text
stringlengths
2
914
देवेन्द्र भट्टराई
नेपाली साहित्यमा आख्यान–पुरुषका नामले कहलिएका ध्रुवचन्द्र गौतम आश्चर्यमयी ढंगमा यतिखेर कवि(अवतारमा उदाएका छन्, त्यो पनि उमेर र सृजनाको उँधौलीमा । लेखन सुरुवातका हकमा पहिलो (२०२१), तर प्रकाशनमा पछिल्लो कवितासंग्रह ‘ह्यांगरमा झुन्डिएको आकाश’ यसै साता बजारमा आएपछि कवि ध्रुवचन्द्र मनमगन मुद्रामा भेटिएका छन् । २०२१ वैशाखमा संग्रह छाप्नका लागि मदन पुरस्कार पुस्तकालयमा बुझाएकोमा वर्षौं–वर्ष यो पाण्डुलिपि यतै–कतै हराइरहेको थियो । अचानक, ५६ वर्षपछि पुस्तकालयको भण्डारणमा पाण्डुलिपि भेटिएपछि र लगत्तै सांग्रिला बुक्सबाट पुस्तक छापिएपछि कवि ध्रुवचन्द्रको कवि–छवि एकाएक बौरिएको छ– कविजी रूपमा ।
मंसिर २५, २०७८
महिनावारी विभेदको बिस्कुन
राधा पौडेल
कोटाकेटी उमेरमा पाका महिलाहरूसँग, आमाका दौतरीहरूसँग, आमाहरूसँग साथे जानु वा मेलापात गर्नुका अनेक फाइदा हुन्थे । सबैभन्दा दीर्घकालीन फाइदा त स्पोन्जले कुनै झोल सोसेजस्तो एकोहोरो उहाँहरूको कथा सुनिरहन, बुझिरहन, मनन गरिरहन पाउनु थियो । यसरी नै थाहा पाएकी हुँ– मेरी आमाले रिक्सामा भाइ बोकेर घर आएको कथा । त्यतिखेर भाइ पाउँदा संसार जितेजस्तो भएको थियो ।
गीत परम्परा : उही खाता
छम गुरुङ
हामी समाज–यथार्थभन्दा पर छैनौं, उत्पादन–सम्बन्धमै जेलिएका छौं । गीत उत्पादनसँग पनि हाम्रो सम्बन्ध छ नै । यद्यपि सबै गीतमा सबैको सम्बन्ध नहुन सक्ला । तटस्थ भन्ने के नै होला र ? त्यसकारण गीतको पनि वर्गीय पक्षधरता हुन्छ । अमृत शर्मा ढकालको ‘लजाजु पहाडहरू’ मा पनि त्यो हुनुपर्थ्यो ।
आख्यानकार महात्मा बुद्ध !
मोहन मैनाली
०७१ असोज २९ गते, लुम्बिनी ! साँझ मायादेवी मन्दिरलाई पश्चिम छाडेर उत्तर जाने बाटोमा यत्तिकै टहलिँदै गर्दा मैले बाटो पूर्वबाट पेट्रोलियम पदार्थले चलाएको पानी तान्ने पम्पसेटको आवाज र गन्ध सुनेँ, सुँघेँ । कात्तिकमा धान काट्ने बेलामा खेतमा पम्पसेट !
कांग्रेस सुधारको यक्षप्रश्न
चन्द्रशेखर केसी
युवा–नेता शंकर तिवारीले नयाँ किताब ‘कसले सुधार्छ कांग्रेस ?’ मार्फत कांग्रेसमा शुद्धीकरणको बहस अघि सारेका छन् । किताबमा नेपाली कांग्रेसले आफ्नो आन्तरिक जीवनमा लिएको महत्त्वपूर्ण निर्णय र गतिशीलतालाई विशेष महत्त्व दिइएको छ । जँ ज्याक रुसोको उदाहरण दिँदै बुद्धिजीवीहरू अतीतमुखी पिन्चे नभई आगतमुखी द्रष्टा हुनुपर्छ भन्छन् लेखक ।
सृष्टिदेखि प्रलयसम्म !
