनकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको र दुई वयस्क छोरीहरू पनि अलग्गै बसेकाले जीवनका अन्तिम घडीमा उनले गरेका सिर्जना उसै हराउने हुन् कि भन्ने चिन्ता साहित्यकारहरूले गरे ।
जाबी
श्याम साह
राति डरलाग्दो सपना देख्यो, रामविलास सदाले !
माकुरे जालोमा अल्झिएको संसार
सुशील पौडेल
मार्भल सिनेमाटिक युनिभर्स (एमसीयू) को अहिलेसम्मकै सबैभन्दा अब्बल फिल्म साबित बनेर आयो, टम हल्यान्डको ‘स्पाइडर म्यान’ ट्रिलोजी ‘स्पाइडर म्यान : नो वे होम’ । यस फिल्मको कहानी त्यहींबाट सुरु हुन्छ, जहाँबाट सन् २०१९ मा आएको ‘स्पाइडर म्यान : फार फ्रम होम’ टुंगिएको थियो, जसमा पिटर पार्कर (टम) नै स्पाइडर म्यान भएको गुह्य मिस्टेरियोले दुनियाँसामु खुलासा गरिदिएको थियो ।
रेडियोदेखि रेशमसम्म !
ब्रजेश
मेघालय, शिलाङ– सन् २००२ शिलाङको प्रख्यात पुलिस बजारभन्दा अलि माथि एउटा युथ होस्टलको ठूलो कोठा । लहरै खाटहरू बिच्छ्याइएका थिए । ती खाटमा लमतन्न परेका थियौं हामी करिब सात–आठ जना मनुवाहरू । म, नेपथ्यका अमृत गुरुङ, नेपालयका किरणकृष्ण श्रेष्ठ र अर्पण शर्मालगायत अरू । अर्को त्यत्रै ठूलो कोठामा समूहका अरू साथीहरू थिए । हामी नेपथ्यको कन्सर्टका लागि शिलाङ पुगेका थियौं । शिलाङमा पाइला टेकेकै बेला त्यतिबेला स्थिति सहज थिएन भन्ने कुरा हामीलाई त्यहाँका आयोजकहरूले बताइसकेका थिए ।