text stringlengths 2 914 |
|---|
किन महिलाकै मात्र थर परिवर्तन ? |
सत्यभामा माथेमा |
थरका कुरा एक किशारीको घटनाबाट विषय प्रवेश गर्छु । लेखक पारिजातको नेतृत्वमा कारागारका बन्दीहरूको मानव अधिकार सुरक्षार्थ बन्दी सहायता नियोग भन्ने एक गैरसरकारी संस्था स्थापना गरियो । संस्थाको सदस्य र कानुनी सल्लाहकारको हैसियतले जेलरको अनुमति लिएर म काठमाण्डु सदर कारागारको महिला विभागको अवस्था बुझ्न गएकी थिएँ । |
पुस २४, २०७८ |
त्रिवेणीघाटको निशाचर |
दीपक सापकोटा |
त्रिवेणीघाट मान्छेको जिन्दगीजस्तै छ– कहिले सरस, कहिले नीरस, कहिले उज्यालो, कहिले अँध्यारो, कहिले भाव, कहिले अभाव, कहिले गुलजार, कहिले सुनसान ! यो घाटका आफ्नै खुसी छन्, आफ्नै दुःख छन् । |
अझै हिँड्नु छ हजारौं माइल |
रुबी खान |
नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबीका लागि न्यायको लडाइँमा होमिएको लामो समय भयो, न्याय अझै नजिक छैन । निर्मलाको परिवारका सदस्यको शंकास्पद मृत्यु भयो, अनेक षड्यन्त्र गरी उनलाई पनि बेपत्ता पारियो । घटनामा संलग्नहरूविरुद्ध जति नै आवाज उठाए पनि सुनुवाइ भएको छैन । निरीह महिलाहरूमाथि यति ठूलो अन्याय भइरहँदा पनि राज्यका संरचनाहरू मौन छन् । महिलाको बाँच्न पाउने अधिकारको हनन मात्र होइन, यो मानव अधिकारकै उल्लंघन हो भन्ने जान्दा पनि स्थानीय सरकारदेखि सम्बन्धित सबै निकाय न्यायका लागि प्रतिबद्ध छैनन् । हामी आफ्नै बलबुतामा लड्नुपरिरहेको छ, आन्दोलन गर्नुपरिरहेको छ । |
दिव्य उपदेशमाथि एक शंका |
चूडामणि बस्नेत |
राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम घडीमा टिपाएको भनिएको ग्रन्थलाई ‘दिव्य उपदेश’ को नामले चिनिँदै आएको छ । यसको पाण्डुलिपि काठमाडौंका एक बस्न्यात परिवारसँग थियो र इतिहासकार बाबुराम आचार्यले सन् १९३० को दशकमा यसलाई फेला पारेको बताइएको छ । |
मत्स्यांगनाको तस्बिर |
रुचि श्रेष्ठ |
छुट्टीको दिन पाँच वर्षकी मेरी भदै बिहानको न्यानो घाममा पिङमा झुल्दै थिई । मलाई देख्नेबित्तिकै ह्वाइटबोर्डतिर देखाउँदै भनी, ‘निनी, हेर्नू त, मैले के बनाएको छु त्यहाँ ?’ |
समले भने, मलाई ‘शून्यम्’ मा विश्वास छैन |
जनकराज सापकोटा |
दार्जिलिङ बसेर नेपाली साहित्यको सेवा गर्दै आएका पारसमणि प्रधानले सन् १९८० को दशकमा ‘मेकर्स अफ नेपाली लिट्रेचर सिरिज’ शीर्षकमा सात नेपाली साहित्यकारबारे बेग्लाबेग्लै किताब प्रकाशित गरेका थिए ।यही मेसोमा सन् १९८० मा प्रधानले साहित्यकार बालकृष्ण समबारे ८० पृष्ठको किताब निकालेका थिए । |
शुभकामना : फोहोरको नयाँ प्रजाति |
विनोदविक्रम केसी |
नियालिरहेको छु घीनलाग्दा शुभकामनाहरुको चारपाटे दिगमिग–कुण्ड |
सर पिन्टोको केश सफारी |
शैलीका छेत्री |
अरस्तु भन्छन्, ‘जीवनयात्राका निम्ति शिक्षा सबैभन्दा राम्रो प्रावधान हो ।’ हुन पनि शिक्षालाई ‘भविष्यको पासपोर्ट’ मान्न सकिन्छ । कारण विद्यार्थीको आउँदो भविष्यको तयारी यस्तै स्कुल वा कलेज शिक्षाबाटै हुनेगर्छ । त्यसैले भन्न मन लाग्छ– शिक्षालय विद्यार्थीका निम्ति ज्ञानको फोहरा हो, जहाँ विद्यार्थी ज्ञान पिउन भेला हुन्छन् । |