घनश्याम खड्का
प्रत्येक दिन सूर्य हामीलाई भेट्न आइपुग्छ, प्रत्येक रात आकाशगंगा टिमटिमाउँछ, टाढा कतै तारा खस्छ ! यस्तो मोहक ग्रह, तारा, घाम, जून र यो सारा ब्रह्माण्डको जन्म कहिले भयो होला ? विज्ञान भन्छ– १३ अर्ब ७० करोड वर्षअघि । त्यसअघि विशाल शून्यताको समय थियो । न त्यहाँ ग्रह थियो, न तारा थिए, न थियो प्रकाश नै ।
असाधारण आरोहण
सरोज ढुंगाना
चुचुरो आफैंमा सफलता र प्राप्तिको एउटा सुन्दर विम्ब हो । सायद त्यही विम्ब पच्छ्याउँदै विश्वको अग्लो चुचुरो (सगरमाथा) चुम्ने लालसा मान्छेमा बढ्दो छ । निर्मल पुर्जालाई सबैले ‘असम्भव’ भनेको तर साहसले सम्भव बनेको प्रोजेक्ट ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ हिमाल आरोहीले चुचुरो चुमेको कथा मात्रै होइन, चुचुरोमा आफूलाई समर्पित गरिरहेका नेपाल र नेपालीको स्वाभिमानको कथा पनि हो ।
दार्जीलिङको सानो रेल
छुदेन काविमो
दार्जीलिङ सम्झिनासाथ तपाईंको आँखामा केको नक्सा आउँछ ?’ दार्जीलिङ कहिल्यै नगएकाहरूलाई सोध्नुहोस् । सम्भवतः उत्तर पाउनुहुनेछ— ‘चिया र सानो रेल ।’
बागबजार
सङ्गीत
बागबजार गीत गाउन जाने छैन टाढा कतै बरू गीत नै आएर टाढा कतैबाट बागबजार सामु घन्किदिओस्, आज !
मंसिर १८, २०७८
बास बस्दै बस्दै नेपाल
भोगीराज चाम्लिङ
एउटा सुखद संयोगबाट विषय प्रवेश गरौं । भारतीय सेनाबाट अवकाश लिएर घर फिरेपछि ओखलढुंगाका बुद्धिकुमार ह्वङ्गुलाई आफ्ना जातीय संस्कारहरूमा सहभागी हुन समय मिल्यो । नत्र बिदामा घर आयो, फर्किहाल्यो मात्रै हुन्थ्यो ।
‘मिथ्या’ जगत्‌को परिभ्रमण
सरस्वती प्रतीक्षा
सत्य र मिथ्याबीचको द्वन्द्व मानव समाजमा अनादिकालदेखि नै चल्दै आएको हो । देवासुर संग्रामको प्रतीकात्मक अर्थ यही सत्य र मिथ्याबीचको द्वन्द्व हो, जुन मान्छेभित्र घटित हुन्छ र मान्छेबाहिर पनि । लेखक दीपक पराजुलीको नवीनतम उपन्यास ‘मिथ्या’ को परिभ्रमण गर्दा मिथ्या जगत्मा विभिन्न परिदृश्य देखा पर्छन् । एकातिर सत्य कमजोर छ, निरीह छ, अनेकन बनावटी पत्र–पत्रले छोपिएर निस्सासिँदो छ । अर्कोतिर अहिलेको विश्वमा दिनानुदिन शक्तिशाली बन्दै प्रभुत्व जमाइरहेको छ– मिथ्या । मिथ्या जगत्का परिदृश्य अलिअलि बुझिने, अलिअलि नबुझिने जादुयी फिल्मका दृश्यजस्तै छन् ।
उम्दा कविका हृदयस्पर्शी निबन्ध
हरि अधिकारी
समसामयिक आधुनिक नेपाली कविताको क्षेत्रमा रेशम विरही एक सशक्त नाम हो । समकालीन कवि र साहित्यको एक विद्यार्थीका रूपमा म विरहीका कविताको पक्का प्रशंसक रहँदै आएको छु । दशकौंदेखि नेपाली कविताको आराधना गर्दै आएका विरही नेपाली साहित्यको एक अथक आराधक हुन् । संवेदनशील कवि, पत्रकार र राजनीतिक कार्यकर्ताका रूपमा संघर्षको राप–तापमा खारिएका वरिष्ठ नागरिक विरहीले आफूभित्र जीवन र जगत्लाई हेर्ने अनुभव र अनुभूतिजन्य सूक्ष्म अन्तर्दृष्टिको विकास गरेका छन् । उनका साहित्यिक रचनाहरूमा तिनै अनुभव र अनुभूति एवम् त्यही सूक्ष्म अन्तर्दृष्टिको प्रतिविम्ब परेको हुन्छ ।
यहुदी संहारको त्रासद अलिगोरी
बलराम अधिकारी
