text
stringlengths
2
914
बालविवाह अन्त्यका लागि नेपालमा सञ्चालित अभियानमा भारतीय बालअधिकारकर्मीले समेत साथ दिएका छन् । ‘बालविवाह मुक्त नेपाल’ अभियान थालनीका क्रममा आयोजित मैनबत्ती प्रज्वलन र मार्चपास कार्यक्रममा नेपाल र भारतका बालअधिकारकर्मी, बालबालिका र अभियन्ता सहभागी भएका छन् ।
युक्रेनमा ओमबहादुर ढले, १५ वर्षीया छोरी परदेश लागिन्
होम कार्की
आमाको मुख हेर्ने दिन अर्थात् २६ वैशाख २०८१, बुधबार साँझ रुसबाट शंकर खड्काले कटारी, उदयपुरकी इन्दु मगरलाई फोनमा भने, ‘भाउजू, दाइ लडाइँमा बित्नुभयो । हामीसँगै फ्रन्टलाइनमा जानुभएको थियो ।’
संसद् धकेलेर दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार
कुलचन्द्र न्यौपाने
संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्याउन सत्तारूढ दुई दलले तयारी गरेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेकाले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छैन ।
पुस १७, २०८१
आईक्यूमा नेपाल विश्वमै सबैभन्दा पछाडि ‌: पूर्वप्रधानमन्त्री भट्टराई
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विश्वमै आईक्यूमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताएका छन् ।
आज दिनभर देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज दिनभर देश-दुनियाँमा सरकारले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने, ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण’ गर्ने नेता भीम रावलको घोषणादेखि बझाङको विकट साइपालमा नुनको अभावसम्मका खबर चर्चामा रहे ।
'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार
कान्तिपुर संवाददाता
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।
सुकुम्बासीका नाममा सरकारले सधैं जग्गा दिन सक्दैन : भूमिमन्त्री अधिकारी
कान्तिपुर संवाददाता
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सुकुम्बासीलाई सरकारले सधैं जग्गा दिन नसक्ने बताएका छन् ।
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने रावलको घोषणा
कान्तिपुर संवाददाता
एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् ।
ओलीको इसारामा अख्तियारले रेग्मी र पौडेलमाथि मुद्दा दर्ता गरेन : भीम रावल
कान्तिपुर संवाददाता
एमालेबाट निष्कासित नेता भीम रावलले ललिता निवास जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा नचलाएको आरोप लगाएका छन् ।
रक्तसञ्चार सेवा नि:शुल्क हुनुपर्छ : महामन्त्री थापा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
भीम रावल भन्छन् : 'केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?'
कान्तिपुर संवाददाता
एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको समेत बताए ।
'हाइटेन्सन लाइन' प्रभावित जग्गा मुआब्जा समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
कान्तिपुर संवाददाता
विद्युतका 'हाइटेन्सन लाइन' प्रभावित क्षेत्रको जग्गा मुआब्जाबारे समस्याको विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ । पूर्वाधार विकास समितिको बुधबारको बैठकमा समितिमा दर्ता भएका उजुरीहरूबारे छलफलपछि उपसमिति गठन गरिएको हो ।
सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ : बलायर
कान्तिपुर संवाददाता
सरकारले सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने कांग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले लिए शपथ
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
पाँच देशकालागि नवनियुक्त राजदूतहरूले लिए गोपनीयताको शपथ
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशकेन्द्रित दल
कान्तिपुर संवाददाता
सत्तारूढ कांग्रेस र एमालेले संविधानमा संशोधन गृहकार्य सुरु गरेपछि मधेशकेन्द्रित दलहरू पनि नजिकिन थालेका छन् । दुई ठूला दल संविधान संशोधनमा जुट्दा यसअघिका आन्दोलनबाट प्राप्त राजनीतिक र संवैधानिक उपलब्धि गुम्ने हो कि भन्ने संशयसाथ मधेशकेन्द्रित दलहरूले छलफल गर्न थालेका छन् ।
शुक्लाफाँटाको ९ सय बिघामा भारतीयको खेती
भवानी भट्ट
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरिरहेको पाइएको छ । भारत, उत्तर प्रदेशको पिलिभित जिल्लामा पर्ने गोरख डिबीसँगै जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रमा उनीहरूले लामो समयदेखि खेतीपाती गरिरहेका हुन् ।
‘उदारवादी’ पार्टी गठन गर्दै रावल
गंगा बीसी , अर्जुन शाह
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारी थालेका छन् । तीन दशकभन्दा लामो समय एमालेको राजनीति गरेका उनी अब भने गैरकम्युनिस्ट पार्टी बनाउने योजनामा छन् ।
सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस सुरु
दीपक परियार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, गोर्खा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलगायत सात जनाको मुद्दामा मंगलबार जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
बालविवाह अन्त्य गर्न राष्ट्रिय अभियान
नुमा थाम्सुहाङ , तस्बिर : अंगद ढकाल
पाँच वर्षमै बालविवाह गराइएकी सुनिता चिडीमार भन्छिन्– ‘बालविवाह नर्क हो ।’ आमाबुबा, चार बहिनी अनि एक भाइको परिवार । जेठी छोरी भएकाले बालखमै सुनिताका बुबाले विवाह गरिदिए । ‘गौना’ चलनअनुसार त्यसको नौ वर्षपछि उनी श्रीमान्को घर (ससुराल) गइन् । १० कक्षाको पढाइ बीचमै रोकियो ।
वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन
मातृका दाहाल
नेपाल वायु सेवा निगमले दुई वाइडबडी जहाजका लागि भुक्तानी गरेको रकम आयरल्यान्ड पुगेपछि घूस सिंगापुर र दुबईसमेत ल्याएर व्यवस्थापन गरिएको खुलासा भएको छ । घूसमध्येको ४१ लाख ४० हजार अमेरिकी डलर (करिब आधा अर्ब रुपैयाँ) विदेशमा खोलिएका ‘सेल कम्पनी’ का विभिन्न खाताबाट बाँडफाँट गरिएको भेटिएको छ । अरु मुलुकबाट व्यवस्थापन गरिएको रकमको पनि खोजविन भइरहेको छ ।
पुस १६, २०८१
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
कान्तिपुर संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
कान्तिपुर संवाददाता
खानेपानीमन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भन्सारलाई मालदार र बद्‌नाम अड्डाबाट रुपान्तरण गर्ने कानुन बनाउनुपर्छ : वाग्ले
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।
आगामी निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा : नेता कोइराला
अर्जुन सुवेदी
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले दुई ठूला दल मिलेर सरकार बनाए तापनि आगामी २०८४ को निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै कोइरालाले ०८४ सालको चुनावमा गठबन्धन नहुने बताए ।
वर्ष २०२४ : नेपालमा सत्ता दाउपेचको वर्ष
गंगा बीसी
अंग्रेजी नयाँ वर्ष २०२४ मा नेपालमा सत्ता गठबन्धन बनाउने र भत्काउने खेल तीव्र भयो । प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले र माओवादी आलोपालो एकले अर्कोलाई सत्ताबाट गिराउने खेलमा व्यस्त रहे ।
बलिदानी र संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
माधव अर्याल
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको बलिदानी र संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनुपर्ने बताएका छन् । उनले हामी आफैंले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
आज दिनभर देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बोर्डका सदस्य सचिव कुलमान घिसिङले नोट अफ डिसेन्ट लेखेको, चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यातदेखि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको सम्मका समाचार चर्चामा रहे ।
अर्जुन चौपारी गाउँपालिकका तत्कालीन प्रमुख अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कान्तिपुर संवाददाता
सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका तत्कालीन पालिका अध्यक्ष दीर्घनारायण अर्याल तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पुरण गुरुङ र कमलप्रसाद गौतमसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशी दल
कान्तिपुर संवाददाता
संविधान संशोधनको चर्चाले मधेशवादी दलहरूलाई नजिक्याएको छ । दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनको छलफललाई अघि बढाएपछि यसअघिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने संशय मधेशवादी दलहरूमा देखिएको छ । त्यही संशयले उनीहरूलाई एउटै मञ्चमामा मात्रै ल्याएको छैन, सहकार्यतर्फ अग्रसर हुने प्रेरणा पनि दिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : मंगलबारको थुनछेक बहस सकियो
दीपक परियार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएपछि मंगलबारबाटै थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान पश्चात थुनछेक बहस सुरु भएको हो । तीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार नै सकिएको थियो ।
कांग्रेसको महाधिवेशन समयमै हुन्छ : महामन्त्री थापा
सुवास विडारी
कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् । मंगलबार हेटौंडामा ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे ।
गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : चन्द
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।
चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने