text stringlengths 2 914 |
|---|
रीना मोक्तान |
समाज दुई वर्गमा विभाजित छ, ‘हुने खाने’ र ‘हुँदा खाने’ । ‘हुने खाने’ ले सधैं ‘हुँदा खाने’ माथि अधिकार जमाएको छ । संसारको ठूलो संख्या ‘हुँदा खाने’ समूहमै छ । दुई वर्गबीचको संघर्ष शताब्दिऔंदेखि जारी छ । दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ दुई वर्गबीचको कथा हो । |
कार्तिक २७, २०७८ |
मसानघाट |
रिमा केसी |
जीवनको अस्ताचल अर्थात् मसानघाट न कुनै जात धर्म वा लिंगको भेदभाव न त रुपरंग अथवा दौलतको अहंकार बिना कुनै नापतौल प्रवेश नि:शुल्क छ |
आँखीझ्याल |
निर्भीकजंग रायमाझी |
आँखीझ्याल सानो छ तर यसबाट संसार हेर्न सकिन्छ ! |
कुरूप तथ्यको सुन्दर चित्र |
घनश्याम खड्का |
आइरिस कवि वस्कर वाइल्ड भन्ने गर्थे, ‘शिक्षा प्रशंसनीय कुरा हो, तर पनि बेलाबेलामा के सम्झिराख्नु जाती हुन्छ भने जान्नयोग्य केही पनि सिकाउन सकिन्न ।’ अलिक विनोदी भावमा अभिव्यक्त वाइल्डको उपरोक्त कथनले झट्ट सुन्दा शिक्षाको मर्मको प्रशंसा गरेजस्तो लाग्न सक्छ । तर, अलिक गुनी हेर्दा यसले प्रचलित शिक्षण पद्धतिमाथि तीक्ष्ण व्यङ्ग्य गरेको छ । अझ, जसरी पनि ‘पढ्नैपर्छ’ भनेर एउटा रटिरटाउ तालिकालाई शिक्षा मान्ने हाम्रोजस्तो समाज, प्रणाली, शिक्षक र अभिभावकबारे उनको कथ्यको निहितार्थ बढी नै लाक्षणिक, तर तिक्ष्ण प्रतिहासयुक्त जँच्न पुग्छ भन्दा बाधा पर्दैन । |
‘उपनिवेशका नीलडाम अझै छन्’ |
कान्तिपुर संवाददाता |
तान्जानियाली मूलका बेलायती आख्यानकार अब्दुलरजक गुर्नाह सन् २०२१ को नोबेल साहित्य पुरस्कार विजेता हुन् । उनी त्यस्ता लेखक साहित्यकार हुन्, जसको हृदयमा अझै उपनिवेशका नीलडामहरु छन् । उनका सबैजसो कृति उपनिवेशको प्रभाव र परिणाममा केन्द्रित छन् । ‘संस्कृति र महादेशीय खाडलबीच साम्राज्यवादको पृष्ठभूमिमा शरणार्थीको नियति र प्रभावको चित्रणमा सम्झौताहीन र करुणापूर्ण लेखनका लागि’ उनलाई नोबेल पुरस्कार दिइएको नोबल कमिटीले जनाएको छ । |
दलितका थर राखेर त हेर ! |
किरण विक |
पढेलेखेका केही ‘उपल्लो जात’का मान्छेहरू पछिल्लो समय भन्ने गर्थे, ‘अब पहिलाजस्तो छुवाछुत छैन, धेरै हटिसकेको छ, हजुरबा–हजुरआमा र बा–आमा पुस्ता सकिएपछि जातभात रहँदैन ।’ हामी दलितहरूले पत्याएका थिएनौं । किनभने गैरदलितले छुवाछुत देख्छ मात्रै, दलितले त भोगेकै हुन्छ । |
अनि भान्सामा छिर्यो ढिक्री |
बुनु थारु |
सैंले संघार टेकिसकेको थियो । सधैं दुःखको जाँतो पिसिरहने गाउँ चाडबाडमा न हो, एकैछिन सुस्ताउन पाउने । यही सुस्ताइमा आफन्त, घरछिमेकीहरू भेटघाट गर्छन्, दुःख बिर्सिएर रमाउने कोसिस गर्छन् । |
न्यायको संघर्षपूर्ण यात्रा |
सन्तोष परियार |
आफ्नै किसिमको जीवनपद्धति छ, संस्कार छ, जीविकोपार्जनका लागि गरिने अथाह मिहिनेत छ । तर, अन्न उब्जाउने जमिनको पट्टा छैन । पट्टा छैन भन्नुको अर्थ खेती गर्ने आफ्नो नामको जमिन छैन । जमिनको नाममा मुसा खोज्ने दुलासमेत छैन । राजाकन्नुले इँटा भट्टामा कति इँटा बनायो, उसलाई मेसो छैन । तर, आफ्ना लागि पक्की इँटाको एउटा घर बनाउन नसकेकोमा ठूलै दुःख छ । यो दोष एक व्यक्त्तिको हो ? समाज–व्यवस्थाको हो ? या आधुनिक जनताकेन्द्रित भनिएको राज्य व्यवस्थाको ? प्रश्न अनुत्तरित छ । |