अंशुवर्माको शिलालेख : वृषदेवको धातुचैत्य, हारितीको मूर्ति |
गौतमवज्र वज्राचार्य |
सन् १९६५ तिरको कुरा हो । मेरा काका धनवज्र वज्राचार्य र संशोधन मण्डलका अरु सबै साथीसँग हरेक शनिबार काठमाडौं उपत्यकाका विभिन्न सहर–गाउँमा गएर शिलापत्र खोज्थ्यौं । कुनै महत्त्वपूर्ण शिलापत्र प्राप्त भएको दिन उत्सव जस्तै हुन्थ्यो । |
पुस १७, २०७८ |
७० वर्षे युवा, ३५ वर्षे वृद्ध ! |
मानुषी यमी भट्टराई |
हालै ३५ वर्षीय गाब्रियल बोरिच चिलीको राष्ट्रपतिमा निर्वाचित भए । उनी मूलतः दुई कारणले चर्चामा आए । एक, वामपन्थी मोर्चाका साझा उम्मेदवार बनी उग्रदक्षिणपन्थी प्रतिस्पर्धीलाई पराजित गर्न सफल भए । अर्को, कम उमेरमै देशको प्रमुख कार्यकारीमा चुनिए । नेपालमा चाहिँ दोस्रो विषयमाथि चर्चा–परिचर्चा बढी भयो । |
मर्न बरु गाह्रो हुन्न ! |
कल्पना बान्तवा |
सबैका लागि सबै दिन एकनास हुँदैनन् । न त कुनै साल, गते, तारिख र महिना सबैका लागि उस्तै रहन्छन् । निजी भोगाइ र घटना–परिघटनाका कारण उही समय पनि व्यक्तिअनुसार बेगल भइदिँदो रैछ । मेरो लागि चाहिँ पुस १७ गते (जनवरी १) बाँचुन्जेललाई नमेटिने पीडाको विम्ब बनेर रहने भयो । |
शिक्षालयमा सजायको त्रासद शृंखला |
हरिहर तिमिल्सिना |
आज हामी शिक्षाका नाममा स्कुलमा जे गरिरहेका छौं, त्यसले केटाकेटीको आत्मा, तिनको चरित्र र अस्मितालाई नराम्ररी ध्वस्त पार्दै छ,’ अमेरिकी शिक्षाविद् जोन हल्टको यस भनाइले शिक्षाका नाममा हुने गरेका सजायलाई संकेत गर्छ । शिक्षार्थीको जीवनलाई ध्वस्त पार्ने विभिन्न तत्त्वमध्ये एक हो– सजाय । |
२१ औं शताब्दीका डार्बिनका नाममा |
उत्तमबाबु श्रेष्ठ |
कमिलाको विश्वविख्यात अनुसन्धानकर्ता, जीव वैज्ञानिक, हार्वड विश्वविद्यालयका प्राध्यापक, चर्चित विज्ञान लेखक, चिन्तक र आधा पृथ्वी गैरमानवका लागि छुट्याउनपर्छ भन्ने अभियानकर्ता र संरक्षणवादी ! उनको परिचय यतिमै सीमित गरिदिँदा उनीमाथि अन्याय हुन सक्छ । उनले जीवविज्ञानमा ‘आइल्यान्ड बायोजियोग्राफी’ को नयाँ सिद्घान्त कोरे । ‘संरक्षण विज्ञान’ विधालाई स्थापित गराए । बत्तीस पुस्तकसहित सयौं महत्त्वपूर्ण लेख लेखे । दुई पुलिट्जर, सात विज्ञान पुरस्कार र ‘टाइम’ म्यागेजिनको ‘२५ प्रभावशाली अमेरिकी’ को सूचीसहित १५० भन्दा बढी प्रतिष्ठित पुरस्कार र सम्मानबाट विभूषित भए । |
ईश्वरलाई घूस ! |
सोविता सिम्खडा |
मन्दिरअगाडि हात जोडेर उभिएको थिएँ । मेरा अघि ढुंगाको मूर्तिरूपी ईश्वर थिए । र, मेरो पछि मजस्तै आँखा चिम्लेर शान्त मुद्रामा ईश्वरलाई प्रणाम गर्नेको लामो लाइन थियो । ईश्वर एक्कासि झर्किए, ‘भन के माग्न आयौ ?’ कानमा गुन्जिएको अनौठो आवाजले मेरो आँखा खुल्यो । |
नाइँ, मलाई त्यही सिट चाहिन्छ ! |
बन्दना ढकाल |