पेरिसको १८औं जिल्लामा बस्दै आएकी डोरा ब्रुडर इसाई धार्मिक विद्यालयबाट भागी । ऊ हराएको सूचना डिसेम्बर ३१, १९४१ मा स्थानीय पत्रिकामा छापियो— हराएको किशोरी–डोरा ब्रुडर, उमेर– १५, उचाइ– १.५५ मि., अण्डाकार अनुहार, फुस्रो खैरो आँखा, फुस्रो स्पोर्टस ज्याकेट, गाढा रातो स्वेटर, गाढा नीलो फ्रक र टोप, खैरो जिम जुत्ता । कुनै जानकारी भए सम्पर्क– श्रीमान् तथा श्रीमती ब्रुडर, ४१ बुलभार्ड ओर्नानो, पेरिस ।
ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’
विमर्श कँडेल , डा. शम्भु खनाल
सन् २०१७ को डिसेम्बर, रुसको मस्कोस्थित होटल मेरियट । मार्क पोलिमरोपोलोस (५१) ले त्यो रात ऐठनमा बिताए । ‘त्यस रात मलाई कसैले पटकपटक गोली हानिरहेजस्तो लागिरह्यो । सायद मेरो जीवनकै त्यो डरलाग्दो अनुभव थियो,’ अमेरिकी रेडियो एनपीआरसँग उनले भनेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) मा २६ वर्षसम्म अधिकृतको भूमिकामा रहँदा उनले इराक, सिरिया र अफगानिस्तान क्षेत्रमा यस्तै भयानक युद्ध अनुभव लिइसकेका थिए ।
ग्रेटा राणासँग एउटा खोजी
अभि सुवेदी
ग्रेटा राणा (सन् १९४३) एक उपन्यासकार अनि कवि हुन् । ती नारीहरूका अन्तर्कथा, तिनका पीडा र शक्ति विषयमा लेख्ने लेखक हुन् । तिनले राणा एसियाली–ब्यारोक भवनभित्र गुमनाम भएका नारीहरूदेखि लिएर साधारण जीवनका पात्रहरूसम्मका चित्रण गरेर उपन्यास लेखेकी छन् । अझ मैले उनलाई एक कविका रूपमा अध्ययन गरेको छु, तिनका कवितासंग्रहको विमोचन र व्याख्या गरेको छु ।
चारआँखेको पन्ध्र हजार वर्ष
सौरभ
शीर्षक परिचय चारआँखे अर्थात् दुई आँखामाथि दुई पहेँला थोप्लाहरू भएको भोटेकुकुर (मंगोलियन डबल आइड) नै महाभारतमा वर्णित युधिष्ठिरको साथी हुनुपर्छ भन्ने निर्क्योल थियो पंक्तिकारको । जुन लेख असहमति–२ मा मुद्रित छ । तर, देवनागरीमा टाइप गर्न नआउने र पुस्तक छापिने क्रम पनि ढिलो हुन जाँदा उक्त सामग्रीलाई युनिभर्सिटी अफ टेक्सस, अस्टिन अमेरिकाको एक वैज्ञानिक शोधले लगभग एक वर्षले उछिनिसकेको रहेछ । तैपनि उसको निर्क्योल पनि उही टुंगोमा पुगेको देखिन आयो— कुकुरको घरेलुकरण नेपाल–मंगोलिया सिमानामा सुरु भएको हो र त्यो घटना १५ हजार वर्षअघिको हो ।
‘बियोन्ड’ रारा
विद्या राई
रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् ।
मंसिर ११, २०७८
इन्द्रजाल पढिरहेको बालक
प्रमोद मिश्र
म त्यस्तै आठ–नौ वर्षको हुँदो हुँ, जब ममाथि ओझा बन्ने धुन सवार भयो । पूर्वी मोरङको हाम्रो गाउँ वरिपरि भूत–पिसाच (देउ) को जति बिगबिगी थियो, पाठा चोर्ने स्यालजस्तै, त्यति नै गाउँभित्र ओझा धामीहरूको जगजगी । कति त पुस्तैनीदेखि नै ओझागुनी गर्थे । कति अरूसँग सिकेर ओझा र धामी भएका थिए । गाउँ उत्तर केबियानी ‘झार’ मा ‘माहराज थान’ थियो, दुईवटा टिनका होचा छाना र सिकुटे सखुवाका खाँबा भएका खुला चारकुने घर । त्यसको मर्मत सम्भार अनि बर्सेनि पूजा र धामी बसाउने जिम्मा गाउँका दाउनियाँको थियो ।
५० वर्षअघिको कर्णाली
जनकराज सापकोटा