शरद बनेपाको खोजी |
दीपक सापकोटा |
बनेपास्थित पुस्तैनी घरको छिँडीमा मोहन दुवाल (७२) म्हः पूजा गरिरहेका थिए । कोठाको बत्ती मधुरो थियो र परिवारका सबै लहरै पलेंटी कसेर मण्डल सामुन्ने बसेका थिए । कोठामा प्रत्येक सदस्यका लागि फरकफरक मण्डलहरू फल, धूप र फूलले सजाइएका थिए । |
विभूति : तथ्य कम, मिथ्या बढी |
डा. महेशराज पन्त |
आफ्नो देशको उन्नतिमा सार्थक र असन्दिग्ध अवदान भएको देशवासीलाई ‘राष्ट्रिय नायक (न्याशनल हीरो)’ भनी सम्मान गर्ने चलन आधुनिक सभ्य राष्ट्रमा चलेको छ । त्यसैको अनुकरणमा नेपालमा पनि ‘राष्ट्रिय विभूति’ भन्ने संज्ञाले देशवासीलाई सम्मान गरिन थालेको आधा शताब्दीभन्दा बढी समय बितिसकेको छ । तर, अङ्ग्रेजीको ‘हीरो’को अर्थमा ‘विभूति’ शब्द किन चलाइयो, बुझ्न सकिएन ! |
कार्तिक १३, २०७८ |
हररात आकाशमा तारा हेरुँला |
अनिल थापा |
रेसुंगाको धुरीमा केका बाजा बजेछन् बाबाले सानीमा ल्याए बरी लै । भित्रछिन् सानीमा बाहिर छिन् मेरी आमा मलाई पनि लगे है तिमी जानीमा । । |
१५ हजार वर्षदेखिको मानव सारथि |
तीर्थबहादुर श्रेष्ठ |
मान्छेलाई तुच्छभन्दा पनि तुच्छ स्तरमा गिराउनुपरे ‘कुकुर’ भनी अवहेलना गर्ने नेपाली समाजको सामान्य व्यवहार हो । त्यही कुकुरलाई हामी हाम्रै महान् चाड तिहार यमपञ्चकको दोस्रो दिन पूजा गर्छौं । आफ्नो संस्कृति, संस्कार र धर्मलाई जीवन्त राख्न वर्षभरिमा एक दिन भए पनि कुकुर पूजा गरिन्छ । एकातिर तुच्छ व्यवहार, अर्कोतिर दैवस्वरूप पूजा– यो कस्तो विडम्बना ? सोच्न थालेको छु– महाभारत युग र आजको युगबीच अन्तरालमा परेको सोच परिवर्तन त होइन यो ? |
अजिब यात्रा–वृत्तान्त |
बीएन जोशी |
ममोहन श्रेष्ठको किताब ‘काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा’ ले पाठकलाई सन् १९७० को समाज र त्यसबेलाका मान्छेको कथा भन्छ । यो हिप्पीकालीन समयको एक साहसिक नेपाली केटोको रोमाञ्चक यात्रा हो । |
गिद्धहरुको नाच |
कमलराज केसी |
समय बरखीमा छ मान्छे शोकमा छ तर, जारी छ यहाँ गिद्धहरुको नाच । |
त्रासद अन्तराल |
दिनमान गुर्मछान |
जंगमको छोरो बेपत्ता भएको बीस वर्ष पुगिसक्यो ! |
तः मुंज्या : रैथाने प्रतिपक्षी स्वर |
अभय श्रेष्ठ |
हरेक सिर्जनाको आफ्नै खालको राजनीति हुन्छ । कतिपयले आफ्नो सिर्जनामा कुनै राजनीति नभएको दाबी गर्छन् । तथापि तिनको अराजनीतिकताले आफैंमा अर्को खालको राजनीति गरिरहेको हुन्छ । भक्तपुरमा प्रत्येक वर्ष हुँदै आएको नेपालभाषा साहित्य तः मुंज्याका आयोजकहरूले भने हाकाहाकी आफ्नो सम्मेलनलाई साहित्य र सांस्कृतिक कार्यक्रममार्फत किसान र मजदुरबीच जागरण ल्याउने अभियान भनेका छन् । |
शंकरसँग संकट–संवाद |
अभि सुवेदी |
मलाई भर्खरै एकैसाथ दुईवटा संकथन प्रस्तुत गर्नुपर्यो । पहिलो थियो, शंकर लामिछानेलाई म अहिलेको लेखनको परिस्थितिमा कसरी सम्झिन्छु ? दोस्रो थियो, लामो लकडाउनकालमा मैले के समालोचना लेखें ? संकथन लामै थिए, तर यहाँ शंकर लामिछानेको संकट सिद्धान्तलाई मात्र संक्षेपमा लेख्न चाहन्छु । लकडाउनमा मैले लेखेको समालोचनाबारे उल्लेख मात्र गरेको छु । |
‘कलिजुगमा केको तपस्या ?’ |
सम्झना वाग्ले भट्टराई |
सानो छँदा गाउँमा मनोरञ्जनका साधन ज्यादै सीमित थिए । गाउँमा बिजुली आएको थिएन, त्यसैले टेलिभिजन हुने कुरै भएन । रेडियोका कार्यक्रमहरू केटाकेटी लक्षित थिएनन् । सुत्नेबेला धेरैजसो आमा र कहिलेकाहीँ बाले सुनाउने लोककथा नै मनोरञ्जनको अडिलो आधार थियो । ‘स्वस्थानी’ पढ्ने दिनहरूमा एकजनाले सस्वर पढ्ने र घरका सबैले सुन्ने चलन थियो । खासै नजाने पनि हामी केटाकेटी पढ्न तम्सिन्थ्यौं र त्यो समय उत्सवजस्तै लाग्थ्यो । |
दुई शताब्दी पुरानो बजार |
सुरेश किरण |
सय वर्ष पुराना स्मारक पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने असन केवल वस्तु विनिमय गरिने बजार होइन, एक पुरातात्त्विक सम्पदा पनि हो । बजार आफैं सम्पदामा रूपान्तरित भइसकेको कुनै थलो नेपालमा छ भने त्यो असन हो । असन अहिले पसल, डबली, मन्दिर, पाटी, सत्तलमा बसेर केवल बजार चलाइरहेको छैन, काठमाडौं उपत्यकाको शताब्दियौं पुरानो आर्थिक–सामाजिक इतिहासको कथा पनि बताइरहेको छ । एकफेर असनमा बेच्न राखिएका सामान होइन, ती सामान बेच्ने असनको इतिहासतिर फर्किहेरौं । |
कार्तिक ६, २०७८ |
गुमनाम गुरागाईं |
लोकरञ्जन पराजुली |
संस्कृत र शास्त्रका ज्ञाता जगन्नाथ गुरागाईं नेपालीमाझ मात्र होइन भारतीय विद्वत् समाजमा पनि प्रख्यात थिए । ‘गुणरत्नमाला’ लगायत विभिन्न पुस्तकका लेखक र भारतबाट निस्कने संस्कृत भाषाको ‘ब्राह्मणमहासम्मेलनम्’ पत्रिकाका सम्पादक रहेका गुरागाईंले बनारसको नेपाली धर्मशाला र छात्रावास स्थापनामा ठूलै भूमिका खेलेका थिए । |
तोङ्बाको बिर्कोले छोपेको पूर्वको इतिहास |
अर्जुनबाबु माबुहाङ |
लेखक भगिराज इङ्नामको किताब ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (संवत् १७१९–२०२०)’ ले २०७७ सालको मदन पुरस्कार पाएको छ । इङ्नामले सात वर्षभन्दा बढी समय खर्चिई ऐतिहासिक सामग्री संकलन गरेर ९१६ पृष्ठको यो किताब तयार गरेका हुन् । |
छुक्माङ्सा ब्रान्ड |
विद्या राई |
मिथक र इतिहास सहरमा धराने कालो बंगुर ब्रान्ड बनेको छ । हिट छ धराने कालो बंगुरको सेकुवा, भुटुवा, डामेको ‘पोर्क’ इत्यादि । यो बंगुर थुप्रै स्वादिष्ट परिकार बनेर कसरी मान्छेको भान्सासम्म पुग्यो र थालीमा सजियो ? एकछिन यसको इतिहास, योसँग जोडिएका सांस्कृतिक र सामाजिक मूल्यहरूको चर्चा गरौं । |
आफ्नै घर छ, छोरीलाई केको डर छ ? |
शीतल दाहाल |
२०७३ मा बा बित्नुभो । त्यतिखेर सान्दाइ विदेश थिए । जेठा दाइ, आमा र मसहित तीन जना बाको किरिया बस्यौं । मेरो मनमा थियो, म छोरी भए पनि बाको ‘पितृकार्य’ मा सरिक हुनेछु । जेठो दाजुले जस्तै कपाल मुण्डन गर्न र सेतो कपडा लगाउन म मानसिक–शारीरिक दुवै हिसाबले तयार थिएँ । |
बोर्डर छिर्नुअघि |
अनमोलमणि |
बोर्डर छिर्नुअघि पछारे मलाई भुइँमा र लगाए हतकडी । |
अम्मकलाका लोग्ने खोज्दै हिँड्दा |
मोहन मैनाली , सुशील मैनाली |
खाना खानुभयो ? दुनै झर्ने बेलुका ? आलु लाने, आलु ? लग न हो, अलि राम्रोराम्रो हेरेर । सिमी लग्ने, सिमी ? झोला नाईँ । स्याउ पनि नाईँ । |
कार्तिक ५, २०७८ |
मद्रासकी ‘अम्मा’ |
जगदीश्वर पाण्डे |
दक्षिण भारतमा पर्छ तमिलनाडु राज्य । यसको राजधानीको पुरानो नाम हो– मद्रास । नेपालका ज्येष्ठ नागरिकहरू अहिले पनि कुराकानीमा मद्रास शब्दसँग लगाव देखाउँछन् । नयाँ पिँढी भने मद्रासको नयाँ नाम चेन्नाईसँग परिचित छन् । क्षेत्रफलका हिसाबले तमिलनाडु नेपालभन्दा केही मात्रै सानो छ । तर, त्यहाँ नेपालभन्दा ५ करोड बढी जनसंख्या छ । तमिलनाडुको ठीक तल श्रीलंका पर्छ । |
आश्विन २३, २०७८ |
एउटा निरीह देश |
मीनबहादुर विष्ट |
होइन, ककसका छौंडा हुन् यी कोही चढेका छन् मेरो घरको छानामा कोही बुइगलमा कोही बैठककोठामा |
जास्मिन म्यामको एकहप्ते कार्यकाल |
विनोदविक्रम केसी |
इमान बाँकी भएको अन्तिम होमो सेपियन्सका रुपमा संसारले उहाँलाई रत्नपार्कको फुटपाथमा फेला पारेको थियो |
सञ्जाल सत्य, समाज मित्थ्या |
यज्ञश |
यो समयको सबैभन्दा ठूलो प्रश्न के हो ? प्रश्न जति जटिल लाग्छ, यसको उत्तर त्यति सहज छ– ह्वाट्स अन योर माइन्ड ? (तपाईंको दिमागमा के छ ?) यो प्रश्न सोध्छ, फेसबुकले । संसारभर छरिएका विभिन्न देश, भाषा र संस्कृतिका आफ्ना करोडौं प्रयोगकर्तालाई फेसबुकले हरेक दिन, हरेक घण्टा, हरेक मिनेट यही एउटा प्रश्न सोधिरहेको छ । र, मानिसहरू आ–आफ्नो उत्तरको खोजीमा जुटिरहेजस्ता लाग्छन् । |
तपाईं ‘असफल प्रेमी’ की ‘विद्रोही’ ? |
विमला तुम्खेवा |
चैत ०५४ बुधबारको साँझ छिमेकीहरू अत्तालिँदै आएर सुनाए– जेठासुब्बा गोसलाइनमा खाल्टोमा लडेर सिकिस्त छन् । |
शक्ति जीवनदायी : प्रेम प्रकाशवान |
शैलिका छेत्री |
देवी सूक्त परिचय देवीभक्ति प्रेमबारे मैले बाबा शरद् छेत्रीबाट बुझ्न पाएँ । प्रत्येक शारदीय नवरात्रमा बाबा मालश्री गाउनुहुन्थ्यो । घरको वातावरणमा बाबाको स्वरमा मालश्री गुन्जिँदा लाग्थ्यो– दसैं छेउमै आइसकेको छ । बाबा शक्तिको पुजारी हुनुहुन्थ्यो । हिन्दु दर्शन र धर्मशास्त्रमा शक्तिलाई ईश्वरको सक्रिय आयामका रूपमा बुझिएको छ । ‘शक्ति’ शब्दलाई संस्कृतको ‘शक’, ‘शक्ति’ या ‘उत्पादक क्षमता’ भनेर बुझिन्छ । मौलिक ब्रह्माण्डको ऊर्जा शक्ति हो, जसले सृष्टि र अस्तित्वलाई एउटै रेखामा राखेर हेर्ने गर्छ । बाबाका निम्ति देवी–शक्ति केवल सृजना, तर समस्त परिवर्तनको प्रतिनिधि थियो । |
पैतालाको भूगोल |
विश्व सिग्देल |
हिँड्ने बेलामा थपक्क उठाएर खस्रा हातमा उसले नापेको थियो सानी छोरीका पैताला जो, उसको चिउँडोदेखि नाकको फेदसम्म फैलिएका थिए ती कलिला – कलिला पातहरू |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.