सानो छँदा मामाघर जाँदा गाडी पाउनु नै अहोभाग्य हुन्थ्यो, सिटमा बस्न पाउनुचाहिँ चिठ्ठा परेसरह ! किनकि मामाघर हुँदै जाने स्याङ्जा–पोखराको ढ्वाङले स्याङ्जा पुग्ने यात्रुलाई मात्रै सिटमा राख्थ्यो । कहिले त ठूलीबिडी वा घुम्ती ओर्लने यात्रुलाई पहिले बोलाईबोलाई राखेर स्याङ्जाका यात्रु भेटिए भने मुन्ट्याएर गाडीबाट बाहिर निकाल्न माहिर थियो सहचालक । |
पुस १६, २०७८ |
‘कसैले साहित्यले केही गर्दैन भन्छ भने भनिदिए हुन्छ- द्याट्स गुड, गुड फर यु !’ [भिडियो] |
कान्तिपुर संवाददाता |
सम्राट उपाध्याय, अंग्रेजी–भाषी नेपाली लेखक । काठमाडौंमा जन्मे–हुर्केका उपाध्याय पढाइका क्रममा सन् १९८४ मा २१ वर्षे उमेरमा अमेरिका छिरेका थिए । पढाइपछि अध्यापन क्रममा केही वर्ष साउदी अरेबिया र नेपालमै बसोबास गरे पनि ढुक्कै भने अमेरिकामै हराइरहे । |
पुस १०, २०७८ |
नयाँ ‘घाट’ मा धोबीहरू |
विश्वास खड्काथोकी |
जात व्यवस्थाको सोपानतन्त्रबाट पीँधमा पारिएको धोबी समुदाय अझै सहर–समाज–देशको शासन–केन्द्रमा रहेकाहरुका लागि श्रम खर्चिरहेको छ । धोबीहरुले धोएका लुगा लगाउनेका गाथा सहरमा धेरै सुनाइन्छ/सुनिन्छ । धोबीहरुकै इतिहास, योगदानका कथा भने विरलै सुनिन्छन् । शासक र समाजलाई सुकिला बनाइरहेका घोबीहरु इतिहासका पाठमा उति भेटिँदैनन्, तर धारा, ढुंगा, खोलाहरुमा उनीहरुको इतिहास जीवित छ । |
चिहानबाट उठेका लेखक |
जङ्गब चौहान |
‘सबैभन्दा ठूलो कुरो आफैँलाई नढाँट । आफैँलाई ढाँटेर त्यसैमा विश्वास गर्ने मानिसले आफूभित्रको सत्यलाई छुट्याउन सक्दैन र त्यसले आफूलगायत कसैलाई पनि सम्मान गर्न सक्दैन ।’ – फ्योदर दोस्तोएभ्स्की |
जिल खुवाउने गाउँ |
शान्ति प्रियवन्दना |
कहाँ पुगेर बिसाउला यात्रा सदियौंदेखि अविरल बगिरहेको यो रापतीले |
तब हामीलाई चैन कसरी हुन्छ ? |
यमुना पराजुली अधिकारी |
जबसम्म बालबालिकाले घरमा पिटाइ खान्छन् गल्ली गल्लीको फोहोरमा लडीबुडी गर्छन् विद्यालयमा गाली, चुटाई भेट्छन् तबसम्म मलाई चैन कसरी हुन्छ ? – गिजुभाई (भारतीय शिक्षाविद्) |
राणाकालीन रेडियो |
लोकरञ्जन पराजुली |
१९९५ साल साउन ७ गतेको ‘गोरखापत्र’मा रेडियो श्रवणमाथि एउटा ‘समाचार’ छापिएको छ । ‘एउटा संवाददाताले लेखे’ भन्दै सो सामग्रीमा भनिएको छ : |
बीपीको नाममा महेन्द्रको कविता |
अभि सुवेदी |
बीपी कोइराला र राजा महेन्द्रबीच साहित्य एउटा सम्बन्धको कडी थियो भन्ने साहित्य समालोचना लेख्नेहरूले चर्चा गरेको कतै पढ्न पाएको छैन । बीपी र महेन्द्रको सम्बन्ध पछिल्लो नेपाली इतिहासको सबैभन्दा चर्चित र परिणामहरू भएको विषय भए पनि साहित्य त्यसमा आउँदैन । |
‘यो समय राजनीतिक खलनायकहरूको हो’ |
कान्तिपुर संवाददाता |
जहाँ खलनायक हुन्छन्, त्यहीँ नायकको उदय हुने हो । अर्थात् नायकको उदय आफैंमा अन्तर्विरोधी चरित्रको उपज हो । तर, नायकत्वको मापदण्ड के हो ? के खलनायक पनि नायक हुन सक्छ ? या नायक पनि खलनायकको दर्पण हो ? बहस हुन सक्छ । एउटा यस्तो बहस, जसले विचारको अर्को शिखर समीप पुग्न र त्यहाँबाट सोचको अर्को शिखरसम्मको उडान भर्न सकोस् । |
एक युगको पटाक्षेप |
रमण घिमिरे |
कति दिन बाँचिने हो, थाहा छैन । अब समजीको चेलो म मात्र बाँकी रहेँ,’ त्यस दिन रंगकर्मी हरिप्रसाद रिमालको शवमा माल्यार्पण गरेर छेउको कुर्सीमा बस्दै प्रचण्ड मल्लले भनेका थिए । |
पुस ३, २०७८ |
तीरैतीर पीरैपीर |
रमेश भुसाल |
सेतो टाउके जलखन्जरी फराकिलो मेलम्ची खोलाको दाहिने किनारमा फुरफुर गर्दै छ । घामले आफ्नो साम्राज्य पहाडहरूबाट बिस्तारै नदी किनारतिर बढाउँदै छ । राजनीतिक भाषामा भन्ने हो भने घाम विस्तारवादी छ, साम्राज्यवादी छ । घाम साम्राज्यवादी भएकै ठीक, विस्तारवादी भएकै ठीक । त्यो विस्तारवाद वा साम्राज्यवादको गति भने पृथ्वीले निर्धारण गर्छ । ऊ अड्कल्दै घुम्छ र घाम उदाउँदै जान्छ वा अस्ताउँदै ! सोच्छु पृथ्वीले पनि थोरै अल्छी गर्यो भने, केहीबेर बिस्तारै घुम्छु भन्यो भने वा आज घुम्दिन भन्यो भने साँच्चै के होला हँ ? |
‘मुग्लानबाट बाँची फिर्नु नै ठूलो रैछ’ |
चित्रांग थापा |
गाडीको पछिल्लो सिटमा बसेका थिए– तीन युवा । तिनका अनुहारमा गहिरो थकान र बाक्लो निराशाको रङ पोतिएको थियो । भारत हिमाञ्चल प्रदेशको एक लेकाली भेगको स्याउ बगानबाट घर फर्किरहेका थिए तिनीहरू । जाँदा लगाएको उही पुरानो कपडा र फाटेको झिटी–गुन्टाका साथ । तिनै युवाको एउटै पिरलो थियो– पसिना त बगाइयो, तर सुख भएन ! |
त्रासद इतिहास–उत्खनन |
प्रदीप ज्ञवाली |
आगोले छुस्स पोल्दासमेत मान्छे आत्तिन्छ । एसिड छ्यापिएका या मट्टीतेल छर्केर जलाइएका महिलाका असह्य छटपटी देख्दा मुटु थरर्र काम्छ । तर, कुनै बेला पतिको मृत्युपछि उसकी पत्नीलाई चितामा सँगै राखेर ज्युँदै जलाइन्थ्यो । त्यो दृष्य हेर्न जात्राजस्तै भीड लाग्थ्यो । जो चितामा चढ्न तयार हुँदैनथे, उनीहरूलाई जबर्जस्ती चितामा चढाइन्थ्यो र चितामै बाँधेर राखिन्थ्यो । चिताग्निले अत्तालिएर भाग्न खोज्नेहरूलाई हिर्काएर मार्न बाँसका लाठाहरू तयार हुन्थे । |
एक लुटेराको कायाकल्प |
रमन पौडेल |
दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ । |
इतिहासको वर्तमान |
रवीन्द्र ढकाल |
सर्वोच्च अदालतछेउकै राष्ट्रिय अभिलेखालयभित्र छिर्दा मक्किएका नेपाली कागजमा हात र आँखा एकसाथ डुलाइरहेका थिए, दुई जनाले । तिनको लय नबिगारी म नजिक पुगेँ । |
सम्झिएर प्रेमध्वज |
भुवन मास्के |
प्रत्येक वर्ष साउने सोमबार हामी सपरिवार पशुपति पुग्थ्यौं । त्यो दिन पनि त्यसै गरी पुग्यौं, जसरी पहिले पुग्थ्यौं । मन्दिर प्रांगणमा प्रेमध्वज मामा सबैभन्दा अगाडि हुनुहुन्थ्यो । मन्दिरभित्रबाट पशुपतिनाथका पुजारी बाहिरिँदै हुनुहुन्थ्यो । प्रेमध्वज मामालाई देख्नेबित्तिकै उहाँले नमस्कार गर्नुभयो । र, चन्दन, फूलमाला–प्रसाद लगाइदिनुभयो । |
गाउँको कविता |
अविनाश श्रेष्ठ |
डराएको–अत्तालिएको हावा छ गाउँमा अनि टाढाटाढासम्म हुरीको पाइतलाका पदचाप पनि । |
पुस २, २०७८ |
‘म धेरै अण्डा फोरेर निस्केको चल्ला’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.