आईए पास भएपछि नायब सुब्बाको जागिर सुरु गरेका विहारीकृष्ण श्रेष्ठको पहिलो पोस्टिङ थियो– त्रिभुवन ग्राम विकास विभागमा । संयोग कस्तो पर्‍यो भने त्यतिबेलै अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मानवशास्त्री जोन हिचकक एक मानवशास्त्रीय अध्ययनका लागि नेपाल आएका थिए । ती मानवशास्त्रीलाई दोभासे उपलब्ध गराउने जिम्मेवारी थियो, ग्राम विकास विभागको ।
मिलारेपा–गुफाको यादमा
लीला न्याइच्याईं
हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं । लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा अघिदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् ।
‘पेसेवर’ हरूकै अनुवाद टीठलाग्दा
कान्तिपुर संवाददाता
भारतीय मूलका नेपाली लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ लाई ‘सङ अफ द सोयल’ शीर्षकमा अंग्रेजी–अनुवाद गरेका छन् लेखक/प्रकाशक अजित बरालले । पहिचान र गोर्खाल्यान्ड आन्दोलनमाथि लेखिएको ‘फातसुङ’ सन् २०१९ मा नेपालीमा प्रकाशित भएको थियो । बरालसँग गरिएको वार्ता :
जंगबहादुरको त्यो जनगणना
हिमेश
जंगबहादुर राणाले विसं १९१० मा गराएको जनगणना के ‘जनगणना’ थिएन ? त्यसलाई होइन भन्ने हो भने ५८ वर्षपछि चन्द्रशमशेरको पालामा भएको जनगणना पनि ‘जनगणना’ थिएन । यदि चन्द्रशमशेरको जनगणनालाई ‘जनगणना’ मान्ने हो भने जंगबहादुरको जनगणना पनि ‘जनगणना’ नै हो । यत्ति ठोकुवा गर्छन्, इतिहासकार त्रिरत्न मानन्धर । अहिले पनि हाम्रोमा जनगणना चलिरहेको छ र यतिबेला जंगबहादुर–युगको ‘जनगणना’ सम्झिनु सान्दर्भिक हुन्छ ।
‘तिम्रो सुन्दर रूपमा बस्छु म’
गणेश रसिक
४७ वर्ष लामो सहयात्रा र सहचार्यपछि जीवनसाथी नीरा शेरचनले एकाएक साथ छाडिन् । र, म एक महिनायता एक्लिएको छु । संयोग के छ भने काठमाडौंमा डेरा जीवनबाट सुरु भएको नीरासँगको सहयात्रा डेरामै टुंगिएको छ, पत्यारै नहुने गरी । २०३१ सालको एक शुभसाइतमा हामी धोबीचौरको डेरामा थियौं, नवजीवनको तादात्म्य र उन्माद बोकेर ।
आमासँग एकालाप
भीम कार्की
सम्झिन्छु, पिँढीमा राखिएको खाटमा बसेर दिनभरि जिन्दगीको एक धरो धागो समातेर पारि डाँडाको बुद्धको मूर्ति हेर्थिन् र, त्यसैत्यसै खुसी हुन्थिन् मेरी आमा ।
एउटा ओस्सिएको बारुद
सुशील पौडेल
रोहित सेट्टी फिल्म बनाउँदैनन् । उनी सिन क्रिएट गर्छन् । हिरोको स्टाइलिस इन्ट्री, कमेडी पन्चदेखि एक्सन–डान्स कोरियोग्राफीमा उनी जति तड्का लगाउँछन्, कथा–पटकथाबारे धेरै सोच्दैनन् । त्यसैले त उनी गतिलो फिल्म बनाएर भन्दा फिल्ममा कतिवटा कारलाई बमले हावामा उडाए वा एक्सन सिनमा के नयाँ ल्याए भन्नेमा बढी चिनिन्छन् ।
मंसिर ४, २०७८
एक आदि विद्रोहीको अन्त्य
सुरेश ढकाल
गड्याङ र गुडुङ मेघ पनि होइन आकाश सफा छ, छिर्का र छिर्की पानी त होइन रगतको टाटा छ
कटारी क्याराभानको ट्रयाजेडी
नवीन विभास
ढाकरै बोकी ठेकुवा टेकी ठ्याक्कैठ्याक्कै ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कैठ्याक्कै पसिना झार्दै तरर चार दिनको बाटो कटारी बजार...
कोलम्बसमा ‘नेपाली गाउँ’
ऋषिराम कट्टेल
कोलम्बसका नेपालभाषी भुटानी–परिवार झापाको बेलडाँगी शरणार्थी शिवीरमा बस्दा आईओएम (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन) ले अमेरिका लैजान खोज्यो, तर मानेनन्– भगीरथ धितालले । ‘नचिनेको ठाँउमा कहाँ पुर्‍याउने हो थाहा थिएन, श्रीमती अर्कैले कहाँ लान्छ भन्थे, भाषा नि अर्कै, बरु दुःखजिलो बसिएकै छ भन्ने थियो,’ ओहायोको रेनोल्सबर्गमा रेन्टुरेन्ट व्यवसाय गरेर बसेका भगीरथले सम्झिए, ‘धेरैले केही हुँदैन भनेर धेरैपटक सम्झाएपछि यता आइयो, अहिले यहाँ जता पनि नेपाली देख्दा औधी खुसी लाग्छ ।’ सन् २०१२ मा अमेरिकाको युटाहाको साल्ट लेक सिटी पसेका भुटानको सर्बाङ जिल्ला गेलेफु दानाबारीका धिताल ७ वर्षअघि कोलम्बस आएका थिए ।
चीनका ‘सिनचियाङ बूढो’ !
मल्ल के. सुन्दर
सन् २०१९ अप्रिलको अपराह्न । जेठो छोरा अनीशले एक जना विदेशी अतिथिलाई घरमा ल्याए । उनीसँगै थिए तीन जना चिनियाँ महिला । काठमाडौं विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटले विशेषतः ताओ धर्म, महासिद्धि, योगिनी तथा तिब्बती बौद्ध सम्प्रदाय निगमपा विषयक अभिसंवाद कार्यक्रम राखेको रहेछ । प्रमुख वक्ताका रूपमा चीनबाट नेपाल आइपुगेका विशिष्ट व्यक्ति थिए, उनी । काठमाडौं विश्वविद्यालयमै चिनियाँ भाषा प्रध्यापन गरिरहेको छोरा अनीशले अभिसंवाद कार्यक्रममा दोभासेको भूमिका निभाएपछि दुवैको चिनाजानी भएको रहेछ ।
जनगणना
नरेन्द्रकुमार नगरकोटी
तिमीले कहिले मान्छे गन्यौ र हामीलाई ?
एक सबाल्टर्न चिन्तना
अनन्त वाग्ले
सुर्खेतबाट एकाध घण्टा पर लेखफर्साको लामो झोलुङ्गे पुल तर्दै गर्दा पारि केही झाम्लाङ्झुम्लुङ पोसाकधारीको खाम्लाङ्खुम्लुङ सुनिँदै थियो । भेरीको सुसाइमै थपिइरहेथ्यो तिनको अस्पष्ट लवज । हो, यी तिनै भुइँमान्छे थिए, जसको आवाज बसेर बोल्दा भुइँमै बिलाइजान्थ्यो, उठेर बोल्दा हावाले उडाइलान्थ्यो । हामी पारि पुग्दा उनीहरू डोकामा बोकेका झिटीझाम्टा बिसाएर बसेका थिए । अनि बाटो बिराएका यात्रीझैँ अलमलमा थिए ।
शब्दकोशको राजनीति
प्रणेता
मेरा फेसबुके मित्रले एक चर्चित लेखकलाई ‘इनबक्स’ मा सोधेछन्– ‘राम्रो लेखक बन्न के गर्नुपर्छ ?’ लेखकको जवाफ आएछ– ‘नेपाली शब्दकोश पढ्नुहोस् !’ सुझाव काइदाको लाग्यो । शब्दसँग खेल्ने लेखकहरूको कला मनमोहक हुन्छ । त्यसका पछाडि शब्दकोशले महत्त्वपूर्ण भूमिका खेलेको थाहा पाउँदा रमाइलो लाग्यो । भाषा सिक्ने समाजबाट कि शब्दकोशबाट ? शब्दकोशकै स्रोत समाज हो कि अरू नै केही ? यी प्रश्न एकछेउ राखेर पहिले शब्दकोशभित्रै छिर्ने रहर गरेँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले छापेको ‘नेपाली बृहत् शब्दकोश’ को एप (दसौं संस्करण) ‘इन्स्टल’ गर्न ‘प्लेस्टोर’ मा पसेँ ।
बदलिँदो संसारको कथा